
सरकारले १० अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्नेGovernment to Issue Development Bonds Worth NPR 10 Billion
सरकारले १० अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने काठमाडौं, माघ १३ – नेपाल सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने घोषणा गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालय अन्तर्गत अर्थ मन्त्रालयले 'विकास ऋणपत्र २०९१' नाम दिइएको ९ वर्षे अवधिको ऋणपत्र बिक्री गर्न लागेको हो। कार्यालयले मङ्गलवार सूचना जारी गर्दै यस ऋणपत्रको खरिदका लागि माघ १४ गते बुधवार बोलकबोल खुला हुने जानकारी दिएको छ। ऋणपत्रको निष्कासन मिति २०८२ माघ १५ गते बिहीबार तय गरिएको छ र साँवा भुक्तानी २०९१ साल माघ १५ गते हुनेछ। ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण गरिनेछ।Government to Issue Development Bonds Worth NPR 10 Billion Kathmandu, January 13 – The Government of Nepal has announced the issuance of development bonds worth NPR 10 billion. The Ministry of Finance, through its Public Debt Management Office, is set to issue a 9-year development bond named 'Development Bond 2091'. In a notice released on Tuesday, the office informed that the bidding process for purchasing the bonds will open on January 14, Wednesday. The bond issuance date is set for January 15, 2082, and the interest payment will be made on January 15, 2091. The interest rate will be determined through the bidding process. The bond’s interest will be paid semi-annually, and it will be subject to income tax as per the regulations.


















