
बन्दीपुर केबलकारले दोस्रो त्रैमासिकमा नोक्सानी घटाएर सकारात्मक वृद्धि देखायोBandiPur Cablecar Cuts Losses in Q2 FY 2082, Shows Positive Growth
बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा नोक्सानीमा घटाउको रिपोर्ट सार्वजनिक गरेको छ। कम्पनीको अपरिष्कृत वित्तीय विवरण अनुसार, पुस महिनासम्मको नोक्सानी ७४ लाख ९१ हजार रुपैयाँ रहेको छ, जुन गत वर्षको २ करोड ५९ लाख रुपैयाँको नोक्सानीभन्दा कम हो। नोक्सानी घट्ने प्रमुख कारण कम्पनीको सञ्चालन आम्दानीमा ३९.४८ प्रतिशत वृद्धि र खर्चमा कमी हुनु हो। कुल आम्दानी ७८.४३ प्रतिशत बढेको छ भने कुल खर्च ८.१४ प्रतिशत र वित्तीय खर्च ३५.७६ प्रतिशत घटेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक ५३ पैसा र प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ४७ पैसा रहेको छ। कम्पनीको चुक्ता पुँजी २ अर्ब ८२ करोड ९९ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्ग २१ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छ।BandiPur Cablecar and Tourism Limited has reported a significant decrease in losses for the second quarter of FY 2082. The company's unaudited financials show a loss of NPR 74.91 lakh by the end of Poush, compared to a loss of NPR 2.59 crore in the previous year. This reduction in losses is attributed to a 39.48% increase in operating revenue and a decrease in total expenses. The company’s total income grew by 78.43%, and its operating costs decreased by 8.14%, with financial expenses dropping by 35.76%. The company's earnings per share (EPS) were negative at NPR 0.53, while its net worth per share stood at NPR 92.47. With a paid-up capital of NPR 2.82 billion, the company’s retained earnings remain negative at NPR 21.3 crore.


















