
आज नेप्सेमा सूचीकृत ६ कम्पनीको वार्षिक साधारण सभा (एजिएम) सम्पन्न हुँदैAGMs of Six NEPSE-Listed Companies Taking Place Today
काठमाडौं । नेप्सेमा सूचीकृत छ वटा कम्पनीले वार्षिक साधारणसभा (AGM) आह्वान गरेका छन्। यी सभामार्फत कम्पनीहरूले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरण पारित गर्नुका साथै नगद तथा बोनस लाभांश वितरण, सञ्चालक नियुक्ति, लेखापरीक्षक चयन, आईपीओ निष्कासन र संगठनात्मक संरचना संशोधनसम्बन्धी महत्वपूर्ण प्रस्तावहरू अनुमोदन गर्ने तयारी गरेका छन्। साधारणसभा बोलाउने कम्पनीहरूमा झापा इनर्जी लिमिटेड, सिड इनर्जी लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड, निभिक्स फर्मास्युटिकल्स लिमिटेड, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र रुबी भ्याली हाइड्रोपावर लिमिटेड रहेका छन्।Kathmandu – Six companies listed on NEPSE have announced their Annual General Meetings (AGMs). Through these meetings, the companies are set to approve their financial statements for fiscal year 2024/25 (FY 2081/82) and endorse key proposals related to cash and bonus dividend distribution, appointment of auditors and directors, IPO issuance, and amendments to corporate structures. The companies calling AGMs include Jhapa Energy Limited, Seed Energy Limited, Nepal SBI Bank Limited, Nivix Pharmaceuticals Limited, Citizen Life Insurance Company Limited, and Ruby Valley Hydropower Limited.


















