
निजी क्षेत्रमाथि आक्रमण उचित होइन : अर्थमन्त्री खनालAttacks on the Private Sector Are Not Justified: Finance Minister Khanal
निजी क्षेत्रमाथि आक्रमण उचित होइन : अर्थमन्त्री खनाल काठमाडौं — अर्थमन्त्री रामेश्वर खनालले देशको आर्थिक विकासमा निजी क्षेत्रको भूमिकालाई महत्वपूर्ण बताउँदै निजी क्षेत्रमाथि भइरहेको आक्रमण अनुचित भएको टिप्पणी गरेका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारण सभामा बोल्दै उनले निजी क्षेत्रलाई कमजोर बनाउने प्रयासले अर्थतन्त्रलाई नै हानी पुर्याउने चेतावनी दिए। उनले भने, “निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि हो। निजी क्षेत्रले निश्चित समयपछि छोड्ने नै हो। उनीहरूमाथिको आक्रमण ठीक होइन। निजी क्षेत्रको संरक्षणका लागि सबैले जोड दिनुपर्छ।”Attacks on the Private Sector Are Not Justified: Finance Minister Khanal Kathmandu — Finance Minister Rameshwar Khanal has stated that recent attacks and criticism directed toward the private sector are inappropriate and harmful to the nation’s economic environment. Speaking at the 16th Annual General Meeting of the Nepal Forum of Economic Journalists (NAFIJ), he emphasized that the private sector remains an essential pillar of Nepal’s economic development. “The structures and assets created by the private sector ultimately belong to the Nepali people,” he said. “These institutions will eventually transition over time, but attacking the private sector is not right. Everyone must work toward protecting and strengthening it.”


















