
दोर्दी खोलाको हकप्रद शेयर: आजबाट आवेदन दिन सकिने Dordi Khola Rights Shares: Applications Open from Today!
दोर्दी खोला जलविद्युत लिमिटेड (DORDI) ले आज (चैत १९) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो। हकप्रद शेयरका लागि आवेदन दिने अन्तिम मिति २०८२, बैशाख ८ गतेसम्म तोकिएको छ। कम्पनीले फागुन १५ गते बुक क्लोज गरेकाले फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरूले आवेदन दिन सक्नेछन्।Dordi Khola Hydropower Limited (DORDI) has opened the issuance and sale of rights shares from today (Chaitra 19). The company is issuing 10,542,604 rights shares at a par value of NPR 100 per share in a 1:1 ratio based on existing holdings. The last date to apply for the rights shares is set for Baisakh 8, 2082. Since the company closed its book on Falgun 15, shareholders who traded on NEPSE until Falgun 13 are eligible to apply.


















