
वीरगञ्ज भन्सारबाट चालु आवको ८ महिनामा ५३ अर्ब २६ करोडको निर्यातBirgunj Customs Records NPR 53.26 Billion in Exports in First 8 Months of Current Fiscal Year
वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा ५३ अर्ब २६ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७२.०१ प्रतिशतले बढी हो। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेले यो वृद्धिको मुख्य कारण भटमासको तेलको निर्यातमा भएको उल्लेख्य वृद्धि भएको बताए। उनका अनुसार, यो अवधिमा १३ करोड ४७ लाख १० हजार १४२ लिटर भटमासको तेल निर्यात भएको छ, जसको मूल्य २८ अर्ब १९ करोड रुपैयाँ रहेको छ। In the first eight months of the current fiscal year 2081/82, goods worth NPR 53.26 billion have been exported through the Birgunj Customs Office. This marks an increase of 172.01 percent compared to the same period in the previous fiscal year. According to Deepak Lamichhane, Chief of Birgunj Customs Office, the surge is largely driven by a significant rise in soybean oil exports. During this period, 134.71 million liters of soybean oil, valued at NPR 28.19 billion, were exported.


















