
नेपाल आयल निगमले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्नेNepal Oil Corporation to Distribute 10% Dividend to Shareholders
नेपाल आयल निगमले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने नेपाल आयल निगमले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। निगमको चैत ४ गते बसेको सञ्चालक समिति बैठकले चुक्ता पुँजीको १० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । निगमको तथ्याङ्कअनुसार चुक्ता पुँजी ११ अर्ब रुपैयाँ रहेको छ। सोही आधारमा सेयरधनीहरूलाई कुल १ अर्ब १० करोड रुपैयाँ बराबरको लाभांश वितरण गरिनेछ। यो प्रस्तावलाई अनुमोदन गर्न निगमले चैत २९ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्ष, सिंहदरबारमा अपरान्ह १ बजे ४३औं वार्षिक साधारण सभा बोलाएको छ।Nepal Oil Corporation to Distribute 10% Dividend to Shareholders Nepal Oil Corporation (NOC) has decided to distribute a 10% cash dividend to its shareholders. The decision was made during a meeting of the corporation’s board of directors on Chaitra 4, approving a 10% cash dividend (including tax) based on its paid-up capital. According to NOC’s data, its paid-up capital stands at 11 billion Nepali rupees. Based on this, the corporation will distribute a total of 1.1 billion rupees in dividends to its shareholders. To ratify this proposal, NOC has called its 43rd Annual General Meeting (AGM) on Chaitra 29 at 1:00 PM in the meeting hall of the Ministry of Industry, Commerce, and Supplies in Singha Durbar.


















