
डेढ महिनामा अर्थमन्त्री वाग्ले : सुधारको संकेत कि अझै प्रतीक्षामै अर्थतन्त्र ?Finance Minister Swarnim Waglé’s First Six Weeks: Early Signs of Reform or an Economy Still Waiting?
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते पदभार सम्हालेसँगै नेपाली अर्थतन्त्रमा नयाँ शैलीको अपेक्षा अचानक बढेको थियो । अर्थशास्त्री, सार्वजनिक नीतिका जानकार र पूर्व राष्ट्रिय योजना आयोग उपाध्यक्षको पृष्ठभूमिका कारण उनी परम्परागत राजनीतिक अर्थमन्त्रीभन्दा फरक ढंगले प्रस्तुत हुने अनुमान गरिएको थियो । तर पद सम्हालेको डेढ महिनापछि उनको कामलाई हेर्दा सुधारको संकेत र व्यवहारिक चुनौतीबीचको मिश्रित तस्वीर देखिन थालेको छ ।Finance Minister Swarnim Waglé’s First Six Weeks: Early Signs of Reform or an Economy Still Waiting? When Finance Minister Dr. Swarnim Waglé took the oath of office on March 26, expectations across Nepal’s economic and policy circles rose almost immediately. His background as an economist, former vice-chair of the National Planning Commission, and public policy expert created the perception that Nepal’s economic management might finally move toward a more technocratic and reform-oriented direction.















