
अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले बजारबाट ३० अर्ब झिक्दैNepal Rastra Bank to Withdraw Rs. 30 Billion from Market to Manage Excess Liquidity
नेपाल राष्ट्र बैंकले आज (आइतबार) वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप संकलन बोलकबोलमार्फत झिक्दैछ। यो रकम ८४ दिनका लागि झिकिनेछ। बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन् र आज दिउँसो २ बजेसम्म अनलाइन आवेदन दिन सकिनेछ। गत सातामा राष्ट्र बैंकले १७५ दिनका लागि ४० अर्ब रुपैयाँ झिकेको थियो।Nepal Rastra Bank (NRB) is withdrawing Rs. 30 billion from the financial system today (Sunday) to manage excess liquidity. The amount will be collected through a deposit collection auction for 84 days. Banks and financial institutions from class “A,” “B,” and “C” can participate in the auction by submitting bids online until 2 PM. Last week, the central bank had withdrawn Rs. 40 billion for 175 days under the same mechanism.


















