
अमेरिकामा अर्थमन्त्री खनालद्वारा नेपाल–अमेरिका आर्थिक साझेदारीमा जोडFinance Minister Khanal Highlights Nepal–US Economic Partnership in Washington, D.C.
अमेरिकामा अर्थमन्त्री खनालद्वारा नेपाल–अमेरिका आर्थिक साझेदारीमा जोड वाशिङटन डिसी (अमेरिका), असोज २८ — विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोष (IMF) को वार्षिक बैठकमा सहभागी हुन अमेरिका पुगेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिकन चेम्बर अफ कमर्सले आयोजना गरेको ‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड : स्ट्रेन्थनिङ यूएस–नेपाल पार्टनरशिप’ शीर्षकको व्यवसायिक संवाद (Business Dialogue) कार्यक्रममा सम्बोधन गरेका छन्। कार्यक्रममा अर्थमन्त्री खनालले नेपालको हालको आर्थिक स्थिति, लगानी वातावरण, र अमेरिका–नेपालबीचको आर्थिक साझेदारी सुदृढीकरणका विषयमा विस्तृत रूपमा चर्चा गरेका थिए। उनले नेपालले लगानी–मैत्री नीति, निजी क्षेत्रसँगको सहकार्य, र ऊर्जा, पर्यटन, र सूचना प्रविधि क्षेत्रका अवसरहरूमा जोड दिएको जानकारी गराए।Finance Minister Khanal Highlights Nepal–US Economic Partnership in Washington, D.C. Washington, D.C., October 14 — Nepal’s Finance Minister Rameshwar Prasad Khanal, who is currently in the United States to attend the annual meetings of the World Bank and the International Monetary Fund (IMF), addressed a business dialogue organized by the U.S. Chamber of Commerce. The event, titled “From the Himalayas to the Heartland: Strengthening the U.S.–Nepal Partnership,” focused on deepening economic cooperation between the two nations.


















