NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Economy News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 14 / 49Next
    • नागरिक लगानी कोषको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त
      Investor

      नागरिक लगानी कोषको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त

      नागरिक लगानी कोषको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त नागरिक लगानी कोषको संचालक समिति अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन्। उनलाई १ भदौको उपप्रधानमन्त्री तथा अर्थमन्त्री स्तरको निर्णय अनुसार अध्यक्ष पदमा नियुक्त गरिएको हो। घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमै एमए र एमपीए गरेका छन्। उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त गरेका थिए। नेपाल राष्ट्र बैंकमा सेवा गर्दा उनले सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ र अनुसन्धान विभागजस्ता विभिन्न महत्त्वपूर्ण विभागमा कार्य गरेको अनुभव छ। घिमिरेको नियुक्तिले नागरिक लगानी कोषको नेतृत्वमा नयाँ दिशा र प्रगति ल्याउने अपेक्षा गरिएको छ।

      NEPSE TRADING·19 Aug, 2025·1 min read
    • नाडा अध्यक्ष चौधरीको माग : सावारी साधन खरिद कर्जाको सीमा बढाउनुपर्छ
      Top

      नाडा अध्यक्ष चौधरीको माग : सावारी साधन खरिद कर्जाको सीमा बढाउनुपर्छ

      नाडा अध्यक्ष चौधरीको माग : सावारी साधन खरिद कर्जाको सीमा बढाउनुपर्छ नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सावारी साधन खरिदका लागि आवश्यक पर्ने कर्जाको सीमा बढाउन सरकारसँग माग गरेका छन्। राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो को उद्घाटन कार्यक्रममा उनले मोबिलिटी क्षेत्र सरकारको सारथि बनेको भन्दै यसलाई अझ प्रोत्साहन गर्न ग्राहकलाई सहजीकरण गर्नुपर्ने धारणा राखे। चौधरीले मोबिलिटी क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौँ युवालाई रोजगारी दिएको र व्यापार व्यवसायलाई समेत गतिशील बनाएको बताए। उनले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पुनरावलोकनमा अटो क्षेत्रको कर्जाको सीमा सम्बन्धी विषयमा सरकार सकारात्मक हुने आशा व्यक्त गरे। उनले एशोसिएसनले देशभरका करिब ९० प्रतिशत अटो व्यवसायीलाई प्रतिनिधित्व गर्ने उल्लेख गर्दै यो अटो शो केवल प्रदर्शनी नभई व्यापारिक केन्द्र बनेको दाबी गरे। उनका अनुसार, यो अटो शोले कुल अटोमोबाइल व्यापारको करिब ४० प्रतिशत हिस्सा ओगट्ने क्षमता राख्छ। त्यसैगरी, चौधरीले अटोमोबाइल क्षेत्रले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको उल्लेख गर्दै हालसम्म यो क्षेत्रमा १० लाखभन्दा बढी रोजगारी सिर्जना भएको र ३ हजार व्यवसायी एकीकृत भएको जानकारी दिए।

      NEPSE TRADING·19 Aug, 2025·1 min read
    • ओलीको भनाइ: देश अब युवाले हाँक्नुपर्छ
      Top

      ओलीको भनाइ: देश अब युवाले हाँक्नुपर्छ

      ओलीको भनाइ: देश अब युवाले हाँक्नुपर्छ प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन्। राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाडा अटो शो’ को उद्घाटन कार्यक्रममा बोल्दै उनले अटोमोबाइल एशोसिएसन अफ नेपालको नेतृत्व युवा करण चौधरीले गरिरहेको उदाहरण दिँदै देशको बागडोर पनि युवाले सम्हाल्नुपर्ने धारणा राखे। ओलीले अटो शोमा प्रस्तुत नयाँ प्रविधिका कारण कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्दै विश्व प्रविधिमा दिनप्रतिदिन नयाँ फड्को मारिरहेको र नेपालले पनि ती प्रविधिहरूलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए। युवाले प्रविधि र नवप्रवर्तनलाई अगाडि बढाइरहेका कारण मुलुकले नयाँ उचाइ हासिल गर्ने विश्वास उनले व्यक्त गरे।

      NEPSE TRADING·19 Aug, 2025·1 min read
    • वित्तीय प्रणालीमा तरलताको चाप यथावत, राष्ट्र बैंक आज फेरि २५ अर्ब निक्षेप संकलन गर्दै
      Investor

      वित्तीय प्रणालीमा तरलताको चाप यथावत, राष्ट्र बैंक आज फेरि २५ अर्ब निक्षेप संकलन गर्दै

      वित्तीय प्रणालीमा तरलताको चाप यथावत, राष्ट्र बैंक आज फेरि २५ अर्ब निक्षेप संकलन गर्दै मुलुकको वित्तीय प्रणालीमा अधिक तरलताको चाप यथावत रहँदा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष सुरु भएयता मात्र २ खर्ब ४२ अर्ब ५० करोड रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ। राष्ट्र बैंकले आज फेरि थप २५ अर्ब रुपैयाँ प्रणालीबाट निकाल्ने भएको छ। बैंक तथा वित्तीय संस्थामा थुप्रिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले लगातार निक्षेप संकलन गरिरहेको छ। यसपटक २५ दिनको अवधिका लागि २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागिएको हो। यो साउन महिनामा मात्र सातौं पटक तरलता प्रशोचनको प्रक्रिया हो। राष्ट्र बैंकका अनुसार अनलाइन बिडिङ प्रणालीमार्फत आज दिउँसो ३ बजे बोलकबोल हुनेछ र आजै निक्षेप खरिद गरिनेछ। इच्छुक आवेदकले न्यूनतम १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँका गुणांकमा आवेदन दिन सक्नेछन्। निक्षेपको सावाँ र ब्याज भुक्तानी भदौ २२ गते हुनेछ।

      NEPSE TRADING·13 Aug, 2025·1 min read
    • डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सम्झौता, पाँच वर्षभित्र १०६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य
      Investor

      डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सम्झौता, पाँच वर्षभित्र १०६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य

      डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सम्झौता, पाँच वर्षभित्र १०६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य डोल्पास्थित १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। प्रवर्द्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड र जेसीई/एएनके जेभीबीच १२ अर्ब १८ करोड रुपैयाँ बराबरको निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्त्वपूर्ण मानिएको आयोजनाले थप गति लिने भएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाका अनुसार प्रवर्द्धक कम्पनीले २०८१ जेठ २० गते सिभिल तथा हाइड्रोमेकानिकल संरचना निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो। सम्झौताअनुसार आयोजनामा नबिल बैंकले ४ अर्ब ४० करोड रुपैयाँ लगानी गर्नेछ भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र कर्मचारी सञ्चय कोषले समान ४/४ अर्ब रुपैयाँ लगानी गर्नेछन्।

      NEPSE TRADING·13 Aug, 2025·1 min read
    • आजको विदेशी मुद्रा विनिमय दर
      Economy

      आजको विदेशी मुद्रा विनिमय दर

      नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर (१३९.७७/१४०.३७ रुपैयाँ), युरो, पाउण्ड, स्वीस फ्रयांकलगायत प्रमुख मुद्राको खरिद र बिक्री दर तोकिएको छ। जापानी येन, चिनियाँ युआन, साउदी रियाल लगायतका एसियाली मुद्रा र भारतीय रुपैयाँ (१०० = १६०/१६०.१५) को दर समेत अद्यावधिक गरिएको छ। यी दरहरू जुनसुकै बेला परिवर्तन हुन सक्ने र वाणिज्य बैंकको दर केही फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ। विस्तृत जानकारीका लागि राष्ट्र बैंकको वेबसाइट हेर्न सकिन्छ।

      NEPSE trading ·4 Aug, 2025·1 min read
    • स्वरोजगार कर्जाका लागि युवा तथा साना व्यवसायी कोषद्वारा पुनः प्रस्ताव आह्वान
      Investor

      स्वरोजगार कर्जाका लागि युवा तथा साना व्यवसायी कोषद्वारा पुनः प्रस्ताव आह्वान

      स्वरोजगार कर्जाका लागि युवा तथा साना व्यवसायी कोषद्वारा पुनः प्रस्ताव आह्वान सरकारले बेरोजगार युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित सञ्चालन गरेको ‘युवा तथा साना व्यवसायी स्वरोजगार कोष’ले कर्जाका लागि पुनः प्रस्ताव आह्वान गरेको छ। युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको कोषले इच्छुक र योग्य सहकारी संस्थाहरूलाई १५ दिनभित्र प्रस्ताव पेस गर्न अनुरोध गरेको छ। अघिल्लो पटक कोषबाट कर्जा लिएर कारोबार गरिसकेका सहकारीहरूले असार मसान्त २०८२ भित्र नियमित रुपमा कर्जा चुक्ता गरेको अवस्थामा पुनः प्रस्ताव पेस गर्न सक्ने व्यवस्था गरिएको छ।

      NEPSE TRADING·23 Jul, 2025·<1 min read
    • सरकारले आज १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै, आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक
      Top

      सरकारले आज १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै, आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक

      सरकारले आज १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै, आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज साउन ७ गते १० अर्ब रुपैयाँ बराबरको तीन वर्षे ‘विकास ऋणपत्र–२०८५’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्दैछ। बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म बोलकबोल हुने र नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजार कारोबार समेत हुने छ। अर्धवार्षिक ब्याजसहित आयकर लाग्ने यो ऋणपत्र धितो राखी कर्जा लिन सकिनेछ। यस वर्ष सरकारले कुल ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। साउनदेखि असोजसम्म १ खर्ब १३ अर्ब, कात्तिकदेखि पुससम्म ८५ अर्ब, माघदेखि चैतसम्म १ खर्ब ९ अर्ब र वैशाखदेखि असारसम्म ५५ अर्ब आन्तरिक ऋण उठाइनेछ।

      NEPSE TRADING·23 Jul, 2025·1 min read
    • मौद्रिक नीति कार्यान्वयनमा : कर्जाको सीमा, ब्याजदर र धितो कर्जामा उल्लेखनीय परिवर्तन
      Economy

      मौद्रिक नीति कार्यान्वयनमा : कर्जाको सीमा, ब्याजदर र धितो कर्जामा उल्लेखनीय परिवर्तन

      नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति बिहीबार साउन १ गतेबाट कार्यान्वयनमा आएको छ। राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई सर्कुलर पठाइसकेसँगै नीति लागू भएको हो । नयाँ नीतिअनुसार बैंक दर ६.५% बाट घटाएर ६% कायम गरिएको छ भने रिपो दर ५% बाट घटाएर ४.५% बनाइएको छ।

      Nepse Trading·17 Jul, 2025·1 min read
    • नयाँ आर्थिक वर्ष प्रारम्भ : बजेटका प्रावधान आजदेखि लागू
      Economy

      नयाँ आर्थिक वर्ष प्रारम्भ : बजेटका प्रावधान आजदेखि लागू

      आज साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष २०८२ / ८३ सुरु भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ मा सार्वजनिक गरेको १९ खर्ब ६४ अर्बको बजेट आजैदेखि कार्यान्वयनमा गएको हो । अर्थ मन्त्रालयले बजेट कार्यान्वयन मार्गदर्शन तयार गरी सबै मन्त्रालय, विभाग, निकायलाई सर्कुलर पठाइसकेको छ। बजेट अनुसार चालु खर्चमा ११ खर्ब ८० अर्ब, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब, र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन गरिएको छ ।

      NepseTrading·17 Jul, 2025·1 min read
    • लक्ष्यभन्दा २ खर्ब ४१ अर्ब कम, राजस्व संकलनमा उत्साहजनक वृद्धि
      Economy

      लक्ष्यभन्दा २ खर्ब ४१ अर्ब कम, राजस्व संकलनमा उत्साहजनक वृद्धि

      राजस्व संकलनमा अघिल्लो वर्षको तुलनामा दोहोरो अंकको वृद्धि भए पनि संशोधित लक्ष्यअनुसार परिणाम अझै सन्तोषजनक हुन सकेको छैन। सरकारले चालू आर्थिक वर्षमा निर्धारित लक्ष्य प्राप्तिका लागि कार्ययोजना बनाइसकेको र पुँजीगत खर्च सुधारमा समेत ध्यान दिने बताएको छ। राजस्व र खर्च दुवै पक्षमा सुधार आवश्यक रहेको स्पष्ट देखिन्छ, जसले समग्र आर्थिक अनुशासन र विकास कार्यान्वयनमा सकारात्मक प्रभाव पार्नेछ।

      NEPSE trading ·17 Jul, 2025·1 min read
    • डलर स्थिर रहँदा उच्च दरमा कुवेती दिनार र ओमानी रियाल
      Economy

      डलर स्थिर रहँदा उच्च दरमा कुवेती दिनार र ओमानी रियाल

      Nepal Rastra Bank has released the official open market foreign exchange rates for July 16, 2025 (2081 Ashar 32). According to the latest update, the buying and selling rates for the U.S. Dollar have been fixed at NPR 137.00 and NPR 137.60 respectively. The Euro stands at NPR 159.91 (buying) and NPR 160.61 (selling), while the British Pound Sterling is valued at NPR 184.19 and NPR 185.00. Among all listed currencies, the Kuwaiti Dinar holds the highest exchange value, with a buying rate of NPR 448.40 and selling rate of NPR 450.36.

      NEPSE TRADING·16 Jul, 2025·1 min read
    • २९ दिनमै पूँजीगत खर्चको ३२ प्रतिशत सकियो
      Economy

      २९ दिनमै पूँजीगत खर्चको ३२ प्रतिशत सकियो

      सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा आएर फेरि पनि असारे विकासको शैली दोहोर्याएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार २९ असारसम्म पूँजीगत खर्च २ खर्ब ११ अर्ब ३५ करोड रुपैयाँ नाघेको छ, जुन ३१ जेठसम्मको १ खर्ब ४३ अर्बको तुलनामा ६७ अर्बले बढी हो। मात्र असार महिनामै ६७ अर्ब ९६ करोड रुपैयाँ खर्च गरिएको देखिन्छ। यद्यपि, पूँजीगत खर्चको कुल लक्ष्य ३ खर्ब ५२ अर्बमध्ये अहिले सम्म ५९.९८ प्रतिशत मात्र खर्च भएको छ, जसले सरकारको विकास खर्च सम्बन्धी प्रतिबद्धता पुनः असफल भएको देखाउँछ।

      Nepse Trading·15 Jul, 2025·1 min read
    • विदेशी मुद्राको नयाँ दर सार्वजनिक, कुन मुद्रा कति?
      Economy

      विदेशी मुद्राको नयाँ दर सार्वजनिक, कुन मुद्रा कति?

      नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दर अनुसार, अमेरिकी डलर (USD) को खरिददर रु. १३७.२८ र बिक्रीदर रु. १३७.८८ निर्धारण गरिएको छ। प्रमुख मुद्राहरूमध्ये बेलायती पाउण्ड स्टर्लिङ (GBP) सबैभन्दा उच्च दरमा रहेको छ, जसको खरिददर रु. १८५.१५ र बिक्रीदर रु. १८५.९६ रहेको छ। युरोपियन यूरो (EUR) को खरिददर रु. १६०.५६ र बिक्रीदर रु. १६१.२६ रहेको छ भने स्वीस फ्राङ्क (CHF) रु. १७२.४१ मा खरिद र रु. १७३.१६ मा बिक्री भइरहेको छ। क्यानाडियन डलर (CAD) रु. १००.४२ मा खरिद र रु. १००.८६ मा बिक्री, अष्ट्रेलियन डलर (AUD) रु. ९०.१९ मा खरिद र रु. ९०.५९ मा बिक्री भइरहेको छ।

      Nepse Trading·15 Jul, 2025·1 min read
    • राष्ट्र बैंकद्वारा ६० करोड संस्थागत निक्षेपका लागि प्रस्ताव आह्वान
      Economy

      राष्ट्र बैंकद्वारा ६० करोड संस्थागत निक्षेपका लागि प्रस्ताव आह्वान

      राष्ट्र बैंकद्वारा ६० करोड संस्थागत निक्षेपका लागि प्रस्ताव आह्वान नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ६० करोड रुपैयाँ संस्थागत निक्षेपका रूपमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूबाट प्रस्ताव माग गरेको छ। यो रकम ३६६ दिनको अवधिका लागि असार २९ गतेसम्म प्रस्ताव पेश गर्न सकिनेछ, जसमा वाणिज्य बैंकका लागि ४८ करोड, विकास बैंकका लागि ९ करोड र फाइनान्स कम्पनीका लागि ३ करोड रुपैयाँ छुट्याइएको छ। प्रस्तावमा संस्थाले राख्न चाहेको रकम र दिन चाहेको ब्याजदर उल्लेख गर्नुपर्नेछ।

      Nepse trading·13 Jul, 2025·1 min read
    • तरलता नियन्त्रणमा राष्ट्र बैंकको कडा कदम, आइतबार ५० अर्ब रुपैयाँ बजारबाट खिच्ने
      Economy

      तरलता नियन्त्रणमा राष्ट्र बैंकको कडा कदम, आइतबार ५० अर्ब रुपैयाँ बजारबाट खिच्ने

      तरलता नियन्त्रणमा राष्ट्र बैंकको कडा कदम, आइतबार ५० अर्ब रुपैयाँ बजारबाट खिच्ने बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि पुनः ठूलो मात्रामा रकम संकलन गर्न लागेको छ। आइतबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ५० अर्ब रुपैयाँ उठाउने भएको छ। राष्ट्र बैंकले दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ, जसअनुसार ४ दिन अवधिका लागि निक्षेप संकलन गरिनेछ।

      Nepse trading·13 Jul, 2025·1 min read
    • नेपाल राष्ट्र बैंकद्वारा लचिलो र विकासमुखी मौद्रिक नीति सार्वजनिक
      Investor

      नेपाल राष्ट्र बैंकद्वारा लचिलो र विकासमुखी मौद्रिक नीति सार्वजनिक

      नेपाल राष्ट्र बैंकद्वारा लचिलो र विकासमुखी मौद्रिक नीति सार्वजनिक काठमाडौं — नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र विकासमुखी मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै आर्थिक स्थायित्व कायम राख्ने, मुद्रास्फीति नियन्त्रण गर्ने र आर्थिक वृद्धिलाई सघाउने उद्देश्यसहित नीति ल्याइएको जानकारी दिए। उनका अनुसार नीति सरकारको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहायक हुने गरी बनाइएको हो। साथै, मुद्रास्फीति ५ प्रतिशतभित्र सीमित राख्ने र विदेशी विनिमय सञ्चिति कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने स्तरमा कायम राख्ने योजना रहेको छ।

      NEPSE TRADING·11 Jul, 2025·1 min read
    • राति १२ बजेदेखि एक साताका लागि सबै सरकारी खाता बन्द हुने, आज बजेट निकासाको अन्तिम दिन
      Investor

      राति १२ बजेदेखि एक साताका लागि सबै सरकारी खाता बन्द हुने, आज बजेट निकासाको अन्तिम दिन

      राति १२ बजेदेखि एक साताका लागि सबै सरकारी खाता बन्द हुने, आज बजेट निकासाको अन्तिम दिन चालु आर्थिक वर्ष २०८०/८१ को अन्त्य नजिकिँदै गर्दा आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि बन्द हुने भएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय तथा सबै जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत सञ्चालन हुने सरकारी खाता आज राति १२ बजेदेखि बन्द गरिने महालेखा नियन्त्रक कार्यालयकी प्रवक्ता सुशीला अर्यालले जानकारी दिइन्। उनका अनुसार आर्थिक वर्ष सकिनुभन्दा सात दिनअघिसम्म खाता बन्द गरिसक्नुपर्ने प्रावधानअनुसार आज बजेट निकासाको अन्तिम दिन हो। त्यसैले स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली, एकल कोष खाता प्रणाली तथा कम्प्युटरकृत सरकारी लेखा प्रणालीसमेत एक साताका लागि बन्द गरिनेछ।

      NEPSE TRADING·9 Jul, 2025·1 min read
    • मौद्रिक नीति  तरलता, ब्याजदर र कर्जा प्रवाहमा केन्द्रित हुनुपर्छ : डा. मीनबहादुर श्रेष्ठ
      Economy

      मौद्रिक नीति तरलता, ब्याजदर र कर्जा प्रवाहमा केन्द्रित हुनुपर्छ : डा. मीनबहादुर श्रेष्ठ

      मौद्रिक नीति तरलता, ब्याजदर र कर्जा प्रवाहमा केन्द्रित हुनुपर्छ : डा. मीनबहादुर श्रेष्ठ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले आगामी मौद्रिक नीति तरलता व्यवस्थापन, ब्याजदर सन्तुलन र कर्जा प्रवाहमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्।

      Nepse Trading·9 Jul, 2025·1 min read
    • राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ संकलनको तयारी
      Economy

      राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ संकलनको तयारी

      राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ संकलनको तयारी नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। बैंकिङ प्रणालीमा तरलता बढेपछि राष्ट्र बैंकले मौद्रिक नियन्त्रणका लागि यस्तो कदम चालेको हो। राष्ट्र बैंकले निक्षेप संकलनका लागि ६३ दिनको अवधिका लागि बोलकबोलको माध्यमबाट रकम उठाउने जनाएको छ। बोलकबोलको समय आज दिउँसो ३ बजे तोकिएको छ। न्यूनतम १० करोड रुपैयाँदेखि पाँच करोडको गुणनफलमा भाग जाने गरी बोल गर्न सकिने व्यवस्था गरिएको छ। सावाँ तथा ब्याज भुक्तानी आगामी भदौ २५ गते तोकिएको छ।

      Nepse Trading·9 Jul, 2025·1 min read