
नेप्से परिसूचक बुधबार पनि घटेर बन्दNEPSE Index Continues to Decline on Wednesday
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार पनि घटेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि लगातार ओरालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । नेप्से परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ विन्दुमा झरेको छ । यो गिरावटले बजारमा लगानीकर्ताहरुको मनोबल थप कमजोर बनेको देखिन्छ ।नेप्से परिसूचक २७०० को मनोवैज्ञानिक रेखाभन्दा तल झरेपछि लगानीकर्ताहरुमा थप अन्योलता छाएको छ। त्यहि कारण लगानीकर्ताले बजार हेर्नै छाडेका छन् । NEPSE Index Continues to Decline on Wednesday The Nepal Stock Exchange (NEPSE) index closed lower again on Wednesday, continuing its downward trend for the third consecutive trading day. The NEPSE index fell by 14.88 points, settling at 2,682.15. This decline has further weakened investor sentiment, with the index dropping below the psychological level of 2,700, adding to the uncertainty among investors. As a result, many investors appear to have stopped closely monitoring the market.


















