
Investor News
Stay informed and invest with latest NEPSE news and analysis.

नेपाली सेयर बजारमा निरन्तर गिरावट आइतबार नेपाली सेयर बजारमा निरन्तर गिरावट कायम रह्यो। नेप्से सूचक १३.५३ अंकले घटेर २५८३.२९ मा बन्द भयो। यस दिन ४ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। बजारमा जम्मा दुई समूहका सूचक मात्र बढेका छन् भने चार कम्पनी सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। लगातार घट्दो बजारले लगानीकर्ताहरूलाई ‘पर्ख र हेर्नुहोस्’ को अवस्थामा पु¥याएको छ, जसले गर्दा कारोबार रकममा पनि कमी आएको छ।Nepali Stock Market Continues Decline The continuous decline in the stock market persisted on Sunday, with the NEPSE index dropping by 13.53 points to close at 2583.29. Over NPR 4.51 billion worth of shares were traded during the day. Only two sector indices saw a rise, while four companies hit positive circuit levels. The falling market has left investors in a 'wait and watch' position, leading to a decrease in trading volume.

वाणिज्य बैंकहरूको संख्या घट्दै, मर्जरको तयारीमा नबिल, प्राइम र सिटिजन्स बैंक काठमाडौं। कुनै समय २७ वटा रहेका वाणिज्य बैंकहरूको संख्या मर्जरपछि घटेर अहिले २० वटामा आइपुगेको छ। हालैमात्र साधारण सभा सम्पन्न गरेका नबिल बैंक, प्राइम बैंक र सिटिजन्स बैंकले मर्जर प्रक्रियाको तयारी गरिरहेका छन्।Number of Commercial Banks Declining, Nabil, Prime, and Citizens Banks Preparing for Merger Kathmandu. The number of commercial banks, which once stood at 27, has now dropped to 20 following several mergers. Recently, Nabil Bank, Prime Bank, and Citizens Bank, after concluding their general meetings, have initiated preparations for a merger.

नयाँ स्टक एक्सचेन्ज : कुन कम्पनीले पाउनेछ लाइसेन्स? नयाँ स्टक एक्सचेन्ज स्थापनाको बाटो खुलेको छ। मन्त्रिपरिषद्को हालैको बैठकले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। यससँगै नेपाल धितोपत्र बोर्डले लाइसेन्स दिन आवश्यक प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ। करिब दुई वर्षअघि, २०७९ असोजमा धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि आवेदन माग गरेको थियो। तर आवेदन म्याद सकिनै लाग्दा सर्वोच्च अदालतको अन्तरिम आदेशले यो प्रक्रिया रोकिएको थियो। त्यसपछि २०७९ कात्तिक ४ मा धितोपत्र बोर्डले आवेदन स्थगित गरेको थियो।New Stock Exchange: Which Company Will Receive the License? The path for establishing a new stock exchange has been cleared. The recent Cabinet meeting has decided to proceed with the licensing process, paving the way for the Securities Board of Nepal (SEBON) to advance the required steps to issue a license.

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउने मन्त्रिपरिषद्को निर्णयCabinet Decision to Advance the Licensing Process for a New Stock Exchange

शेयर बजारका विज्ञ र विश्लेषकलाई लाइसेन्स दिने तयारी नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा विज्ञ र विश्लेषकलाई लाइसेन्स प्रदान गर्ने गरी निर्देशिका ल्याउने तयारी गरेको छ। पछिल्लो समय शेयर बजारमा विज्ञ र विश्लेषकको भूमिकाबारे व्यापक चर्चा भइरहेको बेला बोर्डले यस्तो कदम चालेको हो। बोर्डले विशेष समिति गठन गरेर विज्ञ र विश्लेषक चिन्ने तथा उनीहरूको गतिविधिलाई नियमन गर्ने योजना बनाएको छ। सामाजिक सञ्जालमा हुने अबाञ्छित गतिविधिलाई निरुत्साहन गर्ने र लगानीकर्तालाई ठगीबाट जोगाउने उद्देश्यले यो निर्देशिका ल्याउन लागिएको हो। भारतलगायतका देशमा विज्ञ र विश्लेषकलाई लाइसेन्स प्रदान गर्ने प्रणाली भएको र तिनीहरूको रोस्टर समेत तयार गरिने प्रचलन छ। नेपालमा पनि यस्तै प्रणाली लागू गर्नुपर्ने आवाज उठ्दै आएको छ।The Nepal Securities Board is preparing to introduce guidelines for licensing experts and analysts in the securities market. This move comes amidst widespread discussions about the role of so-called experts and analysts in the stock market. The board plans to form a special committee to identify these experts and analysts and regulate their activities. The directive aims to discourage undesirable activities on social media and protect investors from potential exploitation. Countries like India already have systems in place where experts and analysts are licensed, and their activities are monitored through official rosters. A similar system has been increasingly demanded in Nepal as well.

गभर्नर अधिकारीको स्पष्टिकरण: 'लाभांश दिन नसक्नु बैंकहरूको आरोप मात्रै' नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूले राष्ट्र बैंकलाई दोष दिएर लाभांश दिन नसकेको आरोपलाई अस्वीकार गरेका छन्। नेपाल बैंकर्स संघको साधारणसभामा बोल्दै उनले यो आरोप आधारहीन भएको स्पष्ट पारे।Governor Adhikari Clarifies: 'Blaming NRB for Dividend Issues Is Baseless' Governor of Nepal Rastra Bank (NRB), Maha Prasad Adhikari, has refuted banks' allegations that they are unable to distribute dividends due to NRB policies. Speaking at the annual general meeting of the Nepal Bankers' Association, he stated that such accusations are unfounded.

कृषि विकास बैंकले लाभांश घोषणा गर्यो कृषि विकास बैंक लिमिटेड (ADBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकका अनुसार घोषित लाभांशमा ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांश समावेश छ। पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। त्यसैगरी, बैंकले फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा वार्षिक ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ। घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण गरिनेछ। बैंकले यो घोषणा शेयरधनीहरूलाई प्रतिफल दिने उद्देश्यले गरेको हो।Agricultural Development Bank Announces Dividend Agricultural Development Bank Limited (ADBL) has announced a 10.53% dividend from its profits for the last fiscal year to be distributed to its shareholders. According to the bank, the declared dividend includes a 3% bonus share and a 7.53% cash dividend. This decision was made during the board of directors' meeting held on Poush 4. Additionally, the bank has decided to distribute a 6% annual cash dividend on non-redeemable preference share capital. The declared dividend will be distributed only after approval from Nepal Rastra Bank and endorsement by the upcoming annual general meeting. The announcement reflects the bank’s commitment to rewarding its shareholders.

सुनचाँदीको मूल्य घट्यो आज नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेर १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो यो सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँ रहेको थियो। यसैगरी, चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ भने हिजोको बजारमा चाँदी प्रतितोला १ हजार ८३५ रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनचाँदीको मूल्य घट्दा बजारमा त्यसको असर देखिएको छ। ग्राहकहरू सस्तो मूल्यमा खरिद गर्न उत्सुक देखिएका छन् भने व्यापारीहरू मूल्य घटाइने क्रमलाई विश्लेषण गर्दैछन्।Gold and Silver Prices Decrease The prices of gold and silver in the Nepali market have dropped today. According to the Federation of Nepal Gold and Silver Dealers, the price of hallmark gold has decreased by NPR 1,700 per tola and is being traded at NPR 149,000 per tola. Yesterday, the price of gold was NPR 150,700 per tola. Similarly, the price of silver has also fallen by NPR 55 per tola. Silver is currently being traded at NPR 1,780 per tola, compared to NPR 1,835 per tola in yesterday's market. The decrease in gold and silver prices has had an impact on the market. Buyers are eager to purchase at lower prices, while traders are analyzing the ongoing price reduction trend.

नेपाली शेयर बजारमा भारी गिरावट, राजनीतिक अस्थिरता र नकारात्मक संकेत मुख्य कारण नेपाली शेयर बजार सोमबार भारी गिरावटका साथ बन्द भएको छ। नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ विन्दुमा झरेको छ, जसले लगानीकर्ताको नकारात्मक भावना झल्काएको छ। कारोबार रकम पनि घट्दै ५.९३ अर्ब रुपैयाँ मा सीमित भएको छ, अघिल्लो दिनको ६.१४ अर्ब रुपैयाँ भन्दा कम।Nepal Stock Market Plunges Amid Political Uncertainty and Negative Indicators The Nepal Stock Exchange (NEPSE) suffered a significant drop on Monday, with the index falling by 51.37 points to close at 2,630.91, reflecting a negative sentiment among investors. The turnover also decreased to NPR 5.93 billion, down from NPR 6.14 billion in the previous trading session, signaling reduced market activity.

सरकारको राजस्व संकलन र खर्च कमजोर, विकास खर्चमा थप समस्या चालु आर्थिक वर्ष २०८१/८२ का पहिलो पाँच महिनामा सरकारको राजस्व संकलन र खर्चमा कमजोर प्रगति देखिएको छ। महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वार्षिक लक्ष्यको २८ प्रतिशत मात्र राजस्व संकलन भएको छ भने करिब ३० प्रतिशत बजेट खर्च भएको छ।Government's Fiscal Performance Highlights Weakness in Revenue and Expenditure In the first five months of the fiscal year 2081/82, the government’s financial performance has exposed significant inefficiencies in both revenue collection and expenditure. According to data from the Office of the Auditor General, only 28% of the annual revenue target has been achieved, while approximately 30% of the total budget has been spent.

पुस २०८१ का लागि वाणिज्य बैंकहरूको ब्याजदर: एक विश्लेषण नेपालका वाणिज्य बैंकहरूले पुस २०८१ का लागि आफ्नो नयाँ ब्याजदर प्रकाशित गरेका छन्। यसपटकको ब्याजदरले बजारको वर्तमान अवस्थालाई स्पष्ट पार्दै केही बैंकहरूले प्रतिस्पर्धात्मक ब्याजदर प्रस्तुत गरेका छन् भने अधिकांशले स्थायित्व कायम राखेका छन्।Commercial banks in Nepal have published their updated interest rates for Poush 2081. The new data reveals that while many banks maintained their previous rates, a few have made significant adjustments. This move reflects changing market dynamics, with some banks offering competitive rates to attract individual depositors, while others opted for stability.

माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने Machhapuchchhre Bank Decides Not to Distribute Dividends Machhapuchchhre Bank Limited (MBL) has announced that it will not distribute dividends to its shareholders for the fiscal year 2079/80.

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा बुधबार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १३५.४७ रुपैयाँ र बिक्रीदर १३६.०७ रुपैयाँ तोकेको छ। यसअघि गत मंसिर २० गते १३५.८९ रुपैयाँ रहेको डलरको मूल्य अहिले आफ्नो सबैभन्दा उच्च विन्दुमा पुगेको हो। डलरको मूल्य वृद्धि हुँदै जाँदा नेपाली रुपैयाँ थप कमजोर बनेको छ।US Dollar Reaches Record High Against Nepali Rupee On Wednesday, the exchange rate of the US dollar reached its highest level in history. Nepal Rastra Bank (NRB) set the buying rate for one US dollar at NPR 135.47 and the selling rate at NPR 136.07. Previously, on December 5, the rate had peaked at NPR 135.89. The surge in the dollar's value has further weakened the Nepali rupee.