
स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा संकुचन: ब्याज आम्दानी घट्दा १६ प्रतिशतको गिरावटStandard Chartered Bank Nepal Reports 16% Dip in Profits Amid Shrinking Interest Margins
स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा संकुचन: ब्याज आम्दानी घट्दा १६ प्रतिशतको गिरावट काठमाडौं – विदेशी लगानीको स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उत्साहजनक नतिजा देखाउन सकेको छैन। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष बैंकको खुद नाफा र ब्याज आम्दानी दुवैमा उल्लेख्य गिरावट आएको छ। पुस मसान्तसम्ममा बैंकले १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६४ करोड रुपैयाँ कमाएको बैंकको नाफामा १६.२९ प्रतिशतको गिरावट देखिएको हो। नाफा घट्नुका मुख्य कारण बैंकको नाफा संकुचित हुनुमा मुख्य दुई कारण देखिएका छन्— खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेरमेन्ट चार्ज (सम्भावित जोखिम व्यवस्थापन) मा भएको वृद्धि। समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी ९.१३ प्रतिशतले ओरालो लागेको छ। यद्यपि, बैंकको 'फि तथा कमिसन' आम्दानीमा भने ११.५४ प्रतिशतको सुधार देखिएको छ। सञ्चालन मुनाफा पनि अघिल्लो वर्षको तुलनामा १६.२१ प्रतिशतले घटेको छ।Standard Chartered Bank Nepal Reports 16% Dip in Profits Amid Shrinking Interest Margins KATHMANDU – Standard Chartered Bank Nepal Limited (SCB) has seen its bottom line under pressure during the second quarter of the current fiscal year. According to the unaudited financial report released today, the blue-chip bank's net profit and core interest income have both registered a significant decline compared to the same period last fiscal year. The bank’s net profit settled at NPR 1.37 billion for the first six months of the fiscal year, marking a 16.29% drop from the NPR 1.64 billion reported in the previous year's second quarter.


















