
दोहोरो आईजीनविरुद्ध पियोर इनर्जीको रिटमा उच्च अदालतको अन्तरिम आदेश अस्वीकारCourt Declines Interim Order in Pure Energy’s Petition Over Dual ISIN Dispute
दोहोरो आईजीनविरुद्ध पियोर इनर्जीको रिटमा उच्च अदालतको अन्तरिम आदेश अस्वीकार संस्थापक र सर्वसाधारण सेयरका लागि एउटै इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेशन नम्बर (आईजीन) माग गर्दै पियोर इनर्जी लिमिटेडले दायर गरेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। दोहोरो आईजीनको विषयमा अन्तरिम आदेशको मागसहित कम्पनीले दायर गरेको रिट निवेदनमा न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारी र नारायणप्रसाद सुवेदीको संयुक्त इजलासले तत्काल अन्तरिम आदेश आवश्यक नदेखिएको ठहर गरेको हो। अदालतले रिट निवेदन अन्तिम निरूपणको प्रकृतिको रहेको भन्दै हाललाई अन्तरिम आदेश जारी गर्न नपर्ने उल्लेख गरेको छ। यद्यपि, अदालतले उक्त रिट निवेदनको सुनुवाइलाई अग्राधिकार भने दिएको छ।Court Declines Interim Order in Pure Energy’s Petition Over Dual ISIN Dispute The High Court Patan has declined to issue an interim order in a writ petition filed by Pure Energy Limited, which sought a single International Securities Identification Number (ISIN) for both promoter and public shares. The decision keeps in place the current regulatory stance while the court proceeds with a priority hearing on the merits of the case.


















