
बैंकमा सवा ८ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रियो, कर्जा माग सुस्तै—राष्ट्र बैंकले फेरि थप पैसा सोस्दैOver Rs. 820 Billion Remains Idle in Banks; Nepal Rastra Bank Continues Aggressive Liquidity Absorption
बैंकमा सवा ८ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रियो, कर्जा माग सुस्तै—राष्ट्र बैंकले फेरि थप पैसा सोस्दै काठमाडौं । बैंक तथा वित्तीय प्रणालीमा थुप्रिँदै गएको अत्यधिक तरलता अझै नघटेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले स्पष्ट पारेको छ। बैंक तथा वित्तीय संस्थाले लगानी प्रवाह गर्न नसकेर केन्द्रीय बैंकमै राखेको रकम हाल करिब सवा ८ खर्ब रुपैयाँ पुगेको छ। निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा (एसडीएफ) मा राखिएको उक्त रकमले बैंकिङ प्रणालीमा कर्जा प्रवाह ठप्पजस्तै रहेको संकेत गरेको छ। नेपालमा पछिल्ला महिनाहरूमा रेमिट्यान्स उच्च दरमा बढिरहेको छ। तर, त्यसअनुसार आर्थिक गतिविधि चलायमान बन्न नसक्दा कर्जाको माग भने अत्यन्तै कमजोर बनेको छ। ब्याजदर घट्दो क्रममा हुँदाहुँदै पनि निजी क्षेत्रले कर्जा लिन रुचि नभएकाले बैंकमा लगानीयोग्य रकम फँसेर बस्दै गएको विश्लेषकहरूको भनाइ छ।Over Rs. 820 Billion Remains Idle in Banks; Nepal Rastra Bank Continues Aggressive Liquidity Absorption Kathmandu — Nepal’s banking and financial system continues to grapple with excessive liquidity as more than Rs. 820 billion remains idle in banks, unable to be invested. According to Nepal Rastra Bank (NRB), this huge volume of surplus funds has accumulated mainly due to weak credit demand, even as remittance inflows reach record highs. Banks have been depositing these idle funds in the central bank through the Deposit Collection Instruments and the Standing Deposit Facility (SDF). Remittance inflows have surged in recent months, causing deposits to rise sharply. However, the pace of credit expansion has remained slow across the banking sector. Despite continuously declining interest rates, private-sector credit demand has not picked up. As a result, the banking system is flooded with investable funds that banks cannot deploy into loans.


















