
नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको माग: कर्जा सुविधा दुई महिना थप गर्न सरकारलाई आग्रहFNCCI Kathmandu Urges Government to Extend Loan Facility by Two Months
नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको माग: कर्जा सुविधा दुई महिना थप गर्न सरकारलाई आग्रह काठमाडौं, असोज २८ — नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले मुलुकको हालको विषम आर्थिक र सामाजिक परिस्थितिलाई ध्यानमा राख्दै कर्जा सुविधा दुई महिना थप गर्न सरकारसँग माग गरेको छ। संघका अध्यक्ष दिनेश श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उद्योगी तथा व्यवसायीहरू जनजीविका आन्दोलन र प्राकृतिक विपत्तिको मारमा परेको भन्दै तत्काल राहतस्वरूप कर्जा भुक्तानी अवधि मङ्सिर मसान्तसम्म थप गर्न अनुरोध गरिएको छ। संघले विज्ञप्तिमा भनेको छ, “बजारमा नगद प्रवाहमा आएको कमी, बक्यौता सङ्कलनमा गिरावट, लगानीकर्ता र उपभोक्ताको मनोबलमा आएको नकारात्मक प्रभावले उद्योगी व्यवसायी हतोत्साहित भएका छन्।”FNCCI Kathmandu Urges Government to Extend Loan Facility by Two Months Kathmandu, October 14 — The Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) Kathmandu has urged the government to extend the loan repayment facility by two months, citing the current economic and social challenges in the country. In a press release issued by FNCCI Kathmandu President Dinesh Shrestha, the federation stated that entrepreneurs and business owners have been severely affected by recent social movements and natural disasters, calling for immediate relief through an extension of loan repayment deadlines until the end of Mangsir (mid-December). According to the statement, the current unstable economic environment has led to reduced cash flow in the market, a decline in debt recovery, and a negative impact on investor and consumer confidence — all of which have discouraged entrepreneurs and businesses.


















