
भाटभटेनी नक्सालमा लुटपाट र आगजनीLooting and Arson at Bhatbhateni Naxal
भाटभटेनी नक्सालमा लुटपाट र आगजनी जेन–जी आन्दोलनका क्रममा राजधानीको नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा प्रदर्शनकारीहरूले लुटपाट गरेर आगजनी गरेका छन्। भाटभटेनी चेनको पहिलो स्टोर मानिने यस शाखामा प्रदर्शनकारीहरूले सामान लुटपाट गरेपछि आगो लगाइदिएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले बताएका छन्। उनले भने, “प्रदर्शनकारीले स्टोरबाट सामान लुटेपछि आगो लगाइदिएका छन्। क्षतिबारे यकिन भएको छैन, तर पूरै स्टोरमा आगो लगाइएको छ।” नक्सालस्थित यो स्टोर व्यवसायी मीनबहादुर गुरुङले २०४३ सालमा स्थापना गरेका थिए। यसअघि राजावादी आन्दोलनका क्रममा कोटेश्वर भाटभटेनीमा पनि यस्तै किसिमको लुटपाट भएको थियो। आगजनी नियन्त्रणका लागि प्रहरी र दमकल परिचालन गरिएको छ भने ठूलो क्षतिको अनुमान गरिएको छ। घटनाले देशकै खुद्रा व्यापार क्षेत्रमा ठूलो आघात पुगेको बताइएको छ।Looting and Arson at Bhatbhateni Naxal Amid the ongoing Gen-Z protests, demonstrators looted and set fire to the Bhatbhateni Super Store in Naxal, Kathmandu. This outlet, known as the first Bhatbhateni store, was targeted after protestors looted goods and then torched the premises, according to Bhatbhateni’s Chief Operating Officer (COO) Panu Paudel. “The protestors looted goods from the store and then set it on fire. The extent of the damage is not yet confirmed, but the entire store has been engulfed,” he stated.


















