
खानीखोला हाइड्रोपावरको हकप्रद आवेदन म्याद फेरि असोज ६ गतेसम्मKhani Khola Hydropower Extends Rights Share Application Deadline to Ashoj 6
खानीखोला हाइड्रोपावरको हकप्रद आवेदन म्याद फेरि असोज ६ गतेसम्म खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद दोस्रोपटक पनि थपिएको छ। कम्पनीले सुरुमा भदौ २३ गतेसम्म आवेदन दिने व्यवस्था गरेको थियो। तर पर्याप्त आवेदन नपरेपछि भदौ ३१ गतेसम्म लम्ब्याइएको थियो। देशमा देखिएको पछिल्लो जेन–जी घटनाक्रमका कारण कम्पनीले फेरि म्याद बढाउँदै असोज ६ गतेसम्म पुर्याएको छ। कम्पनीले हाल कायम ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरको चुक्ता पुँजीको शतप्रतिशत अनुपातमा (१:१) हकप्रद शेयर निष्कासन गरिरहेको छ। यसअन्तर्गत प्रतिकित्ता १०० रुपैयाँ दरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर बिक्रीमा छन्।Khani Khola Hydropower Extends Rights Share Application Deadline to Ashoj 6 Khani Khola Hydropower Company Limited has extended the application deadline for its rights shares for the second time. Initially, the deadline was set until Bhadra 23, which was later pushed to Bhadra 31 due to insufficient applications. Following the recent Gen-Z movement and disruptions in the country, the company has once again extended the deadline to Ashoj 6. The company is currently issuing 100% rights shares at a ratio of 1:1, equivalent to its paid-up capital of NPR 465,714,300. This amounts to 4,657,143 rights shares, each priced at NPR 100.


















