NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Investor News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 80 / 143Next
    • बंगलादेशी कम्पनी हउलादार युनुस एण्ड कोले पायो १० वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षणको जिम्मा
      Investor

      बंगलादेशी कम्पनी हउलादार युनुस एण्ड कोले पायो १० वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षणको जिम्माBangladeshi Audit Firm Howladar Yunus & Co Selected for Loan Quality Review of 10 Commercial Banks in Nepal

      बंगलादेशी कम्पनी हउलादार युनुस एण्ड कोले पायो १० वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षणको जिम्मा नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरूको कर्जा गुणस्तर परीक्षण (Loan Portfolio Review) कार्यका लागि बंगलादेशको अडिट कम्पनी हउलादार युनुस एण्ड को, चार्टर्ड एकाउन्टेन्ट्सलाई छनौट गरेको छ। २०८१ पुसमा सार्वजनिक बोलपत्र आह्वान गरिएको उक्त कामका लागि राष्ट्र बैंकले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३८(२) बमोजिम कम्पनीलाई छनौट गरेको हो। प्राविधिक मूल्यांकनमा उत्कृष्ट ठहरिएको हउलादार युनुस एण्ड को मात्र छनौटमा परेपछि राष्ट्र बैंकले आर्थिक प्रस्ताव खोलेको थियो। कम्पनीले १० वटा वाणिज्य बैंकको कर्जा समीक्षा गर्न कुल NPR ६२,५४,९१२.५० (छैठी लाख दुई हजार नौ सय बाह्र रुपैयाँ ५० पैसा) र USD २७१,६७०.०५ (दुई लाख एकहत्तर हजार छ सय सत्तरी डलर ५ सेन्ट) मा सहमति जनाएको छ।Bangladeshi Audit Firm Howladar Yunus & Co Selected for Loan Quality Review of 10 Commercial Banks in Nepal Nepal Rastra Bank has selected Bangladeshi audit firm Howladar Yunus & Co, Chartered Accountants, to conduct a Loan Portfolio Review (LPR) of 10 major commercial banks in Nepal. The selection was made under Clause 38(2) of the Public Procurement Act, 2063, following a technical evaluation in which the firm received the highest score. Out of six applicants that submitted proposals in Poush 2081, only Howladar Yunus & Co qualified in the technical evaluation. Subsequently, the financial proposal was opened, and the firm agreed to carry out the review work at NPR 6,254,912.50 (Six Million Two Hundred Fifty-Four Thousand Nine Hundred Twelve Rupees and Fifty Paisa) and USD 271,670.05 (Two Hundred Seventy-One Thousand Six Hundred Seventy Dollars and Five Cents), excluding VAT.

      NEPSE TRADING·24 Jul, 2025·1 min read
    • सिद्धार्थ बैंक र नेपाल एसबिआई बैंकका ऋणपत्र बाँडफाँट सम्पन्न
      Investor

      सिद्धार्थ बैंक र नेपाल एसबिआई बैंकका ऋणपत्र बाँडफाँट सम्पन्नDebenture Allotment Completed for Siddhartha Bank and Nepal SBI Bank

      सिद्धार्थ बैंक र नेपाल एसबिआई बैंकका ऋणपत्र बाँडफाँट सम्पन्न सिद्धार्थ बैंक लिमिटेडले असार २९ देखि ३२ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको 'एसबिएल डिबेन्चर २०९१' ऋणपत्र बाँडफाँट गरिएको छ। यो ऋणपत्र १० वर्षे अवधिको रहेको छ र वार्षिक ७.२५ प्रतिशत ब्याजदर प्रस्ताव गरिएको थियो। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा २५ लाख कित्ता अर्थात २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको थियो। जसमा १५ लाख कित्ता व्यक्तिगत तवरबाट र १० लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो। यसमध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको थियो। यस ऋणपत्रको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड थियो।Debenture Allotment Completed for Siddhartha Bank and Nepal SBI Bank Siddhartha Bank Limited has completed the allotment of its debenture titled "SBL Debenture 2091", which was issued and open for sale from Ashad 29 to Ashad 32. The debenture carries a 10-year maturity period with an annual interest rate of 7.25%. The bank had issued 2.5 billion rupees worth of debentures, totaling 2.5 million units at a par value of NPR 1,000 each. Out of the total, 1.5 million units were allocated for private placement and 1 million units for the general public. Among the public portion, 50,000 units were reserved for mutual funds. The issue manager for this debenture was NMB Capital Limited.

      NEPSE TRADING·24 Jul, 2025·1 min read
    • गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध अख्तियारमा उजुरी, योग्यता नपुगेको र प्रक्रिया मिचिएको आरोप
      Investor

      गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध अख्तियारमा उजुरी, योग्यता नपुगेको र प्रक्रिया मिचिएको आरोपComplaint Filed Against Governor Dr. Bishwanath Poudel at CIAA Alleging Lack of Qualification and Procedural Violation

      गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध अख्तियारमा उजुरी, योग्यता नपुगेको र प्रक्रिया मिचिएको आरोप गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गम्भीर उजुरी परेको छ। साउन ४ गते दर्ता गरिएको उजुरीमा पौडेललाई योग्यता नपुग्दासमेत राजनीतिक दबाबमा गभर्नर बनाइएको आरोप लगाइएको छ। राष्ट्रभक्त नेपालीको नामबाट दर्ता गरिएको उजुरीको दर्ता नम्बर सी–००१२७६ रहेको छ। उजुरीमा पौडेलसँग राष्ट्र बैंक ऐन, २०५८ अनुसार आवश्यक पर्ने आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा बाणिज्य क्षेत्रको योग्यता नभएको दाबी गरिएको छ। सो ऐनको दफा १५ को उपदफा २ अनुसार गभर्नर हुन स्नातकोत्तर तहको अध्ययन त्यहि क्षेत्रसँग सम्बन्धित हुनुपर्ने भनिएको छ। तर पौडेलले सफ्टवेयर इन्जिनियरिङमा स्नातकोत्तर गरेको र ‘रिसोर्स एग्रिकल्चर’मा विद्यावारिधि लिएको जनाउँदै उक्त योग्यता अपूरो रहेको उजुरीमा उल्लेख छ।Complaint Filed Against Governor Dr. Bishwanath Poudel at CIAA Alleging Lack of Qualification and Procedural Violation A formal complaint has been filed at the Commission for the Investigation of Abuse of Authority (CIAA) against Nepal Rastra Bank Governor Dr. Bishwanath Poudel, alleging that he was appointed to the position without proper qualifications and in violation of legal procedures. The complaint, registered on Shrawan 4 (July 19), claims that Poudel lacks the qualifications required to become Governor under the Nepal Rastra Bank Act, 2058. It alleges that he was forcefully appointed under political influence despite being a member of a political party, which the complainant argues makes the appointment illegal. Filed under the name "Rastrabhakta Nepali," the complaint (Registration No. C-001276) raises questions about Poudel’s academic credentials. It challenges his use of the titles "Professor" and "Doctor," demanding clarity on which meeting or decision of Kathmandu University granted him those titles.

      NEPSE TRADING·24 Jul, 2025·1 min read
    • सांग्रिला डेभलपमेन्ट बैंकको मुनाफा २१३% ले वृद्धि, वितरणयोग्य आम्दानी उच्च
      Investor

      सांग्रिला डेभलपमेन्ट बैंकको मुनाफा २१३% ले वृद्धि, वितरणयोग्य आम्दानी उच्चShangrila Development Bank Sees 213% Surge in Distributable Profit in Q4 Financial Report

      सांग्रिला डेभलपमेन्ट बैंकको मुनाफा २१३% ले वृद्धि, वितरणयोग्य आम्दानी उच्च सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै वितरणयोग्य मुनाफा अघिल्लो वर्षको तुलनामा २१३.८१ प्रतिशतले बढेको जनाएको छ। बैंकले यस अवधिमा ४१ करोड ३८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो, जुन अघिल्लो वर्ष १३ करोड १८ लाख रुपैयाँ थियो। खुद नाफा भने ६.५१% ले मात्रै बढेर ५३ करोड ७० लाख रुपैयाँ पुगेको छ। यस अवधिमा खुद ब्याज आम्दानी १.३६% ले घटेको भए पनि फी तथा कमिशन आम्दानी ९.१५% ले बढेको छ। कुल सञ्चालन आम्दानीमा ३.३९% वृद्धि भएको छ भने सञ्चालन मुनाफा १०.०६% ले बढेको देखिन्छ।Shangrila Development Bank Sees 213% Surge in Distributable Profit in Q4 Financial Report Shangrila Development Bank Limited (SADBL) has published its unaudited financial report for the fourth quarter of the last fiscal year, showing a significant 213.81% increase in distributable profit compared to the same period the previous year. The bank earned NPR 413.8 million in distributable profit by the end of the fiscal year, up from NPR 131.8 million a year earlier. Despite the sharp rise in distributable profit, the net profit grew modestly by 6.51% to NPR 537 million. During the review period, net interest income declined by 1.36%, while fee and commission income increased by 9.15%. Operating income rose by 3.39% and operating profit increased by 10.06%.

      NEPSE trading ·24 Jul, 2025·1 min read
    • नेप्से सातौं दिनसम्म हरियालीमै, RSI ८४ नाघ्दै जोखिम संकेत, ३०४५ नजिक प्रतिरोध
      Investor

      नेप्से सातौं दिनसम्म हरियालीमै, RSI ८४ नाघ्दै जोखिम संकेत, ३०४५ नजिक प्रतिरोधMarket in Overbought Zone: NEPSE Maintains Green Streak for 7th Day, Market Cap Hits NPR 4.97 Trillion, RSI Crosses 84

      नेप्से सातौं दिनसम्म हरियालीमै, RSI ८४ नाघ्दै जोखिम संकेत, ३०४५ नजिक प्रतिरोध नेपालको पुँजी बजारमा सातौं दिनसम्म पनि सुधारको लय कायम रहँदा नेप्से परिसूचक २५३ अंकले उकालो लागेको छ। बजारले बुधबार ५.१७ अंकले वृद्धि गर्दै २९७८.८८ विन्दुमा बन्द गर्‍यो। तीन दिनदेखि दैनिक कारोबार २० अर्ब हाराहारीमै रहेको छ भने समग्र बजार पुँजीकरण हालसम्मकै उच्च बिन्दु ४९ खर्ब ७० अर्ब ७६ करोड रुपैयाँमा पुगेको छ। साउनको सुरुवातसँगै आएको यो तेजीसँगै लगानीकर्ताको मनोबल उच्च देखिएको छ। तर बुधबारको बजारमा प्राविधिक रूपमा डोजी क्यान्डल देखिएपछि प्रफिट बुकिङको संकेत देखिएको छ। प्राविधिक विश्लेषक अजित खनालका अनुसार, २९२९ को रेसिस्टेन्स ब्रेक भए पनि बायर्स कमजोर देखिएका छन् र बजार असमञ्जसको अवस्थामा प्रवेश गरेको छ।Market in Overbought Zone: NEPSE Maintains Green Streak for 7th Day, Market Cap Hits NPR 4.97 Trillion, RSI Crosses 84 The Nepalese stock market continued its bullish rally for the seventh straight trading day, with the NEPSE index surging by 253 points during this period. On Wednesday, the index gained 5.17 points to close at 2,978.88 – the highest level in recent months. Daily turnover has remained consistently around NPR 20 billion for the past three sessions, while total market capitalization reached an all-time high of NPR 4.97 trillion.

      NEPSE TRADING·23 Jul, 2025·2 min read
    • झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्दै
      Investor

      झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्दैJhapa Energy Limited to Open IPO from Shrawan 14

      झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्दै झापा इनर्जी लिमिटेडले आगामी साउन १४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको छ। नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा जम्मा ९ लाख ५० हजार ४७५ कित्ता शेयर सार्वजनिक निष्कासन गर्नेछ। त्यसमा आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीयका लागि ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि ५७ हजार २९ कित्ता शेयर छुट्याइएको छ। आयोजना प्रभावितमध्ये १ लाख ९० हजार ९५ कित्ता शेयर आयोजनास्थल झापा, शिवसताक्षी नगरपालिका–४ को १०० मिटरभित्र बस्नेहरूका लागि र बाँकी १ लाख ९० हजार ९५ कित्ता सो क्षेत्रबाहिरका स्थानीयहरूका लागि छुट्याइएको छ।Jhapa Energy Limited to Open IPO from Shrawan 14 Jhapa Energy Limited is set to issue its Initial Public Offering (IPO) from Shrawan 14, targeting project-affected locals and Nepali citizens working abroad. As per the approval received from the Securities Board of Nepal (SEBON) on Ashad 31, the company will issue a total of 950,475 shares at a face value of NPR 100 each. Out of the total issuance, 380,190 shares (10% of issued capital) are allocated for locals of the affected area, and 57,029 shares (15% of the public issue) for Nepalis in foreign employment. Among the shares reserved for locals, 190,095 shares are for residents within a 100-meter radius of the project site in Shivsatakshi Municipality–Ward 4, and the remaining 190,095 shares are for residents outside this immediate area.

      NEPSE TRADING·23 Jul, 2025·1 min read
    • स्वरोजगार कर्जाका लागि युवा तथा साना व्यवसायी कोषद्वारा पुनः प्रस्ताव आह्वान
      Investor

      स्वरोजगार कर्जाका लागि युवा तथा साना व्यवसायी कोषद्वारा पुनः प्रस्ताव आह्वानYouth and Small Entrepreneur Fund Reopens Loan Proposal Call for Cooperatives

      स्वरोजगार कर्जाका लागि युवा तथा साना व्यवसायी कोषद्वारा पुनः प्रस्ताव आह्वान सरकारले बेरोजगार युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित सञ्चालन गरेको ‘युवा तथा साना व्यवसायी स्वरोजगार कोष’ले कर्जाका लागि पुनः प्रस्ताव आह्वान गरेको छ। युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको कोषले इच्छुक र योग्य सहकारी संस्थाहरूलाई १५ दिनभित्र प्रस्ताव पेस गर्न अनुरोध गरेको छ। अघिल्लो पटक कोषबाट कर्जा लिएर कारोबार गरिसकेका सहकारीहरूले असार मसान्त २०८२ भित्र नियमित रुपमा कर्जा चुक्ता गरेको अवस्थामा पुनः प्रस्ताव पेस गर्न सक्ने व्यवस्था गरिएको छ।Youth and Small Entrepreneur Fund Reopens Loan Proposal Call for Cooperatives The *Youth and Small Entrepreneur Self-Employment Fund*, initiated by the government to promote self-employment among unemployed youths, has reopened a call for loan proposals. Under the Ministry of Youth and Sports, the fund has invited interested and eligible cooperatives to submit their proposals within 15 days. Cooperatives that had previously borrowed from the fund and have repaid their loans regularly by the end of Ashad 2082 are also eligible to apply again.

      NEPSE TRADING·23 Jul, 2025·<1 min read
    • सरकारले आज १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै, आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक
      Top

      सरकारले आज १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै, आन्तरिक ऋण उठाउने तालिका सार्वजनिकGovernment to Sell Rs. 10 Billion Development Bond Today; Internal Debt Schedule Announced

      सरकारले आज १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै, आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज साउन ७ गते १० अर्ब रुपैयाँ बराबरको तीन वर्षे ‘विकास ऋणपत्र–२०८५’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्दैछ। बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म बोलकबोल हुने र नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजार कारोबार समेत हुने छ। अर्धवार्षिक ब्याजसहित आयकर लाग्ने यो ऋणपत्र धितो राखी कर्जा लिन सकिनेछ। यस वर्ष सरकारले कुल ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। साउनदेखि असोजसम्म १ खर्ब १३ अर्ब, कात्तिकदेखि पुससम्म ८५ अर्ब, माघदेखि चैतसम्म १ खर्ब ९ अर्ब र वैशाखदेखि असारसम्म ५५ अर्ब आन्तरिक ऋण उठाइनेछ।Government to Sell Rs. 10 Billion Development Bond Today; Internal Debt Schedule Announced The Public Debt Management Office is auctioning a three-year "Development Bond 2085" worth Rs. 10 billion today (Shrawan 7). The auction will be held from 10 AM to 3 PM, and the bond will be tradable on the Nepal Stock Exchange. The bond offers semi-annual interest payments, is taxable, and can be used as collateral for loans. The government has targeted raising Rs. 362 billion in internal debt this fiscal year. According to the published schedule, Rs. 113 billion will be raised between Shrawan and Asoj, Rs. 85 billion from Kartik to Poush, Rs. 109 billion from Magh to Chaitra, and Rs. 55 billion from Baisakh to Ashad.

      NEPSE TRADING·23 Jul, 2025·1 min read
    • सेबोनले ब्रोकर कोल्याट्रल हटाउने तयारी गरेको भनी फैलिएको खबर असत्य : रोहन कार्की
      Investor

      सेबोनले ब्रोकर कोल्याट्रल हटाउने तयारी गरेको भनी फैलिएको खबर असत्य : रोहन कार्कीNews About SEBON Removing Broker Collateral Found to Be False and Misleading

      सेबोनले ब्रोकर कोल्याट्रल हटाउने तयारी गरेको भनी फैलिएको खबर असत्य : रोहन काNews About SEBON Removing Broker Collateral Found to Be False and Misleading

      NEPSE trading ·22 Jul, 2025·1 min read
    • नेप्सेमा ऐतिहासिक हरियाली : ६ दिनमै २४८ अंकले उकालो, बजार ३२ सय विन्दु तर्फ उन्मुख
      Investor

      नेप्सेमा ऐतिहासिक हरियाली : ६ दिनमै २४८ अंकले उकालो, बजार ३२ सय विन्दु तर्फ उन्मुखNEPSE Hits Historic High: Index Surges 248 Points in 6 Days, Market Eyes 3200

      नेप्सेमा ऐतिहासिक हरियाली : ६ दिनमै २४८ अंकले उकालो, बजार ३२ सय विन्दु तर्फ उन्मुख नेपाल सरकारबाट सेयर बजारप्रति आएका सकारात्मक नीतिगत संकेतहरूको प्रभावले पछिल्लो एक सातायता पूँजी बजारमा उल्लेखनीय सुधार देखिएको छ। मंगलबारसम्म आइपुग्दा नेप्से परिसूचक २४८ अंकले उकालो लागेर २९७३.७० विन्दुमा पुगेको छ, जुन पछिल्लो एक वर्षको उच्च बिन्दु हो। यससँगै कूल बजार पुँजीकरण ४९ खर्ब ६२ अर्ब रुपैयाँ नाघेको छ, जुन ऐतिहासिक स्तर हो। लगातार बढ्दो लगानीकर्ताको आत्मविश्वाससँगै बजारमा कारोबार रकमसमेत उच्च विन्दुमा पुगेको छ। सोमबार १६ अर्ब ३२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा मंगलबार कारोबार रकम २० अर्ब ८ करोड ५३ लाख रुपैयाँ नाघेको हो।NEPSE Hits Historic High: Index Surges 248 Points in 6 Days, Market Eyes 3200 Nepal's stock market has witnessed a historic rally, fueled by positive policy signals from the government aimed at promoting capital markets. In just six trading days, the NEPSE index has surged by 248 points, reaching 2,973.70 points on Tuesday. This rally has pushed the total market capitalization to NPR 4.96 trillion, the highest in Nepal's stock market history.

      NEPSE trading ·22 Jul, 2025·2 min read
    • पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा, १:१ को अनुपातमा एकीकरण हुने
      Investor

      पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा, १:१ को अनुपातमा एकीकरण हुनेPokhara Finance and Samriddhi Finance to Merge in 1:1 Ratio

      पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा, १:१ को अनुपातमा एकीकरण हुने पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड मर्जर प्रक्रियामा जाने भएका छन्। आज बिहान पोखरास्थित होटल ल्यान्डमार्कमा आयोजित एक कार्यक्रमबीच मर्जर सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा पोखरा फाइनान्सका तर्फबाट अध्यक्ष तिलबहादुर गुरूङ र समृद्धि फाइनान्सका तर्फबाट अध्यक्ष सुदीप घिमिरेले हस्ताक्षर गरेका छन्। दुवै कम्पनी १:१ को सेयर स्वामित्व अनुपातमा गाभिने सहमति भएको छ।Pokhara Finance and Samriddhi Finance to Merge in 1:1 Ratio Pokhara Finance Limited and Samriddhi Finance Company Limited have agreed to undergo a merger. The agreement was signed this morning at Hotel Landmark in Pokhara. The memorandum of understanding (MoU) was signed by Mr. Til Bahadur Gurung on behalf of Pokhara Finance and Mr. Sudeep Ghimire on behalf of Samriddhi Finance. As per the agreement, the merger will take place at a 1:1 share swap ratio.

      NEPSE trading ·20 Jul, 2025·<1 min read
    • ऐतिहासिक उत्साह : मौद्रिक नीतिले थप्यो ऊर्जा, प्राविधिक रूपमा बलियो देखिँदै नेप्से
      Investor

      ऐतिहासिक उत्साह : मौद्रिक नीतिले थप्यो ऊर्जा, प्राविधिक रूपमा बलियो देखिँदै नेप्सेHistoric Optimism in NEPSE: Investor Confidence Surges Amid Policy Shift and Technical Strength

      ऐतिहासिक उत्साह : मौद्रिक नीतिले थप्यो ऊर्जा, प्राविधिक रूपमा बलियो देखिँदै नेप्से सरकारले ल्याएको मौद्रिक नीतिको प्रभावसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ऐतिहासिक उत्साह देखिएको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो कारोबार दिन (साउन १ गते) नेप्से सूचक ७५.८४ अंकले वृद्धि भई २८७०.६३ विन्दुमा पुग्दा लगानीकर्तामा नयाँ ऊर्जा थपिएको छ। कारोबार रकम पनि १६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ, जुन झन्डै ११ महिनायताको उच्चतम हो। नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति आइतबारबाटै कार्यान्वयनमा आएको हो। सो नीतिअनुसार व्यक्तिगत शेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्याइएको छ। साथै, बैंकहरूले हकप्रद सेयरमार्फत पुँजी बढाउन पाउने, ब्याजदर करिडोरको माथिल्लो सीमा ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत र तल्लो सीमा २.७५ प्रतिशतमा झारिएको छ। लघुवित्तको लाभांश सीमा समेत पुनरवलोकन गरिने स्पष्ट संकेत दिएको छ।Historic Optimism in NEPSE: Investor Confidence Surges Amid Policy Shift and Technical Strength A wave of historic optimism has returned to Nepal’s stock market as both the government and Nepal Rastra Bank (NRB) unveil coordinated policy support. On the first trading day of the fiscal year 2082/83 (corresponding to mid-July 2025), the NEPSE index surged by 75.84 points to close at 2870.63, reflecting a strong rebound in investor sentiment. The total turnover also hit an impressive NPR 16.59 billion — the highest in nearly 11 months.

      NEPSE TRADING·17 Jul, 2025·3 min read
    • बजार घट्दा लगानीकर्ता सतर्क, ब्रोकरको भूमिका विवादित, नेप्सेमा ३५ अंकको गिरावट
      Investor

      बजार घट्दा लगानीकर्ता सतर्क, ब्रोकरको भूमिका विवादित, नेप्सेमा ३५ अंकको गिरावटMarket Falls by 35 Points Amid Caution and Broker Pressure; Investors Urged to Stay Alert

      बजार घट्दा लगानीकर्ता सतर्क, ब्रोकरको भूमिका विवादित, नेप्सेमा ३५ अंकको गिरावट मौद्रिक नीतिपछि उत्साहित देखिएको शेयर बजार सोमबार भने ३५.०९ अंकले घटेर २७२५.७१ विन्दुमा झरेको छ। विश्लेषकहरूका अनुसार यो गिरावटलाई ‘टेक्निकल रिभर्सल’ को संकेत मानिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लगानीमैत्री मौद्रिक नीतिपछि आइतबार बजारमा उत्साह देखिएको थियो। तर, लगानीकर्ताहरूले 'बाय द रुमर, सेल द न्यूज' रणनीति अपनाउँदै नाफा सुरक्षित गर्न थालेपछि बजारमा दबाब सिर्जना भयो। विश्लेषकहरूका अनुसार आइतबार बजारले ‘सुटिङ स्टार’ क्यान्डल बनाएको थियो जुन रिभर्सलको क्लासिक संकेत हो। सोमबार ग्याप फिल हुँदै बजार सो सपोर्टभन्दा तल बन्द भएको छ, जसले कमजोरी झल्काउँछ।Market Falls by 35 Points Amid Caution and Broker Pressure; Investors Urged to Stay Alert After a wave of optimism sparked by the monetary policy, the NEPSE index declined by 35.09 points on Monday, closing at 2725.71. Analysts interpret this drop as a possible technical reversal. The monetary policy announced by Nepal Rastra Bank on Sunday was seen as investor-friendly, leading to a bullish response. However, many investors took the opportunity to book profits, following the classic “buy the rumor, sell the news” strategy, which triggered selling pressure.

      NEPSE TRADING·14 Jul, 2025·1 min read
    • मौद्रिक नीतिले शेयर बजारलाई उकास्यो: नेप्से २९ अंकले उकालो, कारोबार ११ अर्ब नाघ्यो
      Investor

      मौद्रिक नीतिले शेयर बजारलाई उकास्यो: नेप्से २९ अंकले उकालो, कारोबार ११ अर्ब नाघ्योMonetary Policy Cheers the Stock Market: NEPSE Gains 29 Points, Turnover Crosses NPR 11 Billion; Bank & Microfinance Lead Momentum

      मौद्रिक नीतिले शेयर बजारलाई उकास्यो: नेप्से २९ अंकले उकालो, कारोबार ११ अर्ब नाघ्यो नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले शेयर बजारमा सकारात्मक तरंग ल्याएको छ। मौद्रिक नीतिपछि आइतबार खुलेको बजारमा नेप्से सूचक २९.०० अंकले बढेर २७६०.८० विन्दुमा बन्द भएको छ। दिनभर उकालो लाग्ने क्रम जारी रहँदा सूचक इंट्राडेमा ६६ अंकसम्म उकालो लागेको थियो।Monetary Policy Cheers the Stock Market: NEPSE Gains 29 Points, Turnover Crosses NPR 11 Billion; Bank & Microfinance Lead Momentum The newly announced monetary policy for the fiscal year 2082/83 (2025/26) by Nepal Rastra Bank (NRB) has injected a fresh wave of optimism in the stock market. Following its release, the NEPSE index climbed by 29.00 points, closing at 2760.80 on Sunday. In intraday trading, the index surged by over 66 points, nearing the 2800 mark, although it later saw some volatility before closing strong.

      NEPSE TRADING·13 Jul, 2025·2 min read
    • बुङ्गल हाइड्रोको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक श्रमिकलाई लक्षित
      Stock

      बुङ्गल हाइड्रोको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक श्रमिकलाई लक्षितBungal Hydropower IPO Opens Today for Locals and Migrant Workers

      बुङ्गल हाइड्रो लिमिटेडले आज असार २९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले ८३ करोड रुपैयाँ जारी पुँजीको ३५% अर्थात् २९ लाख ५ हजार कित्ता शेयर निष्कासन गर्दैछ। जसमध्ये १०% अर्थात् ८ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ। यसमध्ये ६५% अत्यधिक प्रभावित क्षेत्र बुङ्गल नपा-६ र साविक पिपलकोट तथा कफल्सेरी गाविसका बासिन्दालाई र बाँकी ३५% बुङ्गल नपा-१, २, ३, ४, ५, ८, ९, १०, ११ का बासिन्दालाई बाँडफाँट गरिनेछ। Bungal Hydropower Limited has opened its Initial Public Offering (IPO) from today, Ashad 29, targeting project-affected locals and Nepali citizens working abroad. The company is issuing 29,05,000 shares, equivalent to 35% of its total issued capital of Rs. 830 million. Out of this, 830,824 shares (10%) are allocated for residents of the project-affected areas. Among them, 65% will be distributed to residents of Bungal Municipality Ward-6 (former Pipalakot and Kaflaseri VDCs), while the remaining 35% will go to residents of Wards 1, 2, 3, 4, 5, 8, 9, 10, and 11 of Bungal Municipality.

      Nepse trading·13 Jul, 2025·1 min read
    • राष्ट्र बैंकले लघुवित्तको लाभांश सीमा पुनरावलोकन गर्ने
      Investor

      राष्ट्र बैंकले लघुवित्तको लाभांश सीमा पुनरावलोकन गर्नेNRB to Review Dividend Cap Policy for Microfinance Institutions

      राष्ट्र बैंकले लघुवित्तको लाभांश सीमा पुनरावलोकन गर्ने नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई वार्षिक १५ प्रतिशतभन्दा बढी नगद वा बोनस लाभांश वितरण गर्न रोक लगाउने विद्यमान नीतिलाई पुनरावलोकन गर्ने भएको छ। नयाँ गभर्नर डा. विश्वनाथ पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा बुँदा नम्बर १०४ अन्तर्गत यो व्यवस्था उल्लेख गरिएको हो। नीतिमा भनिएको छ, “लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरण गर्ने सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ।” यसको अर्थ, आगामी दिनमा राष्ट्र बैंकले यो सीमा हटाउने वा परिमार्जन गर्ने दिशामा जान सक्ने देखिएको छ।NRB to Review Dividend Cap Policy for Microfinance Institutions Nepal Rastra Bank (NRB) has announced that it will review the existing policy that restricts microfinance institutions from distributing more than 15% annual dividends (cash or bonus). This was declared by NRB Governor Dr. Vishwanath Paudel during the unveiling of the Monetary Policy for the fiscal year 2082/83, his first policy statement since assuming office. According to point number 104 of the new monetary policy, “The current provision allowing microfinance financial institutions to distribute annual dividends (cash or bonus) up to 15% will be reviewed.” This indicates that the central bank may consider raising or adjusting the existing cap instead of scrapping it altogether.

      NEPSE TRADING·11 Jul, 2025·1 min read
    • नेपाल राष्ट्र बैंकद्वारा लचिलो र विकासमुखी मौद्रिक नीति सार्वजनिक
      Investor

      नेपाल राष्ट्र बैंकद्वारा लचिलो र विकासमुखी मौद्रिक नीति सार्वजनिकNepal Rastra Bank Releases Flexible and Growth-Oriented Monetary Policy for FY 2082/83

      नेपाल राष्ट्र बैंकद्वारा लचिलो र विकासमुखी मौद्रिक नीति सार्वजनिक काठमाडौं — नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र विकासमुखी मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै आर्थिक स्थायित्व कायम राख्ने, मुद्रास्फीति नियन्त्रण गर्ने र आर्थिक वृद्धिलाई सघाउने उद्देश्यसहित नीति ल्याइएको जानकारी दिए। उनका अनुसार नीति सरकारको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहायक हुने गरी बनाइएको हो। साथै, मुद्रास्फीति ५ प्रतिशतभित्र सीमित राख्ने र विदेशी विनिमय सञ्चिति कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने स्तरमा कायम राख्ने योजना रहेको छ।Nepal Rastra Bank Releases Flexible and Growth-Oriented Monetary Policy for FY 2082/83 Kathmandu – Nepal Rastra Bank (NRB) has unveiled a flexible and development-focused monetary policy for the fiscal year 2082/83. Governor Dr. Bishwanath Paudel, presenting his first monetary policy since taking office, stated that the policy aims to ensure macroeconomic stability, control inflation, and support economic growth. The policy is designed to align with the government’s target of 6% economic growth and aims to keep inflation within 5%. Additionally, NRB plans to maintain foreign exchange reserves sufficient to cover at least seven months of goods and services imports.

      NEPSE TRADING·11 Jul, 2025·1 min read
    •  कर्जा प्रवाह १२ प्रतिशतले वृद्धि गर्ने लक्ष्य
      Investor

      कर्जा प्रवाह १२ प्रतिशतले वृद्धि गर्ने लक्ष्यNepal Rastra Bank Unveils Monetary Policy for FY 2082/83, Targets 12% Credit Growth

      राष्ट्र बैंकको नयाँ मौद्रिक नीति सार्वजनिक, कर्जा प्रवाह १२ प्रतिशतले वृद्धि गर्ने लक्ष्य नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले बिहीबार एक पत्रकार सम्मेलनमार्फत नीति सार्वजनिक गर्दै आगामी वर्षको लागि कर्जा प्रवाह १२ प्रतिशतले वृद्धि गर्ने लक्ष्य प्रस्तुत गरेका छन्। साथै, विस्तृत मुद्रा प्रदाय (Broad Money Supply) १३ प्रतिशत रहने अनुमान गरिएको छ। गभर्नर पौडेलले मौद्रिक नीतिले आर्थिक वृद्धि दर ६ प्रतिशत र मुद्रास्फीति नियन्त्रण ५.५ प्रतिशतमा सीमित गर्ने सरकारको लक्ष्यलाई सहयोग पुर्‍याउने गरी बनाइएको बताएका छन्।Nepal Rastra Bank Unveils Monetary Policy for FY 2082/83, Targets 12% Credit Growth Kathmandu – Nepal Rastra Bank (NRB) has unveiled the Monetary Policy for Fiscal Year 2082/83. Governor Dr. Bishwanath Paudel, presenting the policy on Thursday, announced that the central bank has set a target to increase credit flow by 12% in the upcoming fiscal year. Similarly, broad money supply is projected to grow by 13%. Governor Paudel stated that the policy is designed to support the government's goals of achieving 6% economic growth and limiting inflation to 5.5%. The focus of this year’s monetary policy includes liquidity management, balanced interest rates, credit access, and overall financial stability.

      NEPSE TRADING·11 Jul, 2025·1 min read
    • शेयर धितो कर्जाको व्यक्तिगत सीमा २५ करोड पुग्यो
      Investor

      शेयर धितो कर्जाको व्यक्तिगत सीमा २५ करोड पुग्योShare Pledge Loan Limit Raised to NPR 25 Crore per Individual

      शेयर धितो कर्जाको व्यक्तिगत सीमा २५ करोड पुग्यो नेपाल राष्ट्र बैंकले व्यक्तिगत लगानीकर्ताले लिन सक्ने शेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ पुर्‍याएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा गरिएको यस परिवर्तनले शेयर बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।Nepal Rastra Bank has increased the individual limit for share pledge loans from NPR 15 crore to NPR 25 crore. This change, announced in the Monetary Policy for FY 2082/83, allows investors to borrow more against their shareholdings. While the cap has increased, risk control measures and LTV ratios remain unchanged. The decision is expected to enhance liquidity and stimulate the stock market.

      NEPSE TRADING·11 Jul, 2025·<1 min read
    • स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारिमा रहेका नेपालीका लागि आईपीओ निष्कासन खुला गर्‍यो
      Top

      स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारिमा रहेका नेपालीका लागि आईपीओ निष्कासन खुला गर्‍योSwastik Laghubitta Opens IPO for Nepalis Working Abroad

      स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारिमा रहेका नेपालीका लागि आईपीओ निष्कासन खुला गर्‍यो स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गरी आज (असार २७ गते) बाट साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। लघुवित्तले कुल जारी पूँजीको ४० प्रतिशतअनुसार २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासनको अनुमति पाएको थियो। उक्तमध्ये १ हजार १५५ कित्ता कर्मचारीहरूका लागि, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकाले बाँकी २३ हजार १०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको हो।Swastik Laghubitta Opens IPO for Nepalis Working Abroad Swastik Laghubitta Bittiya Sanstha Limited has opened its Initial Public Offering (IPO) for Nepali citizens currently employed abroad starting today (Asar 27). The microfinance institution received approval to issue 231,000 units of ordinary shares worth NPR 23.1 million, which is 40% of its issued capital. Out of the total, 1,155 shares have been allocated for employees and 11,550 shares for mutual funds. The remaining 23,100 shares are specifically reserved for Nepali citizens working overseas who have received labor permits from the Government of Nepal.

      NEPSE TRADING·11 Jul, 2025·1 min read