
Investor News
Stay informed and invest with latest NEPSE news and analysis.

झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन सुरु गर्यो झापा इनर्जी लिमिटेडले आज साउन १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएसँगै कुल ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँ दरमा निष्काशन गर्न लागेको हो।Jhapa Energy Limited Opens IPO for Project-Affected Locals and Nepalis Working Abroad Jhapa Energy Limited has opened its Initial Public Offering (IPO) from today, July 30 (Shrawan 14), targeting project-affected local residents and Nepalis currently employed abroad. The company received approval from the Securities Board of Nepal (SEBON) on July 15 (Ashar 31) to issue a total of 950,475 shares at a face value of NPR 100 per share. Out of the total issue, 10% (380,190 shares) is allocated to locals affected by the project, and 15% (570,285 shares) is reserved for Nepali citizens working abroad.

आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक, डलर १३९ नाघ्यो नेपाल राष्ट्र बैंकले आज (साउन १४) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २१ पैसा तोकिएको छ। पछिल्लो समय अमेरिकी डलरको दरमा निरन्तर वृद्धिको संकेत देखिएको छ। युरोपियन युरोको खरिददर १६० रुपैयाँ २८ पैसा र बिक्रीदर १६० रुपैयाँ ९८ पैसा रहेको छ। युके पाउण्ड स्ट्रलिङको खरिददर १८५ रुपैयाँ र बिक्रीदर १८५ रुपैयाँ ८० पैसा, स्वीस फ्रयाङ्कको खरिददर १७२ रुपैयाँ १५ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९० पैसा कायम गरिएको छ। त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ २० पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा, क्यानेडियन डलरको खरिददर १०० रुपैयाँ ७७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २१ पैसा तोकिएको छ। सिङ्गापुर डलरको खरिददर १०७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०८ रुपैयाँ १० पैसा रहेको छ।Foreign Exchange Rates : USD Crosses NPR 139 Nepal Rastra Bank has published the official foreign exchange rates for today (Shrawan 14). According to the central bank, the buying rate for 1 US dollar is set at NPR 138.61 and the selling rate at NPR 139.21, indicating a continued upward trend in the value of the dollar. The Euro is being traded at a buying rate of NPR 160.28 and a selling rate of NPR 160.98. The British Pound Sterling is set at NPR 185.00 for buying and NPR 185.80 for selling, while the Swiss Franc is at NPR 172.15 buying and NPR 172.90 selling.

प्रतिरोध पार गर्दै नेप्से ३ हजार विन्दु माथि, प्राविधिक रूपमा बलियो संकेत, ठूला ब्रोकरहरूबाट उच्च खरिद दबाब नेपाली सेयर बजारले मंगलबार ३ हजार विन्दुको मनोवैज्ञानिक प्रतिरोध पार गर्दै नयाँ उचाई हासिल गरेको छ। नेप्से परिसूचक ३०.७६ अंकले बढेर ३००२.७ विन्दुमा पुगेको छ, जुन विगत ५२ साता यताकै उच्च विन्दु हो। आइतबार नेप्से इन्ट्रा डेमा ३०१३ सम्म पुगे पनि बजार बन्द हुँदा २९६४ मा झरेको थियो। तर मंगलबारको बजारले फेरि उकालो लिँदै ३०२८ सम्म पुगेर अन्त्यमा ३००२.७ मा क्लोज गरेको हो। प्राविधिक विश्लेषण अनुसार हालको प्रतिरोध क्षेत्र ३०००–३०५० विन्दुबीच देखिन्छ। यो स्तर पार गरेपछि अर्को प्रतिरोध ३१८०–३२३० विन्दुमा रहने अनुमान छ। तल झरेमा बजारले २७५०–२८०० विन्दुमा सपोर्ट पाउने प्रक्षेपण गरिएको छ। यसपटकको बजार वृद्धिले छोटो समयमै धेरै विन्दु पार गरेकोले अझै उचाई बाँकी रहेको संकेत मिलेको छ।NEPSE Breaks Psychological Barrier: Crosses 3000 Mark, Strong Technical Signals, Institutional Buying Surge The Nepali stock market has finally breached the psychological resistance of 3000 points on Tuesday, reaching a new height. NEPSE index climbed by 30.76 points to close at 3002.7—its highest in 52 weeks. On Sunday, the index had reached 3013 intraday but corrected back to 2964 by the close. However, Tuesday's session saw a strong upward move, closing above 3000 after peaking at 3028 intraday. Technical analysts suggest that NEPSE's resistance zone lies between 3000–3050 points. If this level is broken, the next major resistance is projected around 3180–3230 points. On the downside, support is seen near 2750–2800. Compared to the previous bull trend, the current rally has crossed significant levels in a short time, implying further upside potential.

लगानीकर्ताले लाभांश छनोटमा के विचार गर्ने? – बजार विश्लेषक अजित खनालको सुझाव काठमाडौं — सेयर बजारमा लाभांश सिजन सुरु भएसँगै ‘नगद लाभांश राम्रो कि बोनस सेयर?’ भन्ने बहस तीव्र बन्दै गएको छ। बजार विश्लेषक अजित खनालले आफ्नै फेसबुक पेजमार्फत लगानीकर्तालाई लाभांश छनोटबारे व्यावहारिक सुझाव दिएका छन्। खनालका अनुसार यस विषयलाई दुई पाटोबाट विश्लेषण गर्न आवश्यक छ— पहिलो, कम्पनीको समृद्धि, विकास र पूँजीको आवश्यकताको सन्दर्भमा र दोस्रो, सेयर लगानीकर्ताका लागि हुने नाफा–घाटाको हिसाबमा।Dividend Season Debate: Cash or Bonus Shares? — Analyst Ajit Khanal Shares Practical Insights Kathmandu — As Nepal’s stock market enters dividend season, the debate over “Cash Dividend vs. Bonus Shares” is heating up. Market analyst Ajit Khanal, through a recent Facebook post, has offered practical insights on how investors should decide between the two. According to Khanal, this issue should be viewed from two perspectives — first, the company’s need for growth, expansion, or capital; and second, the potential profit or loss for investors.

लगातार सर्किट लेभलमा कारोबार भईरहेको समता लघुवित्तले ४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा लगातार सर्किट लेभलमा कारोबार भईरहेको समता घरेलु लघुवित्त वित्तीय संस्थाले ४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेका ती शेयर बिक्री गर्न लागेको हो। कम्पनीका अनुसार, उक्त संस्थापक शेयर खरिदका लागि हालका संस्थापक शेयरधनीहरुले आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापकहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपामा आवेदन दिनुपर्नेछ।Samata Laghubitta to Sell 4,000 Promoter Shares, Applications Open for 35 Days Samata Gharelu Laghubitta Bittiya Sanstha, which has been consistently trading at the circuit level, has announced the sale of 4,000 promoter shares. These shares belong to various existing promoter shareholders of the company. According to the company, existing promoter shareholders are eligible to apply for the purchase of these shares. Interested promoters must submit their applications within 35 days at the company’s central office in Banepa. Applicants must clearly mention the quantity of shares they wish to purchase and the proposed price in their application. The company has clarified that if no applications are received from existing promoters within the 35-day period, the shares will then be made available for sale to the general public, including individuals, institutions, and companies.

‘शुभ लक्ष्मी कोष’ले १६% लाभांश घोषणा, साउन १३ मा बुक क्लोज लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘शुभ लक्ष्मी कोष’ले आ.व. २०८१/८२ का लागि इकाइधनीलाई करसहित १६ प्रतिशत प्रतिफल (लाभांश) वितरण गर्ने घोषणा गरेको छ। साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। कोषको कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंक रहेको छ भने योजना व्यवस्थापक तथा डिपोजिटरी लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लाभांश वितरणका लागि साउन १३ गते (मंगलबार) बुक क्लोज गरिनेछ। सो दिन बुक क्लोज हुने भएकाले साउन १२ गतेसम्म कायम रहेका इकाइधनीले मात्र यो लाभांश पाउनेछन्।Shubha Laxmi Fund Declares 16% Dividend, Book Closure on July 29 ‘Shubha Laxmi Fund’, operated under Laxmi Mutual Fund, has announced a 16% return (dividend) including tax for fiscal year 2081/82. The fund is promoted by Laxmi Sunrise Bank and managed and deposited by Laxmi Sunrise Capital Limited. The decision was made during the board meeting held on July 28 (Shrawan 12). The book closure for dividend distribution is set for Tuesday, July 29 (Shrawan 13). Only unitholders who remain on record until the day before (Shrawan 12) will be eligible to receive the declared dividend.

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद साउन २० गतेसम्म थप एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २५ गतेदेखि निष्कासन गरेको हकप्रद शेयरमा आवेदन दिने अन्तिम म्याद साउन २० गतेसम्म थपिएको छ। यसअघि कम्पनीले साउन १३ गतेसम्म मात्र आवेदन दिन सकिने व्यवस्था गरेको थियो। तर निर्धारित अवधिमा पर्याप्त आवेदन नपरेपछि बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको सिफारिसमा आवेदन म्याद थप गरिएको हो। नेपाल धितोपत्र बोर्डबाट स्वीकृत अनुसार, कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.४२ अनुपातमा हकप्रद शेयर निष्काशन गरिरहेको छ। यसअनुसार, कम्पनीले कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा जारी गरिरहेको छ। कम्पनीले यस प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गरिसकेकोले, जेठ १४ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन्।Asian Life Insurance Extends Rights Share Application Deadline to August 4 Asian Life Insurance Company Limited has extended the deadline to apply for its ongoing rights offering. Originally, applications were to be accepted only until Tuesday, July 29 (Shrawan 13), but due to insufficient applications, the deadline has been extended to August 4 (Shrawan 20). The company received approval from the Securities Board of Nepal (SEBON) to issue 42% rights shares at a 1:0.42 ratio of its current paid-up capital. Accordingly, it is offering a total of 14,279,312.48 shares at a par value of NPR 100 per share.

राप्ती हाइड्रोको लिलामी शेयर साउन १३ गतेदेखि बिक्रीमा, साउन २० सम्म दररेटसहित आवेदन दिन सकिने राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साउन १३ गते (मंगलबार)देखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट बिक्रीमा ल्याउने भएको छ। कम्पनीले यसअघि असार १० देखि २४ गतेसम्म १:१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो, जसमा जेठ ५ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। सो क्रममा रीतपूर्वक आवेदन दिने लगानीकर्तालाई शेयर बाँडफाँट भइसकेको छ। बाँकी रहेको ७ लाख ४ हजार १११ कित्ता शेयर भने अब लिलामीमार्फत बिक्री गरिँदैछ।Rapti Hydro to Auction Unsold Rights Shares from July 29 Rapti Hydro & General Construction Limited is set to auction its unsold rights shares starting Tuesday, July 29 (Shrawan 13). Earlier, the company had opened a 1:1 rights offering of 6,127,938 shares at a par value of NPR 100 per share from Asar 10 to 24. Only shareholders registered by Jestha 5 were eligible to apply. Shares have already been allotted to those who applied as per the procedure.

"राजन सुवेदी, नेपाली शेयर बजारका युवा ट्रेडर, ३२०० को स्तर नजिकिँदा बजारमा प्रवेश गरेका थिए। तर, बजारमा प्रवेश गरेपछि उनले करिब ५० प्रतिशत गुमाए। यस घाटाको पीडाले छटपटाएका सुवेदीले त्यसपछि बजारको गहिरो अध्ययन गर्न थाले र १८०० देखि २२०० को स्तरसम्म राम्रो नाफा कमाए। वियरिस मार्केट (Bearish Market) मा पनि १५ देखि २० प्रतिशतसम्म नाफा कमाउन सकिन्छ भन्ने विश्वास राख्ने सुवेदी हाल दिनको करिब ६ घण्टा बजारमा बिताउँछन्। उनको लगानी गर्ने शैली र रणनीति बुझ्न हामीले आज उहाँलाई हाम्रो स्टुडियोमै निमन्त्रणा गरेका छौं।"Rajan Subedi, a young trader in the Nepali stock market, entered the market when the NEPSE index was nearing 3200 points. However, soon after his entry, he suffered a loss of nearly 50%. Driven by the pain of that loss, Subedi dedicated himself to studying the market and went on to earn good profits as the index ranged between 1800 and 2200 points. He believes that even in a bearish market, one can still make a profit of 15 to 20 percent. Subedi now spends around 6 hours a day actively involved in the market. To understand his unique investment style and trading strategy, we have invited him to our studio today.

हिमालयन बैंकको एफपीओ बाँडफाँट सम्पन्न, ९ जना भाग्यमानीले पाए ११ कित्ता काठमाडौं, साउन १३ – हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपीओ) को शेयर आज बिहान कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा बाँडफाँट गरिएको छ। बैंकले असार ३२ गतेदेखि साउन ४ गतेसम्म सर्वसाधारणका लागि एफपीओ खुला गरेको थियो।Himalayan Bank’s FPO Allotment Completed, 9 Lucky Applicants Receive 11 Units Each The allotment of shares for Himalayan Bank Limited's Further Public Offering (FPO) was completed this morning at the bank’s central office in Kamaladi. The FPO was open to the public from July 16 to July 20 (Ashar 32 to Shrawan 4). According to the allotment results, out of a total of 1,786,782 applicants, 925,037 investors received 10 units each, while 9 fortunate applicants received 11 units each through the lottery system. Investors can now check their allotment results via the sales manager Citizens Capital, through their Meroshare accounts, CDS & Clearing’s official website https://iporesult.cdsc.com.np, or the bank’s website.

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ २१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९१ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७८ पैसा र बिक्रीदर १०१ रुपैयाँ २२ पैसा तोकिएको छ । युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ७० पैसा र बिक्रीदर १७३ रुपैयाँ ४५ पैसा कायम गरिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । Nepal Rastra Bank Publishes Today’s Foreign Exchange Rates Nepal Rastra Bank has published the official foreign exchange rates for Monday. According to the central bank, the buying rate for 1 US Dollar is NPR 138.37, and the selling rate is NPR 138.97. Similarly, the Euro is being bought at NPR 161.21 and sold at NPR 161.91. The Australian Dollar's buying rate is NPR 90.31, and selling rate is NPR 91.70, while the Canadian Dollar is being bought at NPR 100.78 and sold at NPR 101.22. For the British Pound Sterling, the buying rate is NPR 185.62, and selling rate is NPR 186.43. Likewise, the Swiss Franc's buying rate is NPR 172.70, and the selling rate is NPR 173.45.

सामान्य सुधारः बजार स्थिर हुँदै, करेक्शनपछि लयमा फर्किने संकेत इन्ट्राडेमा ४६ अंकसम्म गिरावट देखिएको बजार अन्ततः ७.१० अंकले हरियो बन्द भयो, जसले करेक्शनपछि बजार लयमा फर्किने प्रयास गरिरहेको संकेत गर्छ । प्रविधिक रुपमा बजार हाल स्थिर देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लगातार आठ दिनको तीव्र वृद्धिपछि नवौं दिन करेक्शन देखिएको थियो भने दशौं दिन बजारले सुधार देखाएको छ। आइतबार (साउन १२) नेप्से सूचक इन्ट्राडेमा ३०१३ विन्दुसम्म उक्लिएपनि अन्ततः १८.४४ अंकले घटेर २९६४.२० विन्दुमा बन्द भएको थियो। सोमबार इन्ट्राडेमा ४६ अंकसम्म गिरावट देखिएको बजार अन्त्यमा ७.१० अंकले बढेर २९७१.३१ विन्दुमा बन्द भएको छ। धेरै लगानीकर्ताले यो उतारचढावलाई सामान्य मूल्य समायोजन (प्राइस एड्जस्टमेन्ट) को रूपमा बुझेका छन्।NEPSE: Market Stabilizing After Volatility During intraday trading, the market dropped by up to 46 points but ultimately closed 7.10 points higher, indicating efforts to recover after a correction. Technically, the market appears stable. After eight consecutive bullish sessions, NEPSE underwent a correction on the ninth day. However, on the tenth day (Monday, Shrawan 13), the market showed signs of recovery. On Sunday (Shrawan 12), the NEPSE index had climbed to 3013 points during intraday trading but closed at 2964.20 points after falling by 18.44 points. On Monday, the index dropped up to 46 points intraday but ended with a gain of 7.10 points, closing at 2971.31 points. Many investors are interpreting this fluctuation as a normal price adjustment.

(PPL)पिपुल्स पावरको हकप्रद शेयरमा आवेदन दिने म्याद साउन २६ सम्म बढ्यो पिपुल्स पावर लिमिटेड (PPL) ले असार २२ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि साउन २६ गतेसम्मका लागि थप गरेको छ। कम्पनीले १०:५ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरिरहेको छ। यस अनुसार, कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता अनुपातमा ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्दैछ, जसको कुल मूल्य ३१ करोड ६३ लाख रुपैयाँ छ। प्रति शेयरको अंकित मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ।(PPL)People's Power Rights Share Application Deadline Extended Until Shrawan 26 People's Power Limited (PPL) has extended the application deadline for its rights share issuance, which began on Ashar 22 (July 6, 2025). Investors can now apply for the 50% rights offering until Shrawan 26 (August 10, 2025). The company is issuing rights shares in a 10:5 ratio—i.e., 5 new shares for every 10 existing shares held. In total, the company is offering 3,163,000 rights shares at a face value of NPR 100 per share, amounting to NPR 316.3 million. To determine eligible shareholders, the company conducted a book closure on Ashar 2. Only those who held shares until Ashar 1 are eligible to apply for the rights shares.

ग्रीन डेभलपमेन्ट बैंकको नाफा र वितरणयोग्य मुनाफा दुवैमा उल्लेख्य वृद्धि ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड (GRDBL) ले प्रकाशित गरेको आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा र वितरणयोग्य मुनाफा दुवै अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको छ। बैंकले समीक्षा अवधिमा ६ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ३ करोड ८६ लाखको तुलनामा ७९.५३ प्रतिशतले बढी हो। यो वृद्धि मुख्यतः खुद ब्याज आम्दानीमा १७.७३ प्रतिशत र फि तथा कमिशन आम्दानीमा १३.०१ प्रतिशतको वृद्धिका साथै इम्पेरमेन्ट चार्ज घटेर २ करोड ८९ लाखबाट ६८ लाख रुपैयाँमा सीमित भएपछि सम्भव भएको हो।(GRDBL) Green Development Bank Reports Significant Growth in Net Profit and Distributable Profit Green Development Bank Limited (GRDBL) has published its unaudited fourth-quarter financial report for the fiscal year 2079/80. According to the report, the bank has recorded significant growth in both net profit and distributable profit compared to the same period of the previous fiscal year.

तल्लो सोलु जलविद्युत् आयोजना राष्ट्रिय ग्रिडमा आबद्ध हिमाली जिल्ला सोलुखुम्बुमा निर्माण गरिएको ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजना सफलतापूर्वक राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध भएको छ। सोलुखोला क्षेत्रमा निर्माण सम्पन्न भएको उक्त आयोजना सोलु करिडोरको १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै राष्ट्रिय ग्रिडमा जोडिएको हो। निजी क्षेत्रको लगानीमा निर्माण भएको यस आयोजनाले उत्पादन र विद्युत् प्रवाहको दृष्टिले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। सोलु हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित उक्त आयोजनाले गत साउन ४ गतेदेखि पहिलो युनिटको विद्युत् उत्पादन सुरु गरेको हो। परीक्षणसहित विद्युत् ग्रिडमा प्रवाह भइसकेको कम्पनीले जानकारी दिएको छ। यो आयोजना राष्ट्रिय ऊर्जा सुरक्षाका लागि एक महत्वपूर्ण काशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ। Lower Solu Hydropower Project Connected to National Grid The 82 MW Lower Solu Hydropower Project, located in the mountainous Solukhumbu district, has been successfully connected to Nepal’s national power transmission grid. Constructed in the Solukhola area, the project is linked to the national grid via the 132 kV double-circuit Solu Corridor transmission line through the Tingla substation.

बुंगल हाइड्रोको आईपीओमा आवेदन दिने म्याद साउन २६ सम्म बढ्यो बुंगल हाइड्रो लिमिटेडले असार २९ गतेदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रबाट पर्याप्त आवेदन नपरेपछि साउन २६ गतेसम्मका लागि म्याद थप गरेको हो। यद्यपि वैदेशिक रोजगारीमा रहेका नेपालीले भने आज (साउन ११ गते) सम्म मात्र आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त अनुसार, कम्पनीले कुल जारी पूँजीको ३५ प्रतिशत अर्थात २९ लाख ५ हजार कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँ दरले निष्कासन गरेको हो। जसमा आयोजनाबाट प्रभावित बझाङ जिल्लाका विभिन्न वडाका बासिन्दाका लागि ८ लाख ३० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ७ हजार ५ सय कित्ता शेयर छुट्याइएको छ।IPO Deadline Extended for Project-Affected Locals in Bungal Hydro Limited Bungal Hydro Limited has extended the application deadline for its IPO, which was initially issued from Ashar 29 (July 13, 2025). The IPO was opened in the first phase for project-affected locals and Nepali citizens working abroad. Due to an insufficient number of applications from the project-affected group, the deadline has now been extended until Shrawan 26 (August 10, 2025). However, Nepali citizens working abroad can only apply until today (Shrawan 11 / July 27, 2025). The company received approval from the Securities Board of Nepal (SEBON) to issue 2,905,000 shares—35% of its issued capital—at a face value of NPR 100 per share.

तेह्रथुम पावर कम्पनीको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिन आज अन्तिम दिन तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिन आज साउन ११ गते अन्तिम दिन रहेको छ। यसअघि साउन ४ गतेसम्म आवेदन दिने समय तोकिएको थियो, तर तोकिएको समयसम्म पर्याप्त आवेदन नपरेपछि म्याद थप गर्दै आजसम्मको लागि समय प्रदान गरिएको हो। कम्पनीले हाल कायम ४० करोड रुपियाँ चुक्ता पुँजीको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरमा ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको थियो।Today is the Last Day to Apply for Tehrathum Power Company’s 100% Rights Offering Tehrathum Power Company Limited’s 100% rights share issuance, which began on Asar 16 (June 30), is closing today, Shrawan 11 (July 27). Originally, the deadline was set for Shrawan 4 (July 20), but due to insufficient applications, the deadline was extended until today. The company received approval to issue 4 million rights shares at a face value of NPR 100 each in a 1:1 ratio based on its current paid-up capital of NPR 400 million. According to CDSC, by Saturday evening, a total of 26,483 applicants had applied for 2,255,183 shares.

राष्ट्र बैंक : २१ अर्ब रुपैयाँ बराबरको नयाँ नोट छाप्न अन्तर्राष्ट्रिय टेन्डर आह्वान नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्नका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको छ। कुल मूल्य २१ अर्ब रुपैयाँ बराबरको हुने यी नोट छपाइका लागि बैंकको मुद्रा व्यवस्थापन विभागले पूर्वयोग्य अन्तर्राष्ट्रिय सेक्युरिटी प्रिन्टरहरूसँग प्रतिस्पर्धात्मक बोलपत्र मागेको हो। राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार, डिजाइन, छपाइ, आपूर्ति र डेलिभरीसम्बन्धी सम्पूर्ण कार्यका लागि टेन्डर प्रक्रिया खुलाइएको हो। इच्छुक कम्पनीहरूले सन् २०२५ सेप्टेम्बर ८ तारिखको दिउँसो १२ बजेभित्र बोलपत्र बुझाउनुपर्नेछ भने सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ।NRB Calls International Tender to Print NPR 21 Billion Worth of New Banknotes Nepal Rastra Bank (NRB) has invited international competitive bids to print 420 million units of NPR 50 banknotes, amounting to a total of NPR 21 billion. The central bank’s Currency Management Department issued a notice calling for tenders from pre-qualified international security printers. The contract includes the design, printing, supply, and delivery of the new notes, as part of an international competitive bidding process. Interested pre-qualified companies must submit their bids to the Currency Management Department by 12:00 PM on September 8, 2025. The bids will be opened on the same day at 1:00 PM.

नेप्सेमा आठौं दिनपनि हरियाली, लगानीकर्ताको मनोबल अझै उच्च, सूचक ३००० नजिक साउन महिनासँगै नेपाल शेयर बजार (नेप्से) हरियालीको लयमा अगाडि बढिरहेको छ । लगातार आठौं कारोबार दिन समेत नेप्से परिसूचकमा सकारात्मक वृद्धि देखिएको छ । बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढ्दै २,९८२.६४ विन्दुमा बन्द भयो । यद्यपि, अघिल्लो दिनको तुलनामा कारोबार रकम भने सामान्य रुपमा घट्दै १८ अर्ब ४९ करोड ४ लाख रुपैयाँमा झरेको छ, जुन बुधबार १९ अर्ब ५७ करोड रुपैयाँ थियो। उपसमूह विश्लेषण अनुसार १३ उपसमूहमध्ये ६ उपसमूहको सूचकमा वृद्धि देखिएको छ भने ७ उपसमूहको सूचकमा सामान्य गिरावट आएको छ । जलविद्युत उपसमूहमा २% भन्दा बढी वृद्धि देखिँदा विकास बैंक उपसमूह १% माथि उकालो लागेको छ। त्यसको विपरित बैंकिङ, वित्त, जीवन बीमा, लघुवित्त, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहमा घटावट आएको छ।NEPSE Sees Green for the Eighth Consecutive Day, Investor Sentiment Remains High as Index Nears 3000 The Nepal Stock Exchange (NEPSE) has continued its bullish momentum for the eighth straight trading session, maintaining a positive uptrend since the beginning of the Nepali month of Shrawan. On Thursday, the NEPSE index rose by 3.76 points to close at 2,982.64. Despite the rise in the index, the total daily turnover slightly declined to NPR 18.49 billion from NPR 19.57 billion the previous day.