NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Investor News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 82 / 143Next
    • हिमालयन बैंकलाई एफपीओ निष्कासनको अनुमति, प्रतिकित्ता मूल्य १५७ रुपैयाँ
      Investor

      हिमालयन बैंकलाई एफपीओ निष्कासनको अनुमति, प्रतिकित्ता मूल्य १५७ रुपैयाँHimalayan Bank Gets Approval to Issue FPO at Rs. 157 Per Share

      हिमालयन बैंकलाई एफपीओ निष्कासनको अनुमति, प्रतिकित्ता मूल्य १५७ रुपैयाँ नेपाल धितोपत्र बोर्डले हिमालयन बैंक लिमिटेडलाई एफपीओ (Follow-on Public Offering) निष्कासनको अनुमति दिएको छ। बोर्डले असार २२ गते अनुमति दिएसँगै बैंकले अब १ अर्ब ५६ करोड ३३ लाख २९ हजार २६१ रुपैयाँबराबरको एफपीओ निष्कासन गर्नेछ। बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थपेर कुल १५७ रुपैयाँमा एफपीओ बिक्री खुला गर्ने भएको छ। अब छिट्टै हिमालयन बैंकले एफपीओको निष्कासन तथा बिक्री मिति सार्वजनिक गर्ने तयारी गरेको छ। यसबाट बैंकको सेयरधनी संरचनामा विविधता आउने अपेक्षा गरिएको छ।Himalayan Bank Gets Approval to Issue FPO at Rs. 157 Per Share The Securities Board of Nepal (SEBON) has granted approval to Himalayan Bank Limited to issue a Follow-on Public Offering (FPO). With the approval received on Asar 22, the bank will now issue FPO shares worth Rs. 1.56 billion (Rs. 1,56,33,29,261). As per the plan, the FPO will be issued at a face value of Rs. 100 with an additional premium of Rs. 57, making the total price per share Rs. 157. The bank is preparing to announce the FPO issuance and opening date soon. The offering is expected to diversify the bank’s shareholding structure.

      NEPSE TRADING·7 Jul, 2025·<1 min read
    • नेप्से बजार लगातार छैटौं दिन सकारात्मक, डोजी क्यान्डलले संकेत गर्‍यो बजारको अन्योलता
      Investor

      नेप्से बजार लगातार छैटौं दिन सकारात्मक, डोजी क्यान्डलले संकेत गर्‍यो बजारको अन्योलताNEPSE Rises for Sixth Consecutive Day, Doji Candle Near Strong Resistance Signals Market Uncertainty

      नेप्से बजार लगातार छैटौं दिन सकारात्मक, डोजी क्यान्डलले संकेत गर्‍यो बजारको अन्योलता शेयर बजार लगातार छैटौं दिन पनि हरियालीमै देखिएको छ। असार १५ यता उकालो लाग्दै आएको नेप्से सूचक आइतबार २.४० अंकले बढेर २७०६.३६ विन्दुमा पुगेको छ। छैटौं दिनसम्ममा सूचक ११० अंकले बढिसकेको छ। बजारको रफ्तार मौद्रिक नीतिप्रतिको आशावादबाट प्रेरित देखिएको विश्लेषकहरू बताउँछन्। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति निर्माण प्रक्रिया तीव्र बनाइरहेकाले लगानीकर्ता अझै सक्रिय छन्। तर, आइतबार बजार बन्द हुँदा बनेको डोजी क्यान्डलले भने बजारमा अनिश्चितताको संकेत दिएको छ। सूचक बलियो रेसिस्टेन्स नजिकै गएर थामिएको र अघिल्लो उच्च बिन्दु ब्रेक गर्न नसकेको प्राविधिक विश्लेषणले देखाएको छ। हाईड्रोपावर समूहमा भारी प्रफिट बुकिङ देखिएको छ भने अन्य समूहजस्तै फाइनान्स र ‘अदर्स’ उपसमूहमा क्रियाशीलता बढेको छ।NEPSE Rises for Sixth Consecutive Day, Doji Candle Near Strong Resistance Signals Market Uncertainty The Nepal Stock Exchange (NEPSE) continued its upward momentum for the sixth straight trading day, closing at 2,706.36 points on Sunday with a modest gain of 2.40 points. Since Asar 15, the index has surged by 110 points. This continued rise is largely attributed to investor optimism regarding the upcoming monetary policy. Nepal Rastra Bank has intensified its discussions for policy formulation, fueling expectations of market-friendly provisions.

      NEPSE trading ·6 Jul, 2025·2 min read
    • माछापुच्छ्रे क्यापिटल लिमिटेड र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडबीच शेयर रजिष्ट्रार सेवा सम्झौता
      Investor

      माछापुच्छ्रे क्यापिटल लिमिटेड र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडबीच शेयर रजिष्ट्रार सेवा सम्झौताMachhapuchchhre Capital Limited and Upper Syange Hydropower Limited Sign Share Registrar Service Agreement

      माछापुच्छ्रे क्यापिटल लिमिटेड र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडबीच शेयर रजिष्ट्रार सेवा सम्झौता माछापुच्छ्रे क्यापिटल लिमिटेड र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्न सम्झौता भएको छ। सम्झौता अनुसार, माछापुच्छ्रे क्यापिटल लिमिटेडले अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडको धितोपत्र कारोबारसँग सम्बन्धित अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने तथा शेयरधनी विवरण अद्यावधिक गर्ने सेवा प्रदान गर्नेछ। सम्झौतामा माछापुच्छ्रे क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री उपेन्द्र मालाकार र अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक श्री विर बहादुर घलेले हस्ताक्षर गरेका हुन्।Machhapuchchhre Capital Limited and Upper Syange Hydropower Limited Sign Share Registrar Service Agreement Machhapuchchhre Capital Limited and Upper Syange Hydropower Limited have signed an agreement to provide share registrar services. As per the agreement, Machhapuchchhre Capital will handle all share registrar-related services for Upper Syange Hydropower, including record-keeping of securities transactions, share transfers, name transfers, pledge registration, and updating shareholder records. The agreement was signed by Mr. Upendra Malakar, Chief Executive Officer of Machhapuchchhre Capital Limited, and Mr. Bir Bahadur Ghale, Managing Director of Upper Syange Hydropower Limited.

      NEPSE trading ·6 Jul, 2025·1 min read
    • विकास हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Investor

      विकास हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिनToday is the Last Day to Apply for Vikas Hydropower Limited’s IPO

      विकास हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन विकास हाइड्रोपावर लिमिटेडले असार १८ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज (असार २२) अन्तिम दिन हो। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयबासी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई पहिलो चरणमा आईपीओ बाँडफाँट गरिसकेको छ। दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि यो आईपीओ निष्काशन गरिएको हो। नेपाल धितोपत्र बोर्डबाट कम्पनीले कुल जारी पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपियाँको ४९ प्रतिशत अर्थात् ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो।Today is the Last Day to Apply for Vikas Hydropower Limited’s IPO Today (Ashar 22) is the final day to apply for the IPO issued by Vikas Hydropower Limited, which opened to the public from Ashar 18. Earlier, the company had allotted shares in the first phase to project-affected locals and Nepali citizens working abroad. Now, the IPO is open to the general public in the second phase. The company received approval from the Securities Board of Nepal (SEBON) to issue 49% of its total issued capital of NPR 90.91 crore — equivalent to 44,54,596 shares worth NPR 44.54 crore.

      NEPSE trading ·6 Jul, 2025·1 min read
    • नेपाल इन्स्योरेन्सको हकप्रद शेयर साउन ४ गतेदेखि खुल्दै, १०:३.४७८३ अनुपातमा जारी हुने
      Investor

      नेपाल इन्स्योरेन्सको हकप्रद शेयर साउन ४ गतेदेखि खुल्दै, १०:३.४७८३ अनुपातमा जारी हुनेNepal Insurance to Issue Rights Shares from Shrawan 4, Offering in 10:3.4783 Ratio

      नेपाल इन्स्योरेन्सको हकप्रद शेयर साउन ४ गतेदेखि खुल्दै, १०:३.४७८३ अनुपातमा जारी हुने नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी साउन ४ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हालको चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपियाँको ३४.७८३ प्रतिशतका दरले १०:३.४७८३ अनुपातमा हकप्रद शेयर ल्याउन लागेको हो। यो अनुपात अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपियाँको दरमा कुल ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।Nepal Insurance to Issue Rights Shares from Shrawan 4, Offering in 10:3.4783 Ratio Nepal Insurance Company Limited is set to issue rights shares starting from Shrawan 4. The company will offer a total of 6,576,967 rights shares at a par value of NPR 100 per share in the ratio of 10:3.4783 (i.e., 3.4783 new shares for every 10 existing shares held). The rights issue corresponds to 34.783% of the company’s current paid-up capital of NPR 1.89 billion.

      NEPSE trading ·4 Jul, 2025·1 min read
    • नेपालको पूर्वाधार र पर्यटन क्षेत्रमा लगानी गर्न मलेसियन लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
      Investor

      नेपालको पूर्वाधार र पर्यटन क्षेत्रमा लगानी गर्न मलेसियन लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रहFinance Minister Poudel Urges Malaysian Investors to Invest in Nepal’s Infrastructure and Tourism

      नेपालको पूर्वाधार र पर्यटन क्षेत्रमा लगानी गर्न अर्थमन्त्री पौडेलको आग्रह उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन्। नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा मन्त्री पौडेलले नेपालमा पूर्वाधार विकास र पर्यटनमा व्यापक सम्भावना रहेको उल्लेख गर्दै लगानीका लागि अनुकूल वातावरण रहेको बताए। “निजी क्षेत्रका लागि नेपालमा लगानीमैत्री नीति छ। तपाईंहरूले लगानीका क्षेत्र पहिचान गरी तयारीसाथ अघि बढ्नुहोस्। सरकारले आवश्यक सहयोग र सहजीकरण गर्न तयार छ,” अर्थमन्त्री पौडेलले प्रतिनिधिमण्डललाई बताए।Finance Minister Poudel Urges Malaysian Investors to Invest in Nepal’s Infrastructure and Tourism Deputy Prime Minister and Finance Minister Bishnu Prasad Poudel has urged Malaysian investors to invest in Nepal’s physical infrastructure and tourism sectors. During a meeting with the visiting delegation from the Malaysia–Nepal Business Council, Minister Poudel highlighted the strong potential in Nepal’s infrastructure development and tourism and invited the investors to explore opportunities. “Nepal offers a favorable environment for private sector investment. Our policies are investor-friendly. Identify promising sectors and proceed with proper preparation — the government is ready to support and facilitate your efforts,” Poudel stated.

      NEPSE trading ·4 Jul, 2025·1 min read
    • प्रभु बैंकको सञ्चालक समिति अध्यक्षमा किशोरजंग कार्की चयन
      Investor

      प्रभु बैंकको सञ्चालक समिति अध्यक्षमा किशोरजंग कार्की चयनKishor Jung Karki Appointed as Chairman of Prabhu Bank’s Board of Directors

      प्रभु बैंकको सञ्चालक समिति अध्यक्षमा किशोरजंग कार्की चयन प्रभु बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा किशोरजंग कार्की चयन भएका छन्। बैंकको असार १९ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो। बैठकले कागेश्वरी मनोहरा नगरपालिका–७, दक्षिण ढोकाका निवासी रमेशराज अर्याललाई स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गर्ने निर्णय समेत गरेको छ। बैंकले उक्त निर्णयहरूबारे जानकारी गराउँदै बैंकको व्यवस्थापन र सुशासन सुदृढ गर्न नयाँ नेतृत्वले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेको छ।Kishor Jung Karki Appointed as Chairman of Prabhu Bank’s Board of Directors Kishor Jung Karki has been unanimously appointed as the Chairman of the Board of Directors of Prabhu Bank Limited. The decision was made during the board meeting held on Thursday, Ashad 19. The meeting also decided to appoint Ramesh Raj Aryal, a resident of Kageshwori Manohara Municipality-7, Dakshin Dhoka, as an independent director. The bank expressed its expectation that the new leadership will play a significant role in strengthening the institution’s governance and management.

      NEPSE trading ·4 Jul, 2025·<1 min read
    • बीमा बजार विस्तारका लागि स्पष्ट कार्ययोजना पेश गर्न अध्यक्ष ओझाको निर्देशन
      Investor

      बीमा बजार विस्तारका लागि स्पष्ट कार्ययोजना पेश गर्न अध्यक्ष ओझाको निर्देशनChairman Ojha Directs Reinsurance Companies to Submit Clear Action Plan for Insurance Market Growth

      बीमा बजार विस्तारका लागि स्पष्ट कार्ययोजना पेश गर्न अध्यक्ष ओझाको निर्देशन नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले पुनर्बीमा कम्पनीहरूलाई बीमा बजारको क्षमता विस्तार गर्न स्पष्ट कार्ययोजनासहित प्राधिकरणमा सहयोग गर्न निर्देशन दिएका छन्। बीमा प्राधिकरणद्वारा बिहीबार काठमाडौंमा आयोजित ‘पुनर्बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा’ सम्बोधन गर्दै अध्यक्ष ओझाले प्रारम्भिक, मध्यम र दीर्घकालीन योजनाको स्पष्ट खाका तयार पार्न र अन्तर्राष्ट्रिय असल अभ्यासका आधारमा सुधारको खाका ल्याउन आग्रह गरे। “पुनर्बीमा क्षेत्रमा भएका अस्पष्टतालाई क्रमशः सुधार गर्दै प्रतिस्पर्धात्मक बनाउनुपर्छ। बीमा नीतिलाई स्थिरता दिइन्छ, र एकीकृत निर्देशिका बनाउने प्रक्रियामा छौं,” अध्यक्ष ओझाले बताए। साथै उनले बीमा ऐन, नियम, कार्यविधि कार्यान्वयनमा प्राधिकरण थप कठोर हुने र दाबी प्रक्रियालाई सहज बनाउन बीमकहरूले प्रिमियम संकलन र दाबी भुक्तानीलाई समान रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए।Chairman Ojha Directs Reinsurance Companies to Submit Clear Action Plan for Insurance Market Growth Chairman of the Nepal Insurance Authority, Sharad Ojha, has directed reinsurance companies to support the expansion of Nepal’s insurance market by submitting a clear and structured action plan. Addressing a discussion and interaction program on reinsurance organized by the Authority on Thursday in Kathmandu, Chairman Ojha emphasized the need to formulate short, medium, and long-term plans based on international best practices and present them to the Authority.

      NEPSE trading ·4 Jul, 2025·1 min read
    • बन्दीपुर केबुलकार एण्ड टुरिजम कम्पनीले आईपीओ निष्कासनका लागि पायो धितोपत्र बोर्डको स्वीकृति
      Stock

      बन्दीपुर केबुलकार एण्ड टुरिजम कम्पनीले आईपीओ निष्कासनका लागि पायो धितोपत्र बोर्डको स्वीकृतिBandipur Cable Car and Tourism Company Gets SEBON Approval for IPO Issuance

      बन्दीपुर केबुलकार एण्ड टुरिजम कम्पनीले आईपीओ निष्कासनका लागि पायो धितोपत्र बोर्डको स्वीकृति बन्दीपुर केबुलकार एण्ड टुरिजम कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त गरेको छ। बिहीबार बोर्डले कम्पनीलाई विवरणपत्र प्रकाशनको अनुमति दिएको हो। कम्पनीले सर्वसाधारणका लागि प्रति कित्ता १ सय रुपैयाँ दरले कुल ५८ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो। यस योजनाअन्तर्गत कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता दिने जनाएको छ। कम्पनीको क्रेडिट रेटिङ केयर रेटिङ्स नेपाल लिमिटेडले गरेको हो, जसअनुसार कम्पनीले "CARE-NP BB (Is)" रेटिङ प्राप्त गरेको छ। यो रेटिङले मध्यम स्तरको जोखिम रहेको देखाउँछ। निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको छ।Bandipur Cable Car and Tourism Company Gets SEBON Approval for IPO Issuance Bandipur Cable Car and Tourism Company Limited has received approval from the Securities Board of Nepal (SEBON) to issue an Initial Public Offering (IPO). The approval was granted on Thursday. The company has been authorized to issue a total of 5,860,000 shares at a face value of NPR 100 per share to the general public. In the first phase, the IPO will be opened for project-affected local residents and Nepali citizens working abroad. The company has received a "CARE-NP BB (Is)" credit rating from CARE Ratings Nepal Limited, indicating a moderate risk level associated with the investment.

      NEPSE trading ·3 Jul, 2025·1 min read
    • उकालो यात्रा बलियो हुँदै : नेप्से २७ सय पार, लगातार पाँच दिनको वृद्धि, प्राविधिक संकेत थप सकारात्मक
      Investor

      उकालो यात्रा बलियो हुँदै : नेप्से २७ सय पार, लगातार पाँच दिनको वृद्धि, प्राविधिक संकेत थप सकारात्मकNEPSE Crosses 2700: Fifth Consecutive Gain Confirms Bullish Momentum, Technicals Strengthen Further

      उकालो यात्रा बलियो हुँदै : नेप्से २७ सय पार, लगातार पाँच दिनको वृद्धि, प्राविधिक संकेत थप सकारात्मक कारोबारमा सुधार, बुलिस संरचना पुष्टि, मौद्रिक नीति र चौथो त्रैमासिक विवरण प्रतीक्षा नेप्से र समग्र बजारको अवस्था लामो समयदेखि २६ सय अंक वरिपरि समायोजन हुँदै आएको नेप्से परिसूचकले अन्ततः पाँच दिनको लगातार वृद्धिसँगै २७ सयको मनोवैज्ञानिक सीमा पार गरेको छ। वैशाख ७ पछि पहिलोपटक २७ सय विन्दुमाथि पुगेको नेप्सेले बिहीबार ९.१४ अंकले बढ्दै २७०३.९६ विन्दुमा क्लोज गरेको हो। पछिल्लो पाँच दिनमा बजार १०० अंकभन्दा बढीले बढेको छ— आइतबार २६.५३ अंक, सोमबार ९.१९, मंगलबार २८.९१, बुधबार ३४.४२ र बिहीबार ९.१४ अंकले उकालो लागेको हो। यसले बजारमा करेक्सन अन्त्य भएर लगानीकर्ता मनोबल क्रमशः बढ्दै गएको संकेत दिन थालेको छ। बैंकिङ प्रणालीमा तरलता प्रशस्त छ, ब्याजदर ऐतिहासिक रूपमा न्यून विन्दुमा छ, जसले पूँजी बजारमा लगानी गर्ने वातावरणलाई अझ सहज बनाएको छ। साथै, नेपाल राष्ट्र बैंकको नीतिगत स्पष्टता र आसन्न मौद्रिक नीतिप्रति लगानीकर्ताको सकारात्मक अपेक्षा बजारको स्थायित्वमा सहयोगी बनेको देखिन्छ। यही बेला शेयर बजारको परम्परागत ‘सिजन’ पनि सुरु हुँदैछ। असारको उत्तराद्र्धबाट प्रायः बजारमा चहलपहल बढ्ने इतिहाससँग अहिलेको ट्रेन्ड मेल खाएको छ। यद्यपि, लगानीकर्ता अझै पनि आगामी मौद्रिक नीति र चौथो त्रैमासिक वित्तीय विवरणको प्रतीक्षामा छन्, जसले बजारको आगामी दिशा निर्धारण गर्नेछ।NEPSE Crosses 2700: Fifth Consecutive Gain Confirms Bullish Momentum, Technicals Strengthen Further NEPSE & Market Overview After hovering around the 2600 level for a prolonged period, the NEPSE index finally breached the psychological threshold of 2700, marking its first close above this level in nearly two months. The last time NEPSE traded above 2700 was on Baisakh 7 (mid-April). Following a five-day rally that began on Sunday, the market has gained nearly 100 points, with the index reaching 2694 on Wednesday and closing at 2703.96 on Thursday with an additional gain of 9.14 points.

      NEPSE trading ·3 Jul, 2025·3 min read
    • सूर्योदय वोमी लघुवित्तका संस्थापक सेयर बिक्रीमा
      Investor

      सूर्योदय वोमी लघुवित्तका संस्थापक सेयर बिक्रीमाPromoter Shares of Suryodaya Womi Laghubitta Open for Sale

      सूर्योदय वोमी लघुवित्तका संस्थापक सेयर बिक्रीमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडका एक संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको २ हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेका छन्। कम्पनीले उक्त सेयरको मूल्य भने तोकेको छैन। कम्पनीका अनुसार संस्थापक समूहभित्रकै इच्छुक व्यक्तिले सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन असार १९ गते (आज) देखि सुरु भई ३५ दिनभित्र दिनुपर्नेछ। आवेदनका लागि सूर्योदय वोमीको कर्पोरेट कार्यालय महालक्ष्मी–४, ललितपुर वा सेयर रजिष्ट्रार कुमारी क्यापिटल, नक्साल, काठमाडौंमा निवेदन दिन सकिनेछ। तोकेको समयमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने उक्त सेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिने कम्पनीले जानकारी दिएको छ। Promoter Shares of Suryodaya Womi Laghubitta Open for Sale A promoter shareholder of Suryodaya Womi Laghubitta Bittiya Sanstha Limited has opened the sale of 2,000 units of promoter shares. The company has not set a fixed price for the shares. According to the company, interested existing promoter shareholders can submit their applications within 35 days starting from today (Ashar 19). Applications must be submitted at the company’s corporate office in Mahalaxmi–4, Lalitpur, or at the share registrar, Kumari Capital, Naxal, Kathmandu. If no promoter shareholder expresses interest within the given period, the company has stated that the shares will then be made available for sale to the general public.

      NEPSE trading ·3 Jul, 2025·<1 min read
    • बैंकको सेयरमूल्य सस्तो हुँदा पनि खरिदकर्ता नपाइने अवस्था छ :  विनोद चौधरी
      Top

      बैंकको सेयरमूल्य सस्तो हुँदा पनि खरिदकर्ता नपाइने अवस्था छ : विनोद चौधरीChaudhary: No Buyers Even When Bank Shares Fall Below Par Value

      बैंक सेयरमूल्यमा घटबढ हुँदा खरिदकर्ता नपाइने अवस्था : चौधरी नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले बैंक तथा वित्तीय संस्थासम्बन्धी संशोधन विधेयक (बाफिया) को मस्यौदा वर्तमान वित्तीय क्षेत्रका चुनौती र अवसर समेट्न असफल भएको आरोप लगाउँदै तत्काल पुनर्लेखन गर्न सरकारसँग माग गरेका छन्। चौधरीले प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा लगानीकर्ताको मनोबल धराशायी भएको उदाहरण दिंदै भने, “हिजो मात्र एक साथीले सय रुपैयाँ मूल्यको बैंक सेयर ४० रुपैयाँमा दिन्छु, खरिद गर्ने मान्छे भए भनिदिनुस् भनेका छन् – यसले विश्वासको अभाव देखाउँछ।” उनले अहिले तरलता उपलब्ध हुँदा पनि लगानी माग नबढ्नु निराशाजनक भएको बताए।Chaudhary: No Buyers Even When Bank Shares Fall Below Par Value Nepali Congress lawmaker and industrialist Binod Chaudhary has raised concerns that the draft amendment to the Bank and Financial Institution Act (BAFIA) fails to address the current challenges and opportunities of the financial sector and must be rewritten from a new perspective. Speaking during a meeting of the Finance Committee of the House of Representatives, Chaudhary highlighted the declining investor confidence, saying, “Just yesterday, a friend told me he was willing to sell a bank share worth Rs. 100 for just Rs. 40 — and yet, couldn’t find a buyer. That shows the eroding trust in the banking and financial sector.”

      NEPSE trading ·3 Jul, 2025·1 min read
    • बाफिया विधेयकमा हतार नगर्न सांसद कार्कीको सुझाव, गभर्नर र अर्थमन्त्रीसँग आवासीय छलफलको प्रस्ताव
      Investor

      बाफिया विधेयकमा हतार नगर्न सांसद कार्कीको सुझाव, गभर्नर र अर्थमन्त्रीसँग आवासीय छलफलको प्रस्तावMP Karki Urges Caution on BAFIA Bill, Proposes Residential Discussions with Finance Minister and Governor

      बाफिया विधेयकमा हतार नगर्न सांसद कार्कीको सुझाव, गभर्नर र अर्थमन्त्रीसँग आवासीय छलफलको प्रस्ताव पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया)लाई हतारमा पारित गर्दा सकारात्मक परिणाम नआउने चेतावनी दिएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै उनले गम्भीरतापूर्वक बाफिया विधेयकको पुनरावलोकन र अन्तर्राष्ट्रिय अभ्यासअनुसार संशोधन आवश्यक रहेको बताए। सांसद कार्कीले मुलुकको अर्थतन्त्र सुस्त गतिमा रहेकाले बाफियामा व्यापक सुधार गर्नुपर्ने धारणा राखे। उनले भने, “बाफिया विधेयकमा गहिरो छलफल गरेर, गभर्नर र अर्थमन्त्री समेत सहभागी हुने आवासीय कार्यक्रममार्फत संशोधन गरिनुपर्छ।” विशेषतः साना कृषक र स्टार्टअप व्यवसायलाई कसरी कर्जा प्रवाह गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने उनले बताए।MP Karki Urges Caution on BAFIA Bill, Proposes Residential Discussions with Finance Minister and Governor Kathmandu, Asar 19 – Former Finance Minister and Nepali Congress lawmaker Gyanendra Bahadur Karki has cautioned against rushing the approval of the Bank and Financial Institutions Act (BAFIA) amendment bill, warning that hasty legislation may not yield positive outcomes. Speaking during the Finance Committee meeting on Thursday, Karki stressed the need to draft laws in line with international practices to ensure a stronger economy. He emphasized that comprehensive reforms in BAFIA are necessary to revive the sluggish national economy. “The bill should be thoroughly reviewed and discussed in a residential setting with participation from the Governor and Finance Minister,” he suggested. He also highlighted the need to explore how small farmers and startups can be better supported through credit access.

      NEPSE trading ·3 Jul, 2025·1 min read
    • गभर्नर पौडेलको खुलासा: ३७३ जनासँग बैंक तथा वित्तीय संस्थाको प्रमोटर सेयर
      Investor

      गभर्नर पौडेलको खुलासा: ३७३ जनासँग बैंक तथा वित्तीय संस्थाको प्रमोटर सेयरNRB Governor Paudel Reveals: 373 Individuals Hold Promoter Shares in BFIs

      गभर्नर पौडेलको खुलासा: ३७३ जनासँग बैंक तथा वित्तीय संस्थाको प्रमोटर सेयर नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले देशभरका बैंक तथा वित्तीय संस्थाहरूमा ३७३ जनासँग प्रमोटर सेयर रहेको खुलासा गरेका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर पौडेलले यस्तो तथ्य प्रस्तुत गरेका हुन्। उनका अनुसार वाणिज्य बैंकमा ७२ जनाले एक प्रतिशतभन्दा बढी प्रमोटर सेयर राखेका छन् भने विकास बैंकमा १३० र फाइनान्स कम्पनीमा १७१ जनाको प्रमोटर सेयर रहेको जानकारी दिए। संस्थापक सेयरको दुई प्रतिशतभन्दा बढी स्वामित्व हस्तान्तरणमा राष्ट्र बैंकको स्वीकृति अनिवार्य बनाउने कानुनी प्रस्तावबारे छलफल हुँदै गर्दा गभर्नर पौडेलले लचिलो दृष्टिकोण अपनाउन सकिने संकेत दिए। “कति प्रतिशत भन्ने कुरा ऐनमै उल्लेख गर्नुभन्दा राष्ट्र बैंकलाई निर्णय गर्ने छुट दिनु उपयुक्त हुन सक्छ,” उनले स्पष्ट पारे।NRB Governor Paudel Reveals: 373 Individuals Hold Promoter Shares in BFIs Governor of Nepal Rastra Bank (NRB), Dr. Bishwanath Paudel, revealed that 373 individuals currently hold promoter shares in banks and financial institutions (BFIs) across Nepal. He made this statement while addressing the parliamentary Finance Committee meeting on Thursday. According to him, 72 individuals hold more than 1% promoter shares in commercial banks, while 130 individuals do so in development banks and 171 in finance companies. Regarding the proposal to legally require NRB approval for the transfer of more than 2% of promoter shares, Governor Paudel suggested that the law could allow some flexibility. “Rather than locking the exact percentage in the Act, perhaps it would be more appropriate to leave the discretion to NRB, especially as the economy remains dynamic,” he remarked.

      NEPSE trading ·3 Jul, 2025·1 min read
    • स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि
      Investor

      स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखिSwastik Microfinance to Issue IPO from Asar 27, Priority for Nepalis Working Abroad

      स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सार्वजनिक गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि २३ हजार १ सय कित्ता सेयर निष्काशन गर्दैछ, जुन कुल आईपीओको १० प्रतिशत हो। स्वस्तिकले ५ करोड ७७ लाख ५० हजार रुपैयाँ जारी पुँजीको ४० प्रतिशत बराबर २ लाख ३१ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो। उक्त आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन पाइनेछ। आवेदन अवधि साउन ९ गतेसम्म कायम रहनेछ। रेटिङ एजेन्सी इक्रा नेपालले यस आईपीओलाई ‘इक्रा आईआर बी’ रेटिङ प्रदान गरेको छ, जसले उच्च वित्तीय जोखिम रहेको संकेत गर्दछ।Swastik Microfinance to Issue IPO from Asar 27, Priority for Nepalis Working Abroad Swastik Laghubitta Bittiya Sanstha Ltd. is set to open its Initial Public Offering (IPO) from Asar 27 (July 11). In the first phase, the IPO will be issued exclusively to Nepali citizens working abroad, with 23,100 shares allocated — equivalent to 10% of the total issue. The company is issuing 231,000 shares, representing 40% of its issued capital of NPR 57.75 million. Applicants can apply for a minimum of 10 shares and a maximum of 5,000 shares. The IPO will remain open until Shrawan 9 (July 24). Credit rating agency ICRA Nepal has assigned the IPO a ‘[ICRA-NP] IPO Grade 4’ rating (ICRA IR B), indicating a high risk in meeting financial obligations on time.

      NEPSE trading ·3 Jul, 2025·1 min read
    • नेपाल–स्पेन आर्थिक सहकार्य विस्तारमा अध्यक्ष ढकालको आह्वान
      Investor

      नेपाल–स्पेन आर्थिक सहकार्य विस्तारमा अध्यक्ष ढकालको आह्वानPresident Dhakal Urges Spanish Investors to Strengthen Nepal–Spain Economic Ties

      नेपाल–स्पेन आर्थिक सहकार्य विस्तारमा अध्यक्ष ढकालको आह्वान नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र स्पेनबीचको आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउँदै लगानी सहकार्यलाई विस्तार गर्न स्पेनका व्यवसायीहरूलाई आग्रह गरेका छन्। बुधबार स्पेनको म्याड्रिडस्थित नेपाली दूतावासद्वारा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि र पूर्वाधारजस्ता क्षेत्रहरूमा लगानीका पर्याप्त सम्भावना रहेको बताए। अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा पर्यटनलाई उल्लेख गर्दै सगरमाथादेखि बुद्ध जन्मस्थल लुम्बिनीसम्म रहेका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाले विदेशी पर्यटकलाई आकर्षण गर्ने उल्लेख गरे। गुणस्तरीय सेवा र पूर्वाधारमा स्पेनी लगानी जुटाउन सकिए नेपालले विश्वभरका पर्यटकलाई थप आकर्षित गर्नसक्ने उनको विश्वास छ।President Dhakal Urges Spanish Investors to Strengthen Nepal–Spain Economic Ties Chandra Prasad Dhakal, President of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI), has urged Spanish entrepreneurs to enhance economic relations between Nepal and Spain and explore greater investment cooperation. Addressing a special program organized by the Nepali Embassy in Madrid on Wednesday, Dhakal highlighted numerous investment opportunities in Nepal, particularly in sectors like tourism, energy, agriculture, information technology, and infrastructure. Dhakal emphasized that tourism is the backbone of Nepal’s economy, citing the immense religious, cultural, and natural appeal of destinations ranging from Mount Everest to the birthplace of Lord Buddha in Lumbini. He expressed confidence that with quality services and infrastructure development, Nepal could attract even more international tourists and investors.

      NEPSE trading ·3 Jul, 2025·1 min read
    • कर्णाली बैंक अनियमितता प्रकरणः पूर्वअध्यक्ष मिश्र पक्राउ, अनुसन्धान तीव्र
      Investor

      कर्णाली बैंक अनियमितता प्रकरणः पूर्वअध्यक्ष मिश्र पक्राउ, अनुसन्धान तीव्रKarnali Development Bank Scandal: Former Chairman Mishra Arrested, Investigation Intensifies

      कर्णाली बैंक अनियमितता प्रकरणः पूर्वअध्यक्ष मिश्र पक्राउ, अनुसन्धान तीव्र कर्णाली डेभलपमेन्ट बैंकमा देखिएको करोडौँको आर्थिक अनियमितताको मुद्दामा पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन्। मिश्रलाई नेपालगञ्जबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार बैंक घोटालासँग जोडिएका व्यक्तिहरूमा यो पछिल्लो पक्राउ हो। मधेश आन्दोलनको पृष्ठभूमिबाट राजनीति यात्रा सुरु गरेका मिश्र २०७४ सालमा प्रतिनिधिसभा चुनावमा उम्मेदवारसमेत थिए। एमालेको समर्थनमा चुनाव लडेका उनी हाल नेकपा (एमाले) का केन्द्रीय सदस्य हुन्। लामो समय फरार रहेका उनी बैंक हिनामिना प्रकरणमा मुख्य अभियुक्तको रूपमा पहिचान भएपछि निगरानीमा थिए।Karnali Development Bank Scandal: Former Chairman Mishra Arrested, Investigation Intensifies Pashupati Dayal Mishra, the former chairman of Karnali Development Bank, has been arrested in connection with a multi-crore financial irregularity case. He was taken into custody from Nepalgunj, marking a significant breakthrough in the ongoing investigation into the bank’s alleged embezzlement. Mishra, who rose to political prominence during the Madhesh Movement, had contested the 2017 parliamentary elections from Banke-2 under the CPN-UML’s symbol. He is currently a central committee member of the UML. After being on the run for an extended period, Mishra was under close watch following his suspected involvement in the large-scale banking fraud.

      NEPSE trading ·3 Jul, 2025·1 min read
    • एशियन लाइफ इन्स्योरेन्सको लाभांश प्राप्त गर्न आज अन्तिम मौका
      Investor

      एशियन लाइफ इन्स्योरेन्सको लाभांश प्राप्त गर्न आज अन्तिम मौकाLast Day to Secure Dividends from Asian Life Insurance

      एशियन लाइफ इन्स्योरेन्सको लाभांश प्राप्त गर्न आज अन्तिम मौका एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्न आज असार १९ गते, बिहीबार, अन्तिम दिन हो। कम्पनीले असार २० गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेकोले, आजसम्म सेयर बजारमा कारोबार भई नाम कायम भएका सेयरधनीहरू लाभांश प्राप्त गर्ने हकदार हुनेछन्। कम्पनीले १७औँ वार्षिक साधारण सभा असार ३० गते, सोमबार, बारास्थित सिमराको होटल इच्छामा आयोजना गर्नेछ। दिउँसो १ बजे सुरु हुने उक्त सभामा ५.१० प्रतिशत बोनस सेयर वितरण र सो बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२६८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव राखिनेछ। त्यसैगरी, प्रबन्धपत्र र नियमावलीमा संशोधन, सञ्चालक समितिमा नयाँ प्रतिनिधिहरूको चयन, स्वतन्त्र सञ्चालकको मनोनयन तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्तिको प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।Last Day to Secure Dividends from Asian Life Insurance Today, Thursday, Ashar 19, is the final day to be eligible for dividends from Asian Life Insurance Limited. As the company has scheduled its book closure for Friday, Ashar 20, shareholders whose names are recorded by the end of today’s trading session will be entitled to receive the proposed dividend. The company’s 17th Annual General Meeting (AGM) is set to take place on Monday, Ashar 30, at Hotel Ichchha in Simara, Bara, starting at 1 PM. During the AGM, a proposal will be presented to distribute a 5.10% bonus share and an additional 0.2684% cash dividend to cover the tax on the bonus shares. The meeting agenda also includes proposals to amend the company's memorandum and articles of association, elect three board members from the promoter group and two from the public shareholders, appoint an independent director, and select an auditor for the upcoming fiscal year.

      NEPSE trading ·3 Jul, 2025·1 min read
    • लगातार चौथो दिन नेप्से उकालो, बजार २०० दिने मूभिङ एभरेज माथि क्लोज
      Investor

      लगातार चौथो दिन नेप्से उकालो, बजार २०० दिने मूभिङ एभरेज माथि क्लोजBullish Signal Strengthens: NEPSE Closes Above 200-Day Moving Average Amid Rising Momentum

      लगातार चौथो दिन नेप्से उकालो, बजार २०० दिने मूभिङ एभरेज माथि क्लोज नेप्से र समग्र बजारको अवस्था बुधबार नेप्से परिसूचक ३४.४२ अंकले वृद्धि भई २६९४.८२ विन्दुमा पुगेर बन्द भएको छ। लगातार चौथो दिन उकालो लागेको नेप्सेले लगानीकर्तामा थप आत्मविश्वास जगाएको छ। पछिल्लो केहि हप्ता करेक्सनमा रहेको बजार असार महिनाको मध्यदेखि क्रमशः सुधार हुँदै गएको छ। सस्तो मूल्यमा पुगेका सेयरहरूले पुनः आकर्षण बढाएपछि लगानीकर्ता तथा प्राविधिक विश्लेषक बजार प्रवेशमा सक्रिय देखिएका छन्। यसैबीच बैंकिङ प्रणालीमा तरलता प्रशस्त छ भने ब्याजदर ऐतिहासिक रूपमा न्यून विन्दुमा रहेकाले लगानीका लागि वातावरण अनुकूल बन्दै गएको छ। साथै, असार मसान्तपछि कम्पनीहरूले चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने तयारीमा छन् र त्यसपछि लाभांश घोषणाको चरण सुरु हुने भएकाले सेयर खरिदमा लगानीकर्ता आक्रामक देखिएका छन्।Bullish Signal Strengthens: NEPSE Closes Above 200-Day Moving Average Amid Rising Momentum NEPSE and Market Outlook On Wednesday, the NEPSE index rose by 34.42 points to close at 2,694.82, marking its fourth consecutive day of gains. This continued upward movement is signaling renewed optimism in the stock market, which had remained sluggish in recent weeks. Analysts believe that after a correction phase that drove prices lower, both investors and technical traders are re-entering the market at attractive valuations. Additionally, abundant liquidity in the banking system and historically low interest rates are prompting more investors to take advantage of margin loans and credit-based investments. As the end of the fiscal year approaches, listed companies are preparing to publish their fourth-quarter financial reports, and many are expected to announce dividends shortly thereafter. This anticipation has led many short-term investors to re-enter the market to capture quick gains.

      NEPSE trading ·2 Jul, 2025·3 min read
    • ऊर्जा क्षेत्र सरकारको प्राथमिकतामा: ठूला जलविद्युत् आयोजना निर्माण अघि बढ्ने
      Investor

      ऊर्जा क्षेत्र सरकारको प्राथमिकतामा: ठूला जलविद्युत् आयोजना निर्माण अघि बढ्नेGovernment Prioritizes Large Hydropower Projects: Energy Minister Khadka

      ऊर्जा क्षेत्र सरकारको प्राथमिकतामा: ठूला जलविद्युत् आयोजना निर्माण अघि बढ्ने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ठूला तथा जलाशययुक्त जलविद्युत् आयोजना सरकारको प्राथमिकतामा रहेको बताएका छन्। राष्ट्रिय सभाको आजको बैठकमा ‘विनियोजन विधेयक–२०८२’ अन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै उनले कर्णाली, माथिल्लो कर्णाली, भेरी, जगदुल्ला लगायतका आयोजनाहरूमा लगानी परिचालन र निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिए। मन्त्री खड्काका अनुसार माथिल्लो कर्णाली आयोजना भारतको जीएमआर समूहसँग सार्वजनिक–निजी साझेदारीमा अगाडि बढाइएको छ भने फुकोट कर्णाली आयोजनामा एनएचपिसी लिमिटेडसँग संयुक्त लगानी सम्झौता भइसकेको छ। यद्यपि, उक्त आयोजनामाथि सर्वोच्च अदालतमा मुद्दा रहेकाले कार्यान्वयन प्रक्रिया हाल यथास्थितिमा रहेको उनले स्पष्ट पारे।Government Prioritizes Large Hydropower Projects: Energy Minister Khadka Kathmandu — Minister for Energy, Water Resources, and Irrigation, Deepak Khadka, has stated that the government has prioritized the construction of large and reservoir-based hydropower projects. Speaking at today’s session of the National Assembly during discussions under the "Appropriation Bill 2082", the minister said that projects such as Karnali, Upper Karnali, Bheri, and Jagadulla are being pushed forward with investment mobilization and construction commitments through the government’s annual policies and programs. He highlighted that the Upper Karnali Hydropower Project has been taken forward under a Public-Private Partnership (PPP) with India's GMR Group, while the Phukot Karnali Project is under a joint investment agreement with NHPC Limited of India. However, due to an ongoing Supreme Court case, the implementation of Phukot Karnali has been kept on hold.

      NEPSE TRADING·2 Jul, 2025·2 min read