
एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद साउन २० गतेसम्म थपAsian Life Insurance Extends Rights Share Application Deadline to August 4
एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद साउन २० गतेसम्म थप एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २५ गतेदेखि निष्कासन गरेको हकप्रद शेयरमा आवेदन दिने अन्तिम म्याद साउन २० गतेसम्म थपिएको छ। यसअघि कम्पनीले साउन १३ गतेसम्म मात्र आवेदन दिन सकिने व्यवस्था गरेको थियो। तर निर्धारित अवधिमा पर्याप्त आवेदन नपरेपछि बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको सिफारिसमा आवेदन म्याद थप गरिएको हो। नेपाल धितोपत्र बोर्डबाट स्वीकृत अनुसार, कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.४२ अनुपातमा हकप्रद शेयर निष्काशन गरिरहेको छ। यसअनुसार, कम्पनीले कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा जारी गरिरहेको छ। कम्पनीले यस प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गरिसकेकोले, जेठ १४ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन्।Asian Life Insurance Extends Rights Share Application Deadline to August 4 Asian Life Insurance Company Limited has extended the deadline to apply for its ongoing rights offering. Originally, applications were to be accepted only until Tuesday, July 29 (Shrawan 13), but due to insufficient applications, the deadline has been extended to August 4 (Shrawan 20). The company received approval from the Securities Board of Nepal (SEBON) to issue 42% rights shares at a 1:0.42 ratio of its current paid-up capital. Accordingly, it is offering a total of 14,279,312.48 shares at a par value of NPR 100 per share.


















