
नवप्रवर्तनलाई प्रवर्द्धन गर्न राष्ट्र बैंकद्वारा ‘नियामक स्यान्डबक्स’ सम्बन्धी निर्देशिका मस्यौदा सार्वजनिकNepal Rastra Bank Publishes Draft Directive on ‘Regulatory Sandbox’ to Promote Financial Innovation
नवप्रवर्तनलाई प्रवर्द्धन गर्न राष्ट्र बैंकद्वारा ‘नियामक स्यान्डबक्स’ सम्बन्धी निर्देशिका मस्यौदा सार्वजनिक नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा नवीनतम प्रविधि र सेवाहरूको विकासलाई प्रोत्साहन गर्न ‘नियामक स्यान्डबक्स’ सम्बन्धी निर्देशिकाको मस्यौदा तयार पारेको छ। यो पहलले नेपालको वित्तीय प्रणालीलाई थप आधुनिक, समावेशी र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ। नियामक स्यान्डबक्स भनेको नियन्त्रित परीक्षण वातावरण हो, जहाँ नियामक निकायको प्रत्यक्ष निगरानीमा नयाँ वित्तीय सेवा, उत्पादन वा व्यावसायिक मोडेलहरूलाई सीमित अवधिमा परीक्षण गर्न अनुमति दिइन्छ। यसले फिनटेक कम्पनी, बैंक तथा अन्य नवप्रवर्तकहरूलाई नयाँ प्रविधिको सम्भाव्यता र जोखिम मूल्यांकन गर्न सहयोग पुर्याउनेछ।Nepal Rastra Bank Publishes Draft Directive on ‘Regulatory Sandbox’ to Promote Financial Innovation In a significant move toward modernizing Nepal's financial ecosystem, Nepal Rastra Bank (NRB) has released a draft directive on the implementation of a Regulatory Sandbox. The initiative is aimed at encouraging innovation in financial products and services by allowing controlled testing of new technologies in the financial sector.


















