
लगानीकर्ताले लाभांश छनोटमा के विचार गर्ने? – बजार विश्लेषक अजित खनालको सुझावDividend Season Debate: Cash or Bonus Shares? — Analyst Ajit Khanal Shares Practical Insights
लगानीकर्ताले लाभांश छनोटमा के विचार गर्ने? – बजार विश्लेषक अजित खनालको सुझाव काठमाडौं — सेयर बजारमा लाभांश सिजन सुरु भएसँगै ‘नगद लाभांश राम्रो कि बोनस सेयर?’ भन्ने बहस तीव्र बन्दै गएको छ। बजार विश्लेषक अजित खनालले आफ्नै फेसबुक पेजमार्फत लगानीकर्तालाई लाभांश छनोटबारे व्यावहारिक सुझाव दिएका छन्। खनालका अनुसार यस विषयलाई दुई पाटोबाट विश्लेषण गर्न आवश्यक छ— पहिलो, कम्पनीको समृद्धि, विकास र पूँजीको आवश्यकताको सन्दर्भमा र दोस्रो, सेयर लगानीकर्ताका लागि हुने नाफा–घाटाको हिसाबमा।Dividend Season Debate: Cash or Bonus Shares? — Analyst Ajit Khanal Shares Practical Insights Kathmandu — As Nepal’s stock market enters dividend season, the debate over “Cash Dividend vs. Bonus Shares” is heating up. Market analyst Ajit Khanal, through a recent Facebook post, has offered practical insights on how investors should decide between the two. According to Khanal, this issue should be viewed from two perspectives — first, the company’s need for growth, expansion, or capital; and second, the potential profit or loss for investors.


















