NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Latest News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 149 / 234Next
    • सातवटै प्रदेशको बजेट सार्वजनिक: खर्च भन्दा स्रोतको अभाव मुख्य चुनौती
      Investor

      सातवटै प्रदेशको बजेट सार्वजनिक: खर्च भन्दा स्रोतको अभाव मुख्य चुनौतीAll Seven Provinces Unveil FY 2082/83 Budgets: Low Revenue and Funding Constraints Key Challenges

      सातवटै प्रदेशको बजेट सार्वजनिक: खर्च भन्दा स्रोतको अभाव मुख्य चुनौती सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक आय–व्ययको अनुमान (बजेट) सार्वजनिक गरेका छन् । अधिकांश प्रदेशले आर्थिक वर्षको अन्तिम दिनसम्ममा बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन् । कर्णाली प्रदेशले मध्यरातमा मात्रै बजेट पेश गर्न सफल भएको हो । प्रदेश सरकारले संघीय सरकारजस्तै आन्तरिक राजस्व संकलनको न्यून अवस्था र स्रोत व्यवस्थापनको चुनौती खेपिरहेका छन् । धेरै प्रदेशले अघिल्लो वर्षमा खर्च हुन नसकेको रकमलाई समेत बजेट स्रोतमा देखाएका छन् । गण्डकी र मधेश प्रदेशले घाटा बजेट ल्याई आन्तरिक ऋण उठाउने योजना सार्वजनिक गरेका छन् ।All Seven Provinces Unveil FY 2082/83 Budgets: Low Revenue and Funding Constraints Key Challenges All seven provinces of Nepal have presented their annual income and expenditure estimates (budgets) for the upcoming fiscal year 2082/83. Most provinces tabled their budgets by the fiscal deadline, with Karnali Province presenting it just before midnight due to disruptions in the Provincial Assembly. Like the federal government, the provinces are facing significant challenges in managing limited internal revenue and financial resources. Several provinces have shown unspent funds from the current fiscal year as sources of budget financing. Notably, Gandaki and Madhesh Provinces have introduced deficit budgets with plans to raise internal loans.

      NEPSE TRADING·16 Jun, 2025·1 min read
    • प्रतिनिधिसभाको बैठक आज ११ बजे, बजेटसम्बन्धी दुई विधेयक प्रस्तुत हुने
      Top

      प्रतिनिधिसभाको बैठक आज ११ बजे, बजेटसम्बन्धी दुई विधेयक प्रस्तुत हुनेHouse of Representatives Meeting at 11 AM Today, Two Budget-Related Bills to Be Tabled

      प्रतिनिधिसभाको बैठक आज ११ बजे, बजेटसम्बन्धी दुई विधेयक प्रस्तुत हुने सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकको सम्भावित कार्यसूची अनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग सम्बन्धित दुई महत्वपूर्ण विधेयकहरू प्रस्तुत गर्नेछन्। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थमन्त्री पौडेलले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ संसद्मा टेबुल गर्ने कार्यक्रम छ। यस्तै, चालु आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको बजेटमाथि सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ पनि आजै दिने कार्यसूचीमा उल्लेख गरिएको छ। त्यस्तै, आजकै बैठकमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहित टेबुल गरिनेछ। सरकारको नीति, कार्यक्रम तथा बजेटलाई अघि बढाउन आवश्यक विधेयकहरू प्रस्तुत हुँदै गर्दा आजको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।House of Representatives Meeting at 11 AM Today, Two Budget-Related Bills to Be Tabled A meeting of the House of Representatives under the Federal Parliament has been scheduled for 11 AM today at the Federal Parliament Building in New Baneshwor. According to the Federal Parliament Secretariat, Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel will present two key budget-related bills in today’s session: the Appropriation Bill, 2082 and the Public Debt Collection Bill, 2082. Additionally, Finance Minister Paudel is expected to respond to queries raised by Members of Parliament regarding the annual revenue and expenditure estimates for the fiscal year 2082/83.

      NEPSE TRADING·16 Jun, 2025·1 min read
    • नेप्से सामान्य अंकले हरियाली, इन्वर्टेड ह्याम्बर बनेपछि....
      Investor

      नेप्से सामान्य अंकले हरियाली, इन्वर्टेड ह्याम्बर बनेपछि.... NEPSE Slightly Up with an Inverted Hammer Pattern, Market Remains Uncertain Despite Surge in Margin Lending

      नेप्से सामान्य अंकले हरियाली, इन्वर्टेड ह्याम्बर बनेपछि बजार अझै अन्योलमै काठमाडौं, असार १ – साताको पहिलो दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले हरियालीमा बन्द भएको छ । अघिल्ला दुई दिन लगातार घटेको बजारमा आइतबार ०.४७ अंकले वृद्धिसँगै नेप्से २६५५.८५ विन्दुमा पुगेको हो । पछिल्लो समय सेयर धितो कर्जामा तीव्र वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ वैशाख मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब २५ अर्ब रुपैयाँभन्दा बढी सेयर धितो कर्जा प्रवाह गरिसकेका छन् । यो अघिल्लो वर्षको तुलनामा ३५ अर्बले बढी हो । नबिल बैंक, ग्लोबल आइएमई र कुमारी बैंक मुख्य कर्जा प्रवाहकर्तामध्ये पर्छन् भने विकास बैंक र फाइनान्स कम्पनीहरू क्रमशः १८ अर्ब र ४ अर्बभन्दा बढी कर्जा प्रवाह गरेका छन् । १ करोडभन्दा माथिको सेयर धितो कर्जा पनि ५३% ले बढेर ८५ अर्ब नाघेको छ ।NEPSE Slightly Up with an Inverted Hammer Pattern, Market Remains Uncertain Despite Surge in Margin Lending Kathmandu, June 15 – On the first trading day of the week, the NEPSE index closed slightly higher, gaining 0.47 points to settle at 2,655.85. This follows two consecutive bearish sessions last week. Despite a significant rise in margin lending, the secondary market hasn’t responded with the same level of enthusiasm. According to Nepal Rastra Bank data, margin lending reached over NPR 125 billion by mid-May 2025 (Baisakh-end, FY 2081/82), which is NPR 35 billion higher than the same period last year. In FY 2080/81, the total margin lending was about NPR 90 billion, and it was just NPR 80 billion in FY 2079/80.

      NEPSE TRADING·15 Jun, 2025·2 min read
    • उपभोक्ता र व्यापारीमै बढी बैंकको कर्जा : उत्पादन क्षेत्रमा अपेक्षित वृद्धि देखिएन
      Investor

      उपभोक्ता र व्यापारीमै बढी बैंकको कर्जा : उत्पादन क्षेत्रमा अपेक्षित वृद्धि देखिएनBanks Focus More on Consumers and Traders, Less on Production Sector

      उपभोक्ता र व्यापारीमै बढी बैंकको कर्जा : उत्पादन क्षेत्रमा अपेक्षित वृद्धि देखिएन चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा नेपालका बैंक तथा वित्तीय संस्थाहरूले सबैभन्दा बढी कर्जा उपभोक्ता र होलसेलर (थोक व्यापारी) तथा रिटेलर (खुद्रा व्यापारी) क्षेत्रलाई प्रवाह गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सो अवधिमा कुल कर्जामध्ये १९% उपभोक्ता ऋण र १८% होलसेल तथा रिटेल कारोबारमा गएको छ। उक्त अवधिमा बैंकहरूले ५५ खर्ब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। तीमध्ये ११ खर्ब २ अर्ब ४७ करोड उपभोक्ता कर्जाका लागि छुट्याइएको हो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढी हो। गत आवमा यस क्षेत्रमा ९ खर्ब ७८ अर्ब २२ करोड कर्जा प्रवाह भएको थियो। होलसेलर तथा रिटेलर क्षेत्रमा भने १० खर्ब ४८ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। यो पनि अघिल्लो वर्षको तुलनामा ३.२८ प्रतिशतले बढी हो।Banks Focus More on Consumers and Traders, Less on Production Sector In the first 10 months of the current fiscal year 2081/82, banks and financial institutions (BFIs) in Nepal have channeled the majority of loans towards consumer financing and wholesale/retail traders. According to data from Nepal Rastra Bank, 19% of the total credit flow went to consumer loans, while 18% was directed toward wholesale and retail businesses. During this period, BFIs disbursed a total of NPR 5.526 trillion in loans. Out of this, NPR 1.102 trillion was allocated to consumer lending, marking a 12% increase compared to the same period last fiscal year, when consumer loans stood at NPR 978.22 billion.

      NEPSE TRADING·15 Jun, 2025·1 min read
    • फिक्स्ड डिपोजिटमा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि
      Investor

      फिक्स्ड डिपोजिटमा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडिGlobal IME Bank Tops in Fixed Deposit Collection

      फिक्स्ड डिपोजिटमा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि वाणिज्य बैंकहरूमा स्थायी खातामार्फत संकलन भएको निक्षेपमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ सालको बैशाख मसान्तसम्म बैंकले रु. २७२ अर्ब ८६ करोड स्थायी (फिक्स्ड) निक्षेप संकलन गरेको छ। ग्लोबल आइएमई पछ्याउँदै नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (NIMB) ले रु. २५५ अर्ब ८० करोड र नबिल बैंकले रु. २३५ अर्ब १८ करोड फिक्स्ड निक्षेप संकलन गरेका छन्। स्थायी निक्षेप संकलनको दृष्टिकोणले यी बैंकहरू नेपालको बैंकिङ क्षेत्रको अग्रपंक्तिमा रहेका छन्। फिक्स्ड डिपोजिट संकलनमा कुमारी बैंकले रु. १९८ अर्ब ५२ करोड र आरबीबीले रु. १७४ अर्ब ८८ करोड बराबरको योगदान जुटाएका छन्। फिक्स्ड डिपोजिट संकलनमा शीर्ष पाँच बैंकको कूल हिस्सा एक खर्बभन्दा बढीको अन्तरले बाँकी बैंकहरूभन्दा स्पष्ट अग्रता लिएको छ।Global IME Bank Tops in Fixed Deposit Collection Global IME Bank has emerged as the leading commercial bank in Nepal in terms of fixed deposit collection. According to data published by Nepal Rastra Bank as of the end of Baisakh 2082, the bank has collected a total of Rs. 272.86 billion in fixed deposits — the highest among all commercial banks. Following closely, Nepal Investment Mega Bank (NIMB) has mobilized Rs. 255.80 billion, while Nabil Bank stands third with Rs. 235.18 billion in fixed deposits. These banks currently lead Nepal’s financial sector when it comes to long-term deposit mobilization.

      NEPSE TRADING·15 Jun, 2025·1 min read
    • आरबीबीको बचत खातामा सबैभन्दा बढी रकम
      Investor

      आरबीबीको बचत खातामा सबैभन्दा बढी रकमRBB Leads in Savings Deposit Collection

      आरबीबीको बचत खातामा सबैभन्दा बढी रकम राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) ले बचत खाताबाट सबैभन्दा धेरै निक्षेप संकलन गरेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८२ सालको बैशाख मसान्तसम्मको विवरणअनुसार आरबीबीको बचत खातामा रहेको रकम रु. २२४ अर्ब ५८ करोड पुगेको छ। यो सबै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै हो। बचत खाताबाट संकलन गरिएको रकममा नबिल बैंक दोस्रो स्थानमा परेको छ। नबिलको बचत खातामा रु. १८१ अर्ब १२ करोड संकलन भएको छ। त्यसपछि ग्लोबल आइएमई बैंक रु. १९७ अर्ब १६ करोड सहित तेस्रो स्थानमा छ। ग्लोबलले पछिल्लो केही वर्षमा ग्रामीण र शहरी दुवै क्षेत्रमा शाखा विस्तार गरेसँगै बचत संकलनमा तीव्र वृद्धि भएको देखिन्छ।RBB Leads in Savings Deposit Collection Rastriya Banijya Bank (RBB) has topped the list in terms of savings deposit collection among commercial banks in Nepal. According to data published by Nepal Rastra Bank for the period ending Baisakh 2082, RBB has mobilized Rs. 224.58 billion in savings deposits — the highest among all commercial banks. Nabil Bank stands second with Rs. 181.12 billion in savings deposits. Meanwhile, Global IME Bank ranks third with a strong showing of Rs. 197.16 billion, reflecting its recent aggressive expansion in both urban and rural banking markets.

      NEPSE TRADING·15 Jun, 2025·1 min read
    • ग्लोबल आइएमईको निक्षेप सबैभन्दा बढी, नबिल र आरबीबी पछि पछि
      Investor

      ग्लोबल आइएमईको निक्षेप सबैभन्दा बढी, नबिल र आरबीबी पछि पछि Global IME Bank Tops in Deposit Collection, Followed by Nabil and RBB

      ग्लोबल आइएमईको निक्षेप सबैभन्दा बढी, नबिल र आरबीबी पछि पछि बैंक तथा वित्तीय संस्थामार्फत आम नागरिकको पैसा व्यवस्थापन गरिने निक्षेप संकलनमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ सालको बैशाख मसान्तसम्म ग्लोबल आइएमईले रु. ५४ खर्ब ७२ अर्ब ५४ लाख निक्षेप संकलन गरेको छ। निक्षेप संकलनका आधारमा दोस्रो स्थानमा नबिल बैंक रहेको छ, जसको कुल निक्षेप रु. ५० खर्ब ७१ अर्ब ४६ लाख पुगेको छ। यस्तै, तेस्रो स्थानमा राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) रहेको छ, जसले रु. ४६ खर्ब २५ अर्ब ३३ लाख निक्षेप संकलन गरेको छ। यी तीन बैंकहरू हाल नेपाली बैंकिङ बजारको सबैभन्दा ठूला निक्षेपकर्ता बनेका छन्।Global IME Bank Tops in Deposit Collection, Followed by Nabil and RBB Global IME Bank has emerged as the top commercial bank in Nepal in terms of total deposit collection. According to data published by Nepal Rastra Bank for the period ending Baisakh 2082, the bank has mobilized Rs. 540.72 billion in total deposits, securing its position at the top of the national banking industry. Closely following Global IME are Nabil Bank, with Rs. 507.14 billion, and Rastriya Banijya Bank (RBB), with Rs. 462.50 billion in deposits. These three banks together dominate the commercial banking sector in terms of deposit volume, reflecting their deep market penetration, extensive branch networks, and robust customer base.

      NEPSE TRADING·15 Jun, 2025·2 min read
    • नबिल बैंकको सामान्य जगेडा सबैभन्दा उच्च, अन्य बैंकको अवस्था कस्तो ? — २०८२ बैशाख मसान्तसम्मको विवरण
      Investor

      नबिल बैंकको सामान्य जगेडा सबैभन्दा उच्च, अन्य बैंकको अवस्था कस्तो ? — २०८२ बैशाख मसान्तसम्मको विवरणNabil Bank Holds Highest General Reserves Among Commercial Banks as of Baisakh End 2082

      नबिल बैंकको सामान्य जगेडा सबैभन्दा उच्च, अन्य बैंकको अवस्था कस्तो ? — २०८२ बैशाख मसान्तसम्मको विवरण नेपाल राष्ट्र बैंकको नियामकीय निर्देशिकाअनुसार वाणिज्य बैंकहरूले आवधिक रूपमा आन्तरिक नाफाबाट सञ्चित कोष संकलन गर्दै आएका छन्। यसै अन्तर्गत, २०८२ सालको बैशाख मसान्तसम्मको सामान्य जगेडा (General Reserve) विवरण अनुसार नबिल बैंक सबैभन्दा अग्रस्थानमा देखिएको छ।Nabil Bank Holds Highest General Reserves Among Commercial Banks as of Baisakh End 2082 Kathmandu, June 15, 2025 — According to data published for the period ending Baisakh 2082, Nabil Bank leads Nepal's commercial banking sector in terms of general reserves, with a total of Rs. 15.16 billion. General reserves reflect a bank’s internal financial buffer, accumulated primarily from retained earnings to safeguard against future risks.

      NEPSE TRADING·15 Jun, 2025·2 min read
    • देशभर ६७ लाखभन्दा बढी डिम्याट खाता, सबैभन्दा बढी बागमतीमा र न्यून कर्णालीमा
      Investor

      देशभर ६७ लाखभन्दा बढी डिम्याट खाता, सबैभन्दा बढी बागमतीमा र न्यून कर्णालीमाOver 6.7 Million Demat Accounts in Nepal; Bagmati Leads, Karnali Lowest

      देशभर ६७ लाखभन्दा बढी डिम्याट खाता, सबैभन्दा बढी बागमतीमा र न्यून कर्णालीमा चालू आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्म देशभर डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ६७ लाख ५२ हजार ७ सय पुगेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) ले सार्वजनिक गरेको तथ्यांकअनुसार व्यक्तिगत लगानीकर्ताको सहभागिता अत्यधिक रहेको देखिएको छ। प्रदेशगत विवरण हेर्दा बागमती प्रदेश अग्रस्थानमा रहेको छ। कुल डिम्याट खातामध्ये ३६.११ प्रतिशत बागमती प्रदेशमा खोलिएका छन्। दोस्रो स्थानमा कोशी प्रदेश १८.८५ प्रतिशत हिस्सासहित रहेको छ। अन्य प्रदेशहरूको अवस्था हेर्दा गण्डकी प्रदेशमा १२.८१ प्रतिशत, लुम्बिनीमा ११.८० प्रतिशत, मधेशमा ११.६४ प्रतिशत र सुदूरपश्चिममा ६.१८ प्रतिशत खाताहरू खोलिएका छन्। सबैभन्दा कम कर्णाली प्रदेशमा मात्र २.६१ प्रतिशत डिम्याट खाता खुलेका छन्। डिम्याट खाता खोल्ने लगानीकर्ताको निरन्तर बढ्दो संख्या नेपाली पुँजी बजारप्रति आम नागरिकको आकर्षण बढ्दै गएको संकेत हो। तर, प्रदेशबीचको खाता वितरणमा देखिएको असमानताले वित्तीय पहुँच, जानकारी तथा लगानी प्रवृत्तिमा अझै क्षेत्रीय असन्तुलन रहेको स्पष्ट देखिन्छ।Over 6.7 Million Demat Accounts in Nepal; Bagmati Leads, Karnali Lowest As of the end of Baisakh in the fiscal year 2081/82, the number of Demat account holders across Nepal has reached 6,752,700. According to data published by CDS and Clearing Limited (CDSC), the majority of these accounts belong to individual investors. Province-wise data shows that Bagmati Province leads with 36.11% of the total Demat accounts, making it the region with the highest investor participation. Koshi Province ranks second with 18.85% of the total share.

      NEPSE TRADING·15 Jun, 2025·1 min read
    • चुक्ता पुँजीको आधारमा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि — अन्य बैंकको अवस्था कस्तो ?
      Investor

      चुक्ता पुँजीको आधारमा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि — अन्य बैंकको अवस्था कस्तो ? Global IME Bank Tops Paid-up Capital Ranking of Commercial Banks as of Baisakh End 2082

      वित्तीय पुँजीको आधारमा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि — २०८२ बैशाख मसान्तसम्मको विवरण सार्वजनिक नेपाल राष्ट्र बैंकको निर्देशनमा वाणिज्य बैंकहरूले पूँजी मजबूतीकरणको रणनीति अपनाइरहेका बेला हालै प्रकाशित २०८२ सालको बैशाख मसान्तसम्मको विवरणअनुसार ग्लोबल आइएमई बैंक सबैभन्दा बढी रु. ३८.११ अर्ब चुक्ता पूँजीसहित अग्रपंक्तिमा रहेको देखिएको छ। यो तथ्यांकले नेपालका वाणिज्य बैंकहरूको पूँजी संरचना र बजारमा प्रतिस्पर्धात्मक स्थिति झल्काउँछ।Global IME Bank Tops Paid-up Capital Ranking of Commercial Banks as of Baisakh End 2082 As per the latest available data up to Baisakh end 2082, the paid-up capital of commercial banks in Nepal reflects the evolving dynamics of Nepal’s banking landscape. Global IME Bank stands out with the highest paid-up capital of NPR 38.11 billion, signifying its position as the most financially fortified institution among the 20 reviewed banks.

      NEPSE trading ·15 Jun, 2025·1 min read
    • रेकर्ड नजिक सुनको मूल्य, चाँदी उच्च विन्दुमा स्थिर
      Top

      रेकर्ड नजिक सुनको मूल्य, चाँदी उच्च विन्दुमा स्थिरGold Nears Record High, Silver Steady at All-Time Peak

      आइतबार, असार १ गते सुनको मूल्य ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मको रेकर्डभन्दा ४ सय रुपैयाँले मात्र कम हो। चाँदी भने प्रतितोला २ हजार १६५ रुपैयाँमा स्थिर रहेको छ।Gold prices in Nepal rose by NPR 400 on Sunday, June 15, 2025, reaching NPR 197,500 per tola—just NPR 400 short of the all-time record. Silver remained steady at its highest level of NPR 2,165 per tola.

      NEPSE TRADING·15 Jun, 2025·<1 min read
    • नेपालले बंगलादेशलाई विद्युत् निर्यात सुरु गर्‍यो
      Top

      नेपालले बंगलादेशलाई विद्युत् निर्यात सुरु गर्‍योNepal Begins Electricity Export to Bangladesh, Becomes First South Asian Country to Trade Power with a Third Nation

      नेपालले बंगलादेशलाई विद्युत् निर्यात सुरु गर्‍यो, दक्षिण एशियामै तेस्रो मुलुक निर्यात गर्ने पहिलो देश नेपालले शनिबार (२०८१ असार १) बाट इतिहास रचेको छ। पहिलोपटक व्यावसायिक रूपमा बंगलादेशलाई ४० मेगावाट विद्युत् निर्यात गर्दै नेपाल दक्षिण एशियामै तेस्रो मुलुकलाई बिजुली बेच्न थालेको पहिलो देश बनेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले काठमाडौंमा आयोजित समारोहमा नेपाल, भारत र बंगलादेशका प्रतिनिधिहरूसँग संयुक्त रूपमा स्विच अन गरेर विद्युत् निर्यातको उद्घाटन गरे। मन्त्री खड्काले यसलाई नेपालको समृद्धितर्फको ऐतिहासिक पाइलाका रूपमा उल्लेख गर्दै बिजुलीको निर्यातले मुलुकको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने बताए। नेपाल, भारत र बंगलादेशबीच २०८१ असोज १७ गते त्रिपक्षीय सम्झौता भएर उक्त निर्यात सम्भव भएको हो। सम्झौताअनुसार प्रत्येक वर्षको जून १५ देखि नोभेम्बर १५ सम्म – वर्षायामको पाँच महिना – ४० मेगावाट विद्युत् निर्यात गरिनेछ। सन् २०२९ अक्टोबर २ सम्म अर्थात् पाँच वर्षसम्म निर्यात सम्झौता कायम रहनेछ।Nepal Begins Electricity Export to Bangladesh, Becomes First South Asian Country to Trade Power with a Third Nation In a historic move, Nepal has officially started exporting 40 megawatts (MW) of electricity to Bangladesh from Saturday, making it the first South Asian country to export electricity to a third country beyond its immediate neighbor. The commercial export marks a major milestone as Nepal, having fulfilled its domestic electricity demand, is now selling surplus power to Bangladesh. The inauguration ceremony was held in Kathmandu, where Nepal’s Minister for Energy, Water Resources and Irrigation, Dipak Khadka, jointly switched on the power supply with India’s Minister of Power Manohar Lal and Bangladesh’s Energy Adviser Mohammad Fozlul Kabir Khan.

      NEPSE TRADING·15 Jun, 2025·1 min read
    • ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्न सकिन्छ नतिजा
      Investor

      ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्न सकिन्छ नतिजाTrade Tower Limited IPO Allotment Completed – Here’s How to Check the Result

      ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्न सकिन्छ नतिजा ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड आज सम्पन्न भएको छ। उक्त बाँडफाँड काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा बिहान सम्पन्न गरिएको हो। कम्पनीले जेठ १४ गतेदेखि २० गतेसम्म कुल ३२ लाख ९६ हजार ५ सय ५.१९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि बिक्री खुला गTrade Tower Limited IPO Allotment Completed – Here’s How to Check the Result The IPO allotment of Trade Tower Limited, issued to the general public, has been successfully completed today. The allotment ceremony took place at Hotel Crystal Pashupati, Gaushala, Kathmandu. The company had opened its public offering from Jestha 14 to Jestha 20, issuing a total of 32,96,505.19 units of ordinary shares to the general public. Due to an oversubscription, the shares were allotted through a lottery system. Here's how you can check your IPO result:

      NEPSE TRADING·15 Jun, 2025·1 min read
    • प्रदेश सरकारहरुले आज सार्वजनिक गर्दैछन् २०८२/८३ को बजेट, कुन प्रदेशले कति ल्याउने तयारी?
      Trending

      प्रदेश सरकारहरुले आज सार्वजनिक गर्दैछन् २०८२/८३ को बजेट, कुन प्रदेशले कति ल्याउने तयारी?Provincial Governments to Announce FY 2082/83 Budgets Today – Here’s What to Expect

      प्रदेश सरकारहरुले आज सार्वजनिक गर्दैछन् २०८२/८३ को बजेट, कुन प्रदेशले कति ल्याउने तयारी? आज असार १ गते, सातवटै प्रदेश सरकारहरुले आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ बजेट सार्वजनिक गर्दैछन् । सुदूरपश्चिमदेखि कोशीसम्मका प्रदेशका आर्थिक मामिला मन्त्रीहरुले आय-व्ययको विवरणसहितको बजेट प्रस्तुत गर्ने तयारी गरेका छन् । संविधानअनुसार केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ मा र स्थानीय तहले असार १० मा बजेट ल्याउनु पर्ने व्यवस्था छ । सोहीअनुसार आज प्रदेशसभामा बजेट प्रस्तुतिको हलचल छ ।Provincial Governments to Announce FY 2082/83 Budgets Today – Here’s What to Expect Kathmandu – On the occasion of Asar 1st, all seven provincial governments of Nepal are set to unveil their budgets for the fiscal year 2082/83 today. Finance Ministers from Sudurpashchim, Karnali, Lumbini, Gandaki, Bagmati, Madhesh, and Koshi provinces will present their income-expenditure statements in respective provincial assemblies. As per the constitution, the federal government must present its budget on Jestha 15, provinces on Asar 1, and local governments on Asar 10 each year. Accordingly, the provincial assemblies are convening today to present the new fiscal budgets.

      NEPSE TRADING·15 Jun, 2025·1 min read
    • विदेशी मुद्राको विनिमय दर : डलरदेखि दिनारसम्म
      Top

      विदेशी मुद्राको विनिमय दर : डलरदेखि दिनारसम्म Nepal Rastra Bank Publishes Foreign Exchange Rates for Sunday

      विदेशी मुद्राको विनिमय दर : डलरदेखि दिनारसम्म नेपाल राष्ट्र बैंकले आइतबार (२०८२ असार १ गते) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलरको खरिददर १३७ रुपियाँ ४४ पैसा र बिक्रीदर १३८ रुपियाँ ०४ पैसा तोकिएको छ। युरोपियन युरोको खरिददर १५८ रुपियाँ ०३ पैसा र बिक्रीदर १५८ रुपियाँ ७२ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङको खरिददर १८५ रुपियाँ ९६ पैसा र बिक्रीदर १८६ रुपियाँ ७७ पैसा रहेको छ।Nepal Rastra Bank Publishes Foreign Exchange Rates for Sunday Nepal Rastra Bank (NRB) has published the official foreign exchange rates for Sunday, June 15, 2025 (Asar 1, 2082 BS). As per the central bank, the buying rate of 1 US Dollar has been set at NPR 137.44 and the selling rate at NPR 138.04. For the Euro, the buying rate is NPR 158.03 and the selling rate is NPR 158.72. The British Pound Sterling stands at NPR 185.96 for buying and NPR 186.77 for selling. The Swiss Franc has been valued at NPR 168.83 (buying) and NPR 169.57 (selling).

      NEPSE TRADING·15 Jun, 2025·2 min read
    • असार महिनामा वाणिज्य बैंकहरूले ब्याजदर घटाए: तरलता व्यवस्थापनको उद्देश्य
      Investor

      असार महिनामा वाणिज्य बैंकहरूले ब्याजदर घटाए: तरलता व्यवस्थापनको उद्देश्यCommercial Banks Reduce Interest Rates for Ashadh: Liquidity Management in Focus

      असार महिनामा वाणिज्य बैंकहरूले ब्याजदर घटाए: तरलता व्यवस्थापनको उद्देश्य वाणिज्य बैंकहरूले असार महिनाका लागि बचत तथा मुद्दती निक्षेपमा दिइने ब्याजदर घटाएका छन्। बैंकहरूले सार्वजनिक गरेका ब्याजदर तालिका अनुसार अधिकांश बैंकहरूले ब्याजदर घटाएका छन् भने केहीले आंशिक समायोजन मात्र गरेका छन्।Commercial Banks Reduce Interest Rates for Ashadh: Liquidity Management in Focus Commercial banks in Nepal have reduced interest rates on savings and fixed deposits for the month of Ashadh (mid-June to mid-July). According to the newly published rate tables, most banks have lowered their deposit interest rates compared to the previous month of Jestha.

      NEPSE TRADING·14 Jun, 2025·1 min read
    • वाणिज्य बैंकहरूको नाफा विवरण: बैशाख २०८२ को अन्त्यसम्म कोही अघि त कोही पछि
      Top

      वाणिज्य बैंकहरूको नाफा विवरण: बैशाख २०८२ को अन्त्यसम्म कोही अघि त कोही पछिNepal’s Commercial Banks Report Mixed Net Profit Figures by End of Baisakh 2082

      बैंकिङ क्षेत्रको बैशाख २०८२ को अन्त्यसम्मको खुद नाफा मिश्रित देखिएको छ। नबिल, ग्लोबल आईएमई र एनएमबी बैंकले ५ अर्बभन्दा बढी नाफा आर्जन गर्दै अग्रता लिएका छन्। एभरेष्ट, नेपाल बैंक र प्राइम बैंकले पनि राम्रो प्रदर्शन देखाएका छन्। सनिमा, प्रभु र स्ट्यान्डर्ड चार्टर्डजस्ता बैंकहरूले मध्यम नाफा कमाएका छन् भने एनआईसी, कुमारी र हिमालयन बैंक पछाडि परेका छन्। सरकारी बैंकहरू — आरबिबी र कृषि विकास बैंकले पनि सीमित नाफा देखाएका छन्। समग्रमा, केही बैंकले ठूलो मुनाफा कमाए पनि धेरै बैंक अझै चुनौतीको सामना गरिरहेका छन्।As of the end of Baisakh 2082, Nepal's commercial banks reported mixed net profit results. NABIL Bank, Global IME, and NMB Bank led the sector with profits above Rs. 5 billion. EBL, NBL, and Prime Bank followed with strong performances. Mid-tier banks like Sanima, Prabhu, and SCBNL posted moderate profits, while NIC Asia, Kumari, and HBL lagged behind. RBB and ADBNL also showed modest profits. The sector shows uneven profitability, with top banks leveraging scale and efficiency, while others face challenges due to interest burden and credit risks.

      Nepsetrading·14 Jun, 2025·1 min read
    • वाणिज्य बैंकहरूको गैर-बैंकिङ सम्पत्तिमा तीव्र वृद्धि, ग्लोबल आइएमई शीर्ष स्थानमा
      Top

      वाणिज्य बैंकहरूको गैर-बैंकिङ सम्पत्तिमा तीव्र वृद्धि, ग्लोबल आइएमई शीर्ष स्थानमाCommercial Banks' Non-Banking Assets Reach New High, Global IME Tops the Chart

      बिसाख अन्त्य २०८२ सम्म गैर-बैंकिङ सम्पत्तिमा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि रहँदै रु. ५,९५८.३८ मिलियनको लगानी रहेको छ। त्यसपछि क्रमशः एचबीएल (रु. ५,१२९.५४ मिलियन), एनआईसी एशिया (रु. ४,६००.८० मिलियन) र नबिल बैंक (रु. ३,७९३.९८ मिलियन) छन्। यी बैंकहरूले सम्भवत: अचल सम्पत्ति, जफत गरिएका सम्पत्ति वा अन्य गैर-मूलधन्दी क्षेत्रमा लगानी गरेका छन्। अर्कोतर्फ, नेपाल बैंक लिमिटेड (NBL) र राष्टिय वाणिज्य बैंक (RBB) ले सबैभन्दा कम गैर-बैंकिङ सम्पत्ति क्रमशः रु. २०४.११ मिलियन र रु. ३१९.९५ मिलियन मात्रै देखाएका छन्। यसले बैंकहरूको सम्पत्ति रणनीतिमा स्पष्ट अन्तर देखाउँछ।As of Baisakh end 2082, Global IME Bank holds the highest volume of non-banking assets at NPR 5,958.38 million, followed by HBL (NPR 5,129.54M), NIC Asia (NPR 4,600.80M), and NABIL (NPR 3,793.98M). These top performers suggest strong holdings in real estate, foreclosed assets, or other non-core items. On the lower end, NBL and RBB reported minimal non-banking assets at NPR 204.11M and NPR 319.95M respectively. This disparity highlights differences in asset composition and risk profiles across banks.

      Nepsetrading·14 Jun, 2025·1 min read
    • वाणिज्य बैंकहरूले बैशाख मसान्तसम्ममा ४४ खर्ब रुपैयाँभन्दा बढी ऋण लगानी गरेका छन्
      Top

      वाणिज्य बैंकहरूले बैशाख मसान्तसम्ममा ४४ खर्ब रुपैयाँभन्दा बढी ऋण लगानी गरेका छन्Commercial Banks Disburse Over Rs. 4.40 Trillion in Loans and Advances by Baisakh End 2082

      नेपालका वाणिज्य बैंकहरूले आफ्नो अधिकांश ऋण निजी क्षेत्रतर्फ केन्द्रित गरेका छन्, जसले निजी व्यवसाय र व्यक्तिप्रति उच्च विश्वास देखाउँछ। ग्लोबल आईएमई, नबिल र एनएमबि बैंक प्रमुख ऋणदाताका रूपमा रहेका छन्। वित्तीय संस्थातर्फको ऋण मध्यम मात्रामा छ भने सरकारी संस्थातर्फको ऋण प्रायः नगण्य छ। यसले बैंकहरूको रणनीति निजी क्षेत्रमै केन्द्रित रहेको प्रस्ट पार्दछ।Nepal’s commercial banks have allocated the majority of their loans and advances to the private sector, showing strong reliance on businesses and individuals for credit expansion. Global IME, NABIL, and NMB are among the top lenders. Loans to financial institutions are moderate, while lending to government organizations remains negligible or absent in most banks. This pattern highlights a clear banking focus on private-sector profitability and risk management.

      Nepsetrading·14 Jun, 2025·2 min read
    • वाणिज्य बैंकहरूद्वारा शेयर तथा अन्य लगानीमा आक्रामक विस्तार, NIMB अगाडि
      Top

      वाणिज्य बैंकहरूद्वारा शेयर तथा अन्य लगानीमा आक्रामक विस्तार, NIMB अगाडिCommercial Banks Aggressively Expanding in Share and Other Investments, NIMB Leads

      नेपालका वाणिज्य बैंकहरूले शेयर तथा अन्य लगानीमा उल्लेखनीय वृद्धि गरेका छन्। सबैभन्दा बढी लगानी एनआईएमबी (NIMB) बैंकले गरेको छ, जुन रु ४५.५९ अर्ब छ। त्यसपछि ग्लोबल र नबिल बैंकको स्थान छ। अधिकांश लगानी गैरआवासीय स्रोतहरूबाट आएको छ, जसले विदेशी लगानीकर्ताको उच्च रुचि देखाउँछ। ‘इन्टरबैंक लेंडिङ’ मा अधिकांश बैंकहरूको सहभागिता न्यून छ। कृषि विकास बैंक (ADBNL) ले 'अन्य' शीर्षकमा सबैभन्दा बढी लगानी गरेको छ। समग्रमा, बैंकहरू आक्रामक रूपमा लगानी विविधीकरण गरिरहेका छन्।Nepal's commercial banks have significantly increased their investments in shares and other financial instruments. NIMB Bank leads with NPR 45.59 billion, followed by Global IME and NABIL. A large portion of these investments come from non-resident investors, indicating strong foreign interest. Interbank lending remains minimal across most banks. ADBNL stands out for its high allocation under the "Others" category. Overall, banks are aggressively diversifying their investment portfolios.

      Nepsetrading·14 Jun, 2025·1 min read