
नाफा बुकिङले नेप्से ३३ अंक घट्यो, २०० दिने औसतको नजिक बजारको परीक्षाNEPSE Falls 33 Points on Profit Booking, Market Tests Key 200-Day Moving Average
समग्रमा सोमबारको कारोबारले बजारलाई एउटा महत्त्वपूर्ण प्राविधिक मोडमा ल्याएको छ। २०० दिने औसतमाथि बन्द हुनु सकारात्मक पक्ष हो। तर ‘लोअर लो’ संरचना, घट्दा बढेको कारोबार, अधिकांश कम्पनी र उपसमूहमा आएको गिरावट तथा ठूला ब्रोकरको बिक्री दबाबले जोखिम पूर्ण रूपमा हटेको छैन। अब लगानीकर्ताको ध्यान २ हजार ६८५–२ हजार ७०० को समर्थन क्षेत्रमा केन्द्रित हुने देखिन्छ। यही क्षेत्र जोगिए पछिल्लो सुधारको आधार कायम रहनेछ, नजोगिए बजारमा अर्को चरणको मूल्य समायोजनको ढोका खुल्न सक्छ।The next few trading sessions will therefore be crucial. Whether buyers defend the 2,685–2,700 zone or sellers force a decisive break below it is likely to determine whether the latest decline remains a routine correction or develops into a deeper phase of market adjustment.











