
वाणिज्य बैंकहरूको औसत ईपीएस १६.३० रुपैयाँ, नाफा सुधारिए पनि जोखिम कायमैCommercial Banks’ Average EPS Rises to Rs 16.30, Profit Growth Uneven Across Sector
वाणिज्य बैंकहरूको औसत ईपीएस १६.३० रुपैयाँ, नाफा सुधारिए पनि जोखिम कायमै चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त) सम्म आइपुग्दा वाणिज्य बैंकहरूको औसत प्रतिसेयर आम्दानी (ईपीएस) १६.३० रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा औसत ईपीएस १४.४० रुपैयाँ रहेकोमा करिब १.९० रुपैयाँले वृद्धि भएको हो। बैंकहरूको कुल नाफा बढेसँगै प्रतिशेयर आम्दानीमा समेत सुधार देखिएको हो। अर्धवार्षिक अवधिमा वाणिज्य बैंकहरूको नाफा साढे ११ प्रतिशतले बढेको छ। पुस मसान्तसम्म २० वाणिज्य बैंकले कुल ३० अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको नाफा २७ अर्ब ३६ करोड रुपैयाँ थियो। नाफामा आएको यो वृद्धिले बैंकिङ क्षेत्र क्रमशः स्थायित्वतर्फ उन्मुख हुँदै गएको संकेत गर्छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये एक बैंक बाहेक सबैको ईपीएस धनात्मक रहेको छ। लक्ष्मी सनराइज बैंकको भने पुससम्म नोक्सानी रहेकाले ईपीएस ऋणात्मक देखिएको छ। कुल नाफालाई जारी सेयर संख्याले भाग गरेर निकालिने ईपीएस सेयर बजार विश्लेषणको एक महत्वपूर्ण सूचक मानिन्छ, जसले बैंकको नाफा उत्पादन क्षमताको अवस्था देखाउँछ।Commercial Banks’ Average EPS Rises to Rs 16.30, Profit Growth Uneven Across Sector By the end of the second quarter of the current fiscal year (mid-January), the average earnings per share (EPS) of Nepal’s commercial banks has increased to Rs 16.30. This marks an improvement of nearly Rs 1.90 compared to the same period of the previous fiscal year, when the average EPS stood at Rs 14.40. The rise reflects an overall increase in banking sector profits during the review period. During the first half of the fiscal year, commercial banks recorded a profit growth of around 11.5 percent. By mid-January, 20 commercial banks together earned a total profit of Rs 30.52 billion, up from Rs 27.36 billion in the corresponding period last year. The improvement suggests a gradual recovery in the banking sector after a prolonged period of pressure caused by weak credit demand and rising non-performing loans.


















