
नयाँ वर्ष २०८३ को पहिलो कारोबारमै नेप्सेमा उत्साहजनक उछाल, सबै उपसमूह हरियालीमाNEPSE Surges on First Trading Day of 2083, All Sub-Indices Close in the Green
वि.सं. २०८३ को पहिलो कारोबार दिन नेप्से परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ विन्दुमा पुगेको छ। कारोबार रकम पनि वृद्धि भई १० अर्बभन्दा बढी पुगेको छ। अधिकांश कम्पनीहरूको शेयर मूल्य बढ्दा ६ कम्पनी सकारात्मक सर्किटमा कारोबार भएका छन्। सबै १३ उपसमूह हरियालीमा बन्द हुँदा होटल तथा पर्यटन क्षेत्र सर्वाधिक बढेको देखिएको छ।On the first trading day of the Nepali New Year 2083 B.S., the NEPSE index rose by 33.27 points to 2866.87. Market turnover also increased, crossing NPR 10 billion. Most stocks gained, with six hitting the positive circuit level. All 13 sub-indices closed in the green, led by the hotel and tourism sector.


















