
र्यान्समवेयर आक्रमणबाट प्रभावित सेयर कारोबार आजदेखि नियमितStock Trading Halted by Ransomware Attack Resumes Today
आक्रमण हुनुअघि नै आइतबार बिहान ४ बजे सम्पूर्ण डेटाको ब्याकअप सुरक्षित राखिएकाले प्रणाली पुनःस्थापना गर्न सहज भएको प्राविधिक टोलीले जनाएको छ। ब्याकअपको सुरक्षा परीक्षण र फरेन्सिक विश्लेषण सम्पन्न भएसँगै नेप्सेले कारोबार सुचारु हुने सूचना जारी गरेको हो। यससँगै लगानीकर्ताले आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म नियमित रूपमा सेयर खरिदबिक्री गर्न सक्नेछन्।Technical teams were able to easily restore the system using a secure data backup taken at 4 AM on Sunday, just prior to the attack. Following comprehensive security testing and forensic analysis of the backup, NEPSE issued a formal notice confirming the resumption of services. Investors can now resume regular buying and selling of shares during the standard trading hours of 11 AM to 3 PM today.














