
प्रचण्ड शौचालयमा लडेर घाइते, टाउकोमा चोटPrachanda Injured After Slipping in Bathroom, Suffers Head Injury
प्रचण्ड शौचालयमा लडेर घाइते, टाउकोमा चोट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' शौचालयमा लडेर घाइते भएका छन्। श्रोतका अनुसार खुमलटारस्थित निवासमा गएराति शौचालय प्रयोग गर्ने क्रममा चिप्लिएर लडेका प्रचण्डको टाउको र निधारमा चोट लागेको हो। लडेपछि तत्कालै उनलाई उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार टाउकोमा सामान्य चोट देखिएको र निधारमा गहिरो चोेट भएकाले सिलाइ (टाँका) गरिएको छ। चिकित्सकहरूको निगरानीमा राखिएका प्रचण्डको स्वास्थ्य अवस्था हाल सामान्य रहेको बताइएको छ।Prachanda Injured After Slipping in Bathroom, Suffers Head Injury Pushpa Kamal Dahal ‘Prachanda’, Chairman of the Communist Party of Nepal (Maoist Centre) and former Prime Minister, sustained injuries after slipping in the bathroom at his residence in Khumaltar last night. According to sources, Prachanda slipped while using the bathroom and suffered injuries to his head and forehead. He was immediately taken to Mediciti Hospital in Lalitpur for treatment. Hospital sources confirmed that he received a minor head injury, and a deeper wound on his forehead required stitches. His current condition is said to be stable, and he remains under medical observation.


















