NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Popular News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 23 / 186Next
    • नेपालको शेयर बजारमा 'आफ्टर मार्केट अर्डर' लागू हुने
      Investor

      नेपालको शेयर बजारमा 'आफ्टर मार्केट अर्डर' लागू हुने‘After Market Order’ to be Implemented in Nepal's Stock Market

      नेपालको शेयर बजारमा 'आफ्टर मार्केट अर्डर' लागू हुने नेपालको शेयर बजारलाई आधुनिक र लगानीमैत्री बनाउने उद्देश्यले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले 'आफ्टर मार्केट अर्डर' (AMO) कार्यान्वयन गर्ने निर्णय गरेको छ। यस निर्णयसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पठाएको 'धितोपत्र कारोबार संचालन विनियमावली' संशोधनको प्रस्तावलाई सेबोनको सोमबारको बैठकले स्वीकृत गरेको हो।‘After Market Order’ to be Implemented in Nepal's Stock Market In an effort to modernize and make Nepal's stock market more investor-friendly, the Securities Board of Nepal (SEBON) has decided to implement the ‘After Market Order’ (AMO) system. With this decision, SEBON’s board has approved the amendment to the 'Securities Trading Operations Regulations' proposal sent by the Nepal Stock Exchange (NEPSE) in Monday’s meeting.

      NEPSE TRADING·7 Apr, 2026·1 min read
    • कालंगा हाइड्रो लिमिटेडको आईपीओ आवेदन दिने आज अन्तिम दिन
      Investor

      कालंगा हाइड्रो लिमिटेडको आईपीओ आवेदन दिने आज अन्तिम दिनKalanga Hydro Limited IPO Application Deadline Today

      कालंगा हाइड्रो लिमिटेडको आईपीओ आवेदन दिने आज अन्तिम दिन कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज, चैत २४ गते, अन्तिम दिन रहेको छ। कम्पनीले १ अर्ब ४० करोड रुपैयाँको पूँजी मध्ये ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँको ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमा १४ लाख कित्ता साधारण शेयर आयोजनाका प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको हो, जसको मूल्य १०० रुपैयाँ प्रतिकित्ता रहेको छ।Kalanga Hydro Limited IPO Application Deadline Today Kalanga Hydro Limited has opened the IPO for local residents of the affected areas from Chait 10, and today, Chait 24, is the last day to apply for the shares. The company has been authorized to issue 49 million shares, totaling 49 crores, which is 35% of its capital of NPR 140 crores. Out of this, 14 lakh shares, priced at NPR 100 per share, have been allocated for local residents of the affected areas.

      NEPSE TRADING·7 Apr, 2026·1 min read
    • ५५ नम्बरको भृकुटी स्टक ब्रोकिङ निलम्बनमा, ‘उधारो’ मा शेयर किनबेच गराएको आरोप
      Investor

      ५५ नम्बरको भृकुटी स्टक ब्रोकिङ निलम्बनमा, ‘उधारो’ मा शेयर किनबेच गराएको आरोपBhrikuti Stock Broking (55th Broker) Suspended for Alleged 'Credit' Share Transactions

      ५५ नम्बरको भृकुटी स्टक ब्रोकिङ निलम्बनमा, ‘उधारो’ मा शेयर किनबेच गराएको आरोप नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ५५ नम्बरको धितोपत्र दलाल कम्पनी ‘भृकुटी स्टक ब्रोकिङ’लाई निलम्बन गर्ने निर्णय गरेको छ। कम्पनीले विवादास्पद व्यापारी दीपक भट्टलाई नियमविपरीत उधारोमा शेयर किनबेच गर्न दिएको र भुक्तानी प्रक्रियामा गम्भीर लापरबाही गरेको आरोपमा यो निर्णय लिइएको हो।Bhrikuti Stock Broking (55th Broker) Suspended for Alleged 'Credit' Share Transactions The Securities Board of Nepal (SEBON) has suspended Bhrikuti Stock Broking, a 55th-listed brokerage company, for engaging in share transactions on credit, violating regulations, and for serious negligence in the payment process.

      NEPSE TRADING·7 Apr, 2026·1 min read
    • अर्थमन्त्री स्वर्णिम वाग्लेको आश्वासनपछि नेपाल स्टक एक्सचेञ्ज ८३ अंकले उकालो
      Top

      अर्थमन्त्री स्वर्णिम वाग्लेको आश्वासनपछि नेपाल स्टक एक्सचेञ्ज ८३ अंकले उकालोNepal Stock Exchange Surges 83 Points Following Assurance from Finance Minister Swarnim Wagle

      नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार ८३.३३ अंकले बढेर २७६०.०२ विन्दुमा पुगेको छ। अघिल्लो दिनको गिरावटपछि अर्थमन्त्री स्वर्णिम वाग्ले को पूँजीबजारमैत्री आश्वासनले बजारमा सकारात्मक प्रभाव परेको हो। बजार बढे पनि कारोबार रकम घटेर करिब १०.९२ अर्ब रुपैयाँमा सीमित रह्यो। सबै उपसमूहका सूचक बढेका छन् भने जलविद्युत क्षेत्रले सबैभन्दा बढी वृद्धि जनाएको छ।The Nepal Stock Exchange (NEPSE) index rose by 83.33 points to close at 2,760.02 on Monday, rebounding after the previous day’s sharp decline. The recovery was supported by assurances from Finance Minister Swarnim Wagle regarding a market-friendly stance. Despite the gain, total turnover decreased to around NPR 10.92 billion. All sector indices advanced, with the hydropower sector posting the highest growth.

      NEPSETRADING ·6 Apr, 2026·1 min read
    • नेपाली बजारमा सुन–चाँदीको मूल्यमा उल्लेख्य गिरावट
      Top

      नेपाली बजारमा सुन–चाँदीको मूल्यमा उल्लेख्य गिरावटNotable Decline in Gold and Silver Prices in the Nepali Market

      चैत २३ गते सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। सुन प्रतितोला २ हजार ६०० रुपैयाँले घटेर २ लाख ९१ हजार ४०० रुपैयाँमा पुगेको छ भने चाँदी ५० रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ।On Monday, Chaitra 23, gold and silver prices declined in the Nepali market. Gold fell by Rs. 2,600 per tola to Rs. 291,400, while silver dropped by Rs. 50 per tola to Rs. 4,780.

      NEPSETRADING ·6 Apr, 2026·<1 min read
    • नेपाल स्टक एक्सचेन्ज मा अब शुक्रबार पनि शेयर कारोबार, आइतबार बिदा
      Top

      नेपाल स्टक एक्सचेन्ज मा अब शुक्रबार पनि शेयर कारोबार, आइतबार बिदाNepal Stock Exchange to Open Trading on Fridays, Sunday Declared Holiday

      नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अबदेखि सातामा पाँच दिन कारोबार कायम राख्न शुक्रबार पनि शेयर बजार सञ्चालन गर्ने निर्णय गरेको छ। सरकारले इन्धन खपत घटाउन आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्सेले नयाँ तालिका लागू गरेको हो। अब शनिबार र आइतबार बजार बन्द रहनेछ भने शुक्रबार नियमित कारोबार हुनेछ।The Nepal Stock Exchange (NEPSE) has decided to open the stock market on Fridays to maintain five trading days per week after the government declared Sunday a public holiday to reduce fuel consumption. Under the new schedule, the market will remain closed on Saturdays and Sundays, while trading will take place on Fridays.

      NEPSETRADING ·6 Apr, 2026·1 min read
    • अर्थमन्त्रीसँग ब्रोकरको भेट, बजार सुधारका लागि सकारात्मक संकेत
      Investor

      अर्थमन्त्रीसँग ब्रोकरको भेट, बजार सुधारका लागि सकारात्मक संकेतStock Brokers Urge Government to Address Industry Issues

      अर्थमन्त्रीसँग ब्रोकरको भेट, बजार सुधारका लागि सकारात्मक संकेत काठमाडौं — पूँजी बजारमा देखिएको निरन्तर गिरावट र त्यसबाट उत्पन्न चुनौतीका विषयमा छलफल गर्न स्टक ब्रोकर एसोसिएसन अफ नेपाल का प्रतिनिधिहरूले अर्थमन्त्री स्वर्णिम वाग्ले सँग भेट गरेका छन्। भेटमा ब्रोकरहरूले बजारमा देखिएका नीतिगत तथा संरचनात्मक समस्याहरू समाधान गरिदिन आग्रह गरेका छन्।Stock Brokers Urge Government to Address Industry Issues Kathmandu — The Stock Brokers’ Association of Nepal has formally drawn the attention of the Finance Minister, urging the government to resolve structural and policy-related issues seen in the capital market. In a letter addressed to the Ministry of Finance in Singha Durbar, the association stated that meaningful market reform would not be possible unless the problems faced by securities brokers are addressed.

      NEPSE TRADING·6 Apr, 2026·2 min read
    • एमएसएमई कर्जामा राष्ट्र बैंकको ठूलो नीतिगत परिवर्तन — जोखिम भार घट्दा साना उद्यमीलाई राहत
      Investor

      एमएसएमई कर्जामा राष्ट्र बैंकको ठूलो नीतिगत परिवर्तन — जोखिम भार घट्दा साना उद्यमीलाई राहतNRB Cuts Risk Weight on MSME Loans to Boost Productive Sector Investment

      एमएसएमई कर्जामा राष्ट्र बैंकको ठूलो नीतिगत परिवर्तन — जोखिम भार घट्दा साना उद्यमीलाई राहत काठमाडौं। नेपाल राष्ट्र बैंक ले सरकारको ‘सय दिने कार्ययोजना’ कार्यान्वयन गर्दै साना तथा मझौला उद्योग (एमएसएमई) क्षेत्रमा प्रवाह हुने कर्जाको नीतिमा महत्वपूर्ण परिमार्जन गरेको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशन संशोधन गर्दै कृषि, सूचना प्रविधि (आईटी) तथा उत्पादनमूलक उद्योगमा जाने ३ करोड रुपैयाँसम्मका कर्जामा जोखिम भार घटाएर ६० प्रतिशत कायम गरेको हो।NRB Cuts Risk Weight on MSME Loans to Boost Productive Sector Investment Kathmandu. The Nepal Rastra Bank has introduced a major policy reform targeting micro, small, and medium enterprises (MSMEs), in line with the government’s 100-day reform agenda. The central bank has amended its unified directive, reducing the risk weight to 60% for loans up to NPR 30 million extended to agriculture, information technology (IT), and productive industries.

      NEPSE trading ·6 Apr, 2026·1 min read
    • नेप्से ११५ दिनपछि १०० अंकभन्दा बढीले घट्यो, कारोबार रकम भने बढ्यो
      Top

      नेप्से ११५ दिनपछि १०० अंकभन्दा बढीले घट्यो, कारोबार रकम भने बढ्योNEPSE Falls Over 100 Points After 115 Days Despite Surge in Turnover

      साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा पुगेको छ, जुन ११५ दिनपछि १०० अंकभन्दा बढीको गिरावट हो। बजार घटेपनि कारोबार रकम बढेर १२ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। अधिकांश उपसमूहमा गिरावट देखिँदा केही कम्पनीका शेयर सकारात्मक सर्किटमा पुगे भने केही नकारात्मक सर्किटमा सीमित भए। कारोबार रकमका आधारमा Himalayan Reinsurance Limited अग्रस्थानमा रहेको छ।On the first trading day of the week, the Nepal Stock Exchange (NEPSE) index dropped by 105.50 points to 2,676.68, marking a decline of over 100 points after 115 trading days. Despite the fall, total turnover surged to over NPR 12 billion. Most sector indices declined, with a few stocks hitting positive circuits while others fell to negative circuits. In terms of turnover, Himalayan Reinsurance Limited topped the market.

      NEPSETRADING ·5 Apr, 2026·1 min read
    • नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर
      Top

      नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिरGold and Silver Prices Remain Stable in Nepali Market

      चैत २२ गते आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ। छापावाल सुन प्रतितोला २ लाख ९४ हजार र चाँदी ४ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ।On Sunday, Chaitra 22, gold and silver prices remained stable in the Nepali market, with hallmark gold at NPR 294,000 per tola and silver at NPR 4,830 per tola.

      NEPSETRADING ·5 Apr, 2026·<1 min read
    • डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित
      Investor

      डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचितDP Aryal Elected Unopposed as Speaker of the House of Representatives

      डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।DP Aryal Elected Unopposed as Speaker of the House of Representatives Kathmandu — DP Aryal has been elected unopposed as the Speaker of Nepal’s House of Representatives. The announcement was made during Sunday’s parliamentary meeting by senior-most member Arjun Narsingh KC, who formally declared Aryal’s election.

      NEPSE TRADING·5 Apr, 2026·1 min read
    • राष्ट्र बैंकद्वारा ४० अर्ब निक्षेप संकलन, अधिक तरलता व्यवस्थापनमा ध्यान
      Top

      राष्ट्र बैंकद्वारा ४० अर्ब निक्षेप संकलन, अधिक तरलता व्यवस्थापनमा ध्यानNRB to Collect NPR 40 Billion Deposits to Manage Excess Liquidity

      नेपाल राष्ट्र बैंकले बजारको अधिक तरलता नियन्त्रण गर्न आज ४० अर्ब रुपैयाँ बराबरको ५६ दिने निक्षेप संकलन गर्न लागेको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म OBSS मार्फत बोलकबोल गर्न सक्नेछन्। ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट तय हुने र निक्षेपको भुक्तानी २०८३ जेठ १७ गते हुने छ। उक्त रकम CRR मा गणना नहुने तर SLR र तरलता अनुपातमा समावेश हुने व्यवस्था गरिएको छ।Nepal Rastra Bank is collecting NPR 40 billion in deposits today for 56 days to manage excess liquidity. ‘A’, ‘B’, and ‘C’ class financial institutions can participate through OBSS bidding until 3:00 PM. The interest rate will be determined via competitive bidding, and repayment is scheduled for Jestha 17, 2083. The amount will not count toward CRR but will be included in SLR and liquidity ratios.

      NEPSETRADING ·5 Apr, 2026·1 min read
    • वीरगन्ज नाकाबाट ७ महिनामा १.४८ अर्बका ४९७ विद्युतीय सवारी आयात, ९६ करोड राजस्व संकलन
      Top

      वीरगन्ज नाकाबाट ७ महिनामा १.४८ अर्बका ४९७ विद्युतीय सवारी आयात, ९६ करोड राजस्व संकलन497 Electric Vehicles Worth Rs. 1.48 Billion Imported via Birgunj in 7 Months, Rs. 963.6 Million Revenue Collected

      वीरगन्ज नाकाबाट चालु आर्थिक वर्षको सात महिनामा विद्युतीय सवारीसाधनको आयात उल्लेख्य रूपमा बढेको छ। ४९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात हुँदा राजस्व पनि बढेको छ। विद्युतीय मोटरसाइकलको संख्या घटे पनि कुल आयात रकम उल्लेखनीय छ। इन्धनबाट चल्ने सवारीसाधनको आयात र राजस्व भने घटेको छ। समग्रमा सवारीसाधन र पार्टपुर्जा आयात बढ्दै जाँदा विद्युतीय सवारीप्रति आकर्षण बढेको देखिन्छ।Electric vehicle imports through Birgunj have significantly increased in the first seven months of the current fiscal year, with higher revenue collection. While electric motorcycle numbers declined, their import value remained notable. Imports and revenue from fuel-based vehicles decreased. Overall, rising vehicle and parts imports indicate a growing preference for electric vehicles in Nepal.

      NEPSETRADING ·5 Apr, 2026·1 min read
    • सेन्ट्रल फाइनान्सको १२,४२१ कित्ता संस्थापक शेयर बिक्रीमा, संस्थापकहरूलाई प्राथमिकता
      Investor

      सेन्ट्रल फाइनान्सको १२,४२१ कित्ता संस्थापक शेयर बिक्रीमा, संस्थापकहरूलाई प्राथमिकताCentral Finance Promoter to Sell 12,421 Shares; Priority Given to Existing Promoters

      सेन्ट्रल फाइनान्सको १२,४२१ कित्ता संस्थापक शेयर बिक्रीमा, संस्थापकहरूलाई प्राथमिकता काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेड का एक संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको १२,४२१ कित्ता संस्थापक शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएका छन्। कम्पनीले उक्त शेयर खरिदका लागि हालका संस्थापक शेयरधनीलाई प्राथमिकता दिँदै सूचना सार्वजनिक गरेको हो। कम्पनीका अनुसार संस्थापक शेयर बिक्रीका लागि आएको निवेदन सञ्चालक समितिमा पेश भई आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ। यसअनुसार हाल कायम रहेका संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित खरिदका लागि आवेदन दिन सक्नेछन्।Central Finance Promoter to Sell 12,421 Shares; Priority Given to Existing Promoters Kathmandu — Central Finance Limited has announced that one of its existing promoter shareholders is planning to sell 12,421 units of promoter shares. The company has initiated the process following a decision by its board of directors.

      NEPSE TRADING·5 Apr, 2026·1 min read
    • बुद्धभूमि नेपाल हाइड्रोपावरको १ः१ हकप्रद शेयर आजदेखि खुला, वैशाख १३ सम्म आवेदन दिन पाइने
      Investor

      बुद्धभूमि नेपाल हाइड्रोपावरको १ः१ हकप्रद शेयर आजदेखि खुला, वैशाख १३ सम्म आवेदन दिन पाइनेBuddha Bhumi Nepal Hydropower Opens 1:1 Rights Shares Issue from Today; Applications Open Until Baisakh 13

      बुद्धभूमि नेपाल हाइड्रोपावरको १ः१ हकप्रद शेयर आजदेखि खुला, वैशाख १३ सम्म आवेदन दिन पाइने काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड ले आजदेखि आफ्ना विद्यमान शेयरधनीका लागि १०० प्रतिशत हकप्रद शेयर निष्काशन खुला गरेको छ। कम्पनीले चैत २२ गतेदेखि वैशाख १३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ।Buddha Bhumi Nepal Hydropower Opens 1:1 Rights Shares Issue from Today; Applications Open Until Baisakh 13 Kathmandu — Buddha Bhumi Nepal Hydropower Company Limited has opened its 100% rights share issue for existing shareholders starting today. The application window will remain open from Chaitra 22 to Baisakh 13, 2083. The company is issuing 40 lakh units of rights shares in a 1:1 ratio, equivalent to its current paid-up capital of Rs. 40 Crores. Following the issuance, the company’s paid-up capital will double from Rs. 40 Crores to Rs. 80 Crores.

      NEPSE TRADING·5 Apr, 2026·1 min read
    • याम्बालिङ्ग हाइड्रोको स्थानीय आईपीओमा आवेदन म्याद वैशाख ७ सम्म, ७ लाख कित्ता अझै खुला
      Investor

      याम्बालिङ्ग हाइड्रोको स्थानीय आईपीओमा आवेदन म्याद वैशाख ७ सम्म, ७ लाख कित्ता अझै खुलाYambaling Hydropower Extends IPO Deadline for Locals Until Baisakh 7; 700,000 Shares Still Open

      याम्बालिङ्ग हाइड्रोको स्थानीय आईपीओमा आवेदन म्याद वैशाख ७ सम्म, ७ लाख कित्ता अझै खुला काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेड ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) को आवेदन अवधि लम्ब्याएको छ। कम्पनीले मागअनुसार आवेदन नपरेपछि उक्त आईपीओ अब वैशाख ७ गतेसम्म खुला रहने जनाएको छ।Yambaling Hydropower Extends IPO Deadline for Locals Until Baisakh 7; 700,000 Shares Still Open Kathmandu — Yambaling Hydropower Limited has extended the application deadline for its Initial Public Offering (IPO) issued to project-affected local residents. The shares will now remain open until Baisakh 7, 2083, after receiving lower-than-expected applications during the initial period.

      NEPSE TRADING·5 Apr, 2026·1 min read
    • युनियन हाइड्रोपावरको विशेष साधारण सभा वैशाख ६ गते, हकप्रद र नाम परिवर्तन प्रस्ताव एजेन्डामा
      Investor

      युनियन हाइड्रोपावरको विशेष साधारण सभा वैशाख ६ गते, हकप्रद र नाम परिवर्तन प्रस्ताव एजेन्डामाUnion Hydropower to Hold Special General Meeting on Baisakh 6; Rights Issue and Name Change on Agenda

      युनियन हाइड्रोपावरको विशेष साधारण सभा वैशाख ६ गते, हकप्रद र नाम परिवर्तन प्रस्ताव एजेन्डामा काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेड ले विशेष साधारण सभा (SGM) वैशाख ६ गते आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सभा ललितपुरस्थित धोबीघाटमा बिहान ११ बजे भौतिक तथा भर्चुअल (जुम) माध्यमबाट एकसाथ सञ्चालन गरिनेछ। सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गरी नाम परिवर्तन गर्ने, उद्देश्य थप गर्ने तथा हकप्रद शेयर निष्कासन गर्ने सम्बन्धी विशेष प्रस्तावहरू पेश गरिने कार्यसूची रहेको छ। साथै आवश्यक अधिकार प्रत्यायोजन लगायतका अन्य विषयमा पनि छलफल हुने कम्पनीले जनाएको छ।Union Hydropower to Hold Special General Meeting on Baisakh 6; Rights Issue and Name Change on Agenda Kathmandu — Union Hydropower Limited has announced that it will convene its Special General Meeting (SGM) on Baisakh 6, 2083. The meeting will be held at 11:00 AM at Siddhartha Cottage, Dhobighat, Lalitpur, and will be conducted both physically and virtually via Zoom.

      NEPSE TRADING·5 Apr, 2026·1 min read
    • कालंगा हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न, २५ हजार आवेदकले पाए शेयर
      Investor

      कालंगा हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न, २५ हजार आवेदकले पाए शेयरKalanga Hydro IPO Allotment Completed; 25,000 Applicants Receive Shares

      कालंगा हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न, २५ हजार आवेदकले पाए शेयर काठमाडौं । कालंगा हाइड्रो लिमिटेड ले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट सम्पन्न गरेको छ। कम्पनीले चैत १० गतेदेखि १५ गतेसम्म खुला गरेको उक्त आईपीओको बाँडफाँट चैत २० गते सम्पन्न भएको हो। कम्पनीका अनुसार ३ लाख ५० हजार कित्ता सेयरका लागि परेको आवेदनमध्ये २५ हजार जना आवेदकलाई प्रचलित कानुनअनुसार शेयर बाँडफाँट गरिएको छ। बाँडफाँटको नतिजा Sanima Capital Limited को वेबसाइट तथा सिडिएससीको प्रणालीमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।Kalanga Hydro IPO Allotment Completed; 25,000 Applicants Receive Shares Kathmandu — Kalanga Hydro Limited has completed the allotment of its Initial Public Offering (IPO) issued to Nepali citizens working abroad. The shares were open for subscription from Chaitra 10 to Chaitra 15, and the allotment was finalized on Chaitra 20.

      NEPSE TRADING·5 Apr, 2026·1 min read
    • सङ्घीय संसद्का दुवै सदनको बैठक आज, सभामुख चयन र वार्षिक प्रतिवेदन पेश हुँदै
      Investor

      सङ्घीय संसद्का दुवै सदनको बैठक आज, सभामुख चयन र वार्षिक प्रतिवेदन पेश हुँदैFederal Parliament Sessions Convene Today; Speaker Confirmation and Annual Report on Agenda

      सङ्घीय संसद्का दुवै सदनको बैठक आज, सभामुख चयन र वार्षिक प्रतिवेदन पेश हुँदै काठमाडौं । सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक आज बस्दैछ। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। आजको प्रतिनिधिसभा बैठकमा सभामुख पदमा ‘डोलप्रसाद अर्याल लाई निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। अर्याल यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन्। उनको उम्मेदवारी प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने रहेका थिए भने समर्थनमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्।Federal Parliament Sessions Convene Today; Speaker Confirmation and Annual Report on Agenda Kathmandu — Federal Parliament of Nepal is holding meetings of both houses today at the under-construction parliament building in Singha Durbar.

      NEPSE TRADING·5 Apr, 2026·1 min read
    • सानिगाड हाइड्रोको स्थानीय आईपीओमा आवेदन म्याद थप, वैशाख ७ सम्म दिन पाइने
      Investor

      सानिगाड हाइड्रोको स्थानीय आईपीओमा आवेदन म्याद थप, वैशाख ७ सम्म दिन पाइनेSanigad Hydro Extends IPO Deadline for Locals Until Baisakh 7

      सानिगाड हाइड्रोको स्थानीय आईपीओमा आवेदन म्याद थप, वैशाख ७ सम्म दिन पाइने काठमाडौं । सानिगाड हाइड्रो लिमिटेड ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। अब उक्त आईपीओमा २०८३ वैशाख ७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।Sanigad Hydro Extends IPO Deadline for Locals Until Baisakh 7 Kathmandu — Sanigad Hydro Limited has extended the application deadline for its Initial Public Offering (IPO) issued to project-affected local residents. Investors can now apply until Baisakh 7, 2083. The company has approval to issue 8.55 million shares, equivalent to 30% of its issued capital. In the first phase, 2.85 million shares have been allocated specifically for local residents of the project-affected areas. A larger portion of these shares is reserved for highly affected wards (1, 2, and 4) of Bungl Municipality in Bajhang, while the remaining shares will be distributed among residents of other wards.

      NEPSE TRADING·5 Apr, 2026·1 min read