NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Popular News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 35 / 186Next
    • माघ मसान्तसम्म सरकारले २ खर्ब ५५ अर्ब सार्वजनिक ऋण उठायो, कुल ऋण दायित्व २८ खर्ब नाघ्यो
      Top

      माघ मसान्तसम्म सरकारले २ खर्ब ५५ अर्ब सार्वजनिक ऋण उठायो, कुल ऋण दायित्व २८ खर्ब नाघ्योGovernment Mobilizes Rs 255.48 Billion Public Debt by Mid-Magh; Total Debt Liability Crosses Rs 2.85 Trillion

      चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म सरकारले २ खर्ब ५५ अर्ब ४८ करोड रुपैयाँ सार्वजनिक ऋण प्राप्त गरेको छ, जुन वार्षिक लक्ष्यको ४२.८९ प्रतिशत हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कुल सार्वजनिक ऋण दायित्व बढेर २८ खर्ब ५८ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ, जुन GDP को ४६.८१ प्रतिशत बराबर हो। कुल ऋणमध्ये वैदेशिक ऋण ५२.८१ प्रतिशत र आन्तरिक ऋण ४७.१९ प्रतिशत रहेको छ। यस अवधिसम्म सरकारले ऋण सेवा खर्चतर्फ २ खर्ब ३ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरेको छ, जुन वार्षिक विनियोजनको ४९.५५ प्रतिशत हो।By mid-Magh of fiscal year 2025/26, the Government of Nepal has mobilized public loans worth Rs 255.48 billion, achieving 42.89 percent of its annual target. Total public debt has increased to Rs 2.858 trillion, equivalent to 46.81 percent of GDP. External debt accounts for 52.81 percent of the total, while domestic debt stands at 47.19 percent. The government has also paid Rs 203.65 billion in debt servicing expenses, representing 49.55 percent of the allocated annual budget.

      NEPSE TRADING·1 Mar, 2026·1 min read
    • नेप्सेद्वारा ‘आईटी अडिट गाइडलाइनस् २०२६’ लागू, ब्रोकर कम्पनीहरूका लागि अनिवार्य प्रविधि अडिट
      Top

      नेप्सेद्वारा ‘आईटी अडिट गाइडलाइनस् २०२६’ लागू, ब्रोकर कम्पनीहरूका लागि अनिवार्य प्रविधि अडिटNEPSE Introduces ‘IT Audit Guidelines 2026’, Makes Technology Audit Mandatory for Broker Companies

      नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लगानीकर्ताको डाटा सुरक्षा र डिजिटल कारोबार प्रणालीलाई मजबुत बनाउन ‘आईटी अडिट गाइडलाइनस् २०२६’ लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार सबै ब्रोकर कम्पनीहरूले आफ्नो ट्रेडिङ सिस्टम, वेबसाइट, मोबाइल एप, सर्भर र ग्राहक डाटा व्यवस्थापन प्रणालीको अनिवार्य आईटी अडिट गराउनुपर्नेछ। ब्रोकरहरूले प्रत्येक दुई वर्षमा कम्तीमा एक पटक अडिट गर्नुपर्नेछ भने नियम पालना नगर्ने कम्पनीहरूलाई कारबाही गरिने नेप्सेले जनाएको छ। यस कदमले शेयर बजारलाई थप सुरक्षित र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।Nepal Stock Exchange (NEPSE) has implemented the “IT Audit Guidelines 2026” to enhance investor data protection and strengthen the security of digital trading systems. The directive requires all broker companies to conduct mandatory IT audits covering trading platforms, websites, mobile apps, servers, and customer data systems. Brokers must complete an audit at least once every two years, and non-compliance may result in regulatory action. The move is expected to improve cybersecurity and increase trust in Nepal’s stock market.

      NEPSE TRADING·1 Mar, 2026·1 min read
    • अर्थ मन्त्रालयद्वारा नेप्से पुनर्संरचना प्रतिवेदन कार्यान्वयन अन्तिम चरणमा
      Top

      अर्थ मन्त्रालयद्वारा नेप्से पुनर्संरचना प्रतिवेदन कार्यान्वयन अन्तिम चरणमाFinance Ministry Moves NEPSE Restructuring Report Toward Final Implementation Stage

      अर्थ मन्त्रालयले नेपालको पूँजीबजार आधुनिकीकरण तथा सुदृढीकरणका लागि तयार गरिएको नेप्से पुनर्संरचना प्रतिवेदन २०८२ कार्यान्वयनको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। प्रतिवेदन कार्यान्वयनका लागि सेबोन, नेप्से, सीडीएससी र नेपाल राष्ट्र बैंकलाई स्पष्ट जिम्मेवारी र समयसीमासहित कार्ययोजना पठाउने तयारी गरिएको छ। यसअन्तर्गत नेप्सेको पूँजी वृद्धि, अन्तर्राष्ट्रिय रणनीतिक साझेदार भित्र्याउने, नयाँ वित्तीय उपकरण सञ्चालन, रियल टाइम बजार निगरानी प्रणाली लागू गर्ने तथा बैंकिङ प्रणाली र शेयर बजारबीच प्राविधिक समन्वय मजबुत बनाउने योजना समेटिएको छ। प्रतिवेदन लागू भएपछि नेपालको धितोपत्र बजार थप व्यवस्थित, सुरक्षित र अन्तर्राष्ट्रिय स्तरको बन्ने अपेक्षा गरिएको छ।The Ministry of Finance has finalized preparations to implement the NEPSE Restructuring Report 2082 aimed at modernizing Nepal’s capital market. The report will be sent to SEBON, NEPSE, CDSC, and Nepal Rastra Bank with clear responsibilities and timelines. Key plans include increasing NEPSE’s capital, bringing in an international strategic partner, introducing new financial instruments, implementing real-time market surveillance, and strengthening integration between banking systems and the stock market. The government expects the reforms to make Nepal’s securities market more organized, secure, and internationally competitive.

      NEPSE TRADING·1 Mar, 2026·1 min read
    • अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ११० अर्ब रुपैयाँ निक्षेप संकलन
      Top

      अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ११० अर्ब रुपैयाँ निक्षेप संकलनNepal Rastra Bank to Absorb Rs 110 Billion Through Deposit Collection to Manage Excess Liquidity

      बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ११० अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ। आज फागुन १७ गते दिउँसो ३ बजे हुने बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। ८७ दिने अवधिको उक्त उपकरणको साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १३ गते गरिनेछ।Nepal Rastra Bank will withdraw Rs 110 billion from the banking system through a deposit collection instrument to manage excess liquidity. The bidding will take place at 3 PM today, allowing participation only from Class A, B, and C financial institutions. The 87-day instrument will mature with principal and interest payments on Jestha 13, 2083.

      NEPSE TRADING·1 Mar, 2026·1 min read
    • सुन र चाँदी दुवै महँगिए, नेपाली बजारमा मूल्यमा उल्लेखनीय वृद्धि
      Top

      सुन र चाँदी दुवै महँगिए, नेपाली बजारमा मूल्यमा उल्लेखनीय वृद्धिGold and Silver Prices Surge in Nepali Market Amid Price Increase

      फागुन १७ गते आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सुन प्रतितोला ५ हजार ६०० रुपैयाँले बढेर ३ लाख २० हजार ५०० रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला २४५ रुपैयाँले वृद्धि भई ५ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ।On Sunday, Falgun 17, prices of both gold and silver increased in the Nepali market. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, gold rose by Rs 5,600 per tola to Rs 320,500, while silver increased by Rs 245 per tola, reaching Rs 5,985.

      NEPSE TRADING·1 Mar, 2026·1 min read
    • स्वाभिमान लघुवित्तले १० प्रतिशत लाभांश घोषणा गर्‍यो
      Top

      स्वाभिमान लघुवित्तले १० प्रतिशत लाभांश घोषणा गर्‍योSwabhiman Laghubitta Declares 10 Percent Dividend for Shareholders

      स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFBS) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। प्रस्तावित लाभांशमध्ये ९.५ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ। सञ्चालक समितिको फागुन १५ गते बसेको बैठकले उक्त निर्णय गरेको हो भने लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।Swabhiman Laghubitta Bittiya Sanstha Limited (SMFBS) has announced a 10 percent dividend for its shareholders from last fiscal year’s profit. The proposed dividend includes 9.5 percent bonus shares and 0.5 percent cash dividend for tax purposes. The decision was made in the board meeting held on Falgun 15, and the dividend will be distributed after approval from Nepal Rastra Bank and endorsement by the Annual General Meeting (AGM).

      NEPSE TRADING·1 Mar, 2026·<1 min read
    • आगामी बजेट तयारी सुरु, सरकारद्वारा राजस्व परामर्श समिति गठन
      Investor

      आगामी बजेट तयारी सुरु, सरकारद्वारा राजस्व परामर्श समिति गठनGovernment Begins Budget Preparation Process, Forms Revenue Advisory Committee

      आगामी बजेट तयारी सुरु, सरकारद्वारा राजस्व परामर्श समिति गठन काठमाडौं। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। बजेट तयारीका निर्धारित कार्यतालिका तथा समयसीमाअनुसार सरकारले राजस्व परामर्श समिति गठन गरेको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार अर्थमन्त्री रामेश्वरप्रसाद खनालको माघ २८ गतेको निर्णयअनुसार अर्थ मन्त्रालयका राजस्व सचिवको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो। समितिले गठनसँगै आफ्नो कार्य प्रारम्भ गरिसकेको छ। सरकारलाई अर्थतन्त्रको अवस्था तथा आगामी बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयहरूबारे सुझाव दिने उद्देश्यले समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। समितिले आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क, शिक्षा सेवा शुल्क, डिजिटल सेवा कर, इ–कमर्समा लाग्ने करलगायत आन्तरिक कर प्रणालीसँग सम्बन्धित नीतिगत तथा कानुनी सुधारका विषयमा सिफारिस गर्नेछ। यसका साथै कर तथा गैरकर दरहरूको पुनरावलोकन, कर प्रशासन सुधार, प्रक्रिया सरलीकरण तथा राजस्व प्रशासन र सङ्गठन संरचनामा आवश्यक सुधारका विषयमा पनि समितिले राय दिनेछ। औद्योगिक प्रवर्द्धन, वाणिज्य, आयात–निर्यात, वैदेशिक व्यापार, सेवा व्यापार तथा लगानी प्रवर्द्धनसँग सम्बन्धित नीतिगत सुधार र कर प्रोत्साहनका उपायबारे समेत सुझाव प्रदान गरिने मन्त्रालयले उल्लेख गरेको छ।Government Begins Budget Preparation Process, Forms Revenue Advisory Committee Kathmandu — The Ministry of Finance has formally initiated preparations for the upcoming fiscal year’s national budget by forming a Revenue Advisory Committee in accordance with the scheduled budget formulation process. According to Ministry spokesperson Tank Prasad Pandey, the committee was established following a decision made by Finance Minister Rameshwar Prasad Khanal on Magh 28. The committee, coordinated by the Revenue Secretary of the Ministry of Finance, has already begun its work.

      NEPSE TRADING·1 Mar, 2026·2 min read
    • शिखर पावर डेभलपमेन्टको आइपिओ आजदेखि सर्वसाधारणका लागि खुला
      Investor

      शिखर पावर डेभलपमेन्टको आइपिओ आजदेखि सर्वसाधारणका लागि खुलाShikhar Power Development Opens IPO for General Public From Today

      शिखर पावर डेभलपमेन्टको आइपिओ आजदेखि सर्वसाधारणका लागि खुला शिखर पावर डेभलपमेन्ट लिमिटेडले आज (आइतबार) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।Shikhar Power Development Opens IPO for General Public From Today Shikhar Power Development Limited has opened its Initial Public Offering (IPO) for the general public starting today (Sunday), following the completion of share allocation in the first phase for project-affected locals and Nepali citizens working abroad. The company had received approval to issue 3.2 million ordinary shares, equivalent to 32.65 percent of its issued capital of Rs 98 crore. Under the first phase of the offering, 980,000 shares were allocated to residents of project-affected areas based on environmental impact assessment reports and power generation licensing provisions. Similarly, 222,000 shares were issued to Nepali migrant workers with official labor approval, while 111,000 shares were allotted to mutual investment funds. In the second phase, the company has reserved 44,400 shares for its employees and is now offering the remaining 1,842,600 shares to the general public. The shares carry a face value of Rs 100 per unit, aiming to raise a total of Rs 18.42 crore from public investors.

      NEPSE TRADING·1 Mar, 2026·1 min read
    • दक्षिणी इरानको विद्यालयमा मिसाइल आक्रमण, कम्तीमा १०८ जनाको मृत्यु; इरानद्वारा अमेरिका–इजरायलमाथि आरोप
      Investor

      दक्षिणी इरानको विद्यालयमा मिसाइल आक्रमण, कम्तीमा १०८ जनाको मृत्यु; इरानद्वारा अमेरिका–इजरायलमाथि आरोपMissile Strike on School in Southern Iran Kills at Least 108; Tehran Blames US and Israel

      दक्षिणी इरानको विद्यालयमा मिसाइल आक्रमण, कम्तीमा १०८ जनाको मृत्यु; इरानद्वारा अमेरिका–इजरायलमाथि आरोप अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको भनिएको हवाई आक्रमणमा दक्षिणी इरानस्थित एक विद्यालयमा कम्तीमा १०८ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन्। इरानभर पछिल्ला दिनहरूमा भएका हवाई हमलाहरूमा कुल मृतक संख्या २०१ पुगेको तथा ७४७ जना घाइते भएको सरकारी तथ्यांक सार्वजनिक गरिएको छ। इरानका राष्ट्रपति मसुद पेजेस्कियानले विद्यालयमा भएको आक्रमणलाई “जंगली कार्य” भन्दै कडा शब्दमा निन्दा गरेका छन्। उनले उक्त घटना आक्रमणकारी राष्ट्रहरूले गरेका अपराधहरूको इतिहासमा अर्को “कालो अध्याय” भएको टिप्पणी गरेका छन्।Missile Strike on School in Southern Iran Kills at Least 108; Tehran Blames US and Israel Kathmandu — At least 108 people have been killed after a missile strike hit a school in southern Iran, according to local government officials, as tensions in the region continue to escalate amid ongoing air attacks. Iranian authorities claim the attack was carried out jointly by the United States and Israel, though neither country has confirmed targeting the school.

      NEPSE TRADING·1 Mar, 2026·2 min read
    • इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको निधन पुष्टि, ४० दिन राष्ट्रिय शोक घोषणा
      Investor

      इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको निधन पुष्टि, ४० दिन राष्ट्रिय शोक घोषणाIran’s Supreme Leader Ayatollah Ali Khamenei Confirmed Dead; 40 Days of National Mourning Declared

      इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको निधन पुष्टि, ४० दिन राष्ट्रिय शोक घोषणा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको निधन भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ। सरकारी प्रसारणमार्फत् एक प्रस्तोताले भावुक हुँदै खामेनीको मृत्यु भएको जानकारी दिँदै देशभर ४० दिन राष्ट्रिय शोक घोषणा गरिएको जनाएको बीबीसीले उल्लेख गरेको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् खामेनी मारिएको दाबी गरेका थिए। तर त्यसबेला इरान सरकारले उक्त दाबीको पुष्टि गरेको थिएन। इरानका विदेशमन्त्री अब्बास अराघचीले समेत एनबीसीसँगको अन्तर्वार्तामा खामेनी सुरक्षित र स्वस्थ रहेको बताएका थिए। तर पछि इरानको सरकारी सञ्चारमाध्यमहरूले नै खामेनीको मृत्यु भएको पुष्टि गरेका हुन्। अलजजिराका अनुसार फार्स न्युज एजेन्सीले खामेनी शनिबार बिहान आफ्नै कार्यालयमा जिम्मेवारी निर्वाह गरिरहेकै बेला मारिएको जनाएको छ। सरकारले ४० दिन राष्ट्रिय शोकका साथै सात दिन सार्वजनिक बिदा घोषणा गरेको समाचारमा उल्लेख गरिएको छ। तस्निम न्युज एजेन्सीले पनि उनको निधन पुष्टि गरेको छ।Iran’s Supreme Leader Ayatollah Ali Khamenei Confirmed Dead; 40 Days of National Mourning Declared Iran’s Supreme Leader Ayatollah Ali Khamenei has died, according to confirmation broadcast by Iran’s state television, which also announced a 40-day period of national mourning following his death. A state TV presenter, appearing emotional during the announcement, confirmed the passing of the 86-year-old leader. International media outlets, including the BBC, reported that the Iranian government has officially declared nationwide mourning, along with seven days of public holidays.

      NEPSE TRADING·1 Mar, 2026·2 min read
    • आगामी बजेट तयारीका लागि अर्थमन्त्री खनालद्वारा राजस्व परामर्श समिति गठन
      Top

      आगामी बजेट तयारीका लागि अर्थमन्त्री खनालद्वारा राजस्व परामर्श समिति गठनFinance Minister Khanal Forms Revenue Advisory Committee for Upcoming Budget Preparation

      काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि अर्थमन्त्री रामेश्वर खनालले राजस्व परामर्श समिति गठन गरेका छन्। अर्थ मन्त्रालयका राजस्व सचिवको संयोजकत्वमा गठन गरिएको समितिमा सरकारी निकाय, प्राज्ञिक क्षेत्र तथा निजी क्षेत्रका प्रतिनिधिहरू समावेश छन्। समितिले आयकर, भ्याट, अन्तःशुल्क, डिजिटल सेवा कर तथा ई–कमर्स करलगायत कर प्रणाली सुधार, राजस्व प्रशासन सुदृढीकरण, भन्सार दर पुनरावलोकन र राजस्व चुहावट नियन्त्रणका विषयमा सुझाव दिनेछ। विभिन्न आर्थिक क्षेत्रका समस्या अध्ययन गर्न नौ उप–समिति गठन गरिएको छ, जसले निर्धारित समयभित्र प्रतिवेदन पेश गर्नेछन्।Kathmandu: Finance Minister Rameshwar Khanal has formed a Revenue Advisory Committee to assist in preparing the budget for the fiscal year 2083/84. Chaired by the Revenue Secretary of the Ministry of Finance, the committee includes representatives from government agencies, academia, and the private sector. It will recommend reforms related to income tax, VAT, excise duty, digital service tax, and e-commerce taxation, along with improvements in revenue administration, customs policies, and revenue leakage control. Nine sub-committees have been formed to study sector-specific issues and submit reports within the set timeline.

      NEPSE TRADING·27 Feb, 2026·1 min read
    • दूध पोखरी चेपे र संयुक्त ऊर्जाद्वारा आईपीओ निष्कासनका लागि सेबोनमा आवेदन
      Top

      दूध पोखरी चेपे र संयुक्त ऊर्जाद्वारा आईपीओ निष्कासनका लागि सेबोनमा आवेदनDudh Pokhari Chepe and Sanyukta Urja Seek SEBON Approval for IPO Issuance

      दूध पोखरी चेपे हाइड्रोपावर लिमिटेड र संयुक्त ऊर्जा लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति मागेका छन्। दूध पोखरी चेपेले २१ करोड २० लाख रुपैयाँ बराबरको २० लाख २० हजार कित्ता शेयर निष्कासन गर्न निवेदन दिएको छ भने संयुक्त ऊर्जाले ४१ करोड ६० लाख रुपैयाँ बराबरको ४१ लाख ६० हजार कित्ता शेयर जारी गर्न आवेदन दिएको छ। अनुमति पाएपछि दुवै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि तथा त्यसपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछन्।Dudh Pokhari Chepe Hydropower Limited and Sanyukta Urja Limited have applied to the नेपाल धितोपत्र बोर्ड (SEBON) for approval to issue IPOs. Dudh Pokhari Chepe plans to issue shares worth Rs. 212 million, while Sanyukta Urja seeks to float shares worth Rs. 416 million. After receiving approval, both companies will first allocate shares to project-affected locals and Nepalis working abroad, followed by a public offering to general investors.

      NEPSE TRADING·27 Feb, 2026·1 min read
    • हुलास फिनसर्भले ७४ करोड रुपैयाँको प्रिमियम आईपीओ निष्कासन गर्न सेबोनसँग अनुमति माग्यो
      Top

      हुलास फिनसर्भले ७४ करोड रुपैयाँको प्रिमियम आईपीओ निष्कासन गर्न सेबोनसँग अनुमति माग्योHulas Finserv Seeks SEBON Approval to Issue Premium IPO Worth Rs 74.46 Crore

      हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (HFHPL) ले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष अनुमति माग गरेको छ। कम्पनीले प्रतिकित्ता ३५८.८५ रुपैयाँ दरले २० लाख ७५ हजार कित्ता शेयर निष्कासन गरी ७४ करोड ४६ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। हाल कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ भने एनएमबी क्यापिटल बिक्री प्रबन्धक नियुक्त भएको छ। वि.सं. २०१२ मा स्थापना भई २०२१ मा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको HFHPL नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त पहिलो सीमित गैर–बैंकिङ वित्तीय संस्था हो र गोल्छा समूहअन्तर्गत सञ्चालनमा रहेको छ। कम्पनीले हालसम्म १ लाखभन्दा बढी सवारी साधन वित्तीयकरण गरेको जनाएको छ। आईसीआरए नेपालले कम्पनीको कर्जा मूल्याङ्कन स्तरोन्नति गरेको छ, जसले वित्तीय दायित्व समयमै भुक्तानी गर्ने मध्यम स्तरको सुरक्षित क्षमता जनाउँछ। कम्पनीमा मुख्य प्रवर्द्धक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.को ८२ प्रतिशत स्वामित्व रहेको छ। Hulas Finserv Hire Purchase Limited (HFHPL) has applied to the Securities Board of Nepal (SEBON) for approval to issue a premium IPO. The company plans to issue 20,75,000 shares at Rs 358.85 per unit, including a premium of Rs 258.85 on a face value of Rs 100, aiming to raise Rs 74.46 crore. NMB Capital has been appointed as the issue manager. Currently, the company’s paid-up capital stands at Rs 80 crore. Established in 2012 and converted into a public company in 2021, HFHPL is Nepal’s first Limited Non-Banking Financial Company licensed by Nepal Rastra Bank and operates under the Golchha Group. The company has financed over 100,000 vehicles. ICRA Nepal has upgraded its long-term and short-term credit ratings, indicating a moderate degree of safety in servicing financial obligations. The company is mainly promoted by Hansraj Hulaschand and Company Pvt. Ltd., holding 82% stake, while other institutional promoters and Shekhar Golchha also hold shares

      NEPSE TRADING·27 Feb, 2026·1 min read
    • सुनमा सामान्य गिरावट, चाँदीको मूल्यमा वृद्धि
      Top

      सुनमा सामान्य गिरावट, चाँदीको मूल्यमा वृद्धिGold Slips Slightly, Silver Prices Edge Higher

      फागुन १५ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ। छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनभन्दा ५०० रुपैयाँले घटेको हो। यता, चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ५ हजार ७४० रुपैयाँ पुगेको छ।On Falgun 15 (Friday), gold prices slightly declined in the Nepali market, while silver prices increased. Hallmark gold is being traded at Rs. 314,900 per tola, down by Rs. 500 from the previous day. Meanwhile, silver rose by Rs. 15 per tola to reach Rs. 5,740 per tola.

      NEPSE TRADING·27 Feb, 2026·1 min read
    • श्री स्टील्सद्वारा सर्वसाधारणका लागि ३३ लाख कित्ता आईपीओ निष्कासन घोषणा
      Top

      श्री स्टील्सद्वारा सर्वसाधारणका लागि ३३ लाख कित्ता आईपीओ निष्कासन घोषणाShree Steels Announces 3.3 Million Share IPO for General Public

      नेपालकै अग्रणी स्टील उत्पादक कम्पनी Shree Steels ले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आफ्नो चुक्ता पुँजीको २० प्रतिशत बराबर ३३ लाख कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा, कुनै प्रिमियम बिना जारी गर्ने निर्णय गरेको हो। पूर्ण स्वचालित प्रविधिमा टीएमटी रिबार उत्पादन गर्दै आएको कम्पनीले अत्याधुनिक जापानी सिक्स स्ट्यान्ड ब्लक मिल प्रविधि प्रयोग गर्ने जनाएको छ। आईपीओको बिक्री प्रबन्धकका रूपमा Nabil Investment Banking Limited नियुक्त गरिएको छ। यस सार्वजनिक निष्कासनले उत्पादनमूलक क्षेत्रप्रति लगानीकर्ताको आकर्षण बढ्ने अपेक्षा गरिएको छ।Nepal’s leading steel manufacturer Shree Steels has announced its Initial Public Offering (IPO) for the general public. The company plans to issue 3.3 million shares, representing 20% of its paid-up capital, at a face value of NPR 100 per share without any premium. Known for its fully automated TMT rebar production and advanced Japanese Six Stand Block Mill technology, the company aims to expand public participation. Nabil Investment Banking Limited has been appointed as the issue manager. The IPO is expected to enhance investor interest in Nepal’s manufacturing sector.

      NEPSE TRADING·27 Feb, 2026·1 min read
    • सरकारी चेक भुक्तानीमा राष्ट्र बैंकको कडाइ, नयाँ प्रावधान लागू
      Top

      सरकारी चेक भुक्तानीमा राष्ट्र बैंकको कडाइ, नयाँ प्रावधान लागूNepal Rastra Bank Tightens Government Cheque Payment Rules with New Provisions

      Kathmandu. Nepal Rastra Bank has tightened regulations on government cheque payments by introducing new provisions under the amended Government Transaction Directive. Government account payments must now be made only through the financial payment system or via account payee cheques. The use of cheque writers or protectors has been made mandatory, and cleared cheques must be deposited only into the account of the named beneficiary. The central bank stated that the move aims to enhance transparency, security, and efficiency in the government payment system.Kathmandu. Nepal Rastra Bank has tightened regulations on government cheque payments by introducing new provisions under the amended Government Transaction Directive. Government account payments must now be made only through the financial payment system or via account payee cheques. The use of cheque writers or protectors has been made mandatory, and cleared cheques must be deposited only into the account of the named beneficiary. The central bank stated that the move aims to enhance transparency, security, and efficiency in the government payment system.

      NEPSE TRADING·27 Feb, 2026·1 min read
    • बेनी हाइड्रोपावरले चैत १ देखि आईपीओ निष्काशन गर्ने
      Top

      बेनी हाइड्रोपावरले चैत १ देखि आईपीओ निष्काशन गर्नेBeni Hydropower to Launch IPO from Chaitra 1

      बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत १ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर २० लाख ८० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो। यसमध्ये १० लाख ४० हजार कित्ता सेयर सोलुखुम्बु जिल्लाका प्रभावित क्षेत्रका बासिन्दाका लागि र १ लाख ४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। आईपीओमा न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीले सञ्चालन गरिरहेको १९.८ मेगावाटको माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको कुल लागत करिब ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। इक्रा नेपालले कम्पनीलाई ‘डबल बी प्लस’ रेटिङ्ग प्रदान गरेको छ। आईपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। Beni Hydropower Project Limited will open its IPO from Chaitra 1 for project-affected local residents and Nepalis working abroad. The company has received approval to issue 2.08 million shares, representing 20 percent of its issued capital. Out of this, 1.04 million shares are allocated to residents of Solukhumbu district, while 104,000 shares are reserved for Nepalis employed abroad. Applicants can apply for a minimum of 10 shares and a maximum of 10,000 shares. The company operates the 19.8 MW Upper Solu Khola Hydropower Project with an estimated cost of around NPR 3.85 billion. ICRA Nepal has assigned the company a ‘Double B Plus’ rating. NMB Capital Limited is the issue manager.

      NEPSE TRADING·27 Feb, 2026·1 min read
    • प्रिमियम आईपीओमा सेबोनको ब्रेक, नयाँ नेतृत्वमा स्वीकृति शून्य
      Top

      प्रिमियम आईपीओमा सेबोनको ब्रेक, नयाँ नेतृत्वमा स्वीकृति शून्यSEBON Halts Premium IPO Approvals Under New Leadership

      The Securities Board of Nepal (SEBON) has not approved any IPO at a premium price since Santosh Narayan Shrestha assumed office on October 2, 2024. All IPO approvals during this period have been granted strictly at face value of Rs. 100. The cautious approach follows past irregularities linked to premium IPO approvals under previous leadership. Despite this, several companies from manufacturing, cement, hydropower, and financial sectors continue to apply for premium IPO issuance. The future of premium IPO approvals remains uncertain as the market awaits policy clarity.The Securities Board of Nepal (SEBON) has not approved any IPO at a premium price since Santosh Narayan Shrestha assumed office on October 2, 2024. All IPO approvals during this period have been granted strictly at face value of Rs. 100. The cautious approach follows past irregularities linked to premium IPO approvals under previous leadership. Despite this, several companies from manufacturing, cement, hydropower, and financial sectors continue to apply for premium IPO issuance. The future of premium IPO approvals remains uncertain as the market awaits policy clarity.

      NEPSE TRADING·27 Feb, 2026·2 min read
    • पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Top

      पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिनFinal Day to Apply for Palpa Cement Industries IPO

      पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले कुल ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमध्ये प्रभावित क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याइसकेपछि बाँकी ४५ लाख कित्ता शेयर सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँमा खुला गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीलाई इन्फोमेरिक्सले ‘आईआरएन डबल बी प्लस’ रेटिङ्ग दिएको छ, जसले मध्यम जोखिम संकेत गर्दछ। आवेदन आस्बा सदस्य बैंक तथा ‘मेरो शेयर’ प्रणालीमार्फत दिन सकिनेछ।Today is the final day to apply for the IPO of Palpa Cement Industries Limited issued to the general public. Out of the approved 75 lakh shares, the company has already allocated portions to local residents of the project-affected area, Nepalis working abroad, employees, and mutual funds. The remaining 45 lakh shares are now open to the public at a face value of Rs. 100 per share. Investors can apply for a minimum of 10 shares and a maximum of 1,00,000 shares. Infomerics has assigned the company an ‘IRN Double B Plus’ rating, indicating moderate risk. Applications can be submitted through ASBA-approved banks and the Mero Share system.

      NEPSE TRADING·27 Feb, 2026·1 min read
    • राष्ट्र बैंकले ६ अर्ब ३४ करोड रुपैयाँ बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने
      Top

      राष्ट्र बैंकले ६ अर्ब ३४ करोड रुपैयाँ बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने Nepal Rastra Bank Will Invest Rs. 6.34 Billion in Banks’ Fixed Deposits

      नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको ६ अर्ब ३४ करोड १७ लाख रुपैयाँ बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने निर्णय गरेको छ। कुल रकममध्ये ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँ वाणिज्य बैंक, ९५ करोड १२ लाख रुपैयाँ विकास बैंक र ३१ करोड ७० लाख रुपैयाँ वित्त कम्पनीमा लगानी गरिनेछ। यसका लागि बैंक तथा वित्तीय संस्थालाई फागुन १७ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न आह्वान गरिएको छ। उक्त निक्षेप २०२६ मार्च १३ देखि २०२७ फेब्रुअरी १३ सम्म ३६६ दिनका लागि रहनेछ।Nepal Rastra Bank has decided to invest Rs. 6.34 billion in fixed deposits of banks from various central funds. Of the total amount, Rs. 5.07 billion will be placed in commercial banks, Rs. 951.2 million in development banks, and Rs. 317 million in finance companies. Banks have been invited to submit interest rate proposals by midnight of Falgun 17. The deposits will be placed for 366 days, from March 13, 2026, to February 13, 2027.

      NEPSE TRADING·26 Feb, 2026·1 min read