
टिएमएस प्रणालीमा समस्या, लगानीकर्ता कारोबार गर्नबाट वञ्चितTMS System Issue Prevents Investors from Trading Shares
टिएमएस प्रणालीमा समस्या, लगानीकर्ता कारोबार गर्नबाट वञ्चित काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अनलाइन ट्रेडिङ प्रणाली टिएमएस (Trade Management System) मा समस्या देखिएपछि लगानीकर्ताहरूले शेयर किनबेच गर्ने अवसर गुमाएका छन्। बजार खुलेदेखि नै अधिकांश ब्रोकर कम्पनीहरूको टिएमएस प्रणाली राम्रोसँग सञ्चालन हुन नसकेपछि अनलाइनमार्फत कारोबार गर्न चाहने लगानीकर्ताहरू प्रभावित भएका हुन्। लगानीकर्ताहरूका अनुसार बिहान बजार खुलेपछि नै धेरै ब्रोकरको सिस्टममा लगइन गर्न समस्या देखिएको थियो भने कतिपयमा अर्डर राख्दा पनि प्रणालीले काम नगरेको गुनासो गरिएको छ। यसका कारण बजारमा किनबेच गर्न चाहने धेरै लगानीकर्ताहरू कारोबारबाट वञ्चित भएका छन्। विशेषगरी बजारमा उतारचढाव भइरहेको समयमा अनलाइन प्रणाली अवरुद्ध हुँदा लगानीकर्ताले समयमै शेयर किन्ने वा बेच्ने निर्णय कार्यान्वयन गर्न नसक्दा आर्थिक अवसर गुमाउने अवस्था सिर्जना भएको बताइएको छ।TMS System Issue Prevents Investors from Trading Shares Kathmandu — Investors have missed the opportunity to buy and sell shares due to technical issues in the Trade Management System (TMS), the online trading platform used for stock transactions in the Nepal Stock Exchange (NEPSE). The problem appeared from the moment the market opened, as the systems of most brokerage firms failed to function properly. According to investors, many broker platforms experienced login failures, while others were unable to process buy or sell orders even after users accessed the system. As a result, a large number of investors have been unable to execute their trades through the online system.


















