NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Popular News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 48 / 186Next
    • देउराली जनता फर्मास्युटिकल्सको नाफा २ अर्ब ३५ करोड रुपैयाँ पुग्यो
      Investor

      देउराली जनता फर्मास्युटिकल्सको नाफा २ अर्ब ३५ करोड रुपैयाँ पुग्योDeurali Janta Pharmaceuticals Posts Rs 2.35 Billion Profit, Financial Strength Improves

      देउराली जनता फर्मास्युटिकल्सको नाफा २ अर्ब ३५ करोड रुपैयाँ पुग्यो औषधि उत्पादनको क्षेत्रमा करिब साढे तीन दशकदेखि सक्रिय देउराली जनता फर्मास्युटिकल्स प्रालीले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ३५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कम्पनीको नाफा पछिल्ला वर्षहरूमा निरन्तर बढ्दो क्रममा रहेको देखिएको छ। प्रतिवेदनका अनुसार कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब २ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो। त्यसअगाडि २०७९/८० मा १ अर्ब ८६ करोड ४० लाख रुपैयाँ र २०७८/७९ मा १ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको थियो। यसले कम्पनीको व्यवसायिक वृद्धि र वित्तीय सुदृढीकरणलाई स्पष्ट संकेत गर्ने इक्रा नेपालको निष्कर्ष छ। सन् १९९१ मा स्थापना भएको देउराली जनता फर्मास्युटिकल्सले मुटुरोग, मधुमेह, स्त्री तथा शिशु स्वास्थ्य, कलेजो रोग, छाला रोगलगायतका विभिन्न क्षेत्रमा प्रयोग हुने २५० भन्दा बढी प्रकारका सामान्य तथा विशिष्टीकृत औषधि उत्पादन गर्दै आएको छ। कम्पनीको उत्पादन पोर्टफोलियो र उपचारात्मक क्षेत्रको व्यापकता यसका मुख्य बलिया पक्षका रूपमा उल्लेख गरिएको छ।Deurali Janta Pharmaceuticals Posts Rs 2.35 Billion Profit, Financial Strength Improves Deurali Janta Pharmaceuticals Pvt Ltd, a long-established player in Nepal’s pharmaceutical manufacturing sector, has recorded a profit of Rs 2.35 billion in the fiscal year 2081/82, reflecting steady growth in its business performance. According to a report published by credit rating agency ICRA Nepal, the company’s profitability has shown a consistent upward trend in recent years. In fiscal year 2080/81, the company had earned a profit of Rs 2.02 billion, while in 2079/80 it posted earnings of Rs 1.86 billion. Earlier, in fiscal year 2078/79, the company’s income stood at around Rs 1.70 billion. The data highlights a sustained improvement in operational scale and earnings capacity.

      NEPSE TRADING·24 Jan, 2026·2 min read
    • सुपर हेवा पावरले १९ करोड २९ लाख रुपैयाँको आईपीओ निष्कासन गर्ने
      Investor

      सुपर हेवा पावरले १९ करोड २९ लाख रुपैयाँको आईपीओ निष्कासन गर्नेSuper Hewa Power to Issue IPO Worth Rs 192.9 Million

      सुपर हेवा पावरले १९ करोड २९ लाख रुपैयाँको आईपीओ निष्कासन गर्ने सुपर हेवा पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ। कम्पनीले १९ करोड २९ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको जनाएको छ। आईपीओ अन्तर्गत १९ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गरिनेछ। उक्त सेयरको प्रत्याभूति व्यवस्थापन (इश्यू तथा बिक्री प्रबन्धक) का लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडसँग औपचारिक सम्झौता सम्पन्न गरेको छ। सम्झौतापत्रमा सुपर हेवा पावर कम्पनीका तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङ तथा मुक्तिनाथ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।Super Hewa Power to Issue IPO Worth Rs 192.9 Million Super Hewa Power Company Limited has announced plans to issue an Initial Public Offering (IPO) for the general public worth Rs 192.9 million. Under the IPO, the company will issue 1,925,000 ordinary shares, equivalent to the stated amount. To manage the underwriting and issue process, Super Hewa Power has signed an agreement with Muktinath Capital Limited.

      NEPSE TRADING·24 Jan, 2026·1 min read
    • सांग्रिला डेभलपमेन्ट बैंकले ३० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने
      Investor

      सांग्रिला डेभलपमेन्ट बैंकले ३० हजार कित्ता संस्थापक सेयर बिक्री गर्नेShangrila Development Bank to Sell Promoter Shares

      सांग्रिला डेभलपमेन्ट बैंकले ३० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ। बैंकका संस्थापक सेयरधनी मनोहर त्रिपाठीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले उक्त सेयर बिक्री प्रक्रिया अगाडि बढाएको हो। बैंकका अनुसार त्रिपाठीको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याइनेछ। उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।Shangrila Development Bank to Sell Promoter Shares Shangrila Development Bank has announced the sale of promoter shares following a request submitted by one of its promoter shareholders. According to the bank, promoter shareholder Manohar Tripathi has applied to sell 30,000 promoter shares held in his name. Based on this application, the bank has initiated the process to offer these shares for sale.

      NEPSE TRADING·24 Jan, 2026·1 min read
    • भूगोल इनर्जी डेभलपमेन्टको हकप्रद सेयर निष्कासनका लागि बोर्डमा आवेदन
      Investor

      भूगोल इनर्जी डेभलपमेन्टको हकप्रद सेयर निष्कासनका लागि बोर्डमा आवेदनBhugol Energy Development Applies to Issue Rights Shares

      भूगोल इनर्जी डेभलपमेन्टको हकप्रद सेयर निष्कासनका लागि बोर्डमा आवेदन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको आधारमा १ बराबर ०.८८६६ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो। यसअनुसार कम्पनीले कुल ४८ लाख २३ हजार ८४० कित्ता हकप्रद सेयर बिक्रीका लागि बोर्डसँग अनुमति मागेको छ।Bhugol Energy Development Applies to Issue Rights Shares Bhugol Energy Development Company Limited has submitted an application to the Securities Board of Nepal seeking approval to issue rights shares. The company plans to issue rights shares in the ratio of 1:0.8866 (one existing share for 0.8866 rights shares). Based on this ratio, Bhugol Energy Development has applied to issue a total of 4,823,840 shares. The issue and sales manager for the rights offering has been appointed as NIC Asia Capital.

      NEPSE TRADING·24 Jan, 2026·<1 min read
    • ऊर्जा विकासका निजी क्षेत्रका मुद्दालाई घोषणापत्रमा उच्च प्राथमिकता दिन इप्पानको माग
      Investor

      ऊर्जा विकासका निजी क्षेत्रका मुद्दालाई घोषणापत्रमा उच्च प्राथमिकता दिन इप्पानको मागIPPAN Urges Political Parties to Prioritize Private Sector Energy Issues in Election Manifestos

      ऊर्जा विकासका निजी क्षेत्रका मुद्दालाई घोषणापत्रमा उच्च प्राथमिकता दिन इप्पानको माग स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका सुनिश्चित गर्ने विषयलाई राजनीतिक दलहरूको घोषणापत्रमा विशेष प्राथमिकतासहित समावेश गर्न माग गरेको छ। इप्पानले आज शुक्रबार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टीलगायत प्रमुख राजनीतिक दलहरूलाई पत्राचार गर्दै ऊर्जा क्षेत्रका निजी लगानीकर्तासम्बन्धी मुद्दाहरू घोषणापत्रमै स्पष्ट रूपमा समेट्न आग्रह गरेको हो। सबै राजनीतिक दलका शीर्ष नेतृत्वलाई सम्बोधन गरी पठाइएको पत्रमा ऊर्जा सुरक्षामा नेपाललाई सबल र सक्षम मुलुकका रूपमा रूपान्तरण गर्ने, नेपाललाई शतप्रतिशत स्वच्छ तथा हरित ऊर्जा प्रयोग गर्ने देशका रूपमा विकास गर्न ‘ऊर्जामैत्री देश’ घोषणा गर्नुपर्ने, विद्युत ऐन, २०४९ लाई परिमार्जन गरी बहुविक्रेता र बहुक्रेतामार्फत प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्दै निजी क्षेत्रलाई विद्युत व्यापार, प्रसारण र वितरणमा सहभागी गराउनुपर्ने लगायत १३ बुँदे माग समावेश गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारीIPPAN Urges Political Parties to Prioritize Private Sector Energy Issues in Election Manifestos The Independent Power Producers’ Association Nepal (IPPAN) has urged political parties to include private sector–related energy development issues in their election manifestos with high priority. On Friday, IPPAN sent formal letters to major political parties including Nepali Congress, CPN-UML, CPN (Maoist Centre), Rastriya Swatantra Party, Rastriya Prajatantra Party, and Ujjwalo Nepal Party, calling for clear policy commitments to promote private investment in the energy sector. Addressing the top leadership of all political parties, IPPAN stated that Nepal should be transformed into a strong and capable country in terms of energy security and developed as a nation fully utilizing clean and green energy. The association has demanded that Nepal be declared an “energy-friendly country” and that the Electricity Act, 2049, be amended to create a competitive environment through a multi-seller and multi-buyer model by allowing private sector participation in electricity trade, transmission, and distribution.

      NEPSE TRADING·24 Jan, 2026·2 min read
    • उम्मेदवारका लागि छुट्टै बैंक खाता व्यवस्था मिलाइदिन राष्ट्र बैंकलाई निर्वाचन आयोगको आग्रह
      Top

      उम्मेदवारका लागि छुट्टै बैंक खाता व्यवस्था मिलाइदिन राष्ट्र बैंकलाई निर्वाचन आयोगको आग्रहElection Commission Urges Nepal Rastra Bank to Facilitate Separate Bank Accounts for Candidates

      उम्मेदवारका लागि छुट्टै बैंक खाता व्यवस्था मिलाइदिन राष्ट्र बैंकलाई निर्वाचन आयोगको आग्रह निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारहरूका लागि बैङ्किङ खाता सञ्चालनको व्यवस्था मिलाइदिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ। आयोगले केन्द्रीय बैङ्कलाई पत्राचार गर्दै निर्वाचनसम्बन्धी खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्नुपर्ने कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सहजीकरण गर्न अनुरोध गरेको हो। साथै, उम्मेदवार तथा राजनीतिक दलले खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने प्रावधानलाई व्यवहारमा उतार्न आवश्यक व्यवस्था मिलाइदिन पनि आग्रह गरिएको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिता, २०७३ को दफा १६ अनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च बैङ्क वा वित्तीय संस्थामा खोलिएको छुट्टै खाताबाट मात्र गर्नुपर्ने व्यवस्था छ। त्यसैगरी, राजनीतिक दलले पनि निर्वाचन खर्चका लागि छुट्टै बैङ्क खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीमार्फत मात्र खर्च गर्नुपर्ने प्रावधान छ।Election Commission Urges Nepal Rastra Bank to Facilitate Separate Bank Accounts for Candidates The Election Commission has urged Nepal Rastra Bank to facilitate the operation of bank accounts for candidates contesting the House of Representatives elections. In an official letter to the central bank, the Commission requested support for the effective implementation of legal provisions requiring all election-related expenses to be conducted mandatorily through bank accounts. The Commission also emphasized the need to designate responsible officials for managing and authorizing election expenditures.

      NEPSE TRADING·24 Jan, 2026·1 min read
    • बैंकिङ क्षेत्रमा केही समस्या भए पनि वित्तीय प्रणाली कमजोर छैन : अर्थमन्त्री खनाल
      Investor

      बैंकिङ क्षेत्रमा केही समस्या भए पनि वित्तीय प्रणाली कमजोर छैन : अर्थमन्त्री खनालFinancial System Remains Strong Despite Some Banking Sector Issues: Finance Minister Khanal

      बैंकिङ क्षेत्रमा केही समस्या भए पनि वित्तीय प्रणाली कमजोर छैन : अर्थमन्त्री खनाल अर्थमन्त्री रामेश्वर खनालले हाल बैंकिङ तथा वित्तीय क्षेत्रमा केही समस्या देखिए पनि समग्र वित्तीय प्रणाली कमजोर अवस्थामा नरहेको स्पष्ट पारेका छन्। राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले समय–समयमा विभिन्न कारणले बैंकिङ क्षेत्रमा समस्या देखिनु स्वाभाविक प्रक्रिया भएको बताए। उनले अहिले देखिएका समस्याका कारण वित्तीय क्षेत्र नै कमजोर भएको भन्ने निष्कर्ष निकाल्न नहुने उल्लेख गरे। अर्थमन्त्री खनालका अनुसार हाल केही बैंकहरूको सम्पत्ति तथा कर्जाको गुणस्तरसम्बन्धी परीक्षण (एसेट क्वालिटी रिभ्यु) करिब सम्पन्न हुने चरणमा पुगेको छ। यसले बैंकिङ प्रणालीलाई थप पारदर्शी र सुदृढ बनाउने विश्वास उनले व्यक्त गरे।Financial System Remains Strong Despite Some Banking Sector Issues: Finance Minister Khanal Finance Minister Rameshwar Khanal has clarified that although some problems are currently visible in the banking and financial sector, the overall financial system of the country is not weak. Speaking at a program organized on the occasion of the 61st anniversary of Rastriya Banijya Bank, Minister Khanal stated that it is natural for issues to emerge in the banking sector from time to time due to various reasons. He emphasized that the presence of such challenges does not mean the financial sector is in a fragile conditi

      NEPSE TRADING·24 Jan, 2026·1 min read
    • सुपर हेवा पावरको आइपिओ प्रत्याभूति सम्झौता
      Top

      सुपर हेवा पावरको आइपिओ प्रत्याभूति सम्झौताSuper Hewa Power IPO Guarantee Deal

      सुपर हेवा पावर कम्पनी लिमिटेड ले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेड सँग प्रत्याभूति व्यवस्थापन सम्झौता गरेको छ। कम्पनीले ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जसले आयोजना सम्पन्न भएपछि राष्ट्रिय विद्युत आपूर्तिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।Super Hewa Power Company Limited has signed an issue management guarantee agreement with Muktinath Capital Limited for its upcoming IPO. The company is developing a 6 MW hydropower project, which is expected to contribute to Nepal’s electricity supply after completion.

      NEPSE TRADING·23 Jan, 2026·1 min read
    • प्रिमियर डिस्टिलरी लिमिटेडको आईपीओ आउँदै
      Top

      प्रिमियर डिस्टिलरी लिमिटेडको आईपीओ आउँदै Premier Distillery Limited to Issue IPO

      प्रिमियर डिस्टिलरी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ । उक्त आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा Siddhartha Capital Limited नियुक्त गरिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने योजना बनाएको छ । १ अर्ब रुपैयाँभन्दा बढी लगानीमा स्थापित यस उद्योगले मदिरा उत्पादनमार्फत आयात प्रतिस्थापन र स्वदेशी उद्योग प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।Premier Distillery Limited is set to issue an Initial Public Offering (IPO) and has appointed Siddhartha Capital Limited as the issue and sales manager. The company plans to issue 22.5 lakh ordinary shares to the general public at a face value of Rs. 100 per share. Established in 2012 with an investment of over Rs. 1 Arba, the distillery produces grain-based extra neutral alcohol and various spirits, contributing to import substitution and strengthening Nepal’s domestic liquor manufacturing sector.

      NEPSE TRADING·23 Jan, 2026·1 min read
    • सुनको मूल्य तोलाकै ३ लाख नाघ्यो, चाँदीले पनि बनायो नयाँ रेकर्ड
      Top

      सुनको मूल्य तोलाकै ३ लाख नाघ्यो, चाँदीले पनि बनायो नयाँ रेकर्डGold Price Crosses NPR 300,000 per Tola, Silver Hits Record High

      माघ ९ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। सुनको मूल्य प्रतितोला ९ हजार २०० रुपैयाँले बढेर ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य तोलामा २७० रुपैयाँले बढेर ६ हजार १९० रुपैयाँ पुगेको छ। दुबै बहुमूल्य धातुको मूल्य एकै दिन उच्चतम विन्दुमा पुग्नुले बजारमा सुरक्षित लगानीप्रतिको आकर्षण बढेको संकेत गरेको छ।On Friday, January 23, 2026, gold and silver prices in Nepal reached record highs. Gold rose by NPR 9,200 per tola to NPR 301,400, while silver increased by NPR 270 per tola to NPR 6,190. The sharp rise in both precious metals reflects strong demand for safe-haven assets in the domestic market.

      NEPSE TRADING·23 Jan, 2026·1 min read
    • पाल्पा सिमेन्टको उद्योग प्रभावित स्थानीयका लागि जारी आईपीओको आवेदन म्याद माघ ११ गतेसम्म थप
      Top

      पाल्पा सिमेन्टको उद्योग प्रभावित स्थानीयका लागि जारी आईपीओको आवेदन म्याद माघ ११ गतेसम्म थपPalpa Cement Extends IPO Application Deadline for Industry-Affected Locals Until February 4

      पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने म्याद माघ ११ गतेसम्म थप गरेको छ। कम्पनीले जारी पूँजीको ५ प्रतिशत बराबरको १८ लाख ७५ हजार कित्ता शेयर पश्चिम नवलपरासी र पाल्पा जिल्लाका प्रभावित स्थानीयका लागि निष्काशन गरेको हो। न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने यस आईपीओलाई इन्फोमेरिक्सले आईआरएन बीबी+ रेटिङ दिएको छ।Palpa Cement Industries Limited has extended the application deadline for its IPO issued to local residents of industry-affected areas until February 4 (Magh 11). The company has allocated 1.875 million shares, representing 5 percent of its issued capital, to eligible locals of West Nawalparasi and Palpa districts. Applications range from a minimum of 10 shares to a maximum of 100,000 shares, and the IPO carries an IRN BB+ rating from Infomerics, indicating moderate risk.

      NEPSE TRADING·23 Jan, 2026·1 min read
    • नेपालले पहिलोचोटि अन्तर्राष्ट्रिय बजारमा कार्बन क्रेडिट बिक्री गर्ने सम्झौता सम्पन्न
      Investor

      नेपालले पहिलोचोटि अन्तर्राष्ट्रिय बजारमा कार्बन क्रेडिट बिक्री गर्ने सम्झौता सम्पन्नNepal Signs First International Carbon Credit Sales Agreement

      नेपालले पहिलोचोटि अन्तर्राष्ट्रिय बजारमा कार्बन क्रेडिट बिक्री गर्ने सम्झौता सम्पन्न नेपालले पहिलोचोटि व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय बजारमा कार्बन बिक्री गर्ने सम्झौतामा हस्ताक्षर गर्न लागेको छ। यस सम्झौतामा नेपाल सरकार र अमेरिकी गैरनाफामूलक संस्था ‘इमर्जेन्ट फरेस्ट फाइनान्स एक्सिलिरेटर इन्कर्पोरेटेड’ बीच कार्बन क्रेडिटको बिक्री हुने छ, जसले नेपाललाई आफ्नो वन संरक्षणको लागि अन्तर्राष्ट्रिय बजारबाट आम्दानी गर्ने अवसर प्रदान गर्नेछ।Nepal Signs First International Carbon Credit Sales Agreement For the first time, Nepal is set to sign an agreement to sell carbon credits in the international market. The agreement, between the Nepalese government and the U.S.-based nonprofit organization "Emergent Forest Finance Accelerator Incorporated," will allow Nepal to sell carbon credits in exchange for its forest conservation efforts, providing the country with a new source of revenue in the international market.

      NEPSE TRADING·22 Jan, 2026·2 min read
    • सिनर्जी पावर डेवलपमेन्ट लिमिटेडको वार्षिक साधारण सभा पुनः स्थगित, 'अण्डा पहिला कि चल्ला पहिला?' भन्ने विवादले भाडभैलो
      Investor

      सिनर्जी पावर डेवलपमेन्ट लिमिटेडको वार्षिक साधारण सभा पुनः स्थगित, 'अण्डा पहिला कि चल्ला पहिला?' भन्ने विवादले भाडभैलोSynergy Power Development Limited's Annual General Meeting Postponed Again, Controversy of 'Which Came First, the Egg or the Chicken?'

      सिनर्जी पावर डेवलपमेन्ट लिमिटेडको वार्षिक साधारण सभा पुनः स्थगित, 'अण्डा पहिला कि चल्ला पहिला?' भन्ने विवादले भाडभैलो सिनर्जी पावर डेवलपमेन्ट लिमिटेडको १९ औं वार्षिक साधारण सभा दुईपटक स्थगित भएको छ, र यसको मुख्य कारण बनेको छ ‘अण्डा पहिला कि चल्ला पहिला?’ भन्ने विवाद। यस घटनाले कम्पनीको भविष्य र नेतृत्वमा गम्भीर प्रश्न उठाएको छ। कम्पनीको साधारण सभा स्थगित हुनुको प्रमुख कारण पुरानो र नयाँ संचालक समिती बीचको द्वन्द्व हो। पुरानो संचालक समितीले कोरम पूरा गर्न सिग्नेचर खोजेका थिए भने नयाँ समितीमा जान चाहानेले प्रोक्सीको विवरण मागेका थिए। कुरो नमिल्दा, सभा अध्यक्ष हल छोडेर हिडेका थिए। यसपछि कम्पनी सचिवले सभा स्थगित भएको जानकारी दिएका छन्।Synergy Power Development Limited's Annual General Meeting Postponed Again, Controversy of 'Which Came First, the Egg or the Chicken?' Synergy Power Development Limited's 19th Annual General Meeting (AGM) has been postponed twice, with the primary reason being the controversy surrounding the question "Which came first, the egg or the chicken?" This incident has raised serious questions about the company's future and leadership. The postponement of the AGM was mainly due to a conflict between the old and the new board of directors. The old board was seeking signatures to meet quorum requirements, while the new board members wanted to verify proxy details. When this issue could not be resolved, the meeting chairman left the hall. Following this, the company secretary verbally announced the postponement of the meeting.

      NEPSE TRADING·22 Jan, 2026·1 min read
    • नेप्से परिसूचक बढेर बन्द, कारोबार रकम ९ अर्ब माथि
      Top

      नेप्से परिसूचक बढेर बन्द, कारोबार रकम ९ अर्ब माथिNEPSE Index Closes Higher with Trading Volume Above NPR 9 Billion

      साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ९.२३ अंक बढेर २७१४.६१ विन्दुमा पुगेको छ। यस दिन कारोबार रकम ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँसम्म पुगेको छ। ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने एक्सेल डेभलपमेन्ट बैंक र रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य क्रमशः १०% र ९% बढेको छ। कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। वित्त उपसमूहको परिसूचक २.३८% बढेको छ भने व्यापार उपसमूहको परिसूचक १.१५% घटेको छ।On the last trading day of the week, the NEPSE index rose by 9.23 points to 2714.61. The total trading volume reached NPR 9.07 billion. Four stocks traded at positive circuit levels, while the share prices of Excel Development Bank and Rawa Energy Development increased by 10% and 9%, respectively. Ankhu Khola Hydroelectric Company topped the trading volume chart. The finance sub-index grew by 2.38%, while the trading sub-index saw a decline of 1.15%.

      NEPSE TRADING·22 Jan, 2026·1 min read
    • सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले माघ १८ देखि आईपीओ निष्काशन गर्ने
      Top

      सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले माघ १८ देखि आईपीओ निष्काशन गर्नेSurya Kunda Hydro Electric Limited to Launch IPO from Magh 18

      सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले माघ १८ गतेदेखि आफ्नो आईपीओ निष्काशन गर्ने घोषणा गरेको छ। यस अघि आयोजना प्रभावित स्थानिय बासिन्दा र विदेशमा कार्यरत नेपालीहरुलाई आईपीओ वितरण गरिसकेको कम्पनी अब १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने तयारीमा छ। यसमध्ये ६ लाख ८९ हजार ६७५ कित्ता स्थानीय बासिन्दा र ६८ हजार ९६७ कित्ता विदेशी नेपालीहरुलाई दिइएको छ। दोस्रो चरणमा १३ हजार ७९३ कित्ता कर्मचारी र ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषलाई बाँडिनेछन्। शेष शेयर सर्वसाधारणलाई उपलब्ध गराइनेछ। आवेदन न्यूनतम १० कित्ताका लागि गर्न सकिनेछ र माघ २१ गते बन्द हुनेछ। केयर रेटिङ्ग नेपालले कम्पनीलाई "CARE NP BB-" रेटिङ्ग दिएको छ। कम्पनीको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ। कुमारी क्यापिटल लिमिटेड आईपीओ प्रबन्धकको रूपमा कार्यरत छ।Surya Kunda Hydro Electric Limited is set to launch its IPO starting from Magh 18, after initially offering shares to affected local residents and Nepali workers abroad. The company is now issuing 13,79,350 shares, which constitutes 20% of its capital. Of these, 6,89,675 shares were allocated to local residents, and 68,967 shares to Nepali workers abroad. In the second phase, 13,793 shares will be offered to employees, and 34,484 shares to collective investment funds. The remaining shares will be available to the public. Investors can apply for a minimum of 10 shares, and the IPO will close by Magh 21, with the latest closing date on Falgun 3. Care Ratings Nepal has given a "CARE NP BB-" rating, indicating moderate risk. The company’s Upper Tadi Khola Hydroelectric Project has a total cost of NPR 236.84 million, with an expected payback period of 7.71 years. Kumari Capital Limited is the IPO manager.

      NEPSE TRADING·22 Jan, 2026·1 min read
    • सुन र चाँदी दुबैको मूल्य घट्यो
      Top

      सुन र चाँदी दुबैको मूल्य घट्योGold and Silver Prices Drop

      आज नेपाली बजारमा सुन र चाँदीको मूल्यमा घटोत्तरी भएको छ। छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँ पुगेको छ, जुन बुधबारको तुलनामा २ हजार ९०० रुपैयाँ कम हो। चाँदीको मूल्यमा पनि ५० रुपैयाँको घटोत्तरी भएको छ र अहिले ५ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ।Today, the prices of gold and silver have decreased in the Nepali market. The price of hallmarked gold has dropped to NPR 292,200 per tola, a decrease of NPR 2,900 compared to Wednesday. Similarly, the price of silver has also decreased by NPR 50, with the current rate being NPR 5,870 per tola.

      NEPSE TRADING·22 Jan, 2026·1 min read
    • आरएसडिसी लघुवित्तको नाफा ७३.५ प्रतिशतले बढ्यो, इम्पेरमेन्ट चार्ज रिभर्सका कारण
      Top

      आरएसडिसी लघुवित्तको नाफा ७३.५ प्रतिशतले बढ्यो, इम्पेरमेन्ट चार्ज रिभर्सका कारणRSDC Microfinance's Net Profit Jumps 73.5% Due to Reversed Impairment Charge

      आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ७३.५ प्रतिशतले वृद्धि गर्दै ७ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिमा ४ करोड ४१ लाख रुपैयाँ थियो। ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज रिभर्सको कारण नाफा बढेको हो। लघुवित्तको प्रतिशेयर आम्दानी पनि १४ रुपैयाँ ८३ पैसा पुगेको छ। संस्थाको चुक्ता पूँजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ रहेको छ र यो अवधिमा ५ अर्ब ३१ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरिएको छ।RSDC Microfinance Financial Institution has reported a 73.5% increase in its net profit for the first half of the current fiscal year, reaching NPR 76.6 million, compared to NPR 44.1 million during the same period last year. Despite a decline in interest income, the reversal of impairment charges significantly boosted the profit. The institution’s earnings per share also grew, reaching NPR 14.83. Additionally, the microfinance’s operating profit surged by 69.48%, and its paid-up capital stands at NPR 1.034 billion. The microfinance disbursed NPR 5.31 billion in loans during the period.

      NEPSE TRADING·22 Jan, 2026·1 min read
    • प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र, अर्थ मन्त्रालयद्वारा १९ अर्ब २१ करोड रुपैयाँ निकासा
      Investor

      प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र, अर्थ मन्त्रालयद्वारा १९ अर्ब २१ करोड रुपैयाँ निकासाFinance Ministry Releases Rs19.21 Billion to Accelerate Election Preparations

      प्रतिनिधिसभा निर्वाचन तयारी तीव्र, अर्थ मन्त्रालयद्वारा १९ अर्ब २१ करोड रुपैयाँ निकासा काठमाडौं — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीलाई तीव्र बनाउन अर्थ मन्त्रालयले १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरेको छ। निर्वाचन आयोग, गृह मन्त्रालय, रक्षा मन्त्रालय तथा अन्य सुरक्षा निकायका लागि आवश्यक खर्च व्यवस्थापन गर्न उक्त रकम छुट्याइएको हो। अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार हालसम्म गृह मन्त्रालयलाई १० अर्ब ३९ करोड, रक्षा मन्त्रालयलाई १ अर्ब ९९ करोड र निर्वाचन आयोगलाई ६ अर्ब ७२ करोड रुपैयाँ निकासा भइसकेको छ। निर्वाचन आयोगले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा करीब २७ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ, जसमध्ये हालसम्म ७० प्रतिशतभन्दा बढी रकम निकासा भइसकेको मन्त्रालयले जनाएको छ। यसअघि गृह र रक्षा मन्त्रालयले निर्वाचन सुरक्षाका लागि साढे २० अर्ब रुपैयाँ आवश्यक पर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेका थिए। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा निर्वाचन प्रहरीका लागि आवश्यक जनशक्ति, भत्ता, उपकरण र व्यवस्थापन खर्चका आधारमा उक्त प्रस्ताव तयार गरिएको थियो।Finance Ministry Releases Rs19.21 Billion to Accelerate Election Preparations Kathmandu — The government has stepped up preparations for the upcoming House of Representatives election by releasing Rs19.21 billion to cover election-related and security expenses. The funds were released by the Ministry of Finance ahead of the election scheduled for Falgun 21. According to Finance Ministry spokesperson Tank Prasad Pandey, the released amount includes Rs10.39 billion for the Ministry of Home Affairs, Rs1.99 billion for the Ministry of Defence, and Rs6.72 billion for the Election Commission of Nepal. The Election Commission has estimated that the total cost of conducting the election will be around Rs27 billion, and more than 70 percent of the required funds have already been released.

      NEPSE TRADING·21 Jan, 2026·2 min read
    • सुनचाँदीको भाउमा वृद्धि, सुन तोलाको १० हजार ४०० रुपैयाँले महँगियो
      Investor

      सुनचाँदीको भाउमा वृद्धि, सुन तोलाको १० हजार ४०० रुपैयाँले महँगियोGold and Silver Prices Rise on Wednesday

      सुनचाँदीको भाउमा वृद्धि, सुन तोलाको १० हजार ४०० रुपैयाँले महँगियो काठमाडौं — आज बुधबार सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाको १० हजार ४०० रुपैयाँले वृद्धि भएको हो। यससँगै आज एक तोला सुनको मूल्य २ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार सुनको मूल्य २ लाख ८४ हजार ७०० रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलाको ४० रुपैयाँले बढेर ५ हजार ९२० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, अमेरिकी डलरको उतारचढाव र विश्व आर्थिक अनिश्चितताका कारण पछिल्लो समय सुनचाँदीको भाउमा चाप परेको व्यवसायीहरूको भनाइ छ।Gold and Silver Prices Rise on Wednesday Kathmandu — Prices of gold and silver increased in the domestic market on Wednesday, according to local traders. The price of gold rose sharply by Rs10,400 per tola, bringing the price of one tola of gold to Rs295,200. On Tuesday, gold was traded at Rs284,700 per tola. Silver prices also edged up. The price of silver increased by Rs40 per tola to reach Rs5,920 per tola.

      NEPSE TRADING·21 Jan, 2026·<1 min read
    • विश्व अर्थतन्त्रप्रति बढ्दो चिन्ताले टोकियो सेयर बजार ओरालो
      Investor

      विश्व अर्थतन्त्रप्रति बढ्दो चिन्ताले टोकियो सेयर बजार ओरालोTokyo Stocks Slide as Global Economic Worries and Tariff Fears Rattle Investors

      विश्व अर्थतन्त्रप्रति बढ्दो चिन्ताले टोकियो सेयर बजार ओरालो काठमाडौं — विश्व अर्थतन्त्रको भविष्यप्रति बढ्दै गएको चिन्ताका बीच मंगलबार टोकियो सेयर बजारमा गिरावट आएको छ। अमेरिकाले ग्रिनल्यान्डसम्बन्धी विषयलाई लिएर कडा भन्सार शुल्क (ट्यारिफ) लगाउने चेतावनी दिएपछि लगानीकर्ता सतर्क बनेका हुन्। दुई सय २५ कम्पनी समेटिएको मानक निक्केई स्टक एभरेज सूचकाङ्क सोमबारको तुलनामा ५९२.४७ अङ्क (१.११ प्रतिशत) घट्दै ५२,९९१.१० अङ्कमा बन्द भयो। त्यस्तै, टोपिक्स सूचकाङ्क पनि ३०.८० अङ्क (०.८४ प्रतिशत) घटेर ३,६२५.६० अङ्कमा सीमित रह्यो। यसैबीच, जापान सरकारको १० वर्षे बेंचमार्क बन्डको प्रतिफल केही समयका लागि २.३५० प्रतिशतसम्म पुगेको थियो, जुन फेब्रुअरी १९९९ यताकै उच्च स्तर हो। विश्लेषकहरूका अनुसार प्रधानमन्त्री सानेए ताकाइचीको सरकारले सरकारी खर्च बढाउने र थप ऋण जारी गर्ने अपेक्षाले बन्ड बिक्री चाप बढ्दा प्रतिफल उक्लिएको हो।Tokyo Stocks Slide as Global Economic Worries and Tariff Fears Rattle Investors Kathmandu — Japan’s stock market fell on Tuesday amid growing concerns over the global economic outlook, as investors turned cautious following fresh tariff-related tensions involving the United States. The benchmark Nikkei 225, which tracks 225 major Japanese companies, dropped 592.47 points, or 1.11 percent, to close at 52,991.10 compared to Monday’s session. The broader TOPIX also declined, shedding 30.80 points, or 0.84 percent, to end the day at 3,625.60.

      NEPSE TRADING·21 Jan, 2026·1 min read