
कर्जा वर्गीकरणमा कमजोरी देखिएपछि ठूला बैंकमाथि राष्ट्र बैंक कडा, थप प्रोभिजनिङको तयारीRegulator Tightens Oversight as Loan Quality Review Finds Weaknesses in Major Banks
कर्जा वर्गीकरणमा कमजोरी देखिएपछि ठूला बैंकमाथि राष्ट्र बैंक कडा, थप प्रोभिजनिङको तयारी काठमाडौं — बंगलादेशी परामर्शदाता हौलादार युनुस एन्ड कम्पनीले गरेको कर्जा गुणस्तर परीक्षणमा नेपालका ठूला वाणिज्य बैंकहरूमा कर्जा वर्गीकरण र जोखिम व्यवस्थापनमा कमजोरी देखिएको छ। परीक्षणका क्रममा नियामकीय मापदण्डअनुसार कर्जा व्यवस्थापन नहुँदा थप जोखिम व्यवस्थापन आवश्यक रहेको निष्कर्ष निकालिएको हो। नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरूले असल, सूक्ष्म निगरानी, कमसल, शंकास्पद र खराब कर्जाको वर्गीकरणमा सुधार नगरेमा थप प्रोभिजनिङ गर्न निर्देशन दिने तयारी भइरहेको छ। केन्द्रीय बैंकले बैंकहरूसँग स्पष्टीकरण लिएपछि मात्र आवश्यक कारबाही अघि बढाइने जनाएको छ। परामर्शदाता कम्पनीले गरेको लोन पोर्टफोलियो रिभ्युमा औसत निष्क्रिय कर्जा अनुपात ७.७० प्रतिशत देखिएको छ भने दुई बैंकको एनपीएल १० प्रतिशतभन्दा माथि पुगेको छ। परीक्षणमा ग्लोबल आइएमई, नबिल, नेपाल इन्भेष्टमेण्ट मेगा, राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सनराइज, प्रभु, हिमालयन, एनएमबि र एनआईसी एशिया बैंक समावेश थिए।Regulator Tightens Oversight as Loan Quality Review Finds Weaknesses in Major Banks Kathmandu — A recent loan quality review conducted by Bangladeshi consulting firm Houladar Yunus & Company has revealed weaknesses in credit classification and risk management practices among Nepal’s major commercial banks. The assessment found that several banks have failed to fully comply with regulatory standards, prompting the central bank to prepare stricter supervisory measures. According to Nepal Rastra Bank (NRB), banks that do not improve the classification of their loans into categories such as performing, watchlist, substandard, doubtful, and bad loans may be instructed to increase their provisioning. The central bank has stated that further action will be taken only after seeking clarifications from the concerned institutions.


















