
लक्ष्मीपूजाको दिन देशभर एक हजार ६५० मेगावाट बिजुलीको माग, एक हजार १५ मेगावाट निर्यातElectricity Demand Reaches 1,650 MW on Laxmi Puja; Nepal Exports 1,015 MW Power
लक्ष्मीपूजाको दिन देशभर एक हजार ६५० मेगावाट बिजुलीको माग, एक हजार १५ मेगावाट निर्यात काठमाडौं, कात्तिक — नेपाल विद्युत् प्राधिकरणका अनुसार यस वर्षको लक्ष्मीपूजाको साँझ देशभर बिजुलीको कुल माग एक हजार ६५० मेगावाट पुगेको छ। यसैदिन नेपालले एक हजार १५ मेगावाट विद्युत् निर्यात गरेको जनाएको छ। गत वर्ष लक्ष्मीपूजाको दिन देशभरको कुल विद्युत् माग एक हजार ६०२ मेगावाट थियो। यो वर्ष भने माग ४८ मेगावाटले बढी देखिएको प्राधिकरणले जनाएको छ। अहिले नेपालले भारत र बङ्गलादेशमा विद्युत् निर्यात गर्दै आएको छ, जसले देशको विद्युत् व्यापार र विदेशी आम्दानीमा सकारात्मक योगदान पुर्याइरहेको छ। लक्ष्मीपूजाको अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ सहितको टोलीले देशभरको विद्युत् माग र आपूर्तिको अवस्था प्रत्यक्ष अवलोकन गरेको छ। सोमबार राति प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको नियन्त्रण कक्षमा पुगेर मन्त्री घिसिङले समग्र विद्युत् आपूर्ति व्यवस्थाको जानकारी लिई आवश्यक निर्देशन दिएका थिए।Electricity Demand Reaches 1,650 MW on Laxmi Puja; Nepal Exports 1,015 MW Power Kathmandu — According to the Nepal Electricity Authority (NEA), the total national electricity demand on the evening of Laxmi Puja (Monday) reached 1,650 megawatts (MW). On the same day, Nepal successfully exported 1,015 MW of electricity to neighboring countries. The NEA reported that on Laxmi Puja last year, the total electricity demand across the country was 1,602 MW. This year, the demand rose by 48 MW, indicating a steady growth in power consumption during festive periods. Nepal currently exports electricity to India and Bangladesh, contributing significantly to the nation’s foreign exchange earnings and regional energy cooperation.


















