
स्वस्तिक लघुवित्तको आईपीओ साउन ३० गतेदेखि सर्वसाधारणका लागि खुलाSwastik Laghubitta to Issue IPO for General Public from Shrawan 30
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको छ। लघुवित्तले १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गर्दैछ, जसको मूल्य १ करोड ९५ लाख रुपैयाँभन्दा बढी हुनेछ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा भदौ ३ र ढिलोमा भदौ १३ गतेसम्म खुला रहनेछ। यस आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी बी एटदरेट’ रेटिङ्ग दिएको छ। निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।Swastik Laghubitta Bittiya Sanstha Limited is issuing its IPO for the general public starting from Shrawan 30. The company is offering 195,195 shares worth over Rs. 19.5 million. Investors can apply for a minimum of 10 and a maximum of 5,000 shares. The IPO will close on Bhadra 3 at the earliest and Bhadra 13 at the latest. ICRA Nepal has rated the IPO as ‘ICRANP IR B@’. Nabil Investment Banking Limited is the issue manager.


















