NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Stock News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 107 / 144Next
    • गभर्नर नियुक्तिसँगै गठबन्धन टुट्ने हल्ला सेलायो
      Investor

      गभर्नर नियुक्तिसँगै गठबन्धन टुट्ने हल्ला सेलायोCoalition Breakup Rumors Subside with Governor Appointment

      गभर्नर नियुक्तिसँगै गठबन्धन टुट्ने हल्ला सेलायो लामो समयको राजनीतिक खिचातानी र अनिश्चिततापछि सरकारले डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णयले सत्तारुढ गठबन्धनमा देखिएको तनावलाई कम गर्नुका साथै सरकार ढल्ने आशंकालाई पनि मत्थर पारेको छ । नेकपा एमाले र नेपाली कांग्रेसबीच गभर्नर नियुक्तिलाई लिएर लामो समयदेखि कुरा नमिल्दा गठबन्धनमा संकट आउने र सरकार नै धरापमा पर्ने चर्चा चलेको थियो। चैत २४ देखि रिक्त गभर्नर पदमा सहमति जुटाउन नसक्दा जेठ ५ मा तय भएको प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्ता र मन्त्रिपरिषद् बैठक स्थगित हुँदा यस्ता हल्लाले थप बल पाएका थिए । मंगलबार बालुवाटारमा भएको ओली र देउवाबीचको करिब एक घण्टाको भेटपछि गभर्नर नियुक्तिमा सहमति जुटेको हो । छलफलमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकले पनि भाग लिएका थिए। उनीहरूले नियुक्तिमा ढिलाइले बाहिर नकारात्मक सन्देश गएको भन्दै तत्काल निर्णय लिन सुझाएका थिए । कांग्रेसले सुरुमा अन्य उम्मेदवारहरूको नाम अघि सारे पनि अन्ततः डा. विश्व पौडेलमा सहमति भएको हो। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पौडेलको सट्टा अन्य विकल्प खोजेका थिए, तर कांग्रेसको दृढ अडान र गठबन्धनको स्थिरताका लागि उनले पौडेललाई नै स्वीकार गरे । यो नियुक्तिसँगै गभर्नर पदको रिक्तता हटेको छ भने गठबन्धन र सरकारप्रति चलेका नकारात्मक हल्लाहरू पनि कमजोर बनेका छन् । Coalition Breakup Rumors Subside with Governor Appointment After prolonged political wrangling and uncertainty, the government has appointed Dr. Bishwa Poudel as the Governor of Nepal Rastra Bank. This decision, made during Tuesday’s Cabinet meeting, has not only eased tensions within the ruling coalition but also quelled fears of a government collapse. Disagreements between the CPN (UML) and Nepali Congress over the governor’s appointment had fueled speculation of a crisis in the coalition, potentially threatening the government’s stability. The governor’s post, vacant since March 24, remained unfilled due to a lack of consensus, and the postponement of a scheduled meeting between Prime Minister KP Sharma Oli and Congress President Sher Bahadur Deuba on May 5, along with the cancellation of a Cabinet meeting, further amplified these rumors. On Tuesday, a roughly one-hour meeting between Oli and Deuba at Baluwatar resulted in an agreement on the governor’s appointment. The discussion included Deputy Prime Minister and Finance Minister Bishnu Poudel and Home Minister Ramesh Lekhak, who emphasized the need for an immediate decision to counter the negative public perception caused by the delay. Although the Congress initially proposed other candidates, it ultimately agreed on Dr. Bishwa Poudel. Sources indicate that Prime Minister Oli had explored alternative options but accepted Poudel due to Congress’s firm stance and the need to maintain coalition stability. With this appointment, the vacancy in the governor’s post has been filled, and the negative rumors surrounding the coalition and government have significantly weakened.

      NEPSE trading ·20 May, 2025·1 min read
    • नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त, सत्ता संकट टर्यो
      Investor

      नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त, सत्ता संकट टर्योDr. Bishwanath Paudel Appointed 18th Governor of Nepal Rastra Bank, Ending Uncertainty and Political Tensions

      नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त, सत्ता संकट टर्यो नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा अर्थविद् प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिको प्रस्तावलाई अनुमोदन गर्दै डा. पौडेललाई गभर्नरमा नियुक्त गरेको हो। यो नियुक्तिसँगै राष्ट्र बैंकमा लामो समयदेखि चलेको गभर्नरसम्बन्धी अन्योल समाप्त भएको छ। सिफारिस समितिले मंगलबार नै प्रा.डा. विश्वनाथ पौडेल, कामु गभर्नर नीलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम गभर्नरका लागि सिफारिस गरेको थियो। सिफारिस गरिएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका डा. पौडेललाई मन्त्रिपरिषद्ले नियुक्त गरेको हो।Dr. Bishwanath Paudel Appointed 18th Governor of Nepal Rastra Bank, Ending Uncertainty and Political Tensions Economist Prof. Dr. Bishwanath Paudel has been appointed the 18th Governor of Nepal Rastra Bank. The decision was made during a Cabinet meeting held on Tuesday evening at Baluwatar, approving the recommendation of a committee led by Deputy Prime Minister and Finance Minister Bishnu Paudel. This appointment ends the prolonged uncertainty surrounding the central bank’s leadership. The Governor Recommendation Committee, chaired by Finance Minister Bishnu Paudel, had earlier on Tuesday recommended three candidates: Dr. Bishwanath Paudel, Acting Governor Nilam Dhungana Timsina, and former Secretary Dinesh Bhattarai. Dr. Paudel, ranked first on the list, was selected by the Cabinet for the position.

      NEPSE trading ·20 May, 2025·1 min read
    • गभर्नर नियुक्ति गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू
      Investor

      गभर्नर नियुक्ति गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरूCabinet Meeting Begins at Baluwatar: Dr. Bishwa Paudel Likely to Be Appointed NRB Governor

      प्रधानमन्त्रीको निवासमा मन्त्रिपरिषद् बैठक : डा. विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने तयारी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ मन्त्रिपरिषद् बैठक सुरु भएको छ। यसअघि दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो। भेटवार्तापछि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बसेको गभर्नर सिफारिस समिति बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको छ। सिफारिसमा प्रा.डा. विश्व पौडेल पहिलो नम्बरमा छन् भने नीलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम पनि समावेश छ। बालुवाटार स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले सिफारिस समितिको पहिलो नम्बरमा रहेका प्रा.डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा नियुक्त गर्ने निर्णय गर्नेछ। गभर्नरको पद गत चैत २४ गतेदेखि रिक्त रहेको छ।Cabinet Meeting Begins at Baluwatar: Dr. Bishwa Paudel Likely to Be Appointed NRB Governor A Cabinet meeting commenced on Tuesday evening at the Prime Minister’s official residence in Baluwatar. Earlier in the day, a meeting took place between Nepali Congress President Sher Bahadur Deuba and Prime Minister KP Sharma Oli, who is also the Chairman of CPN (UML). Following the meeting, the Governor Recommendation Committee, chaired by Finance Minister Bishnu Paudel, convened and recommended three candidates for the position of Governor of Nepal Rastra Bank. Dr. Bishwa Paudel was placed first on the list, followed by Nilam Dhungana Timsina and Dinesh Bhattarai.

      NEPSE trading ·20 May, 2025·1 min read
    • नेपाल राष्ट्र बैंकको गभर्नरका लागि तीन जनाको नाम सिफारिस
      Investor

      नेपाल राष्ट्र बैंकको गभर्नरका लागि तीन जनाको नाम सिफारिसThree Names Recommended for Nepal Rastra Bank Governor

      नेपाल राष्ट्र बैंकको गभर्नरका लागि तीन जनाको नाम सिफारिस नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ। मंगलबार अर्थ मन्त्रालयमा बसेको समितिको बैठकले यो निर्णय गरेको हो। सिफारिस गरिएका तीन नाममध्ये पहिलो नम्बरमा डा. विश्व पौडेलको नाम रहेको छ। समितिमा अर्थमन्त्रीको संयोजकत्वमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्य रहेका छन्। सिफारिस समितिको यो निर्णयलाई मन्त्रिपरिषद्को आगामी बैठकले अनुमोदन गरी एक जनालाई नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरको रूपमा नियुक्त गर्नेछ। गभर्नरको पद गत चैत २४ गतेदेखि रिक्त रहेको थियो।Three Names Recommended for Nepal Rastra Bank Governor The Governor Recommendation Committee has shortlisted three candidates for the position of Governor of Nepal Rastra Bank. The decision was made during a meeting held on Tuesday at the Ministry of Finance. Dr. Bishwa Paudel leads the list of recommended candidates. The committee, chaired by the Finance Minister, includes former Governor Mahaprasad Adhikari and economist Poshraj Pandey as members. The Council of Ministers is expected to approve one of the candidates in its upcoming meeting, appointing the 18th Governor of Nepal Rastra Bank. The position has been vacant since March 24, 2025. This recommendation marks a significant step in selecting the leadership for Nepal’s central bank, which will influence the country’s economic policies and financial stability.

      NEPSE trading ·20 May, 2025·1 min read
    • सर्वोच्च अदालतले प्रा.डा. विश्व पौडेलविरुद्धको रिट दर्ता अस्वीकार, गभर्नर नियुक्तिमा बाटो खुला
      Investor

      सर्वोच्च अदालतले प्रा.डा. विश्व पौडेलविरुद्धको रिट दर्ता अस्वीकार, गभर्नर नियुक्तिमा बाटो खुलाSupreme Court Upholds Rejection of Petition Against Prof. Dr. Bishwanath Paudel, Clearing Path for Governor Appointment

      सर्वोच्च अदालतले प्रा.डा. विश्व पौडेलविरुद्धको रिट दर्ता अस्वीकार, गभर्नर नियुक्तिमा बाटो खुला सर्वोच्च अदालतले अर्थशास्त्री प्रा.डा. विश्वनाथ पौडेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आफ्नो प्रशासनिक आदेशलाई आज मंगलबार साँझ सदर गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको इजलासले यो निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले पुष्टि गरे। यो निर्णयसँगै प्रा.डा. पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सरकारको बाटो सहज भएको छ। सत्तारुढ दलहरूबीच उनको नियुक्तिमा सहमति भइसकेको अवस्थामा अदालतको यो फैसलाले प्रक्रियालाई गति दिने अपेक्षा गरिएको छ। यद्यपि, नियुक्ति पश्चात् प्रा.डा. पौडेलको योग्यता र अन्य विषयमा प्रश्न उठ्ने र आगामी दिनमा थप रिट निवेदन दर्ता हुने सम्भावना भने पूर्ण रूपमा अन्त्य भएको छैन। अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले पौडेललाई गभर्नर नियुक्त नगर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए, जुन अस्वीकृत भएको हो। लगानीकर्ता र सर्वसाधारणको ध्यान अब औपचारिक नियुक्तिको घोषणातर्फ केन्द्रित भएको छ, तर यो निर्णयले आर्थिक क्षेत्रमा थप बहसको आधार तयार गरेको देखिन्छ।Supreme Court Upholds Rejection of Petition Against Prof. Dr. Bishwanath Paudel, Clearing Path for Governor Appointment The Supreme Court has upheld its administrative decision to reject a writ petition filed against economist Prof. Dr. Bishwanath Paudel, paving the way for his potential appointment as Governor of Nepal Rastra Bank. The ruling was confirmed by Justice Sapana Pradhan Malla’s bench this evening, as stated by Supreme Court spokesperson Achyut Kuinikel. With this decision, the government’s process to appoint Prof. Dr. Paudel, who has already secured consensus among the ruling parties, has been facilitated. The court’s move is expected to expedite the appointment procedure.

      NEPSE trading ·20 May, 2025·1 min read
    • शंकास्पद कारोबार ४९% ले वृद्धि, वित्तीय जानकारी इकाईको प्रतिवेदन सार्वजनिक
      Investor

      शंकास्पद कारोबार ४९% ले वृद्धि, वित्तीय जानकारी इकाईको प्रतिवेदन सार्वजनिकSuspicious Transactions Surge by 49%, Financial Information Unit Releases 2024 Report

      शंकास्पद कारोबार ४९% ले वृद्धि, वित्तीय जानकारी इकाईको प्रतिवेदन सार्वजनिक काठमाडौं, ६ जेठ २०८२ – नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले सन् २०२४ मा शंकास्पद कारोबार र गतिविधिमा ४९ प्रतिशतले वृद्धि भएको जनाएको छ। इकाईले हालै प्रकाशित गरेको सन् २०२४ को गतिविधिसम्बन्धी न्यूजलेटरमा यस्तो तथ्यांक उल्लेख गरिएको छ। सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार सूचक संस्थाहरूले इकाईमा पेस गरेका शंकास्पद कारोबार र गतिविधि प्रतिवेदनको संख्या सन् २०२३ मा ६,२५५ रहेकोमा सन् २०२४ मा ४९% ले बढेर ९,३०४ पुगेको छ। यीमध्ये १,८९४ प्रतिवेदनको विश्लेषण गरिएकोमा १,०८६ प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने निकाय र नियामकीय कारबाहीका लागि नियमनकारी निकायमा पठाइएको छ। बाँकी ८०८ प्रतिवेदन भविष्यमा थप जानकारी प्राप्त भएमा पुनः विश्लेषण गर्न अभिलेखीकरण गरिएको छ। सूचक संस्थाहरूले सन् २०२३ मा १७ लाख ८३ हजार १८३ सीमा कारोबारको विवरण पेस गरेका थिए, जुन सन् २०२४ मा बढेर १९ लाख ७२ हजार ८५५ पुगेको छ। सम्पत्ति शुद्धीकरण र आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी रिपोर्टिङका लागि इकाईको गोएएमएल प्रणालीमा आवद्ध संस्थाहरूको संख्या सन् २०२३ मा १,४९६ रहेकोमा सन् २०२४ मा १,९०५ पुगेको छ।Suspicious Transactions Surge by 49%, Financial Information Unit Releases 2024 Report The Financial Information Unit of Nepal Rastra Bank has reported a 49% increase in suspicious transactions and activities in 2024, according to its recently published 2024 activity newsletter. Under the Asset Laundering Prevention Act, 2064, the number of suspicious transaction and activity reports submitted by reporting entities to the unit rose from 6,255 in 2023 to 9,304 in 2024, marking a 49% growth. Of these, 1,894 reports were analyzed, with 1,086 forwarded for further investigation to law enforcement/investigative bodies and regulatory actions to regulatory authorities. The remaining 808 reports have been archived for re-analysis if additional information becomes available in the future.

      NEPSE trading ·20 May, 2025·1 min read
    • गभर्नर सिफारिस समितिको बैठक सिंहदरबारमा सुरु
      Investor

      गभर्नर सिफारिस समितिको बैठक सिंहदरबारमा सुरुGovernor Recommendation Committee Meeting Begins at Singha Durbar

      गभर्नर सिफारिस समितिको बैठक सिंहदरबारमा सुरु नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि गठित समितिको बैठक केहीबेर अघि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको छ। मंगलबार साँझ ४:४३ बजे सुरु भएको यो बैठकले गभर्नर नियुक्तिको टुंगो लगाउने अपेक्षा गरिएको छ। स्रोतका अनुसार, सत्तारुढ दलहरूबीच प्रा.डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भइसकेको छ। लामो समयदेखि गभर्नर नियुक्तिको विषयमा देखिएको अन्योलता यो बैठकले अन्त्य गर्ने विश्वास गरिएको छ। प्रा.डा. पौडेल अनुभवी अर्थशास्त्री हुन् र उनको नियुक्तिले आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। बैठकको निर्णय औपचारिक रूपमा घोषणा भएपछि थप विवरण आउने बताइएको छ।Governor Recommendation Committee Meeting Begins at Singha Durbar The committee formed to recommend the Governor of Nepal Rastra Bank has commenced its meeting a short while ago at the Ministry of Finance in Singha Durbar. The meeting, which started at 4:43 PM today, is expected to finalize the governor’s appointment. According to sources, a consensus has been reached among the ruling parties to appoint Prof. Dr. Bishwanath Paudel as the governor. The prolonged uncertainty surrounding the governor’s appointment is anticipated to be resolved with this meeting. Prof. Dr. Paudel, an experienced economist, is expected to bring positive changes to the financial sector. Further details will be available once the meeting’s decision is officially announced.

      NEPSE trading ·20 May, 2025·1 min read
    • गभर्नर नियुक्तिको सहमतिपछि सेयर बजारमा उत्साह, नेप्से २६७७ अंकमा पुग्यो
      Investor

      गभर्नर नियुक्तिको सहमतिपछि सेयर बजारमा उत्साह, नेप्से २६७७ अंकमा पुग्योNepal Stock Market Surges After Governor Appointment Consensus, NEPSE Reaches 2677

      गभर्नर नियुक्तिको सहमतिपछि सेयर बजारमा उत्साह, नेप्से २६७७ अंकमा पुग्यो नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा सत्तारुढ दलहरूबीच सहमति भएको खबरले मंगलबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। मन्त्रिपरिषद्को साँझ ५ बजे बस्ने बैठकमा गभर्नर नियुक्तिको निर्णय हुने अपेक्षासँगै लगानीकर्ताहरूमा उत्साह छाएको हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ४९.०९ अंक (१.८६%) ले उकालो लागेर २६७७ अंकमा उभिएको छ। यद्यपि, बजारको वृद्धिसँगै कारोबार रकम भने केही खुम्चिएको छ। सोमबार ७ अर्ब ३५ करोडको कारोबार भएकोमा मंगलबार ७ अर्ब ३१ करोडमा सीमित भएको छ। कुल २२९ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १५ कम्पनीको मूल्य घटेको र एक कम्पनीको स्थिर रहेको छ। सबै सेक्टरका सूचकहरू हरियाली बनेका छन्। विशेषगरी होटल तथा पर्यटन क्षेत्र ३.४२% ले सबैभन्दा धेरै उकालो लागेको छ। त्यसैगरी, बैंकिङ १.९१%, विकास बैंक २.९५%, फाइनान्स २.४४%, हाइड्रोपावर २.४५%, लगानी २.३३%, जीवन बीमा १.३२%, उत्पादन १.८९%, माइक्रोफाइनान्स १.१३%, निर्जीवन बीमा १.७४%, अन्य ०.८४% र व्यापार समूह १.४९% ले बढेका छन्।Nepal Stock Market Surges After Governor Appointment Consensus, NEPSE Reaches 2677 The Nepal stock market witnessed a significant rally on Tuesday following news of a consensus among major ruling coalition parties on the appointment of the Nepal Rastra Bank governor. The anticipation of the decision, expected to be finalized in the Council of Ministers meeting at 5 PM, has sparked optimism among investors. The Nepal Stock Exchange (NEPSE) index climbed 49.09 points (1.86%) to settle at 2677 points. However, despite the rise in the index, trading volume saw a slight decline. Compared to Monday’s turnover of NPR 7.35 billion, Tuesday recorded NPR 7.31 billion in transactions.

      NEPSE trading ·20 May, 2025·1 min read
    • विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति : को हुन् पौडेल ?
      Investor

      विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति : को हुन् पौडेल ?Dr. Vishwanath Paudel Set to be Appointed Governor of Nepal Rastra Bank

      प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच लामो छलफलपछि नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने सहमति जुटेको छ। मंगलबार बिहान दुई पक्षबीच औपचारिक सहमति भएपछिको यो नियुक्ति हो। डा. विश्वनाथ पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्। उनी सिफारिस समितिका सदस्य रहँदा कांग्रेसले उनलाई गभर्नर पदका लागि अघि सार्दा उनले समितिबाट राजीनामा दिएका थिए। डा. पौडेललाई सभापति देउवाको विश्वास पात्र मानिन्छ। देउवा प्रधानमन्त्री हुँदा २०७८ साल साउन १२ गते उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए। देउवाकी पत्नी आरजू राणासँग पनि उनको व्यक्तिगत नजिकको सम्बन्ध रहेको बताइन्छ।Dr. Vishwanath Paudel Set to be Appointed Governor of Nepal Rastra Bank Kathmandu — After lengthy discussions, Prime Minister KP Sharma Oli and Nepali Congress President Sher Bahadur Deuba have reached an agreement to appoint Dr. Vishwanath Paudel as the new Governor of Nepal Rastra Bank. The formal consensus was finalized on Tuesday morning. Dr. Paudel, former Vice-Chairman of the National Planning Commission, had resigned from the Governor Recommendation Committee after Congress proposed his name for the governorship. Widely regarded as a trusted confidant of Deuba, Dr. Paudel was appointed Vice-Chairman of the National Planning Commission on August 28, 2021, during Deuba’s premiership. He is also said to have a close personal relationship with Deuba’s wife, Arju Rana.

      NEPSE trading ·20 May, 2025·1 min read
    • बालुवाटारमा आज मन्त्रिपरिषद बैठक, गभर्नर नियुक्तिको सम्भावना
      Investor

      बालुवाटारमा आज मन्त्रिपरिषद बैठक, गभर्नर नियुक्तिको सम्भावनाCabinet Meeting Scheduled for Today at Baluwatar, Governor Appointment Likely

      बालुवाटारमा आज मन्त्रिपरिषद बैठक, गभर्नर नियुक्तिको सम्भावना काठमाडौं, जेठ ७ – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ मन्त्रिपरिषद बैठक बस्ने तयारी गरिएको छ। बैठक साँझ ५ बजेका लागि बोलाइएको हो। सरकारी स्रोतअनुसार, सोमबार नियमितरूपमा बस्ने भनिएको बैठक प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि स्थगित गरिएको थियो। स्थगित बैठक आजका लागि सारिएको हो। आजको बैठक महत्वपूर्ण मानिएको छ, किनभने राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामा टुंगो लाग्ने सम्भावना रहेको बताइएको छ। अपराह्न ४ बजे गभर्नर सिफारिस समितिको बैठक पनि बस्दैछ। यसअघि प्रधानमन्त्री ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो, जसमा गभर्नरको नामबारे अन्तिम सहमति जुटाउने प्रयास भएको थियो। स्रोतहरूका अनुसार, गभर्नरको नियुक्तिबारे सहमति जुटेमा मन्त्रिपरिषद बैठकले आजै निर्णय गर्ने सम्भावना बलियो देखिएको छ।Cabinet Meeting Scheduled for Today at Baluwatar, Governor Appointment Likely Kathmandu, May 21 – A cabinet meeting is scheduled to take place this evening at the Prime Minister’s official residence in Baluwatar. The meeting is set to begin at 5 PM. According to government sources, the regular cabinet meeting that was supposed to be held on Monday had to be postponed due to the Prime Minister’s health issues. With improvements in his condition, the meeting has now been rescheduled for today. Today’s meeting is considered important as the appointment of the new Governor of Nepal Rastra Bank is likely to be finalized. Earlier this afternoon, the Governor Recommendation Committee is also set to hold its meeting at 4 PM. Prior to that, Prime Minister KP Sharma Oli and Nepali Congress President Sher Bahadur Deuba held discussions, reportedly to reach a consensus on the Governor appointment. If an agreement is reached, sources suggest that the cabinet might go ahead and confirm the new Governor today itself.

      NEPSE trading ·20 May, 2025·1 min read
    • गभर्नर नियुक्तिका लागि सिफारिस समिति सक्रिय, आज बैठक बस्दै
      Investor

      गभर्नर नियुक्तिका लागि सिफारिस समिति सक्रिय, आज बैठक बस्दैGovernor Recommendation Committee to Meet Today; Appointment Process Gains Momentum

      गभर्नर नियुक्तिका लागि सिफारिस समिति सक्रिय, आज बैठक बस्दै काठमाडौं — नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा नियुक्ति प्रक्रिया अगाडि बढाउने तयारीस्वरूप अर्थमन्त्री तथा उपप्रधानमन्त्री विष्णु पौडेलले सिफारिस समिति बैठक आह्वान गरेका छन्। यो उनको संयोजकत्वमा पहिलो पटक समिति बैठक बोलाइएको हो। अर्थमन्त्रीको सचिवालयका अनुसार बैठक आज अपराह्न ४ बजेपछि बस्नेछ। उक्त समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्यको रूपमा सहभागी छन्। बैठक बोलिनु अघि प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखकबीच पछिल्लो दिन बालुवाटारमा गभर्नर नियुक्तिसम्बन्धी कुराकानी भएको थियो। हाल गभर्नर पद चैत २४ गतेदेखि खाली रहेको छ। त्यसयता डेपुटी गभर्नर नीलम ढुंगाना कार्यवाहक गभर्नरको भूमिकामा रहेका छन्। गभर्नर नियुक्तिमा कांग्रेस सभापति देउवाले अर्थविद् प्रा.डा. विश्व पौडेलको नाम सिफारिस गरिसकेको चर्चा छ। अब समिति बैठकले उक्त सिफारिसबारे निर्णय लिने सम्भावना छ। Governor Recommendation Committee to Meet Today; Appointment Process Gains Momentum Kathmandu — In a significant step toward appointing the new Governor of Nepal Rastra Bank, Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel has convened a meeting of the Governor Recommendation Committee. This marks the first time Minister Paudel has called a meeting in his capacity as the committee’s chairperson. According to the Ministry of Finance, the meeting is scheduled for today at 4 PM. The committee includes former NRB Governor Maha Prasad Adhikari and economist Dr. Poshraj Pandey as members. The move follows recent high-level discussions in Baluwatar involving Prime Minister KP Sharma Oli, Nepali Congress President Sher Bahadur Deuba, Finance Minister Paudel, and Home Minister Ramesh Lekhak. The meeting focused on finalizing the appointment of the new central bank governor. The position has remained vacant since Chaitra 24 (early April), with Deputy Governor Neelam Dhungana currently serving as the acting governor. Sources indicate that Congress President Deuba has proposed the name of economist Dr. Bishwo Paudel for the role. The committee is now expected to deliberate on the proposed name and make a formal recommendation to the cabinet in the coming days.

      NEPSE trading ·20 May, 2025·1 min read
    • गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओलीको हस्तक्षेप, विश्वनाथ पौडेलप्रति असहमति
      Investor

      गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओलीको हस्तक्षेप, विश्वनाथ पौडेलप्रति असहमतिGovernor Appointment in Limbo as PM Oli Opposes Dr. Bishwanath Paudel’s Nomination

      गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओलीको हस्तक्षेप, विश्वनाथ पौडेलप्रति असहमति काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया फेरि एकपटक अन्योलमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली गभर्नरका लागि डा. विश्वनाथ पौडेलको नाममा सहमति जनाउन तयार नरहेको प्रस्ट भएको छ । छनोट समितिबाट पौडेलसहित तीनजना उम्मेदवारको नाम सिफारिस गर्ने तयारी भइरहँदा प्रधानमन्त्रीले संयोजक विष्णुप्रसाद पौडेललाई “आफ्नो रोजाइको नाममात्र ल्याउनू” भन्दै निर्देशन दिएपछि पूरा प्रक्रिया अवरुद्ध भएको हो ।Governor Appointment in Limbo as PM Oli Opposes Dr. Bishwanath Paudel’s Nomination Kathmandu – The process of appointing the next Governor of Nepal Rastra Bank has hit a roadblock as Prime Minister KP Sharma Oli has reportedly refused to approve the candidacy of economist Dr. Bishwanath Paudel under any circumstances. According to sources familiar with the matter, the selection committee had been preparing to recommend three names for the position, including Dr. Paudel. However, PM Oli intervened at the last moment, instructing committee coordinator Bishnu Prasad Paudel to only submit the names personally approved by him — effectively halting the entire process. While earlier discussions had suggested a mutual understanding between PM Oli and Nepali Congress President Sher Bahadur Deuba to appoint Dr. Paudel as a consensus candidate, the Prime Minister’s recent change of stance has created friction between the two leaders.

      NEPSE trading ·20 May, 2025·1 min read
    • आईपीओ पर्खिरहेका १४ कम्पनीको आवेदन अस्वीकृत, ४ अर्बभन्दा बढीको निष्कासन अन्योलमा
      Investor

      आईपीओ पर्खिरहेका १४ कम्पनीको आवेदन अस्वीकृत, ४ अर्बभन्दा बढीको निष्कासन अन्योलमा14 Companies Rejected from IPO Pipeline, Over NPR 4.21 Billion Worth of Issuances in Limbo

      आईपीओ पर्खिरहेका १४ कम्पनीको आवेदन अस्वीकृत, ४ अर्बभन्दा बढीको निष्कासन अन्योलमा काठमाडौं । नेपाल धितोपत्र बोर्डले अन्तिम समयमा आएर आईपीओ निष्कासनको तयारीमा रहेका १४ वटा कम्पनीको आवेदन अस्वीकृत गर्दै पाइपलाइनबाट हटाएको छ । बोर्डको यस निर्णयसँगै करिब ४ अर्ब २१ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन प्रक्रियामा अन्योलता पैदा भएको छ । अस्वीकृत भएका कम्पनीहरूमध्ये ६ वटा जलविद्युत् कम्पनी, २ वटा औषधि उद्योग, ४ वटा पर्यटन व्यवसाय, १ सञ्चार प्रतिष्ठान र १ हेलिकप्टर सेवा प्रदायक कम्पनी रहेका छन् । यी कम्पनीहरूमा एपेक्स हस्पिटालिटी, अर्किड होल्डिंग्स, अन्नपूर्ण केबलकार, ठमेल प्लाजा होटल एन्ड सुइट्स, सानिमा हाइड्रोपावर, रिचेत जलविद्युत्, बेनी हाइड्रोपावर, लाफिङ बुद्ध पावर, युनिक हाइडेल, पुवाखोला वान हाइड्रोपावर, एक्कर्ड फर्मास्युटिकल्स, सोपन फर्मास्युटिकल्स, कान्तिपुर टेलिभिजन र प्रभु हेलिकप्टर पर्छन् ।14 Companies Rejected from IPO Pipeline, Over NPR 4.21 Billion Worth of Issuances in Limbo Kathmandu – The Securities Board of Nepal (SEBON) has rejected IPO applications from 14 companies that were in the pipeline for public issuance. This last-minute decision has put IPOs worth NPR 4.21 billion into uncertainty. Among the rejected companies are 6 hydropower firms, 2 pharmaceutical companies, 4 from the tourism sector, one media house, and one helicopter service company. The companies include Apex Hospitality, Orchid Holdings, Annapurna Cable Car, Thamel Plaza Hotel & Suites, Sanima Hydropower, Richet Hydropower, Beni Hydropower, Laughing Buddha Power, Unique Hydel, Puwa Khola One Hydropower, Accord Pharmaceuticals, Sopan Pharmaceuticals, Kantipur Television, and Prabhu Helicopter.

      NEPSE trading ·20 May, 2025·1 min read
    • CHL छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद शेयर जेठ २३ गतेदेखि निष्कासन हुने
      Investor

      CHL छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद शेयर जेठ २३ गतेदेखि निष्कासन हुनेCHL Chyangdi Hydropower Limited to Issue 100% Right Shares from Jestha 23

      CHL छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद शेयर जेठ २३ गतेदेखि निष्कासन हुने CHL छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि आफ्नो शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृति अनुसार १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो। यस योजनाअनुसार, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३८ लाख ९ हजार ७७५ कित्ता हकप्रद शेयर जारी गर्दैछ। यसबाट कम्पनीले कुल ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको पुँजी संकलन गर्ने लक्ष्य राखेको छ।CHL Chyangdi Hydropower Limited to Issue 100% Right Shares from Jestha 23 CHL Chyangdi Hydropower Limited is set to issue 100% right shares starting from Jestha 23, 2082 (June 5, 2025). The company received approval from the Securities Board of Nepal (SEBON) to issue the shares at a 1:1 ratio, meaning shareholders will be entitled to one new share for every existing share they hold. Under this offering, the company will issue a total of 3,809,775 right shares at a par value of NPR 100 per share, aiming to raise NPR 380,977,500 in total.

      NEPSE trading ·20 May, 2025·1 min read
    • विकास हाइड्रोपावर लिमिटेडले पहिलो चरणको आईपीओ निष्कासन सुरु, जेठ ६ गतेदेखि आवेदन खुला
      Investor

      विकास हाइड्रोपावर लिमिटेडले पहिलो चरणको आईपीओ निष्कासन सुरु, जेठ ६ गतेदेखि आवेदन खुलाVikas Hydropower Limited Opens First Phase of IPO from Today (Jestha 6)

      विकास हाइड्रोपावर लिमिटेडले पहिलो चरणको आईपीओ निष्कासन सुरु, जेठ ६ गतेदेखि आवेदन खुला विकास हाइड्रोपावर लिमिटेडले आज (२०७८/०२/०६) देखि पहिलो चरणको आईपीओ निष्कासन तथा बिक्री प्रक्रिया सुरु गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूलाई लक्षित गर्दै आईपीओ जारी गरेको हो। नेपाल धितोपत्र बोर्डबाट स्वीकृत ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँ बराबरको चुक्तापुँजीमध्ये ४९ प्रतिशत, अर्थात् ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर कम्पनीले निष्कासन गर्न लागेको हो।Vikas Hydropower Limited Opens First Phase of IPO from Today (Jestha 6) Vikas Hydropower Limited has opened the first phase of its Initial Public Offering (IPO) from Jestha 6, 2082 (May 20, 2025). The company is issuing shares specifically for project-affected local residents and Nepali citizens working abroad. The company received approval from the Securities Board of Nepal (SEBON) to issue 49% of its issued capital — totaling NPR 44.54 crore out of the total NPR 90.91 crore — through the IPO. This translates to 44,54,596 units of ordinary shares.

      NEPSE trading ·20 May, 2025·1 min read
    • मन्त्रिपरिषद् बैठक स्थगित : गभर्नर नियुक्ति अन्योलमा
      Investor

      मन्त्रिपरिषद् बैठक स्थगित : गभर्नर नियुक्ति अन्योलमा PM Oli and NC President Deuba to Hold Crucial Meeting on Governor Appointment; Cabinet Meeting Postponed

      प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच आज गभर्नर नियुक्ति विषयमा भेटवार्ता हुँदै, मन्त्रिपरिषद् बैठक स्थगित प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज विशेष भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार उनीहरूबीच केहीबेरमा बालुवाटारमा छलफल तय भएको छ। स्रोतले दिएको जानकारीअनुसार, भेटवार्ताको मुख्य एजेन्डा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा सहमति जुटाउने रहेको छ। एमाले र कांग्रेसबीच गभर्नरको टुंगो लगाउने प्रयास भइरहेका बेला यो भेटलाई निकै महत्वपूर्ण मानिएको छ।PM Oli and NC President Deuba to Hold Crucial Meeting on Governor Appointment; Cabinet Meeting Postponed Kathmandu, May 19 – Prime Minister KP Sharma Oli and Nepali Congress President Sher Bahadur Deuba are set to hold a crucial meeting shortly. According to a source close to the Prime Minister, the meeting will take place soon at the PM's official residence in Baluwatar. The main agenda of the discussion is said to be reaching a consensus on the appointment of the new Governor of Nepal Rastra Bank. With ongoing negotiations between UML and the Congress, this meeting is being viewed as highly significant in finalizing the candidate for the central bank’s leadership.

      NEPSE trading ·19 May, 2025·1 min read
    • गभर्नर नियुक्ति : अन्तिम छलफलका लागि ओली र देउवाबीच भेटवार्ता
      Investor

      गभर्नर नियुक्ति : अन्तिम छलफलका लागि ओली र देउवाबीच भेटवार्ताPM Oli and NC President Deuba to Hold Key Meeting on NRB Governor Appointment This Evening

      गभर्नर नियुक्ति : अन्तिम छलफलका लागि ओली र देउवाबीच भेटवार्ता प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार साँझ महत्वपूर्ण भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकअघि उनीहरूबीच राष्ट्र बैंकको गभर्नर नियुक्ति विषयमा अन्तिम छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ। नेपाल राष्ट्र बैंक लामो समयदेखि गभर्नरविहीन रहेको बेला एमाले र कांग्रेसबीच गभर्नर नियुक्ति विषयमा रस्साकस्सी जारी छ। यस्तो संवेदनशील घडीमा दुई शीर्ष नेताबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सूत्रका अनुसार कांग्रेस र एमालेबीच कांग्रेस निकट डा. विश्व पौडेललाई गभर्नरमा नियुक्त गर्ने सहमति बनेको छ। तर हालसम्म सिफारिस समिति गठनको प्रक्रिया अगाडि बढ्न सकेको छैन। कानुनअनुसार सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरी मन्त्रिपरिषद्मा पठाउनु पर्नेछ। त्यसपछि मन्त्रिपरिषद्ले एकजनालाई गभर्नर नियुक्त गर्ने निर्णय गर्नुपर्ने व्यवस्था रहेको छ। अबको छलफलले गभर्नर नियुक्तिको जटिलता अन्त्य गर्ने आशा गरिएको छ।PM Oli and NC President Deuba to Hold Key Meeting on NRB Governor Appointment This Evening Prime Minister and CPN-UML Chairman KP Sharma Oli and Nepali Congress President Sher Bahadur Deuba are set to hold an important meeting this evening at the Prime Minister’s official residence in Baluwatar. According to the Prime Minister’s private secretariat, the meeting will take place just before the scheduled Cabinet meeting at 6 PM and will focus on final discussions regarding the appointment of the new Governor of Nepal Rastra Bank.

      NEPSE trading ·19 May, 2025·1 min read
    • नेप्सेमा बाउन्स ब्याक : ६ दिनको गिरावटपछि सूचक उकालो
      Investor

      नेप्सेमा बाउन्स ब्याक : ६ दिनको गिरावटपछि सूचक उकालोNEPSE Bounces Back: Market Rebounds After 6-Day Fall, ‘Morning Star’ Candle Hints Bullish Reversal

      नेप्सेमा बाउन्स ब्याक : ६ दिनको गिरावटपछि सूचक उकालो, ‘मर्निङ स्टार’ ले संकेत गर्‍यो सुधारको लगातार ६ कारोबार दिनसम्म ओरालो लागेको शेयर बजारले सोमबार पुनः सुधारको संकेत देखाएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.३० अंकले उकालो लाग्दै २६२८.३६ मा पुगेको छ। अघिल्लो दिन २६०९.०५ मा रोकिएको सूचकले २६ सयको मनोवैज्ञानिक स्तरमा टिक्दै लगानीकर्तामा आशा जगाएको हो। सोमबार ७ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। यद्यपि, कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ। कुल ३२४ कम्पनीका १ करोड ६२ लाख कित्ताभन्दा बढी शेयर किनबेच भए। राधी हाइड्रोपावरले ५९ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार गर्दै अग्रस्थान ओगट्यो भने नेपाल पुनर्बिमा र हिमालयन रिइन्सुरेन्सले क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे। ५ वटा कम्पनी सकारात्मक सर्किटमा पुगेका छन् भने १ कम्पनी नकारात्मक सर्किटमा थामिएको थियो। बजारले २५ सयको स्तर पार नगरी फर्किएको संकेतलाई विश्लेषकहरूले ‘साइकोलोजिकल सपोर्ट रेस्पेक्ट’ मानिरहेका छन्।NEPSE Bounces Back: Market Rebounds After 6-Day Fall, ‘Morning Star’ Candle Hints Bullish Reversal After six consecutive trading sessions of decline, the Nepal Stock Exchange (NEPSE) made a notable recovery on Monday. The benchmark index rose by 19.30 points to close at 2,628.36, signaling a potential trend reversal after holding firm near the key psychological level of 2,600. Although the total turnover surpassed NPR 7.35 billion, it slightly dropped compared to the previous day. More than 16.2 million shares from 324 companies were traded. Radhi Hydropower topped the turnover chart with transactions worth over NPR 597.6 million, followed by Nepal Reinsurance and Himalayan Reinsurance in second and third positions, respectively. Five companies hit the positive circuit limit, while one hit the negative circuit. Analysts interpret the market's rebound without breaching the 2,500 level as a sign of underlying investor confidence.

      NEPSE trading ·19 May, 2025·2 min read
    • गभर्नर नियुक्ति प्रक्रिया अन्योलमा, सिफारिस समिति अझैसम्म बोलाइएन
      Investor

      गभर्नर नियुक्ति प्रक्रिया अन्योलमा, सिफारिस समिति अझैसम्म बोलाइएनGovernor Appointment Process Still Uncertain, Recommendation Committee Yet to Meet

      गभर्नर नियुक्ति प्रक्रिया अन्योलमा, सिफारिस समिति अझैसम्म बोलाइएन नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अझै अन्योलमै छ। आज साँझ मन्त्रिपरिषद्को बैठकबाट नयाँ गभर्नर नियुक्त हुने अपेक्षा गरिएको भए पनि आवश्यक सिफारिस समितिको बैठकसमेत अझैसम्म तय नभएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। आज साँझ ६ बजेका लागि मन्त्रिपरिषद्को बैठक तय गरिएको छ। सो बैठकले नै राष्ट्र बैंकको नयाँ गभर्नरको नियुक्ति गर्ने सम्भावना रहेको भए पनि त्यसका लागि आवश्यक सिफारिस समिति नबोलाइएकाले प्रक्रिया अनिश्चित देखिएको हो।Governor Appointment Process Still Uncertain, Recommendation Committee Yet to Meet Kathmandu – The appointment process for the new Governor of Nepal Rastra Bank remains uncertain as the required meeting of the recommendation committee has yet to be scheduled. Despite expectations that the Cabinet meeting scheduled for 6 PM today would finalize the Governor's appointment, no progress has been made on convening the recommendation committee, according to the Finance Minister’s secretariat. The secretariat confirmed that it is still unclear whether the recommendation committee will even meet today. The authority to call the meeting rests with the Finance Minister, but no formal meeting has been initiated, and potential candidates’ names have not yet been shared with the committee members. If consensus is not reached among committee members once a name is proposed, the process could be delayed further.

      NEPSE trading ·19 May, 2025·1 min read
    • १० महिनामा १४ अर्ब १३ करोड रुपैयाँ बराबरको पुँजीगत लाभकर संकलन
      Investor

      १० महिनामा १४ अर्ब १३ करोड रुपैयाँ बराबरको पुँजीगत लाभकर संकलनOver Rs. 14.13 Billion Collected as Capital Gains Tax in 10 Months

      १० महिनामा १४ अर्ब १३ करोड रुपैयाँ बराबरको पुँजीगत लाभकर संकलन बैशाख महिनामै उठ्यो १ अर्ब २२ करोड रुपैयाँभन्दा बढी शेयर बजारको कारोबारसँगै संकलित पुँजीगत लाभकर (Capital Gains Tax) सरकारले चालु आर्थिक वर्षको पहिलो १० महिनामा १४ अर्ब १३ करोड १६ लाख रुपैयाँभन्दा बढी उठाएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा देखिएको उतारचढावसँगै बजार सक्रिय रहँदा लगानीकर्ताबाट संकलित करको परिमाण पनि उच्च देखिएको हो। बैशाखमा मात्रै १ अर्ब २२ करोड लाभकर CDS एंड क्लियरिङ लिमिटेडका अनुसार बैशाख महिनामा मात्रै १ अर्ब २२ करोड ९२ लाख ५१ हजार रुपैयाँ बराबरको पुँजीगत लाभकर संकलन गरिएको छ। नेप्सेमा गत महिना हरियाली सत्र बढेपछि कारोबार बढेको र त्यसबाट लगानीकर्ताले नाफा कमाएका कारण कर संकलन पनि उल्लेख्य भएको हो।Over Rs. 14.13 Billion Collected as Capital Gains Tax in 10 Months Over Rs. 1.22 Billion Collected in Baisakh Alone Kathmandu – The Government of Nepal has collected over Rs. 14.13 billion in capital gains tax (CGT) from stock market transactions in the first ten months of the current fiscal year (Shrawan to Baisakh). As trading volumes and profits surged in the Nepal Stock Exchange (NEPSE), the amount of capital gains tax collected from investors also saw a notable rise.

      NEPSE trading ·19 May, 2025·1 min read