NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Stock News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 108 / 144Next
    • सम्पत्ति शुद्धीकरणसम्बन्धी सूचना नदिएको भन्दै ११ ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डको कारबाही
      Investor

      सम्पत्ति शुद्धीकरणसम्बन्धी सूचना नदिएको भन्दै ११ ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डको कारबाहीSEBON Takes Action Against 11 Broker Companies for Failing to Submit AML Reports on Time

      सम्पत्ति शुद्धीकरणसम्बन्धी सूचना नदिएको भन्दै ११ ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डको कारबाही काठमाडौं – नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनिवार्य सूचना समयमा नपठाएका ११ ब्रोकर कम्पनीलाई कारबाही गरेको छ। बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार, ब्रोकर कम्पनीहरूले सम्पत्ति शुद्धीकरणसम्बन्धी कार्यसम्पादनको अर्धवार्षिक प्रतिवेदन निर्धारण गरिएको समयसीमाभित्र नपठाएपछि पहिलो चरणको कारबाहीस्वरूप लिखित सचेत गराइएको हो। सम्बन्धित प्रतिवेदन सो अवधि समाप्त भएको १५ दिनभित्र पेश गर्नुपर्ने व्यवस्था रहेकोमा उनीहरूले त्यसको पालना नगरेको पाइएको हो। गत २५ वैशाखमा बसेको बोर्डको सञ्चालक समितिको बैठकले कारबाही गर्ने निर्णय गरेको थियो। त्यसै निर्णयको आधारमा आइतबार सम्बन्धित कम्पनीहरूलाई कारबाहीको औपचारिक पत्र पठाइएको बोर्डले जनाएको छ।SEBON Takes Action Against 11 Broker Companies for Failing to Submit AML Reports on Time Kathmandu – The Securities Board of Nepal (SEBON) has taken disciplinary action against 11 broker and merchant capital companies for failing to submit their mandatory Anti-Money Laundering (AML) reports within the stipulated timeframe. According to SEBON spokesperson Niranjaya Ghimire, these companies did not submit their semi-annual performance reports related to AML compliance within 15 days after the reporting period ended, as required by regulation. As a result, SEBON has issued a formal written warning in the first phase of its action. The decision to initiate disciplinary measures was made during the board meeting held on Baisakh 25. Following that, SEBON dispatched official letters to the concerned companies on Sunday.

      NEPSE trading ·19 May, 2025·1 min read
    • ट्रेड टावर लिमिटेडले सर्वसाधारणबाट उठाउने पैसाले बैंकको ऋण तिर्ने र छानो मर्मत गर्ने
      Investor

      ट्रेड टावर लिमिटेडले सर्वसाधारणबाट उठाउने पैसाले बैंकको ऋण तिर्ने र छानो मर्मत गर्नेTrade Tower Limited’s IPO Plan: Raising Public Funds to Pay Bank Debt and Repair Infrastructure

      ट्रेड टावर लिमिटेडले सर्वसाधारणबाट उठाउने पैसाले बैंकको ऋण तिर्ने र छानो मर्मत गर्ने राजधानीको व्यावसायिक भवन सञ्चालक कम्पनी ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि करिब ३३ करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई झण्डै ४ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गरिसकेको छ। अब भने बाँकी ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो। कम्पनीले जारी गरेको विवरणअनुसार, आईपीओबाट संकलित रकममध्ये ७५ प्रतिशत अर्थात् ३० करोड रुपैयाँ लक्ष्मी सनराइज बैंकबाट लिएको कर्जा र ब्याज भुक्तानीमा खर्च गर्नेछ। त्यसपछि बाँकी रकममध्ये ९ करोड रुपैयाँ होटल क्रिस्टल पशुपति विस्तारमा, र ७१ लाख रुपैयाँ थापाथलीस्थित भवनको डोम र छानो मर्मतमा खर्च गर्ने बताइएको छ। ट्रेड टावर लिमिटेडले काठमाडौंको थापाथली र गौशालामा व्यापारिक भवन निर्माण गरी भाडामा दिँदै आएको छ। कम्पनीले भनेका अTrade Tower Limited’s IPO Plan: Raising Public Funds to Pay Bank Debt and Repair Infrastructure Trade Tower Limited is set to issue an Initial Public Offering (IPO) worth nearly NPR 330 million to the general public starting Jestha 14 (May 27, 2025). Previously, the company had already issued about NPR 39.7 million worth of shares to Nepali citizens working abroad. Now, it plans to issue the remaining 3,296,505 units of shares at a face value of NPR 100 per share. According to the company’s prospectus, a major portion of the raised capital — NPR 300 million, or 75% of the total proceeds — will be used to repay bank loans and interest to Laxmi Sunrise Bank. Additionally, NPR 90 million will go toward expanding Hotel Crystal Pashupati, adding new rooms and wellness facilities such as a sauna and spa. The remaining NPR 7.1 million will be used to repair the roof and dome of the Trade Tower building located in Thapathali, Kathmandu.

      NEPSE trading ·19 May, 2025·2 min read
    • ९ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप ११.५ प्रतिशतले वृद्धि
      Investor

      ९ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप ११.५ प्रतिशतले वृद्धिBank Deposits Grow by 11.5% in First Nine Months of Current Fiscal Year

      ९ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप ११.५ प्रतिशतले वृद्धि चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ९ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०७९/८० को तुलनामा यस आर्थिक वर्षको सोही अवधिमा कुल निक्षेप ११.५ प्रतिशतले वृद्धि भई ३६ खर्ब ८ अर्ब ४७ करोड पुगेको छ। गत वर्ष सोही अवधिमा निक्षेप ७.२ प्रतिशतले वृद्धि भएको थियो। वार्षिक बिन्दुगत हिसाबले हेर्दा २०८१ चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप ११.५ प्रतिशतले बढेको छ।Bank Deposits Grow by 11.5% in First Nine Months of Current Fiscal Year In the first nine months of the current fiscal year 2080/81, deposits in banks and financial institutions have increased by 11.5%, according to the latest data released by Nepal Rastra Bank (NRB). The total deposit amount has grown by NPR 3.608 trillion (or 3608.47 billion). During the same period last fiscal year, deposits had grown by 7.2%, reaching NPR 4.090 trillion. On a year-on-year point-to-point basis, total deposits as of the end of Chaitra 2081 (mid-April 2025) had increased by 11.5%.

      NEPSE trading ·19 May, 2025·1 min read
    • आज साँझ मन्त्रिपरिषद्को बैठक, राष्ट्र बैंकको गभर्नर नियुक्ति हुने सम्भावना
      Investor

      आज साँझ मन्त्रिपरिषद्को बैठक, राष्ट्र बैंकको गभर्नर नियुक्ति हुने सम्भावनाCabinet Meeting Scheduled Today; Possibility of Appointing New NRB Governor

      आज साँझ मन्त्रिपरिषद्को बैठक, राष्ट्र बैंकको गभर्नर नियुक्ति हुने सम्भावना प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठकको प्रमुख एजेन्डा नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको विषय रहेको जनाइएको छ। गभर्नर चयन प्रक्रिया अघि बढाउन सिफारिस समिति गठन भइसकेको छ। अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य रहेको समितिले तीन जनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गर्नुपर्ने प्रावधान छ।Cabinet Meeting Scheduled Today; Possibility of Appointing New NRB Governor Prime Minister KP Sharma Oli has called a Cabinet meeting for today at 6 PM. The key agenda of the meeting is expected to be the appointment of a new Governor for Nepal Rastra Bank (NRB). A recommendation committee has already been formed to initiate the selection process. The committee is chaired by Finance Minister Bishnu Poudel, with former Governor Maha Prasad Adhikari and economist Dr. Posh Raj Pandey as members. As per procedure, the committee must recommend three candidates for the post of Governor.

      NEPSE trading ·19 May, 2025·1 min read
    • नेपाल राष्ट्र बैंकद्वारा आर्थिक वर्ष २०८१/८२ को निक्षेप संकलन नतिजा सार्वजनिक
      Top

      नेपाल राष्ट्र बैंकद्वारा आर्थिक वर्ष २०८१/८२ को निक्षेप संकलन नतिजा सार्वजनिकNepal Rastra Bank Publishes Detailed Report on Deposit Collection Auction Results for FY 2081/082

      नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा ७४ वटा नियमित निक्षेप संकलन बोलपत्र सञ्चालन गरेको छ। कुल ३४५.९० करोड रुपैयाँको प्रस्ताव आह्वान गरिएकामा २४८.९३ करोड रुपैयाँको बोलपत्र प्राप्त भएको र २९८.१९ करोड रुपैयाँ निक्षेप जारी गरिएको हो। अधिकतम ब्याजदर ३.००% कायम गरिएकामा तौलित औसत ब्याजदर (WAR) २.८६७१% देखि ३.००% बीचमा रहेको छ। बोलपत्र अवधि ७ देखि २५ दिन सम्मका थिए। अधिकांश बोलपत्रमा उच्च सहभागिता देखिएको छ, जसले राष्ट्र बैंकको तरलता व्यवस्थापन रणनीति प्रभावकारी रहेको देखाउँछ।The Nepal Rastra Bank (NRB) conducted 74 regular deposit collection auctions during fiscal year 2081/82. A total of Rs. 345.90 crore was offered, with Rs. 248.93 crore in bids received and Rs. 298.19 crore issued. The interest rate ceiling was 3.00%, while the weighted average rate (WAR) ranged between 2.8671% and 3.0000%. The auction tenures varied from 7 to 25 days, and participation remained strong across most auctions. This reflects the central bank’s effective liquidity management and a stable short-term interest rate environment.

      Nepsetrading·18 May, 2025·1 min read
    • नाडेप लघुवित्तको १०औं वार्षिक साधारण सभा जेठ २५ गते Galchi मा हुने
      Top

      नाडेप लघुवित्तको १०औं वार्षिक साधारण सभा जेठ २५ गते Galchi मा हुनेNADEP Laghubitta Announces 10th AGM on Jestha 25

      नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १०औं वार्षिक साधारण सभा २०८२ साल जेठ २५ गते धादिङको गल्छीस्थित ट्रिपल क्राउन रिसोर्टमा आयोजना गर्दैछ। सभामा आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृति, २०८१/८२ को अडिटर नियुक्ति, सेयर स्वामित्व अनुपात परिवर्तन र गाभ्ने/गाभिने प्रक्रिया सम्बन्धी प्रस्तावहरू प्रस्तुत हुनेछन्। जेठ १२ गतेसम्म सेयर कायम गरेका शेयरधनीहरूले सभामा सहभागी हुन सक्नेछन्।NADEP Laghubitta Bittiya Sanstha Limited is holding its 10th Annual General Meeting (AGM) on 25th Jestha, 2082, at Triple Crown Resort, Galchi, Dhading. The meeting will cover endorsement of financial reports for FY 2080/81, appointment of an auditor for FY 2081/82, discussion on changing the shareholding ratio, and authorization for potential mergers or acquisitions. The book closure date is set for 12th Jestha, meaning shareholders registered before this date can attend the meeting.

      Nepsetrading·18 May, 2025·1 min read
    • (PPL) पिपुल्स पावर लिमिटेडको ५०% हकप्रद सेयर निष्कासन प्रस्ताव धितोपत्र बोर्डबाट स्वीकृत
      Top

      (PPL) पिपुल्स पावर लिमिटेडको ५०% हकप्रद सेयर निष्कासन प्रस्ताव धितोपत्र बोर्डबाट स्वीकृत(PPL)People's Power Limited Gets SEBON Nod for 50% Right Share Issuance

      पिपुल्स पावर लिमिटेडले ५०% हकप्रद सेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्ड (SEBON) बाट स्वीकृति प्राप्त गरेको छ। कम्पनीले ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर रु. ३१.६३ करोड बराबरमा १:०.५० अनुपातमा निष्कासन गर्नेछ। सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी रु. ६३.२६ करोडबाट बढेर रु. ९४.८९ करोड पुग्नेछ। प्रभु क्यापिटल लिमिटेड निष्कासन व्यवस्थापक नियुक्त गरिएको छ।People's Power Limited (PPL) has received approval from the Securities Board of Nepal (SEBON) to issue 50% right shares. The company will issue 31,63,000 right shares worth Rs. 31.63 Crores at a 1:0.50 ratio to its existing shareholders. The paid-up capital will increase from Rs. 63.26 Crores to Rs. 94.89 Crores after the issuance. Prabhu Capital Limited has been appointed as the issue manager.

      Nepsetrading·18 May, 2025·1 min read
    • (TPC) तेह्रथुम पावर कम्पनी लिमिटेडको १००% हकप्रद सेयरका लागि आज अन्तिम कारोबार दिन
      Top

      (TPC) तेह्रथुम पावर कम्पनी लिमिटेडको १००% हकप्रद सेयरका लागि आज अन्तिम कारोबार दिन(TPC) Terhathum Power Company Announces 100% Right Share Issue; Today is the Last Day to Qualify

      तेह्रथुम पावर कम्पनी लिमिटेडको १००% हकप्रद सेयर पाउन आज (जेठ ४) अन्तिम कारोबार दिन हो। कम्पनीले हालका सेयरधनीहरूलाई १:१ अनुपातमा ४० लाख कित्ता सेयर, कुल रू. ४० करोड बराबरको हकप्रद सेयर जारी गर्दैछ। यसपछि चुक्तापूँजी रू. ८० करोड हुनेछ। नबिल इन्भेष्टमेन्ट बैंकिङ निष्कासन प्रबन्धक हो। जेठ ५ को बुक क्लोज मितिभन्दा अघि नाम कायम भएका सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।Today (Jestha 4) is the last trading day to be eligible for the 100% right shares of Terhathum Power Company Limited (TPC). The company is issuing 4 million right shares worth Rs. 40 crores in a 1:1 ratio to existing shareholders. After issuance, the paid-up capital will double to Rs. 80 crores. Nabil Investment Banking is the issue manager. Only shareholders recorded before the book closure date of Jestha 5 can apply for the right shares.

      NepseTrading·18 May, 2025·1 min read
    • बाग्लुङमा दिव्या सेक्युरिटिज र नेप्से ट्रेडिङ डटकमको सहकार्यमा एक दिने शेयर तालिम सम्पन्न
      Investor

      बाग्लुङमा दिव्या सेक्युरिटिज र नेप्से ट्रेडिङ डटकमको सहकार्यमा एक दिने शेयर तालिम सम्पन्नOne-Day Share Training Successfully Conducted in Baglung by Divya Securities and NepseTrading.com

      बाग्लुङमा दिव्या सेक्युरिटिज र नेप्से ट्रेडिङ डटकमको सहकार्यमा एक दिने शेयर तालिम सम्पन्न बाग्लुङ, दिव्या सेक्युरिटिज ब्रोकर नं. ५९ को आयोजनामा र नेप्से ट्रेडिङ डटकमको सहकार्यमा बाग्लुङमा एक दिने शेयर तालिम कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा करिब २०० जनाभन्दा बढी सहभागी रहेका थिए। उक्त तालिममा प्रमुख प्रशिक्षकको रूपमा नेप्से ट्रेडिङ डटकमका प्रमुख कार्यकारी अधिकृत (CEO) सन्दीप कुमार चौधरीले प्रशिक्षण दिएका थिए। तालिमपछि इन्भेष्टर मिट कार्यक्रम पनि सञ्चालन गरिएको थियो, जसमा सयौं लगानीकर्ताको उपस्थिति रहेको थियो। इन्भेष्टर मिटको सहजकर्ता नेप्से ट्रेडिङ डटकमका सञ्चालक तथा सम्पादक दिपेश घिमिरे थिए। कार्यक्रममा आयोजित प्यानल छलफलमा नेप्से ट्रेडिङ डटकमका CEO सन्दीप कुमार चौधरी, दिव्या सेक्युरिटिज ब्रोकर नं. ५९ का अध्यक्ष राम प्रसाद आचार्य, र स्थानीय लगानीकर्ता यम प्रसाद शर्मा सहभागी थिए। लगानीकर्ताहरूबाट उठाइएका विविध प्रश्नको जवाफ प्यानल सदस्यहरूले दिएका थिए। कार्यक्रममा दिव्या सेक्युरिटिज ब्रोकर नं. ५९ का CEO निर्दोष लम्सालले यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि आयोजना गरिने प्रतिबद्धता जनाए। अध्यक्ष राम प्रसाद आचार्यले ब्रोकर प्रणालीमा रहेको उधारो कारोबारको समस्या र ब्रोकर मर्जर सम्बन्धी विषयमा धारणा राखे। त्यस्तै, बाग्लुङ शाखाका ब्रान्च म्यानेजर विवश गैरेले बाग्लुङमा लगानीकर्ताको चासो तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै नेप्से ट्रेडिङ डटकमसँग निरन्तर सहकार्यको प्रतिवद्धता व्यक्त गरे। नेप्से ट्रेडिङ डटकमका सञ्चालक जगन्नाथ थपलियाले देशका अन्य स्थानहरूमा समेत यस्ता कार्यक्रम छिट्टै सञ्चालन गरिने जानकारी दिएका छन्। यो कार्यक्रमले बाग्लुङमा वित्तीय चेतना अभिवृद्धि गर्नुका साथै लगानीकर्ताबीच व्यावहारिक जानकारी विस्तारमा ठूलो भूमिका खेलेको देखिएको छ।One-Day Share Training Successfully Conducted in Baglung by Divya Securities and NepseTrading.com Baglung, Jestha – A one-day share market training program was successfully held in Baglung, organized by Divya Securities Broker No. 59 in collaboration with NepseTrading.com. The event witnessed the participation of nearly 200 individuals. The training session was led by the CEO of NepseTrading.com, Mr. Sandeep Kumar Chaudhary, who served as the lead trainer. Following the training, an Investor Meet was also organized, attracting hundreds of enthusiastic investors. The Investor Meet was moderated by Dipesh Ghimire, Director and Editor at NepseTrading.com. The panel discussion during the meet featured Mr. Sandeep Kumar Chaudhary (CEO of NepseTrading.com), Mr. Ram Prasad Acharya (Chairman of Divya Securities Broker No. 59), and local investor Mr. Yam Prasad Sharma. Panelists addressed various questions raised by the investors in attendance. Speaking at the event, CEO of Divya Securities, Mr. Nirdosh Lamsal, expressed his commitment to organizing more such programs in the future. Chairman Mr. Acharya highlighted critical issues such as problems arising from credit-based transactions in brokerage services and the topic of broker mergers. Branch Manager of Divya Securities’ Baglung office, Mr. Vibash Gaire, noted the growing interest of investors in the region and affirmed continued collaboration with NepseTrading.com. Similarly, Mr. Jagannath Thapaliya, Director at NepseTrading.com, announced plans to organize similar programs in other regions soon. This program significantly contributed to enhancing financial literacy and providing practical insights for investors in Baglung.

      NEPSE trading ·18 May, 2025·1 min read
    • वाणिज्य बैंकहरूको मुद्दति ब्याजदरमा सामान्य गिरावट — ऋण प्रवाह सुस्त हुँदा ब्याजदर घट्दै
      Investor

      वाणिज्य बैंकहरूको मुद्दति ब्याजदरमा सामान्य गिरावट — ऋण प्रवाह सुस्त हुँदा ब्याजदर घट्दैCommercial Banks Reduce Fixed Deposit Rates Slightly in Jetha; Liquidity Pressure Remains High

      वाणिज्य बैंकहरूको मुद्दति ब्याजदरमा सामान्य गिरावट — ऋण प्रवाह सुस्त हुँदा ब्याजदर घट्दै नेपाली वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा दिने ब्याजदर २०८२ सालको जेठ महिनामा औसतमा ५.९४ प्रतिशत कायम गरेका छन्। अघिल्लो महिना अर्थात् वैशाखमा यो दर ५.९८ प्रतिशत थियो। यद्यपि यो सानो गिरावट हो, तर यसले मुलुकको बैंकिङ प्रणालीमा गहिरो संकेत दिइरहेको छ — अत्यधिक तरलता, कमजोर कर्जा प्रवाह, र नीतिगत अवरोधहरू। ब्याजदरमा ०.०४ प्रतिशत बिन्दुको गिरावट देखिएको छ। यो गिरावट खासै ठूलो नभए पनि यसले बैंकहरू ब्याज घटाउने क्रममै रहेको सन्देश दिन्छ। ब्याजदर घटाउने यो ट्रेन्ड पछिल्लो केही महिनादेखि नै चलिरहेको छ, जुन बैंकहरूको आन्तरिक तरलता व्यवस्थापन र नीति अनुकूलनसँग सम्बन्धित छ।Commercial Banks Reduce Fixed Deposit Rates Slightly in Jetha; Liquidity Pressure Remains High Nepal's commercial banks have slightly reduced the interest rates offered on individual fixed deposits for the month of Jetha 2082. According to recent data, the average fixed deposit rate has dropped to 5.94%, down from 5.98% in Baisakh 2082. While the decline of just 0.04 percentage points may appear minor, it reflects deeper economic signals — including excess liquidity, sluggish credit growth, and policy-related constraints.

      NEPSE trading ·14 May, 2025·3 min read
    • प्रि-बजेट छलफलका लागि प्रतिनिधि सभामा १८ घण्टा समय निर्धारण, सत्तापक्षलाई बढी समय
      Investor

      प्रि-बजेट छलफलका लागि प्रतिनिधि सभामा १८ घण्टा समय निर्धारण, सत्तापक्षलाई बढी समयHouse of Representatives Allocates 18 Hours for Pre-Budget Discussion, Ruling Coalition Gets Larger Share of Time

      प्रि-बजेट छलफलका लागि प्रतिनिधि सभामा १८ घण्टा समय निर्धारण, सत्तापक्षलाई बढी समय चालू आर्थिक वर्षको प्रि-बजेट छलफलका लागि प्रतिनिधि सभाले चार दिन समय निर्धारण गरेको छ। आज (जेठ ३० गते), भोलि, जेठ १ गते र जेठ २ गते गरी चार दिनमा कुल १८ घण्टा (१०८३ मिनेट) छलफल गरिने भएको हो। आज ४ घण्टा, भोलि ५ घण्टा, जेठ १ गते ४ घण्टा र जेठ २ गते ५ घण्टा गरी छलफलको समय तोकिएको संसद सचिवालयले जनाएको छ।House of Representatives Allocates 18 Hours for Pre-Budget Discussion, Ruling Coalition Gets Larger Share of Time The House of Representatives has scheduled four days of pre-budget discussion ahead of the upcoming fiscal year’s budget announcement. The discussion will be held on May 13, 14, 15, and 16 (Jestha 30, 31, 1, and 2) with a total of 18 hours (1,083 minutes) allocated for parliamentary deliberation.

      NEPSE trading ·13 May, 2025·1 min read
    • (NIL) नेको इन्स्योरेन्सको तेस्रो त्रैमासमा ३६ करोड ९३ लाख नाफा, बीमाशुल्क आर्जनमा वृद्धि
      Investor

      (NIL) नेको इन्स्योरेन्सको तेस्रो त्रैमासमा ३६ करोड ९३ लाख नाफा, बीमाशुल्क आर्जनमा वृद्धि(NIL) Neco Insurance Earns NPR 369.3 Million Profit in Q3; Premium Income Sees Strong Growth

      (NIL)नेको इन्स्योरेन्सको तेस्रो त्रैमासमा ३६ करोड ९३ लाख नाफा, बीमाशुल्क आर्जनमा वृद्धि चालू आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास (चैत मसान्त) सम्म नेको इन्स्योरेन्स लिमिटेडले ३६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यसरी कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा केही मात्रामा घटेको देखिएको छ। बीमा कारोबारको पक्षमा भने कम्पनीले उल्लेखनीय सुधार देखाएको छ। समीक्षा अवधिमा नेको इन्स्योरेन्सले १ अर्ब २२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ७ करोड रुपैयाँको तुलनामा उच्च वृद्धि हो। कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ। त्यस्तै, महाविपत्ति कोषमा १५ करोड ६७ लाख रुपैयाँ र जगेडा कोषमा ६७ करोड ६१ लाख रुपैयाँ सञ्चित रहेको छ, जसले कम्पनीको जोखिम वहन क्षमतालाई मजबुत बनाउँछ।(NIL) Neco Insurance Earns NPR 369.3 Million Profit in Q3; Premium Income Sees Strong Growth (NIL) Neco Insurance Limited has reported a net profit of NPR 369.3 million for the third quarter of the current fiscal year 2080/81 (up to mid-April). This marks a slight decrease compared to the NPR 377.4 million profit reported during the same period last year. (NIL) On the positive side, the company’s net premium income increased to NPR 1.22 billion, up from NPR 1.07 billion in the previous fiscal year’s third quarter. This indicates a healthy growth in its core insurance business.

      NEPSE trading ·13 May, 2025·1 min read
    • SNLI सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयर बिक्री खुला, वैशाख ३० देखि आवेदन खुला
      Investor

      SNLI सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयर बिक्री खुला, वैशाख ३० देखि आवेदन खुलाSNLI Sun Nepal Life Insurance Opens Rights Share Issue from Today

      SNLI सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयर बिक्री खुला, वैशाख ३० देखि आवेदन खुला SNLI सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (वैशाख ३० गते) बाट आफ्नो हकप्रद सेयर निष्कासन तथा बिक्री प्रक्रिया सुरु गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड (SEBON) बाट प्राप्त स्वीकृतिअनुसार १:०.२७ को अनुपातमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर जारी गरेको हो। हकप्रद सेयरको मूल्य प्रति कित्ता रु. १०० निर्धारण गरिएको छ।Sun Nepal Life Insurance Opens Rights Share Issue from Today SNLI Sun Nepal Life Insurance Company Limited has officially opened the issuance and sale of its rights shares starting today, Baisakh 30. As per the approval received from the Securities Board of Nepal (SEBON), the company is issuing a total of 10,696,320 units of rights shares in the ratio of 1:0.27 at a face value of NPR 100 per share.

      NEPSE trading ·13 May, 2025·1 min read
    • RNLI रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३६.८५% ले वृद्धि, बीमा कारोबारमा सशक्त सुधार देखिए
      Investor

      RNLI रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३६.८५% ले वृद्धि, बीमा कारोबारमा सशक्त सुधार देखिएRNLI Reliable Nepal Life Insurance Sees 36.85% Surge in Profit: Strong Growth in Premium Income and Earnings per Share

      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३६.८५% ले वृद्धि, बीमा कारोबारमा सशक्त सुधार देखिए RNLI RNLI RNLI चालू आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले उल्लेखनीय प्रगति हासिल गरेको छ। कम्पनीले चैत मसान्तसम्ममा ४६ करोड ५७ लाख ९६ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३४ करोड २ लाख रुपैयाँ नाफासँग तुलना गर्दा ३६.८५ प्रतिशतले वृद्धि भएको देखिन्छ। यो वृद्धिले कम्पनीको वित्तीय अवस्था सुदृढ हुँदै गएको स्पष्ट पार्दछ।RNLI Reliable Nepal Life Insurance Sees 36.85% Surge in Profit: Strong Growth in Premiu Income and Earnings per Share Reliable Nepal Life Insurance has posted impressive financial performance for the third quarter of the current fiscal year 2080/81 (2023/24). As of the end of Chaitra, the company has reported a net profit of NPR 465.8 million, marking a significant 36.85% increase compared to NPR 340.2 million in the same period of the previous fiscal year. This sharp rise highlights the insurer’s improving profitability and operational efficiency.

      NEPSE trading ·13 May, 2025·1 min read
    • नेपालको आयात प्रवृत्ति: घटबढले भरिएको सात वर्षको आर्थिक यात्रा
      Trending

      नेपालको आयात प्रवृत्ति: घटबढले भरिएको सात वर्षको आर्थिक यात्राNepal's Import Trends: A Volatile Journey Marked by Policy Shifts and Economic Shocks

      पछिल्ला सात आर्थिक वर्षमा नेपालको आयात प्रवृत्ति निकै उतारचढावपूर्ण देखिएको छ। २०७६/७७ मा आयात उच्चतम विन्दु १९ खर्ब २० अर्ब रुपैयाँ पुगेको थियो भने २०७९/८० मा कडा आयात नियन्त्रण नीतिका कारण ११ खर्ब ६७ अर्बमा झरेको थियो। २०८०/८१ मा पुनः सुधार भएर १३ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ। यसले नेपालले विदेशी वस्तुहरूमा अत्यधिक निर्भरता गरेको र दीगो घरेलु उत्पादन नीति आवश्यक भएको स्पष्ट देखिन्छ।Nepal's import trend over the past seven fiscal years has been highly volatile. Imports peaked at Rs. 1920.4 billion in FY 2019/20 and then dropped significantly to Rs. 1167.4 billion in FY 2022/23 due to COVID-19 impacts and government-imposed import restrictions. In FY 2023/24, imports slightly rebounded to Rs. 1309.5 billion. The data shows Nepal’s heavy dependence on foreign goods and the need for sustainable domestic production policies to reduce trade imbalance.

      Nepsetrading·11 May, 2025·1 min read
    • एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गर्‍यो
      Stock

      एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गर्‍योNLG Insurance Announces Dividend Distribution

      एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गर्‍यो एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको संचित मुनाफाबाट सेयरधनीहरूलाई २.६३१५७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९२० रुपैयाँको चुक्तापुँजीका आधारमा २.५ प्रतिशत बोनस सेयर (६ करोड २५ लाख ६५ हजार ४४८ रुपैयाँ) र ०.१३१५७९ प्रतिशत नगद लाभांश (३२ लाख ९२ हजार ९७१ रुपैयाँ) दिने निर्णय गरेको हो।NLG Insurance Announces Dividend Distribution NLG Insurance Company Limited has announced a dividend distribution of 2.631579% from its accumulated profit for the last fiscal year. In a board meeting held on Friday, the company decided to distribute a total of 2.63% dividend based on the paid-up capital of NPR 2.5 billion, which includes 2.5% bonus shares worth NPR 62.56 million and 0.131579% cash dividend worth NPR 3.29 million for tax purposes.

      Nepse trading·11 May, 2025·<1 min read
    • ALICL एशियन लाइफ इन्स्योरेन्सले १:०.४२ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने
      Investor

      ALICL एशियन लाइफ इन्स्योरेन्सले १:०.४२ अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेALICL Asian Life Insurance to Issue Rights Shares at 1:0.42 Ratio Kathmandu — Asian Life Insurance Company Limited has received approval from the Securities Board of Nepal (SEBON) to issue rights shares at a 1:0.42 ratio. The company will issue a total of 14,279,312.48 units of ordinary shares at a par value of Rs. 100 per share. This means shareholders will be entitled to receive 0.42 units of rights shares for every 1 unit they currently hold. The purpose of this issuance is to strengthen the company’s capital base and support future expansion and operational plans.

      एशियन लाइफ इन्स्योरेन्सले १:०.४२ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १:०.४२ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट कम्पनीलाई हकप्रद सेयर निष्काशनका लागि आवश्यक स्वीकृति प्राप्त भएको छ। कम्पनीले जारी पूँजीका आधारमा कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता साधारण हकप्रद सेयर प्रतिकित्ता रु. १००/- को दरले निष्काशन गर्न लागेको हो। सो अनुपातअनुसार, प्रत्येक १ कित्ता सेयरमा ०.४२ कित्ता हकप्रद सेयर पाइनेछ।Asian Life Insurance to Issue Rights Shares at 1:0.42 Ratio Kathmandu — Asian Life Insurance Company Limited has received approval from the Securities Board of Nepal (SEBON) to issue rights shares at a 1:0.42 ratio. The company will issue a total of 14,279,312.48 units of ordinary shares at a par value of Rs. 100 per share. This means shareholders will be entitled to receive 0.42 units of rights shares for every 1 unit they currently hold. The purpose of this issuance is to strengthen the company’s capital base and support future expansion and operational plans.

      NEPSE trading ·9 May, 2025·1 min read
    • नेप्से बजारमा बुधबारको वृद्धिको पछि बिहीबार करेक्सन, लगानीकर्तामा विश्वास कायम
      Trending

      नेप्से बजारमा बुधबारको वृद्धिको पछि बिहीबार करेक्सन, लगानीकर्तामा विश्वास कायमNEPSE Market Faces Correction After Wednesday's Rise, Investor Confidence Remains Strong

      नेप्से बजारमा बुधबारको वृद्धिको पछि बिहीबार करेक्सन, लगानीकर्तामा विश्वास कायम नेप्से बजार बुधबारको चर्को वृद्धिको पछि बिहीबार भने उक्त वृद्धि कायम राख्न सकेन। कारोबार अवधिभर सूचकमा उतार चढाव देखिएको थियो, जसले बजारमा अस्थिरता बढायो। आज नेप्से परिसूचक १२.०४ अंक घटेर २६६१.६४ विन्दुमा पुगेको छ। बिहीबार ३१५ कम्पनीको तीन करोड ७ लाख ९९ हजार ९१ कित्ता शेयर ११ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ, जुन बुधबारको तुलनामा १४.५२ प्रतिशत बढी हो। यस दिन ५ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ, जसमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, छ्याङदी हाईड्रोपावर, ओम मेगाश्री फर्मास्यूटिकल्स र आइसीएफसी फाइनान्स रहेका छन्।NEPSE Market Faces Correction After Wednesday's Rise, Investor Confidence Remains Strong The NEPSE market experienced a significant rise on Wednesday, but it was unable to maintain that momentum on Thursday. Throughout the trading session, there was notable volatility, leading to increased market instability. Today, the NEPSE index dropped by 12.04 points, reaching 2661.64 points.

      NEPSE trading ·8 May, 2025·2 min read
    • राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको हकप्रद शेयर निष्कासन स्वीकृत
      Investor

      राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको हकप्रद शेयर निष्कासन स्वीकृतApproval Granted for Rights Issue of Raptai Hydro & General Construction Limited

      राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको हकप्रद शेयर निष्कासन स्वीकृत नेपाल धितोपत्र बोर्डले राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको १:१ अनुपातमा प्रति शेयर रू. १००/- का दरमा ६१,२७,९३८ कित्ता साधारण शेयर हकप्रद निष्कासन गर्नका लागि हकप्रद शेयर निष्कासन व्यवस्था र विवरणहरू प्रकाशन गर्नका लागि स्वीकृति प्रदान गरेको छ।Approval Granted for Rights Issue of Raptai Hydro & General Construction Limited The Nepal Securities Board has approved the rights issue of Raptai Hydro & General Construction Limited, offering 61,279,938 ordinary shares at a rate of NPR 100 per share, in a 1:1 ratio.

      NEPSE trading ·8 May, 2025·<1 min read
    • आज प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद बैठक आह्वान, राष्ट्र बैंकको गभर्नर नियुक्ति सम्भावना
      Investor

      आज प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद बैठक आह्वान, राष्ट्र बैंकको गभर्नर नियुक्ति सम्भावनाCabinet Meeting Called Today by PM Oli, Central Bank Governor Appointment Likely

      आज प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद बैठक आह्वान, राष्ट्र बैंकको गभर्नर नियुक्ति सम्भावना प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज अपरान्ह ५ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्नेछ। बैठकमा संसदमा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि भइरहेको छलफल, सरकारका नियमित कामकारबाहीहरूको समीक्षा, समसामयिक विषयहरू तथा राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा पनि छलफल हुने बताइएको छ। स्रोतका अनुसार आजको बैठकबाटै राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको छ। यसै विषयलाई लिएर राजनीतिक तहमा चासो थपिएको छ।Cabinet Meeting Called Today by PM Oli, Central Bank Governor Appointment Likely Prime Minister KP Sharma Oli has called a meeting of the Council of Ministers today. According to the Prime Minister's Secretariat, the meeting will be held at 5 PM at the Prime Minister’s official residence in Baluwatar. The agenda for the meeting includes discussion on the ongoing parliamentary deliberations regarding the upcoming fiscal year’s policies and programs, a review of regular governmental activities, current national issues, and notably, the appointment of the Governor of Nepal Rastra Bank. Sources suggest that the new Governor of the central bank could be appointed during today’s meeting itself, drawing significant political attention.

      NEPSE trading ·8 May, 2025·<1 min read