
पूँजीबजार सुधारमा सरकारको जोड, विदेशी संस्थागत लगानी भित्र्याउने स्पष्ट संकेतGovernment Prioritizes Capital Market Reform, Signals Opening for Foreign Institutional Investors
पूँजीबजार सुधारमा सरकारको जोड, विदेशी संस्थागत लगानी भित्र्याउने स्पष्ट संकेत सरकारले नेपालको पूँजीबजारलाई थप पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउने लक्ष्यसहित दीर्घकालीन सुधारको संकेत दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग सुझाव मागेपछि पूँजीबजार सुधार सरकारको प्राथमिकतामा परेको स्पष्ट देखिएको छ। यसअघि सार्वजनिक गरिएको सय बुँदे कार्ययोजनालाई आधार बनाएर तयार पारिएको यो मस्यौदा अब नीतिगत रूपमा संस्थागत गर्ने तयारी गरिएको जनाइएको छ।Government Prioritizes Capital Market Reform, Signals Opening for Foreign Institutional Investors The government has placed renewed focus on strengthening Nepal’s capital market, outlining plans to make it more transparent, secure, and investment-friendly. The Office of the Prime Minister and Council of Ministers recently unveiled a draft of an 18-point “National Commitment Document” and invited feedback from stakeholders, signaling an effort to turn policy intentions into a structured and long-term reform framework.


















