NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Stock News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 25 / 143Next
    • विन नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने
      Top

      विन नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने

      विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (WNLB) ले चालु आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव नगरी वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने निर्णय गरेको जनाएको छ। स्वीकृतिपछि उक्त विवरण वार्षिक साधारण सभामा पेश गरिनेछ।

      NEPSE TRADING·3 Mar, 2026·1 min read
    • प्रभु इन्स्योरेन्सद्वारा ८.७ प्रतिशत बोनस शेयरसहित लाभांश घोषणा
      Top

      प्रभु इन्स्योरेन्सद्वारा ८.७ प्रतिशत बोनस शेयरसहित लाभांश घोषणा

      प्रभु इन्स्योरेन्स लिमिटेड (PRIN) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई ८.७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ।

      NEPSE TRADING·3 Mar, 2026·<1 min read
    • नेप्से १९.२७ अंकले बढ्दै २६७४ विन्दुमा बन्द, कारोबार रकम ५ अर्ब नाघ्यो
      Top

      नेप्से १९.२७ अंकले बढ्दै २६७४ विन्दुमा बन्द, कारोबार रकम ५ अर्ब नाघ्यो

      साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा बन्द भएको छ। बजारमा सकारात्मक माहोल कायम रहँदा कारोबार रकम पनि बढेर ५ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी पुगेको छ। सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सबै १३ उपसमूहका परिसूचक वृद्धि हुँदा वित्त उपसमूह सर्वाधिक २.२२ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ।

      NEPSE TRADING·1 Mar, 2026·1 min read
    • नेप्सेद्वारा ‘आईटी अडिट गाइडलाइनस् २०२६’ लागू, ब्रोकर कम्पनीहरूका लागि अनिवार्य प्रविधि अडिट
      Top

      नेप्सेद्वारा ‘आईटी अडिट गाइडलाइनस् २०२६’ लागू, ब्रोकर कम्पनीहरूका लागि अनिवार्य प्रविधि अडिट

      नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लगानीकर्ताको डाटा सुरक्षा र डिजिटल कारोबार प्रणालीलाई मजबुत बनाउन ‘आईटी अडिट गाइडलाइनस् २०२६’ लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार सबै ब्रोकर कम्पनीहरूले आफ्नो ट्रेडिङ सिस्टम, वेबसाइट, मोबाइल एप, सर्भर र ग्राहक डाटा व्यवस्थापन प्रणालीको अनिवार्य आईटी अडिट गराउनुपर्नेछ। ब्रोकरहरूले प्रत्येक दुई वर्षमा कम्तीमा एक पटक अडिट गर्नुपर्नेछ भने नियम पालना नगर्ने कम्पनीहरूलाई कारबाही गरिने नेप्सेले जनाएको छ। यस कदमले शेयर बजारलाई थप सुरक्षित र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।

      NEPSE TRADING·1 Mar, 2026·1 min read
    • अर्थ मन्त्रालयद्वारा नेप्से पुनर्संरचना प्रतिवेदन कार्यान्वयन अन्तिम चरणमा
      Top

      अर्थ मन्त्रालयद्वारा नेप्से पुनर्संरचना प्रतिवेदन कार्यान्वयन अन्तिम चरणमा

      अर्थ मन्त्रालयले नेपालको पूँजीबजार आधुनिकीकरण तथा सुदृढीकरणका लागि तयार गरिएको नेप्से पुनर्संरचना प्रतिवेदन २०८२ कार्यान्वयनको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। प्रतिवेदन कार्यान्वयनका लागि सेबोन, नेप्से, सीडीएससी र नेपाल राष्ट्र बैंकलाई स्पष्ट जिम्मेवारी र समयसीमासहित कार्ययोजना पठाउने तयारी गरिएको छ। यसअन्तर्गत नेप्सेको पूँजी वृद्धि, अन्तर्राष्ट्रिय रणनीतिक साझेदार भित्र्याउने, नयाँ वित्तीय उपकरण सञ्चालन, रियल टाइम बजार निगरानी प्रणाली लागू गर्ने तथा बैंकिङ प्रणाली र शेयर बजारबीच प्राविधिक समन्वय मजबुत बनाउने योजना समेटिएको छ। प्रतिवेदन लागू भएपछि नेपालको धितोपत्र बजार थप व्यवस्थित, सुरक्षित र अन्तर्राष्ट्रिय स्तरको बन्ने अपेक्षा गरिएको छ।

      NEPSE TRADING·1 Mar, 2026·1 min read
    • स्वाभिमान लघुवित्तले १० प्रतिशत लाभांश घोषणा गर्‍यो
      Top

      स्वाभिमान लघुवित्तले १० प्रतिशत लाभांश घोषणा गर्‍यो

      स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFBS) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। प्रस्तावित लाभांशमध्ये ९.५ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ। सञ्चालक समितिको फागुन १५ गते बसेको बैठकले उक्त निर्णय गरेको हो भने लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।

      NEPSE TRADING·1 Mar, 2026·<1 min read
    • आगामी बजेट तयारी सुरु, सरकारद्वारा राजस्व परामर्श समिति गठन
      Investor

      आगामी बजेट तयारी सुरु, सरकारद्वारा राजस्व परामर्श समिति गठन

      आगामी बजेट तयारी सुरु, सरकारद्वारा राजस्व परामर्श समिति गठन काठमाडौं। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। बजेट तयारीका निर्धारित कार्यतालिका तथा समयसीमाअनुसार सरकारले राजस्व परामर्श समिति गठन गरेको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार अर्थमन्त्री रामेश्वरप्रसाद खनालको माघ २८ गतेको निर्णयअनुसार अर्थ मन्त्रालयका राजस्व सचिवको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो। समितिले गठनसँगै आफ्नो कार्य प्रारम्भ गरिसकेको छ। सरकारलाई अर्थतन्त्रको अवस्था तथा आगामी बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयहरूबारे सुझाव दिने उद्देश्यले समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। समितिले आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क, शिक्षा सेवा शुल्क, डिजिटल सेवा कर, इ–कमर्समा लाग्ने करलगायत आन्तरिक कर प्रणालीसँग सम्बन्धित नीतिगत तथा कानुनी सुधारका विषयमा सिफारिस गर्नेछ। यसका साथै कर तथा गैरकर दरहरूको पुनरावलोकन, कर प्रशासन सुधार, प्रक्रिया सरलीकरण तथा राजस्व प्रशासन र सङ्गठन संरचनामा आवश्यक सुधारका विषयमा पनि समितिले राय दिनेछ। औद्योगिक प्रवर्द्धन, वाणिज्य, आयात–निर्यात, वैदेशिक व्यापार, सेवा व्यापार तथा लगानी प्रवर्द्धनसँग सम्बन्धित नीतिगत सुधार र कर प्रोत्साहनका उपायबारे समेत सुझाव प्रदान गरिने मन्त्रालयले उल्लेख गरेको छ।

      NEPSE TRADING·1 Mar, 2026·2 min read
    • शिखर पावर डेभलपमेन्टको आइपिओ आजदेखि सर्वसाधारणका लागि खुला
      Investor

      शिखर पावर डेभलपमेन्टको आइपिओ आजदेखि सर्वसाधारणका लागि खुला

      शिखर पावर डेभलपमेन्टको आइपिओ आजदेखि सर्वसाधारणका लागि खुला शिखर पावर डेभलपमेन्ट लिमिटेडले आज (आइतबार) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।

      NEPSE TRADING·1 Mar, 2026·1 min read
    • दक्षिणी इरानको विद्यालयमा मिसाइल आक्रमण, कम्तीमा १०८ जनाको मृत्यु; इरानद्वारा अमेरिका–इजरायलमाथि आरोप
      Investor

      दक्षिणी इरानको विद्यालयमा मिसाइल आक्रमण, कम्तीमा १०८ जनाको मृत्यु; इरानद्वारा अमेरिका–इजरायलमाथि आरोप

      दक्षिणी इरानको विद्यालयमा मिसाइल आक्रमण, कम्तीमा १०८ जनाको मृत्यु; इरानद्वारा अमेरिका–इजरायलमाथि आरोप अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको भनिएको हवाई आक्रमणमा दक्षिणी इरानस्थित एक विद्यालयमा कम्तीमा १०८ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन्। इरानभर पछिल्ला दिनहरूमा भएका हवाई हमलाहरूमा कुल मृतक संख्या २०१ पुगेको तथा ७४७ जना घाइते भएको सरकारी तथ्यांक सार्वजनिक गरिएको छ। इरानका राष्ट्रपति मसुद पेजेस्कियानले विद्यालयमा भएको आक्रमणलाई “जंगली कार्य” भन्दै कडा शब्दमा निन्दा गरेका छन्। उनले उक्त घटना आक्रमणकारी राष्ट्रहरूले गरेका अपराधहरूको इतिहासमा अर्को “कालो अध्याय” भएको टिप्पणी गरेका छन्।

      NEPSE TRADING·1 Mar, 2026·2 min read
    • इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको निधन पुष्टि, ४० दिन राष्ट्रिय शोक घोषणा
      Investor

      इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको निधन पुष्टि, ४० दिन राष्ट्रिय शोक घोषणा

      इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको निधन पुष्टि, ४० दिन राष्ट्रिय शोक घोषणा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको निधन भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ। सरकारी प्रसारणमार्फत् एक प्रस्तोताले भावुक हुँदै खामेनीको मृत्यु भएको जानकारी दिँदै देशभर ४० दिन राष्ट्रिय शोक घोषणा गरिएको जनाएको बीबीसीले उल्लेख गरेको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् खामेनी मारिएको दाबी गरेका थिए। तर त्यसबेला इरान सरकारले उक्त दाबीको पुष्टि गरेको थिएन। इरानका विदेशमन्त्री अब्बास अराघचीले समेत एनबीसीसँगको अन्तर्वार्तामा खामेनी सुरक्षित र स्वस्थ रहेको बताएका थिए। तर पछि इरानको सरकारी सञ्चारमाध्यमहरूले नै खामेनीको मृत्यु भएको पुष्टि गरेका हुन्। अलजजिराका अनुसार फार्स न्युज एजेन्सीले खामेनी शनिबार बिहान आफ्नै कार्यालयमा जिम्मेवारी निर्वाह गरिरहेकै बेला मारिएको जनाएको छ। सरकारले ४० दिन राष्ट्रिय शोकका साथै सात दिन सार्वजनिक बिदा घोषणा गरेको समाचारमा उल्लेख गरिएको छ। तस्निम न्युज एजेन्सीले पनि उनको निधन पुष्टि गरेको छ।

      NEPSE TRADING·1 Mar, 2026·2 min read
    • दूध पोखरी चेपे र संयुक्त ऊर्जाद्वारा आईपीओ निष्कासनका लागि सेबोनमा आवेदन
      Top

      दूध पोखरी चेपे र संयुक्त ऊर्जाद्वारा आईपीओ निष्कासनका लागि सेबोनमा आवेदन

      दूध पोखरी चेपे हाइड्रोपावर लिमिटेड र संयुक्त ऊर्जा लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति मागेका छन्। दूध पोखरी चेपेले २१ करोड २० लाख रुपैयाँ बराबरको २० लाख २० हजार कित्ता शेयर निष्कासन गर्न निवेदन दिएको छ भने संयुक्त ऊर्जाले ४१ करोड ६० लाख रुपैयाँ बराबरको ४१ लाख ६० हजार कित्ता शेयर जारी गर्न आवेदन दिएको छ। अनुमति पाएपछि दुवै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि तथा त्यसपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछन्।

      NEPSE TRADING·27 Feb, 2026·1 min read
    • हुलास फिनसर्भले ७४ करोड रुपैयाँको प्रिमियम आईपीओ निष्कासन गर्न सेबोनसँग अनुमति माग्यो
      Top

      हुलास फिनसर्भले ७४ करोड रुपैयाँको प्रिमियम आईपीओ निष्कासन गर्न सेबोनसँग अनुमति माग्यो

      हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (HFHPL) ले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष अनुमति माग गरेको छ। कम्पनीले प्रतिकित्ता ३५८.८५ रुपैयाँ दरले २० लाख ७५ हजार कित्ता शेयर निष्कासन गरी ७४ करोड ४६ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। हाल कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ भने एनएमबी क्यापिटल बिक्री प्रबन्धक नियुक्त भएको छ। वि.सं. २०१२ मा स्थापना भई २०२१ मा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको HFHPL नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त पहिलो सीमित गैर–बैंकिङ वित्तीय संस्था हो र गोल्छा समूहअन्तर्गत सञ्चालनमा रहेको छ। कम्पनीले हालसम्म १ लाखभन्दा बढी सवारी साधन वित्तीयकरण गरेको जनाएको छ। आईसीआरए नेपालले कम्पनीको कर्जा मूल्याङ्कन स्तरोन्नति गरेको छ, जसले वित्तीय दायित्व समयमै भुक्तानी गर्ने मध्यम स्तरको सुरक्षित क्षमता जनाउँछ। कम्पनीमा मुख्य प्रवर्द्धक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.को ८२ प्रतिशत स्वामित्व रहेको छ।

      NEPSE TRADING·27 Feb, 2026·1 min read
    • श्री स्टील्सद्वारा सर्वसाधारणका लागि ३३ लाख कित्ता आईपीओ निष्कासन घोषणा
      Top

      श्री स्टील्सद्वारा सर्वसाधारणका लागि ३३ लाख कित्ता आईपीओ निष्कासन घोषणा

      नेपालकै अग्रणी स्टील उत्पादक कम्पनी Shree Steels ले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आफ्नो चुक्ता पुँजीको २० प्रतिशत बराबर ३३ लाख कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा, कुनै प्रिमियम बिना जारी गर्ने निर्णय गरेको हो। पूर्ण स्वचालित प्रविधिमा टीएमटी रिबार उत्पादन गर्दै आएको कम्पनीले अत्याधुनिक जापानी सिक्स स्ट्यान्ड ब्लक मिल प्रविधि प्रयोग गर्ने जनाएको छ। आईपीओको बिक्री प्रबन्धकका रूपमा Nabil Investment Banking Limited नियुक्त गरिएको छ। यस सार्वजनिक निष्कासनले उत्पादनमूलक क्षेत्रप्रति लगानीकर्ताको आकर्षण बढ्ने अपेक्षा गरिएको छ।

      NEPSE TRADING·27 Feb, 2026·1 min read
    • बेनी हाइड्रोपावरले चैत १ देखि आईपीओ निष्काशन गर्ने
      Top

      बेनी हाइड्रोपावरले चैत १ देखि आईपीओ निष्काशन गर्ने

      बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत १ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर २० लाख ८० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो। यसमध्ये १० लाख ४० हजार कित्ता सेयर सोलुखुम्बु जिल्लाका प्रभावित क्षेत्रका बासिन्दाका लागि र १ लाख ४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। आईपीओमा न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीले सञ्चालन गरिरहेको १९.८ मेगावाटको माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको कुल लागत करिब ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। इक्रा नेपालले कम्पनीलाई ‘डबल बी प्लस’ रेटिङ्ग प्रदान गरेको छ। आईपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

      NEPSE TRADING·27 Feb, 2026·1 min read
    • प्रिमियम आईपीओमा सेबोनको ब्रेक, नयाँ नेतृत्वमा स्वीकृति शून्य
      Top

      प्रिमियम आईपीओमा सेबोनको ब्रेक, नयाँ नेतृत्वमा स्वीकृति शून्य

      The Securities Board of Nepal (SEBON) has not approved any IPO at a premium price since Santosh Narayan Shrestha assumed office on October 2, 2024. All IPO approvals during this period have been granted strictly at face value of Rs. 100. The cautious approach follows past irregularities linked to premium IPO approvals under previous leadership. Despite this, several companies from manufacturing, cement, hydropower, and financial sectors continue to apply for premium IPO issuance. The future of premium IPO approvals remains uncertain as the market awaits policy clarity.

      NEPSE TRADING·27 Feb, 2026·2 min read
    • पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Top

      पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

      पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले कुल ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमध्ये प्रभावित क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याइसकेपछि बाँकी ४५ लाख कित्ता शेयर सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँमा खुला गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीलाई इन्फोमेरिक्सले ‘आईआरएन डबल बी प्लस’ रेटिङ्ग दिएको छ, जसले मध्यम जोखिम संकेत गर्दछ। आवेदन आस्बा सदस्य बैंक तथा ‘मेरो शेयर’ प्रणालीमार्फत दिन सकिनेछ।

      NEPSE TRADING·27 Feb, 2026·1 min read
    • लगातार चौथो दिन नेप्से उकालो, परिसूचक २६५४.९३ विन्दुमा; कारोबार रकम घट्यो
      Top

      लगातार चौथो दिन नेप्से उकालो, परिसूचक २६५४.९३ विन्दुमा; कारोबार रकम घट्यो

      साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ६.०३ अंकले बढेर २६५४.९३ विन्दुमा पुगेको छ। लगातार चौथो दिन बजार उकालो लागे पनि कारोबार रकम भने घटेको छ। यस दिन ४ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। सालपा विकास बैंक सकारात्मक सर्किटमा कारोबार हुँदा रिलायन्स स्पिनिङ्ग मिल्स र हिम स्टार उर्जाको शेयरमूल्य उल्लेख्य बढेको छ। १३ उपसमूहमध्ये ९ उपसमूह बढ्दा निर्जीवन बीमा क्षेत्र सर्वाधिक १.०९ प्रतिशतले उकालो लागेको छ।

      NEPSE TRADING·26 Feb, 2026·1 min read
    • रिज लाईन इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न, गोलाप्रथामार्फत १ लाख १८ हजार आवेदकलाई शेयर वितरण
      Top

      रिज लाईन इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न, गोलाप्रथामार्फत १ लाख १८ हजार आवेदकलाई शेयर वितरण

      रिज लाईन इनर्जी लिमिटेड को सर्वसाधारणतर्फ निष्काशन गरिएको आईपीओ फागुन १४ गते बाँडफाँट गरिएको छ। कम्पनीले ११ लाख ८० हजार २६० कित्ता शेयर निष्काशन गरेकोमा २५ लाखभन्दा बढी आवेदकबाट माग परेको थियो। अत्यधिक आवेदन परेपछि गोलाप्रथामार्फत बाँडफाँट गरिएको छ। नतिजाअनुसार १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

      NEPSE TRADING·26 Feb, 2026·1 min read
    • सुस्त कर्जा विस्तारपछि राष्ट्र बैंकको लचक नीति, वर्षअन्त्यसम्म १२% लक्ष्य चुनौतीपूर्ण
      Top

      सुस्त कर्जा विस्तारपछि राष्ट्र बैंकको लचक नीति, वर्षअन्त्यसम्म १२% लक्ष्य चुनौतीपूर्ण

      निजी क्षेत्रतर्फको कर्जा विस्तार अपेक्षाभन्दा कम भएपछि नेपाल राष्ट्र बैंक ले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत लचकता अपनाएको छ। वार्षिक १२ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य राखिएकोमा पुस मसान्तसम्म जम्मा ३.८ प्रतिशत मात्र वृद्धि भएपछि बैंकले चालु पुँजी कर्जा मार्गदर्शन खुकुलो बनाउँदै बैंकहरूलाई अवधि निर्धारणको अधिकार दिएको छ। साथै, प्राथमिकता प्राप्त क्षेत्रलाई पर्यटन, सूचना प्रविधि र निकासीजन्य उद्योगसम्म विस्तार गरिएको छ। समीक्षाले आर्थिक मन्दीबाट प्रभावित तर नियत सफा भएका ऋणीहरूलाई कालोसूचीबाट अस्थायी राहत दिने व्यवस्था पनि गरेको छ। नीतिगत दर ४.२५ प्रतिशत र बैंक दर ५.७५ प्रतिशतमा झारिएपछि ब्याजदर सस्तो बनेको छ। तर बाँकी ६ महिनामा लक्ष्य भेट्टाउन करिब ८ प्रतिशतभन्दा बढी कर्जा वृद्धि आवश्यक पर्ने भएकाले नीति कार्यान्वयन र बजारमा माग वृद्धि निर्णायक हुने देखिन्छ।

      NEPSE TRADING·26 Feb, 2026·2 min read
    • एपोलो हाइड्रोपावर लिमिटेड को वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Top

      एपोलो हाइड्रोपावर लिमिटेड को वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओमा आवेदन दिने आज अन्तिम दिन

      एपोलो हाइड्रोपावर लिमिटेड ले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (फागुन १४) अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएकोमध्ये ९४ हजार कित्ता शेयर विदेशमा कार्यरत नेपालीहरुका लागि छुट्याएको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित दर रहेको उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको ६ मेगावाटको बुकु खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी रहेको छ।

      NEPSE TRADING·26 Feb, 2026·1 min read