NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Stock News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 26 / 143Next
    • सुपरमाई हाइड्रोको शेयरमूल्य समायोजन
      Stock

      सुपरमाई हाइड्रोको शेयरमूल्य समायोजन

      नेपाल स्टक एक्सचेञ्ज मा सूचीकृत सुपरमाई हाइड्रोपावर लिमिटेड (SMH) को शेयरमूल्य समायोजन गरिएको छ। साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले २० प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। समायोजनपछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५९१ रुपैयाँ ६७ पैसामा कायम भएको छ।

      NEPSE TRADING·25 Feb, 2026·1 min read
    • कालिन्चोक हाइड्रोको आईपीओ खुला
      Stock

      कालिन्चोक हाइड्रोको आईपीओ खुला

      कालिन्चोक हाइड्रोपावर लिमिटेड ले आज (फागुन १३ गते) देखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ। जसमध्ये ५ लाख ५० हजार कित्ता दोलखा जिल्लाका स्थानीय बासिन्दाका लागि र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।

      NEPSE TRADING·25 Feb, 2026·1 min read
    • टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ फागुन २७ बाट खुल्दै
      Stock

      टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ फागुन २७ बाट खुल्दै

      टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आगामी फागुन २७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ ल्याउन लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबरको ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्यका ४२ लाख ३० हजार ६६८ कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको छ। यसमध्ये १२ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ, जसका लागि भोजपुर जिल्लाका बासिन्दाले आवेदन दिन सक्नेछन्।

      NEPSE TRADING·25 Feb, 2026·1 min read
    • सुन स्थिर, चाँदीको मूल्यमा वृद्धि
      Stock

      सुन स्थिर, चाँदीको मूल्यमा वृद्धि

      Gold prices in the Nepali market remained unchanged on Wednesday, continuing at the same level recorded on Tuesday. According to the Nepal Gold and Silver Dealers’ Association, hallmark gold is being traded at NPR 314,800 per tola, which is the same as the previous day’s price.

      NEPSE TRADING·25 Feb, 2026·1 min read
    • मौद्रिक नीतिमा निरन्तरता, कर्जामा विस्तार र मुद्रास्फीति नियन्त्रणमा राष्ट्र बैंकको जोड
      Stock

      मौद्रिक नीतिमा निरन्तरता, कर्जामा विस्तार र मुद्रास्फीति नियन्त्रणमा राष्ट्र बैंकको जोड

      नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै आर्थिक गतिविधि विस्तार, वित्तीय स्थायित्व र मुद्रास्फीति नियन्त्रणलाई प्राथमिकतामा राख्ने नीति निरन्तरता दिएको छ। समीक्षाअनुसार, विस्तृत मुद्रा आपूर्ति र निजी क्षेत्रतर्फ प्रवाहित कर्जामा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो छ महिनामा कर्जा प्रवाह करिब ३.८ प्रतिशतले बढेको छ भने निक्षेप संकलन पनि सन्तोषजनक रहेको राष्ट्र बैंकले जनाएको छ। यसले बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम रहेको संकेत गरेको छ।

      NEPSE TRADING·24 Feb, 2026·1 min read
    • नेप्से २१ अंकले उकालो, कारोबार रकममा गिरावट
      Top

      नेप्से २१ अंकले उकालो, कारोबार रकममा गिरावट

      यस दिन नेप्से परिसूचक २१.६२ अंकले बढेर २६३८.६० विन्दुमा पुगेको छ। सबै प्रमुख सूचकहरूमा वृद्धि देखिए पनि कारोबार रकम घटेर ४ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ। सालपा विकास बैंकसहित केही कम्पनीको शेयर मूल्य उल्लेख्य रूपमा बढेको छ। सबै १३ उपसमूह सकारात्मक रहँदा होटल तथा पर्यटन उपसमूह सबैभन्दा बढी बढेको छ।

      NEPSE TRADING·24 Feb, 2026·1 min read
    • माघसम्म निर्जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन २८ अर्ब नाघ्यो
      Top

      माघसम्म निर्जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन २८ अर्ब नाघ्यो

      काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपालका निर्जीवन बीमा कम्पनीहरूले कुल २८ अर्ब २७ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरण को तथ्याङ्कअनुसार सात महिनाको अवधिमा सबैभन्दा बढी बीमा शुल्क शिखर इन्स्योरेन्स ले संकलन गरेको छ। त्यसपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स क्रमशः शीर्ष स्थानमा रहेका छन्।

      NEPSE TRADING·24 Feb, 2026·1 min read
    • ‘डबल आइजिन’ प्रणालीले पुँजी बजार विकृत बनायो : कमलेश अग्रवाल
      Top

      ‘डबल आइजिन’ प्रणालीले पुँजी बजार विकृत बनायो : कमलेश अग्रवाल

      नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल ले नेपालको पुँजी बजारमा रहेको ‘डबल आइजिन’ प्रणालीले बजारलाई अविश्वसनीय र विकृत बनाएको बताएका छन्। नेपाल चेम्बर अफ कमर्स र सीडीएस एण्ड क्लियरिङ लिमिटेड को कार्यक्रममा बोल्दै उनले एउटै कम्पनीको शेयरमा एउटै आइजिन हुनुपर्नेमा जोड दिए। फरक–फरक आइजिन र ड्यूअल प्राइसले स्पेकुलेसन बढाउने, तरलता घटाउने र नेपाल स्टक एक्सचेञ्ज को सूचकांकलाई वास्तविक नबनाउने उनको भनाइ छ। उनले संस्थापक शेयरको लकइन अवधि र कमजोर नियमनले बजारमा असन्तुलन ल्याएको बताए। नेपाल धितोपत्र बोर्ड, नेप्से र सीडीएससी लाई सुदृढ बनाउँदै पारदर्शी र प्रतिफलमा आधारित बजार विकास गर्नुपर्नेमा उनले जोड दिए।

      NEPSE TRADING·24 Feb, 2026·1 min read
    • सुपरमाई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, फागुन १७ गते साधारण सभा
      Top

      सुपरमाई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, फागुन १७ गते साधारण सभा

      Supermai Hydropower Limited (SMH) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन फागुन १२ गते रहेको छ भने कम्पनीले फागुन १३ गते बुकक्लोज गर्नेछ। फागुन १२ गतेसम्म कायम शेयरधनीहरूले लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन सक्नेछन्। कम्पनीको एघारौँ वार्षिक साधारण सभा फागुन १७ गते नक्साल, काठमाडौंमा आयोजना हुनेछ, जहाँ २० प्रतिशत बोनस शेयर र १.११ प्रतिशत नगद लाभांश वितरण लगायतका प्रस्ताव पारित गरिनेछ।

      NEPSE TRADING·24 Feb, 2026·1 min read
    • पाल्पा सिमेन्टको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि ४५ लाख कित्ता शेयर बिक्रीमा
      Top

      पाल्पा सिमेन्टको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि ४५ लाख कित्ता शेयर बिक्रीमा

      पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले फागुन १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४५ लाख कित्ता शेयर जारी गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २६ गते बन्द हुनेछ। कम्पनीलाई आईआरएन डबल बी प्लस रेटिङ प्राप्त भएको छ, जसले मध्यम जोखिम देखाउँछ। आवेदन सि–आस्बा र ‘मेरो शेयर’ प्रणालीमार्फत दिन सकिनेछ।

      NEPSE TRADING·24 Feb, 2026·1 min read
    • राजस्व चुहावट नियन्त्रणमा एकीकृत प्रयास आवश्यक : अर्थमन्त्री खनाल
      Investor

      राजस्व चुहावट नियन्त्रणमा एकीकृत प्रयास आवश्यक : अर्थमन्त्री खनाल

      राजस्व चुहावट नियन्त्रणमा एकीकृत प्रयास आवश्यक : अर्थमन्त्री खनाल अर्थमन्त्री रामेश्वरप्रसाद खनाल ले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सम्बन्धित सबै निकायबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्। सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले एकीकृत रूपमा काम गरे मात्र दीर्घकालीन परिणाम हासिल गर्न सकिने स्पष्ट गरे। अर्थमन्त्री खनालले राजस्व चुहावट नियन्त्रणका लागि अहिलेसम्म गरिएका प्रणालीगत सुधारका प्रयासलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उनले राज्यका सबै निकायले आफ्नो क्षेत्राधिकारअनुसार जिम्मेवारी पूरा गर्दै राजस्व वृद्धि र चुहावट नियन्त्रणमा सक्रिय भूमिका खेल्नुपर्ने बताए।

      NEPSE TRADING·24 Feb, 2026·2 min read
    • नेप्से सामान्य सुधारतर्फ, परिसूचक बढे पनि कारोबार रकम घट्यो
      Top

      नेप्से सामान्य सुधारतर्फ, परिसूचक बढे पनि कारोबार रकम घट्यो

      साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा बन्द भएको छ। बजार बढे पनि कारोबार रकम घटेर ५ अर्ब १३ करोड रुपैयाँमा सीमित भएको छ। सालपा विकास बैंक सकारात्मक सर्किटमा पुगेको छ भने केही कम्पनीका सेयर मूल्य उल्लेख्य रूपमा बढेका छन्। १३ उपसमूहमध्ये ६ बढेका र ७ घटेका छन्।

      NEPSE TRADING·23 Feb, 2026·1 min read
    • एनएमबी लघुवित्तको लाभांश नदिने निर्णय
      Top

      एनएमबी लघुवित्तको लाभांश नदिने निर्णय

      एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १० गते बसेको सञ्चालक समितिको बैठकबाट गत आर्थिक वर्षका लागि कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीले स्वीकृत वित्तीय विवरण नियामक निकाय Nepal Rastra Bank मा पठाउने निर्णयसमेत गरेको छ। लघुवित्तले आर्थिक वर्ष २०७८/७९ पछि लाभांश वितरण

      NEPSE TRADING·23 Feb, 2026·<1 min read
    • सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Investor

      सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

      सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन Super Khudi Hydropower Limited को सर्वसाधारणतर्फ निष्कासन गरिएको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज फागुन ११ गते अन्तिम दिन रहेको छ। कम्पनीले फागुन ५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा Global IME Capital Limited रहेको छ। इच्छुक लगानीकर्ताले Securities Board of Nepal बाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरोसेयर प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

      NEPSE TRADING·23 Feb, 2026·1 min read
    • एपोलो हाइड्रोपावरको पहिलो चरणको आईपीओ बिक्री फागुन ११ गतेदेखि खुला
      Investor

      एपोलो हाइड्रोपावरको पहिलो चरणको आईपीओ बिक्री फागुन ११ गतेदेखि खुला

      एपोलो हाइड्रोपावरको पहिलो चरणको आईपीओ बिक्री फागुन ११ गतेदेखि खुला Apollo Hydropower Limited ले आज फागुन ११ गतेदेखि पहिलो चरणको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै आईपीओ निष्कासन गरेको हो। कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँ मूल्यका १४ लाख १० हजार कित्ता साधारण सेयर निष्कासन गर्न Securities Board of Nepal बाट माघ २० गते अनुमति प्राप्त गरेको थियो। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि ४ लाख ७० हजार कित्ता सेयर छुट्याइएको छ। छुट्याइएको सेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता उच्च प्रभावित क्षेत्र ओखलढुंगा जिल्ला खिजिदेम्बा गाउँपालिका–७ र ८ का बासिन्दालाई, ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका–२ तथा रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका–३ का बासिन्दालाई र बाँकी २० प्रतिशत अर्थात ९४ हजार कित्ता न्यून प्रभावित क्षेत्र रामेछापको उमाकुण्ड गाउँपालिका–२ तथा गोकुलगंगा गाउँपालिका–१ का स्थानीयलाई बाँडफाँट गरिनेछ।

      NEPSE TRADING·23 Feb, 2026·2 min read
    • आईसीएफसी फाइनान्सको ५० करोड रुपैयाँ बराबरको डिबेञ्चर बिक्री फागुन ११ गतेदेखि खुला
      Investor

      आईसीएफसी फाइनान्सको ५० करोड रुपैयाँ बराबरको डिबेञ्चर बिक्री फागुन ११ गतेदेखि खुला

      आईसीएफसी फाइनान्सको ५० करोड रुपैयाँ बराबरको डिबेञ्चर बिक्री फागुन ११ गतेदेखि खुला ICFC Finance Limited ले आज फागुन ११ गतेदेखि ५० करोड रुपैयाँ बराबरको डिबेञ्चर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा ५ लाख कित्ता ‘८ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर’ निष्कासन गरेको हो। जारी गरिएका कुल ५ लाख कित्तामध्ये ३ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी २ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत उपलब्ध गराइनेछ। सार्वजनिक निष्कासनतर्फको २ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सात वर्ष अवधिको यस डिबेञ्चरमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन्। इच्छुक लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।

      NEPSE TRADING·23 Feb, 2026·1 min read
    • गरिमा सुवर्ण योजनाको इकाई बिक्री फागुन २८ गतेदेखि खुला हुने
      Investor

      गरिमा सुवर्ण योजनाको इकाई बिक्री फागुन २८ गतेदेखि खुला हुने

      गरिमा सुवर्ण योजनाको इकाई बिक्री फागुन २८ गतेदेखि खुला हुने गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘गरिमा सुवर्ण योजना’को इकाई बिक्री यही फागुन २८ गतेदेखि खुला हुने भएको छ। योजनाको कोष प्रवर्द्धक Garima Bikas Bank Limited र योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक Garima Capital Limited रहेका छन्। योजनाअन्तर्गत कुल १० करोड इकाई निष्कासन गरिने जनाइएको छ। जसमध्ये बीज पूँजीस्वरूप ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटललाई र ९० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई सुरक्षित राखिएको छ। बाँकी ३ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरिनेछ। प्रथम चरणमा ५ करोड इकाई सार्वजनिक निष्कासनका लागि खुला गरिनेछ। त्यसपछि सामूहिक लगानी कोष नियमावलीअनुसार योजना व्यवस्थापकले तोकेको वितरकमार्फत निरन्तर रूपमा खरिद–बिक्री खुला गरिनेछ। यस योजनामार्फत लगानीकर्तालाई दीर्घकालीन लगानीका अवसर प्रदान गर्ने उद्देश्य रहेको जनाइएको छ।

      NEPSE TRADING·23 Feb, 2026·1 min read
    • एबीसी सेक्युरिटिज इन्भेष्टर प्रो मिट २०८२ भव्य रूपमा सम्पन्न
      Investor

      एबीसी सेक्युरिटिज इन्भेष्टर प्रो मिट २०८२ भव्य रूपमा सम्पन्न

      एबीसी सेक्युरिटिज इन्भेष्टर प्रो मिट २०८२ भव्य रूपमा सम्पन्न विरगञ्ज — एबीसी सेक्युरिटिजको वित्तीय साक्षरता अभियान अन्तर्गत आयोजना गरिएको एबीसी सेक्युरिटिज इन्भेष्टर प्रो मिट २०८२ अन्तर्गत एक दिने शेयर बजार तालिम, प्यानल डिस्कसन तथा विज्ञहरूसँग अन्तरक्रियात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य लगानीकर्तालाई पूँजी बजारसम्बन्धी ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्नु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागीहरूले शेयर बजारका विज्ञहरूबाट प्रत्यक्ष रूपमा जानकारी प्राप्त गरेका थिए। एक दिनमै सम्पूर्ण प्राविधिक तथा आधारभूत ज्ञान हासिल गर्न कठिन हुने भएकाले सहभागीहरूलाई रु. २५ सय बराबरको अनलाइन कक्षा निःशुल्क प्रदान गरिएको थियो। उक्त कक्षाको जानकारी सन्दीप चौधरीद्वारा प्रदान गरिएको थियो।

      NEPSE TRADING·23 Feb, 2026·1 min read
    • होटल पार्क ल्यान्डले १५ करोडको आईपीओ ल्याउन धितोपत्र बोर्डसँग माग्यो अनुमति
      Top

      होटल पार्क ल्यान्डले १५ करोडको आईपीओ ल्याउन धितोपत्र बोर्डसँग माग्यो अनुमति

      होटल पार्क ल्यान्ड लिमिटेडले १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति माग्दै निवेदन दिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १५ लाख कित्ता साधारण सेयर जारी गर्ने योजना बनाएको छ। यस आईपीओको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।

      NEPSE TRADING·22 Feb, 2026·<1 min read
    • नेप्से २७ अंकले घट्यो, साताको पहिलो दिन सेयर बजार ओरालो
      Top

      नेप्से २७ अंकले घट्यो, साताको पहिलो दिन सेयर बजार ओरालो

      साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २७.५९ अंक घटेर २६१४.५५ विन्दुमा बन्द भएको छ। सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि घटेका छन्। यस दिन करिब ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। सालपा विकास बैंक सकारात्मक सर्किटमा कारोबार हुँदा बुद्ध भूमि नेपाल हाइड्रोपावर सर्वाधिक घटेको छ। कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। सबै १३ उपसमूहको परिसूचक घटेको छ।

      NEPSE TRADING·22 Feb, 2026·1 min read