
प्राधिकरणले सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु गर्योNEA Restores Power Supply to All Industries After First Installment Payment
प्राधिकरणले सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु गर्यो डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै उद्योगमा अब विद्युत् आपूर्ति पुनः सुरु गरिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार, कुल बक्यौताका २८ किस्तामध्ये पहिलो किस्ता भुक्तान गरेपछि उद्योगहरूमा बिजुली आपूर्ति नियमित गरिएको हो। पछिल्लो पटक बक्यौता विवादका कारण २५ वटा उद्योगको लाइन काटिएको थियो। तीमध्ये तीन उद्योगले नियमित महसुलसमेत नतिरेका कारण पहिले नै लाइन काटिएको थियो। अब डेडिकेटेड र ट्रङ्क लाइन महसुल बक्यौताका कारण कुनै पनि उद्योगको लाइन काटिएको छैन। प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार, काटिएका तीनमध्ये दुई—एभरेस्ट पेपर मिल्स र बुटवल सिमेन्ट—ले अझै पनि नियमित महसुल बुझाएका छैनन् भने अर्को उद्योगले ट्रान्सफर्मर मर्मत नगरी उत्पादन बन्द गरेको छ।NEA Restores Power Supply to All Industries After First Installment Payment The Nepal Electricity Authority (NEA) has restored electricity supply to all industries that were previously disconnected for failing to pay premium charges on dedicated and trunk lines. According to NEA, the power was reconnected after the industries paid the first installment out of a total of 28 scheduled payments.


















