
आन्दोलनका कारण आज नेप्से बन्द हुने NEPSE Closed Today Due to Curfew
आन्दोलनका कारण आज नेप्से बन्द हुने काठमाडौं । उपत्यकामा जारी कफ्युका कारण आज नेपाल स्टक एक्सेन्ज ९नेप्से० बन्द हुने भएको छ। नेप्सेका कर्मचारीहरू घरमै बसेर सूचना प्रकाशित गर्ने तयारीमा जुटेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिएका छन्। हाल देशभर ‘जेन–जी आन्दोलन’ का कारण तनावग्रस्त अवस्था रहेको छ। राजधानी लगायतका मुख्य सहरहरूमा कफ्यु लगाइएपछि सामान्य गतिविधि समेत प्रभावित भएको छ। यसबीच लगानीकर्ताहरूले समेत बजार बन्द गर्न माग गर्दै आएका थिए। यसै सन्दर्भमा आजका लागि पूरै शेयर कारोबार स्थगित गरिएको छ। बजार कहिले सञ्चालनमा आउने भन्नेबारेमा भने नेप्सेले थप निर्णयपछि जानकारी गराउने जनाएको छ।NEPSE Closed Today Due to Curfew Kathmandu – The Nepal Stock Exchange (NEPSE) will remain closed today as a curfew has been imposed in the Kathmandu Valley. NEPSE spokesperson Murahari Parajuli informed that employees are working from home to publish official notices. The country has been gripped by the ongoing “Gen Z movement,” which has created a tense atmosphere across major cities. Following the curfew in the capital and heightened unrest, investors had also demanded the closure of the market. In response, NEPSE has suspended all share trading for today. Further updates on when the market will reopen will be announced after additional decisions are made.


















