NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Stock News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 90 / 144Next
    • पुँजीबजारमा संस्थापक र साधारण सेयर छुट्याएर दुईवटा आईजीन नम्बर लागू गर्न लगानीकर्ता संगठनहरूको माग
      Investor

      पुँजीबजारमा संस्थापक र साधारण सेयर छुट्याएर दुईवटा आईजीन नम्बर लागू गर्न लगानीकर्ता संगठनहरूको मागInvestor Groups Demand Separate ISIN Numbers for Promoter and Ordinary Shares

      पुँजीबजारमा संस्थापक र साधारण सेयर छुट्याएर दुईवटा आईजीन नम्बर लागू गर्न लगानीकर्ता संगठनहरूको माग पाँचवटा सेयर लगानीकर्ता संगठनले संस्थापक सेयर र साधारण सेयरलाई छुट्याएर फरक–फरक अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आईजीन नम्बर) लागू गर्न माग गरेका छन्। नेपाल शेयर बजार लगानीकर्ता संघका अध्यक्ष डा. केशव प्रसाद श्रेष्ठ, नेपाल धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरे, साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसी, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे र जनरल इन्भेष्टर एसोसियसनका अध्यक्ष दीपक कार्कीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्।Investor Groups Demand Separate ISIN Numbers for Promoter and Ordinary Shares Five investor organizations have called for the implementation of separate International Securities Identification Numbers (ISIN) for promoter shares and ordinary shares. The joint demand was made by Dr. Keshav Prasad Shrestha, President of Nepal Share Market Investors Association; Prakash Rajoure, General Secretary of Nepal Securities Investors Association; Ritu Jung GC, President of General Investors Association Nepal; Ghanshyam Pandey, President of Nepal Shareholders Association; and Deepak Karki, President of General Investor Association, through a joint press statement.

      NEPSE TRADING·13 Aug, 2025·1 min read
    • सागर डिष्टिलरीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला, आजदेखि आवेदन सुरु
      Investor

      सागर डिष्टिलरीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला, आजदेखि आवेदन सुरुSagar Distillery Opens IPO for Nepalis Working Abroad, Applications Start Today

      सागर डिष्टिलरीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला, आजदेखि आवेदन सुरु सागर डिष्टिलरी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आजदेखि बिक्री खुला गरेको छ। कम्पनीले यसअघि जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत बराबरको १४ करोड ५२ लाख रुपैयाँ मूल्यका १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। यसअन्तर्गत १० प्रतिशत अर्थात १ करोड ४५ लाख २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ४५ हजार २०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि निष्काशन गरिएको हो।Sagar Distillery Opens IPO for Nepalis Working Abroad, Applications Start Today Sagar Distillery Limited has opened its Initial Public Offering (IPO) today for Nepalis working abroad. The company had earlier received approval to issue 1,452,000 shares worth Rs. 145.2 million, representing 20% of its issued capital of Rs. 726 million. Out of this, 10% — equivalent to 145,200 shares at a par value of Rs. 100 each, worth Rs. 14.52 million — has been allocated for Nepalis who have obtained labor approval from the Government of Nepal and are currently employed abroad.

      NEPSE TRADING·13 Aug, 2025·1 min read
    • झापा इनर्जीको आयोजना प्रभावित आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Investor

      झापा इनर्जीको आयोजना प्रभावित आईपीओमा आवेदन दिने आज अन्तिम दिनLast Day for Locals Affected by the Project to Apply for Jhapa Energy IPO

      झापा इनर्जीको आयोजना प्रभावित आईपीओमा आवेदन दिने आज अन्तिम दिन, आयोजना प्रभावित स्थानीयका लागि बिक्री खुला आयोजना प्रभावित स्थानीयका लागि झापा इनर्जीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले साउन १४ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री अवधि साउन १८ गतेमै सकिएको छ भने स्थानीयले भने आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर बिक्री खुला गरेको हो। स्थानीयका लागि छुट्याइएको कुल कित्तामध्ये १ लाख ९० हजार ९५ कित्ता सेयर प्रत्यक्ष प्रभावित क्षेत्र — झापा जिल्लाको शिवसताक्षी नगरपालिका–४ मा सौर्य विद्युत आयोजना निर्माण तथा सञ्चालन स्थल र १०० मिटर वरपरको क्षेत्रका बासिन्दामा बाँडफाँट गरिनेछ। बाँकी १ लाख ९० हजार ९५ कित्ता सेयर भने शिवसताक्षी नगरपालिका–४ का अन्य बासिन्दामा बाँडफाँट गरिनेछ।Last Day for Locals Affected by the Project to Apply for Jhapa Energy IPO Today is the final day for locals affected by the project to apply for Jhapa Energy’s Initial Public Offering (IPO). The company opened the first phase of IPO issuance on July 29 for project-affected locals and Nepalis working abroad. The subscription period for Nepalis working abroad ended on August 2, while locals can submit applications until the end of banking hours today.

      NEPSE TRADING·13 Aug, 2025·1 min read
    • छिमेक लघुवित्तको संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य ४४५ रुपैयाँ
      Investor

      छिमेक लघुवित्तको संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य ४४५ रुपैयाँChhimek Laghubitta Offers 100,000 Promoter Shares in Auction, Minimum Price Set at Rs. 445

      छिमेक लघुवित्तको संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य ४४५ रुपैयाँ छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्नो १ लाख कित्ता संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ। यस लिलामीमा संस्थाका संस्थापक सेयरधनीसँगै अन्य जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि खरिद आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा सो न्यूनतम मूल्य वा सोभन्दा बढी दर प्रस्ताव गर्नुपर्नेछ। साथै, आवेदन गर्दा न्यूनतम १ हजार कित्ता सेयर खरिदका लागि अनिवार्य रूपमा निवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण उपलब्ध कित्ताका लागि प्रस्ताव गर्न सकिनेछ। लगानीकर्ताले भदौ ६ गतेसम्म काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलमा बोलपत्र पेस गर्न सक्नेछन्।Chhimek Laghubitta Offers 100,000 Promoter Shares in Auction, Minimum Price Set at Rs. 445 Chhimek Laghubitta Bittiya Sanstha has put 100,000 units of its promoter group shares up for sale through an auction. The auction is open not only to existing promoter shareholders but also to any individual, company, or organization interested in purchasing. The minimum bid price has been set at Rs. 445 per share. Interested bidders must quote at least the minimum price or higher. Applications must be for a minimum of 1,000 shares, while the maximum can be for the entire lot available. Bidders can submit their applications until August 22 at NIC Asia Capital, Thapathali, Kathmandu.

      NEPSE TRADING·13 Aug, 2025·<1 min read
    • ग्लोबल आइएमई बैंकको नाफा १.१०% वृद्धि, इम्पेरमेन्ट चार्जले दबाव
      Stock

      ग्लोबल आइएमई बैंकको नाफा १.१०% वृद्धि, इम्पेरमेन्ट चार्जले दबावGlobal IME Bank Posts 1.10% Profit Growth Despite Higher Impairment Charges

      ग्लोबल आइएमई बैंकको नाफा १.१०% वृद्धि भई ६ अर्ब २० करोड रुपैयाँ पुगेको छ। इम्पेरमेन्ट चार्ज ३ अर्ब ६१ करोडबाट बढेर ४ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी ०.८५% घट्दा फि तथा कमिशन आम्दानी २०.१२% बढेको छ। EPS १६ रुपैयाँ २८ पैसा, P/E अनुपात १५.९५ र प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ६३ पैसा छ। बैंकको निक्षेप ५ खर्ब ५० अर्ब र कर्जा प्रवाह ४ खर्ब ११ अर्ब रुपैयाँ छ।Global IME Bank’s net profit rose by 1.10% to NPR 6.20 billion in FY 2081/82. Impairment charges increased to NPR 4.30 billion from NPR 3.61 billion, pressuring profit. Net interest income fell by 0.85%, while fee and commission income grew by 20.12%. EPS reached NPR 16.28, with a P/E ratio of 15.95 and net worth per share at NPR 177.63. The bank holds NPR 550 billion in deposits and NPR 411 billion in loans.

      NEPSE TRADING·13 Aug, 2025·1 min read
    • प्रभु बैंकको नाफा ९६५% ले बढ्यो, इम्पेरमेन्ट चार्ज घट्दा परिणाम प्रभावकारी
      Stock

      प्रभु बैंकको नाफा ९६५% ले बढ्यो, इम्पेरमेन्ट चार्ज घट्दा परिणाम प्रभावकारीPrabhu Bank Reports 965% Surge in Profit, Boosted by Impairment Charge Adjustment

      प्रभु बैंकको नाफा ९६५% ले बढेर ५ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। यो वृद्धि इम्पेरमेन्ट चार्जको अन्तरका कारण देखिएको हो। प्रतिशेयर आम्दानी २३.१२ रुपैयाँ र वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड रुपैयाँ छ।Prabhu Bank’s profit jumped 965% to NPR 5.44 billion, mainly due to changes in impairment charges. EPS is NPR 23.12, and distributable profit stands at NPR 1.04 billion.

      NEPSE TRADING·13 Aug, 2025·1 min read
    • लगातार गिरावट: नेप्से २८ सय भन्दा तल, प्राविधिक सूचकहरु नकारात्मक
      Investor

      लगातार गिरावट: नेप्से २८ सय भन्दा तल, प्राविधिक सूचकहरु नकारात्मकContinuous Decline in the Nepali Stock Market: Index Falls Below 2,800, Most Technical Indicators Bearish

      लगातार गिरावट: नेप्से २८ सय भन्दा तल, प्राविधिक सूचकहरु नकारात्मक, ‘पर्ख र हेर’ रणनीति अपनाउन सुझाव नेपाली शेयर बजारमा ठूलो गिरावट देखिएको छ। केही समय अघि ३,००० को लेभल छोएको बजार लगातार ओरालो लाग्दै आज २८ सय भन्दा तल झरेको छ। हौसिएर शेयर खरिद गरेका साना लगानीकर्ताहरू तनावमा परेका छन्। बैंकको ऋण वा ब्रोकरको उधारो प्रयोग गरेर बजारमा नाफा कमाउने आशा गरेका लगानीकर्तामा झनै प्यानिक देखिएको छ। सधैं साउन–भदौ महिनामा बजार हरियो देखिने परम्पराको विपरीत यसपटक बजारमा बिक्री दबाब (Selling Pressure) हावी छ। करिब २ सय अंकको गिरावट प्रायः ट्रेडर र टेक्निकल लगानीकर्ताको बिक्रीका कारण आएको देखिए पनि ठूला र संस्थागत लगानीकर्ताले खासै बिक्री नगरेको पाइन्छ। यद्यपि, बजारको यो गिरावट धेरैका लागि आश्चर्यजनक भएको छ। केहीले माइक्रोफाइनान्सको लाभांश क्याप असोजमा मात्र हट्ने, प्रमोटर र पब्लिकका लागि छुट्टै डिम्याट नम्बरको प्रस्तावजस्ता कारण देखाएका छन् भने केहीले ब्रोकरको उधारो रकमका कारण बजार घटेको दाबी गरेका छन्। केही विश्लेषकले भने बजार २,७५० भन्दा तल नझर्ने विश्वास व्यक्त गरेका छन्।Continuous Decline in the Nepali Stock Market: Index Falls Below 2,800, Most Technical Indicators Bearish The Nepali stock market has witnessed a significant decline. After recently touching the 3,000 level, the market has been continuously falling and has now closed below 2,800. Analysts say small investors who were encouraged to buy shares are now under stress. Those who took bank loans or broker credits in hopes of making quick profits are facing increased panic.

      NEPSE TRADING·12 Aug, 2025·2 min read
    • बूढी गण्डकी जलविद्युत आयोजना निर्माणका लागि १० बैंकको ५२ अर्ब ५० करोड ऋण लगानी
      Investor

      बूढी गण्डकी जलविद्युत आयोजना निर्माणका लागि १० बैंकको ५२ अर्ब ५० करोड ऋण लगानीTen Banks to Invest NPR 52.5 Billion in Budhi Gandaki Hydropower Project

      बूढी गण्डकी जलविद्युत आयोजना निर्माणका लागि १० बैंकको ५२ अर्ब ५० करोड ऋण लगानी निजी क्षेत्रको सबैभन्दा ठूलो जलविद्युत आयोजना मानिने बूढी गण्डकी जलविद्युत परियोजनाका लागि १० वटा बैंकले संयुक्त रूपमा ५२ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। गोरखा र धादिङ जिल्लाको सिमानामा निर्माण हुन लागेको ३४१.५ मेगावाट क्षमताको यो आयोजनाका लागि बिहीबार निर्माणकर्ता टाइम्स इनर्जी प्रा.लि. र बैंकहरूबीच औपचारिक सम्झौता सम्पन्न भएको हो। सम्झौताअनुसार, सबैभन्दा बढी एनआइएमबी बैंकले १० अर्ब रुपैयाँ ऋण लगानी गर्नेछ। त्यस्तै लक्ष्मी सनराइज बैंक र नविल बैंकले समान रूपमा ८ अर्ब–८ अर्ब, ग्लोबल आइएमई बैंकले ७ अर्ब, माच्छापुच्छ्रे बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले समान ४ अर्ब–४ अर्ब, प्रभु बैंक, नेपाल पूर्वाधार बैंक लिमिटेड र सिटिजन्स बैंकले समान ३ अर्ब–३ अर्ब र कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ ऋण उपलब्ध गराउनेछन्।Ten Banks to Invest NPR 52.5 Billion in Budhi Gandaki Hydropower Project Ten banks have agreed to jointly invest NPR 52.5 billion in the Budhi Gandaki Hydropower Project, considered the largest hydropower project in the private sector. The 341.5 MW project will be built on the border of Gorkha and Dhading districts, and an agreement between the developer, Times Energy Pvt. Ltd., and the banks was signed on Thursday. As per the agreement, NIMB Bank will invest the highest amount at NPR 10 billion. Laxmi Sunrise Bank and Nabil Bank will each invest NPR 8 billion, Global IME Bank will invest NPR 7 billion, Machhapuchchhre Bank and Hydroelectricity Investment and Development Company Limited (HIDCL) will each invest NPR 4 billion, Prabhu Bank, Nepal Infrastructure Bank Limited, and Citizens Bank will each invest NPR 3 billion, while Agricultural Development Bank will contribute NPR 2.5 billion.

      NEPSE TRADING·12 Aug, 2025·1 min read
    • अमुदी फुड्स लिमिटेड आईपीओ निष्कासन गर्ने
      Investor

      अमुदी फुड्स लिमिटेड आईपीओ निष्कासन गर्नेAmudi Foods Limited to Issue IPO

      अमुदी फुड्स लिमिटेड आईपीओ निष्कासन गर्ने शेयर बजारमा नयाँ कम्पनीहरूको आगमन जारी रहँदा अमुदी फुड्स लिमिटेडले सर्वसाधारणका लागि २० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्नका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौता सोमबार ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय, नक्सालमा सम्पन्न भएको हो। सम्झौतापत्रमा अमुदी फुड्सका अध्यक्ष अच्युत बस्नेत र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले हस्ताक्षर गरेका छन्। अमुदी फुड्सको कर्पोरेट कार्यालय काठमाडौँको कोटेश्वरमा रहेको छ भने यसको उद्योग चितवनको भरतपुरमा अवस्थित छ। कम्पनीले विभिन्न ब्रान्डका स्न्याक्स उत्पादन गर्दै आएको छ र यसमा विभिन्न क्षेत्रका अनुभवी व्यवसायी, उद्योगी तथा शिक्षाविद्हरूको लगानी रहेको छ।Amudi Foods Limited to Issue IPO As new companies continue to enter the stock market, Amudi Foods Limited is set to issue 2 million ordinary shares (IPO) to the general public. The company will issue the shares at a face value of NPR 100 per share and has appointed Global IME Capital Limited as the issue and sales manager. The agreement regarding this appointment was signed on Monday at the central office of Global IME Capital in Naxal. The agreement was signed by Achyut Basnet, Chairman of Amudi Foods, and Mandeep Luintel, Chief Executive Officer of Global IME Capital. Amudi Foods’ corporate office is located in Koteshwor, Kathmandu, while its manufacturing plant is situated in Bharatpur, Chitwan. The company produces various snack brands and has investments from experienced entrepreneurs, industrialists, and academicians from diverse sectors.

      NEPSE TRADING·12 Aug, 2025·1 min read
    • तेह्रथुम पावरको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा
      Investor

      तेह्रथुम पावरको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमाTehrathum Power’s Unsubscribed Right Shares Open for Auction

      तेह्रथुम पावरको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा तेह्रथुम पावर कम्पनी लिमिटेडले आज साउन २७ गतेदेखि अवितरित हकप्रद सेयर लिलाम प्रक्रियामार्फत बिक्रीमा राखेको छ। कम्पनीले गत असार १६ गतेदेखि साउन ११ गतेसम्म १ बराबर १ अनुपातमा जारी गरेको हकप्रद सेयरमा आवेदन नपरेको ४ लाख १८ हजार ७३८ कित्ता सर्वसाधारण समूहका सेयर लिलाम बिक्री गर्न लागेको हो। लिलाम सेयर खरिदका लागि लगानीकर्ताले आजदेखि भदौ ३ गतेसम्म शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। यस सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन्। न्यूनतम १०० कित्ताका लागि मात्र आवेदन दिनुपर्नेछ भने अधिकतम कित्तामा कुनै सीमा तोकिएको छैन। यस लिलामको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धकका साथै नबिल बैंकका विराटनगर, बिर्तामोड, विरगञ्ज, हेटौँडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।Tehrathum Power’s Unsubscribed Right Shares Open for Auction Tehrathum Power Company Limited has opened the auction of its unsubscribed right shares from today, August 12 (Shrawan 27). The company had issued right shares in a 1:1 ratio from June 30 (Asar 16) to July 26 (Shrawan 11), and 418,738 units from the general public category remained unsubscribed. These shares are now being sold through an auction process. Investors can submit sealed bids for these shares from today until August 19 (Bhadra 3). The minimum price for the auction has been set at NPR 100 per share. Bidders must quote NPR 100 or more per share and can apply for a minimum of 100 units, with no maximum limit. Nabil Investment Banking Limited is the issue and sales manager for this auction. Interested investors can apply through the sales manager as well as through the branches of Nabil Bank located in Biratnagar, Birtamode, Birgunj, Hetauda, Jawalakhel, Suryabinayak, Pokhara, Butwal, Nepalgunj, Surkhet, and Dhangadhi.

      NEPSE TRADING·12 Aug, 2025·1 min read
    • लक्ष्मी सनराइज क्यापिटलका तीन म्युचुअल फन्डको लाभांश वितरणका लागि भदौ ३ गते बुक क्लोज
      Investor

      लक्ष्मी सनराइज क्यापिटलका तीन म्युचुअल फन्डको लाभांश वितरणका लागि भदौ ३ गते बुक क्लोजLaxmi Sunrise Capital Sets Book Closure Date for Dividend Distribution of Three Mutual Funds

      लक्ष्मी सनराइज क्यापिटलका तीन म्युचुअल फन्डको लाभांश वितरणका लागि भदौ ३ गते बुक क्लोज लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सञ्चालन गरेको तीन म्युचुअल फन्डको आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश वितरणार्थ बुक क्लोज मिति सार्वजनिक गरेको छ। क्यापिटलको सञ्चालक समितिको निर्णयअनुसार लक्ष्मी उन्नति कोष, सनराइज फर्स्ट म्युचुअल फन्ड र सनराइज फोकस्ड इक्विटी फन्डका इकाइधनीलाई लाभांश वितरण गर्न आउँदो भदौ ३ गते बुक क्लोज गरिने भएको हो। यस मितिभन्दा अघिसम्म नाम दर्ता भएका इकाइधनीहरुले मात्र लाभांश पाउनेछन्। घोषित लाभांश दरअनुसार, लक्ष्मी उन्नति कोषले २० प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फन्डले १४ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फन्डले १३.५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ। यसअघि नै लक्ष्मी सनराइज क्यापिटलले सञ्चालन गरेका लक्ष्मी भ्यालु फन्ड–२ र सनराइज ब्लुचिप फन्डको लाभांश घोषणा भइसकेको छ।Laxmi Sunrise Capital Sets Book Closure Date for Dividend Distribution of Three Mutual Funds Laxmi Sunrise Capital Limited has announced the book closure date for dividend distribution of three mutual funds for the fiscal year 2081/82. As per the decision of the company’s Board of Directors, the book closure for Laxmi Unnati Kosh, Sunrise First Mutual Fund, and Sunrise Focused Equity Fund will be on Bhadra 3. Only unit holders registered before this date will be eligible to receive the declared dividends. According to the announcement, Laxmi Unnati Kosh will distribute a 20% cash dividend, Sunrise First Mutual Fund will distribute 14%, and Sunrise Focused Equity Fund will distribute 13.5%, including tax. Earlier, Laxmi Sunrise Capital had already announced dividends for Laxmi Value Fund–2 and Sunrise Bluechip Fund.

      NEPSE TRADING·12 Aug, 2025·1 min read
    • सिटी होटलको सेयरमूल्य समायोजन, बजार खुल्नेबित्तिकै पोजेटिभ सर्किट
      Investor

      सिटी होटलको सेयरमूल्य समायोजन, बजार खुल्नेबित्तिकै पोजेटिभ सर्किटCity Hotel’s Share Price Adjusted, Hits Positive Circuit Right After Market Opens

      सिटी होटलको सेयरमूल्य समायोजन, बजार खुल्नेबित्तिकै पोजेटिभ सर्किट नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सिटी होटल लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। कम्पनीले ८० प्रतिशत हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले सेयरमूल्य ५७८ रुपैयाँ ४२ पैसामा समायोजन गरेको हो। अघिल्लो कारोबार दिन सोमबारको अन्तिम मूल्य ९६१ रुपैयाँ १५ पैसाका आधारमा गरिएको समायोजनपछि आज बजार खुल्नेबित्तिकै कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ। यससँगै दोस्रो बजारमा कारोबार सुरु भएको हो।City Hotel’s Share Price Adjusted, Hits Positive Circuit Right After Market Opens The Nepal Stock Exchange (NEPSE) today adjusted the share price of City Hotel Limited. The adjustment was made after the company closed its books to issue an 80% rights share, setting the new price at Rs. 578.42. Based on the previous trading day’s (Monday) closing price of Rs. 961.15, NEPSE revised the valuation accordingly. Right after the market opened today, City Hotel’s stock hit the positive circuit limit, marking the start of trading in the secondary market at the adjusted price.

      NEPSE TRADING·12 Aug, 2025·<1 min read
    • १२.७९% बिक्री आम्दानी वृद्धि, घोराही सिमेन्टको घाटा आधाभन्दा बढीले घट्यो
      Stock

      १२.७९% बिक्री आम्दानी वृद्धि, घोराही सिमेन्टको घाटा आधाभन्दा बढीले घट्योSales Up 12.79%, Ghorahi Cement Cuts Loss by More Than Half

      घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले गत आर्थिक वर्षमा नोक्सानी घटाउँदै ६६ करोड रुपैयाँमा सीमित गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ४४ करोड रुपैयाँभन्दा ५४% कम हो। बिक्री आम्दानी १२.७९% बढेर ५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ भने कुल नाफा २३२.५४% ले बढेको छ। वित्तीय खर्च भने १७.१०% बढेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक १४ रुपैयाँ ४६ पैसा छ।Ghorahi Cement Industry Limited reduced its loss to NPR 660 million in the last fiscal year, down 54% from NPR 1.44 billion in the previous year. Sales revenue increased by 12.79% to NPR 5.05 billion, while gross profit rose by 232.54%. Financial expenses grew by 17.10%. The company’s EPS stands at negative NPR 14.46.

      NepseTrading·12 Aug, 2025·1 min read
    • चिलिमे हाइड्रोपावरको आम्दानी र नाफा वृद्धि, ईपीएसमा गिरावट
      Top

      चिलिमे हाइड्रोपावरको आम्दानी र नाफा वृद्धि, ईपीएसमा गिरावटChilime Hydropower Sees Revenue and Profit Growth, EPS Falls

      चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (CHCL) को विद्युत बिक्री आम्दानी ०.८१ प्रतिशत बढेर १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा खुद नाफा ०.१६ प्रतिशत बढेर ६७ करोड ९५ लाख रुपैयाँ भए पनि प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७४ पैसामा झरेको छ। कम्पनीको चुक्ता पूँजी ८ अर्ब ७८ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्ग २ अर्ब ६८ करोड रुपैयाँ रहेको छ।Chilime Hydropower Company Limited (CHCL) reported a 0.81% rise in electricity sales revenue, reaching NPR 1.12 billion. Net profit increased by 0.16% to NPR 679.5 million, while earnings per share dropped to NPR 7.74. The company’s paid-up capital stands at NPR 8.78 billion, with retained earnings of NPR 2.68 billion.

      NEPSE TRADING·12 Aug, 2025·1 min read
    • हिमालयन बैंकको नाफा २२.१५% बढ्यो
      Stock

      हिमालयन बैंकको नाफा २२.१५% बढ्योHimalayan Bank’s Profit Rises by 22.15%

      हिमालयन बैंक लिमिटेडको चौथो त्रैमासमा खुद नाफा २२.१५ प्रतिशतले बढेर १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज ठूलो मात्रामा घट्दा मुनाफा बढ्न सफल भएको हो। वितरणयोग्य मुनाफा भने ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मक छ। प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९८ पैसा पुगेको छ भने पी/ई अनुपात ३३.९८ गुणा र प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ७ पैसा रहेको छ।Himalayan Bank Limited’s net profit rose by 22.15% to NPR 1.51 billion in the fourth quarter. Despite a drop in net interest income, a significant reduction in impairment charges boosted profitability. The distributable profit remained negative at NPR 7.10 billion. EPS stood at NPR 6.98, with a P/E ratio of 33.98 times and net worth per share at NPR 175.07.

      NEPSE TRADING·12 Aug, 2025·1 min read
    • नबिल बैंकको वार्षिक नाफा ७ अर्ब १२ करोड पुग्यो, वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड
      Top

      नबिल बैंकको वार्षिक नाफा ७ अर्ब १२ करोड पुग्यो, वितरणयोग्य नाफा ४ अर्ब ७७ करोडNabil Bank’s Annual Net Profit Surges to NPR 7.12 Billion, Distributable Profit at NPR 4.77 Billion

      नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षमा ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशत बढी हो। खुद ब्याज आम्दानीमा न्यून वृद्धि भए पनि इम्पेरमेन्ट चार्ज घट्दा नाफा बढेको हो। बैंकको वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६४ पैसा रहेको छ। प्रतिशेयर आम्दानी २६ रुपैयाँ ३४ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात २०.५५ गुणा र प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा रहेको छ।Nabil Bank Limited (NABIL) reported a net profit of NPR 7.12 billion in the last fiscal year, up 15.01% from NPR 6.19 billion a year earlier. The growth was mainly driven by a sharp drop in impairment charges, despite minimal growth in net interest income. The bank’s distributable profit stood at NPR 4.77 billion, with distributable EPS of NPR 17.64. Earnings per share rose to NPR 26.34, while the price-to-earnings ratio was 20.55 times and net worth per share was NPR 235.58.

      NEPSE TRADING·12 Aug, 2025·1 min read
    • एनएमबि बैंकको खुद नाफामा ४६% वृद्धि, इम्पेरमेन्ट चार्ज घट्दा मुनाफामा ठुलो उछाल
      Investor

      एनएमबि बैंकको खुद नाफामा ४६% वृद्धि, इम्पेरमेन्ट चार्ज घट्दा मुनाफामा ठुलो उछालNMB Bank Reports 46% Surge in Net Profit for FY 2081/82, Boosted by Lower Impairment Charges

      एनएमबि बैंकको खुद नाफामा ४६% वृद्धि, इम्पेरमेन्ट चार्ज घट्दा मुनाफामा ठुलो उछाल एनएमबि बैंक लिमिटेड (NMB) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ, जसअनुसार अघिल्लो वर्षको तुलनामा बैंकको नाफा उल्लेखनीय रूपमा बढेको छ। बैंकले गत वर्ष सोही अवधिमा २ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको थियो भने यस वर्ष नाफा ४६.२२% वृद्धि हुँदै ३ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। यो नाफा वृद्धिको मुख्य कारण बैंकको इम्पेरमेन्ट चार्ज (ऋण नोक्सानी प्रावधान) घट्नु हो। अघिल्लो वर्ष २ अर्ब ३ करोड रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष घटेर ९५ करोड ८ लाख रुपैयाँमा झरेको छ। यसका कारण सञ्चालन मुनाफा र अन्तिम खुद नाफामा ठुलो सुधार देखिएको हो।NMB Bank Reports 46% Surge in Net Profit for FY 2081/82, Boosted by Lower Impairment Charges NMB Bank Limited (NMB) has published its unaudited financial results for the fourth quarter of fiscal year 2081/82, showing a significant improvement in profitability compared to the previous year. The bank posted a net profit of NPR 3.28 billion, up from NPR 2.24 billion in the same period last year, marking a robust 46.22% growth. The strong bottom-line performance is largely attributed to reduced impairment charges, which dropped sharply from NPR 2.03 billion last year to just NPR 958 million this year. While net interest income (NII) and fee-based income also saw healthy growth, the decline in loan loss provisioning was a major driver for the jump in operating profit and net earnings.

      NEPSE TRADING·12 Aug, 2025·2 min read
    • सेयर बजार फेरि ओरालो, उच्च लाभको आशामा खरिद गरेका लगानीकर्ताको पूँजी ‘बालुवामा पानी’, प्रविधिक विश्लेषक भन्छन् – करेक्सन अन्त्यको चरणमा
      Top

      सेयर बजार फेरि ओरालो, उच्च लाभको आशामा खरिद गरेका लगानीकर्ताको पूँजी ‘बालुवामा पानी’, प्रविधिक विश्लेषक भन्छन् – करेक्सन अन्त्यको चरणमाStock Market Declines Again, Investors’ High Hopes Turn to “Water on Sand”; Technical Analysts See Correction Phase Nearing Its End

      सेयर बजार फेरि ओरालो, उच्च लाभको आशामा खरिद गरेका लगानीकर्ताको पूँजी ‘बालुवामा पानी’, प्रविधिक विश्लेषक भन्छन् – करेक्सन अन्त्यको चरणमा काठमाडौं, साउन २६ – गत बिहीबार बढेको नेपालको पुँजी बजार सोमबार पुनः ओरालो लागेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिको आडमा केही समय उकालो लागेको बजार पछिल्ला दिनहरूमा लगातार खुम्चिँदै गएको हो। बजारको गिरावटसँगै लगानीकर्ताको मनोबल कमजोर भएको छ। केही साताअघि नेप्से ३,००० बिन्दुमाथि पुगेपछि ३,२०० बिन्दु पार गर्ने आशामा हौसिएका लगानीकर्ताहरू अहिले घाटामा परेका छन्। माफियाको प्रभाव र उच्च लाभको अपेक्षामा शेयर खरिद गरेका धेरैको लगानी ‘बालुवामा पानी’ जस्तै बगिरहेको छ, जसले लगानीकर्तामा असन्तुष्टि बढाएको छ।Stock Market Declines Again, Investors’ High Hopes Turn to “Water on Sand”; Technical Analysts See Correction Phase Nearing Its End Kathmandu, Aug 11 — After showing gains last Thursday, Nepal’s capital market fell again on Monday, continuing its downward trajectory despite having risen earlier on the back of the current fiscal year’s monetary policy. With the market’s decline, investor sentiment has weakened. A few weeks ago, when NEPSE climbed above 3,000 points, many investors purchased shares expecting the index to surpass 3,200. Now, those high-return expectations have turned into losses, with investments “like water on sand” due to market manipulation and mafia influence, fueling investor frustration.

      NEPSE trading ·11 Aug, 2025·2 min read
    • गत आर्थिक वर्षमा ५३ हजार ५७१ व्यक्ति तथा संस्था सीआईसीको कालोसूचीमा
      Investor

      गत आर्थिक वर्षमा ५३ हजार ५७१ व्यक्ति तथा संस्था सीआईसीको कालोसूचीमा53,571 Individuals and Institutions Blacklisted by CIC in FY 2081/82

      गत आर्थिक वर्षमा ५३ हजार ५७१ व्यक्ति तथा संस्था सीआईसीको कालोसूचीमा आर्थिक वर्ष २०८१/८२ मा कर्जा सूचना केन्द्र (सीआईसी)को कालोसूचीमा पर्ने व्यक्तिहरू तथा संस्थाको संख्या ५३ हजार ५७१ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा २.४२ प्रतिशत अर्थात् १ हजार २६८ ले बढी हो। आर्थिक वर्ष २०८०/८१ मा ५२ हजार ३०३ व्यक्ति तथा संस्था कालोसूचीमा परेका थिए। सीआईसीका प्रवक्ता विजय कुँवरका अनुसार अघिल्ला वर्षहरूमा कालोसूचीमा पर्नेको संख्या तीव्र गतिमा बढे पनि गत वर्षको वृद्धि दर भने न्यून रह्यो। पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा भने यो संख्या ७२२.३९ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७७/७८ मा कालोसूचीमा पर्ने संख्या ६ हजार ५१४ मात्र रहेकोमा २०७८/७९ मा १५ हजार ९९५, २०७९/८० मा ३४ हजार ८१, २०८०/८१ मा ५२ हजार ३०३ र २०८१/८२ मा ५३ हजार ५७१ पुगेको छ।53,571 Individuals and Institutions Blacklisted by CIC in FY 2081/82 In the fiscal year 2081/82, the number of individuals and institutions blacklisted by the Credit Information Bureau (CIC) reached 53,571. This marks an increase of 2.42% (1,268 cases) compared to the previous fiscal year, when 52,303 were blacklisted. According to CIC spokesperson Bijay Kunwar, although the number of blacklisted cases had been rising rapidly in previous years, the growth rate in the last fiscal year remained relatively low. Over the past five years, however, the figure has surged by 722.39%. In FY 2077/78, the blacklist contained only 6,514 cases, which rose to 15,995 in 2078/79, 34,081 in 2079/80, 52,303 in 2080/81, and 53,571 in 2081/82.

      NEPSE trading ·11 Aug, 2025·1 min read
    • व्यक्तिगत आवास निर्माण कर्जामा २४ अर्बभन्दा बढीको वृद्धि
      Investor

      व्यक्तिगत आवास निर्माण कर्जामा २४ अर्बभन्दा बढीको वृद्धिOver NPR 24 Billion Increase in Personal Housing Loans

      व्यक्तिगत आवास निर्माण कर्जामा २४ अर्बभन्दा बढीको वृद्धि व्यक्तिगत आवास निर्माणमा हालसालै तीव्र वृद्धि देखिँदा यससँग सम्बन्धित कर्जा प्रवाहमा समेत उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिगत आवास निर्माणका लागि २४ अर्ब ६३ करोड ३० लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्, जुन गत आवको तुलनामा ठूलो वृद्धि हो। नेपाल राष्ट्र बैंकका अनुसार, ५४ वटा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले घर निर्माणका लागि कुल ४ खर्ब १० अर्ब ४ करोड ५० लाख रुपैयाँ कर्जा उपलब्ध गराएका छन्। यो अघिल्लो वर्षको सोही अवधिभन्दा करिब २४ अर्ब रुपैयाँ बढी हो।Over NPR 24 Billion Increase in Personal Housing Loans A significant rise in personal housing construction has driven notable growth in housing-related loans. By the end of Jestha in the fiscal year 2081/82, banks and financial institutions had disbursed more than NPR 24.63 billion in additional loans for personal housing construction compared to the previous fiscal year. According to Nepal Rastra Bank, 54 commercial banks, development banks, and finance companies have provided a total of NPR 410.04 billion in loans for personal housing. This marks an increase of about NPR 24 billion over the same period last year.

      NEPSE trading ·11 Aug, 2025·1 min read