NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Top News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 36 / 194Next
    • निर्वाचन प्रचारका लागि निर्वाचन आयोगद्वारा टिकटक भिडियो प्रतियोगिता सुरु
      Top

      1 min read

      निर्वाचन प्रचारका लागि निर्वाचन आयोगद्वारा टिकटक भिडियो प्रतियोगिता सुरु

      प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै निर्वाचन आयोगले टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने भएको छ। यस प्रतियोगितामार्फत मतदाता शिक्षा, निर्वाचन आचारसंहिता, मतदान प्रक्रिया र मतदाताको अधिकारबारे जानकारी फैलाउने उद्देश्य राखिएको छ। एक मिनेटसम्मको मौलिक भिडियो तयार गरी फागुन १७ गतेभित्र आयोगमा पठाउनुपर्नेछ। सबैभन्दा बढी भ्युअर्स पाउने तीन उत्कृष्ट भिडियोले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ र आयोगबाट गरिनेछ।

      NEPSE TRADING

      ·

      20 Feb, 2026

    • विरगञ्जमा एबीसी सेक्युरिटिज र नेप्से ट्रेडिङको संयुक्त आयोजनामा एकदिने शेयर मार्केट तालीम तथा इन्भेष्टर प्रो मिट
      Investor

      1 min read

      विरगञ्जमा एबीसी सेक्युरिटिज र नेप्से ट्रेडिङको संयुक्त आयोजनामा एकदिने शेयर मार्केट तालीम तथा इन्भेष्टर प्रो मिट

      विरगञ्जमा एबीसी सेक्युरिटिज र नेप्से ट्रेडिङको संयुक्त आयोजनामा एकदिने शेयर मार्केट तालीम तथा इन्भेष्टर प्रो मिट विरगञ्ज । एबीसी सेक्युरिटिज ब्रोकर नं. १७ र नेप्से ट्रेडिङको संयुक्त आयोजनामा यही २०८२ साल फागुन ९ गते विरगञ्जमा एकदिने शेयर बजार सम्बन्धी तालीम तथा ‘एबीसी सेक्युरिटिज इन्भेष्टर प्रो मिट’ कार्यक्रम आयोजना हुने भएको छ। लगानीकर्तालाई शेयर बजारसम्बन्धी ज्ञान, सीप तथा व्यवहारिक अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना गरिने उक्त कार्यक्रममा बजारका अनुभवी तथा दिग्गज व्यक्तित्वहरूको सहभागिता रहनेछ। कार्यक्रममा बजार जानकार नितिश कुमार अग्रवाल, प्रविधिक विश्लेषक सन्दीपकुमार चौधरी, विश्लेषक सुवासभन्द्र ढुंगाना, अग्रज लगानीकर्ता छोटेलाल रौनीयार, अनुभवी विश्लेषक नवराज सिलवाल तथा वित्त विज्ञ जगन्नाथ ढुंगेलले आफ्नो अनुभव तथा विचार प्रस्तुत गर्ने आयोजकले जनाएको छ।

      NEPSE TRADING

      ·

      19 Feb, 2026

    • कलश स्टक मार्केटद्वारा निःशुल्क शेयर शिक्षा कार्यक्रम सम्पन्न
      Investor

      1 min read

      कलश स्टक मार्केटद्वारा निःशुल्क शेयर शिक्षा कार्यक्रम सम्पन्न

      कलश स्टक मार्केटद्वारा निःशुल्क शेयर शिक्षा कार्यक्रम सम्पन्न काठमाडौँ — बुद्धनगर–१० मा मुख्य कार्यालय रहेको Kalash Stock Market Pvt. Ltd. (ब्रोकर नं ७४) ले शेयर बजारमा आवद्ध लगानीकर्ताहरूलाई लक्षित गर्दै निःशुल्क शेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। २०८२ साल फागुन ६ गते, बुधबार काठमाडौँको गोङ्गबुस्थित बी.जी. ब्याङ्केट एण्ड इभेन्ट सेन्टरमा आयोजित कार्यक्रममा लगानी रणनीति, आधारभूत तथा प्राविधिक विश्लेषणसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा उल्लेख्य संख्यामा लगानीकर्ताहरूको सहभागिता रहेको थियो।

      NEPSE TRADING

      ·

      19 Feb, 2026

    • होटल तथा पर्यटन समूह दबाबमा: ७ मध्ये ५ कम्पनी घाटामा
      Top

      1 min read

      होटल तथा पर्यटन समूह दबाबमा: ७ मध्ये ५ कम्पनी घाटामा

      नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत होटल तथा पर्यटन समूहका ७ कम्पनीमध्ये चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ वटा कम्पनी घाटामा रहेका छन्। सोल्टी होटल र कालिञ्चोक दर्शन मात्र नाफामा छन्। सोल्टी होटलले सबैभन्दा बढी नाफा कमाएको छ भने अधिकांश कम्पनीको आम्दानी र नाफामा गिरावट आएको छ। पर्यटन क्षेत्रको सुस्त सुधार र अन्य चुनौतीका कारण होटल समूह दबाबमा रहेको देखिन्छ।

      NEPSE TRADING

      ·

      19 Feb, 2026

    • ई–कमर्स क्षेत्रमा कडा नियमन: दर्ता अनिवार्य, नियम उल्लंघन गर्ने प्लेटफर्म खारेज हुने
      Top

      2 min read

      ई–कमर्स क्षेत्रमा कडा नियमन: दर्ता अनिवार्य, नियम उल्लंघन गर्ने प्लेटफर्म खारेज हुने

      सरकारले विद्युतीय व्यापार (ई–कमर्स) क्षेत्रलाई व्यवस्थित बनाउन कडा नियमन लागू गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको नयाँ निर्देशिकाअनुसार अब सबै ई–कमर्स व्यवसायीले सरकारी पोर्टलमा अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ। दर्ता नगरी सञ्चालन गरिएको प्लेटफर्मलाई सात दिनभित्र सूचीकृत हुन निर्देशन दिइने र अटेरी गरेमा खारेज गरिने व्यवस्था गरिएको छ। निर्देशिकाले नेपाल राष्ट्र बैंकबाट स्वीकृत डिजिटल पेमेन्ट गेटवे मात्र प्रयोग गर्नुपर्ने, नगद कारोबारमा समेत विद्युतीय बीजक जारी गर्नुपर्ने र सात दिनभित्र रकम फिर्ता गर्नुपर्ने प्रावधान राखेको छ। साथै, प्रयोगकर्ताको व्यक्तिगत विवरण एनक्रिप्टेड रूपमा सुरक्षित राख्नुपर्ने तथा डेटा चुहावट भएमा तुरुन्त कारोबार बन्द गरी सार्वजनिक जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ। यस कदमले ई–कमर्स क्षेत्रमा पारदर्शिता र उपभोक्ता संरक्षण मजबुत हुने अपेक्षा गरिएको छ।

      NEPSE TRADING

      ·

      19 Feb, 2026

    • १३ हजार ऋणीको खाता र सम्पत्ति रोक्का, सहकारी पीडितको रकम फिर्ता अझै चुनौतीपूर्ण
      Top

      1 min read

      १३ हजार ऋणीको खाता र सम्पत्ति रोक्का, सहकारी पीडितको रकम फिर्ता अझै चुनौतीपूर्ण

      काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी ठगी प्रकरणमा संलग्न करिब १३ हजार ऋणी सदस्यको बैंक खाता, सेयर तथा चल–अचल सम्पत्ति रोक्का गरेको छ। बचतकर्ताको रकम फिर्ता प्रक्रिया तीव्र बनाउन यो कदम चालिएको हो। समितिका अनुसार ७४ हजारभन्दा बढी बचतकर्ताबाट करिब ४४ अर्ब रुपैयाँको दाबी परेको छ। तर हालसम्म करिब ४ अर्ब रुपैयाँ मात्र फिर्ता भएको छ। अधिकांश सहकारीमा कमजोर पुँजी संरचना, कानुनी जटिलता र जनशक्ति अभावका कारण पूर्ण राफसाफ हुन समय लाग्ने देखिएको छ। सम्पत्ति जफत प्रक्रिया सुरु भए पनि सहकारी संकटको समाधान तत्काल सम्भव नदेखिएको समितिको निष्कर्ष छ।

      NEPSE TRADING

      ·

      19 Feb, 2026

    • सिम्रिक एयरको साधारण सभा फागुन २८ गते, आईपीओ निष्कासनको प्रस्ताव
      Top

      1 min read

      सिम्रिक एयरको साधारण सभा फागुन २८ गते, आईपीओ निष्कासनको प्रस्ताव

      काठमाडौं: सिम्रिक एयर लिमिटेडले फागुन २८ गते काठमाडौं–३२ स्थित रजिष्टर्ड कार्यालयमा साँझ ५ बजे वार्षिक साधारण सभा गर्ने भएको छ। सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षित विवरण पारित गरिनेछ। साथै, नेपाल धितोपत्र बोर्डमा दर्ता भई आईपीओ निष्कासन, लेखापरीक्षक नियुक्ति तथा नगद लाभांशसम्बन्धी प्रस्तावमाथि छलफल गरिनेछ।

      NEPSE TRADING

      ·

      19 Feb, 2026

    • सिटिजन्स सदाबहार योजनाको स्टक सिम्बोल परिवर्तन, अब ‘CSBY’ बाट कारोबार हुने
      Investor

      1 min read

      सिटिजन्स सदाबहार योजनाको स्टक सिम्बोल परिवर्तन, अब ‘CSBY’ बाट कारोबार हुने

      सिटिजन्स सदाबहार योजनाको स्टक सिम्बोल परिवर्तन, अब ‘CSBY’ बाट कारोबार हुने सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन भइरहेको खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ को स्टक सिम्बोल परिवर्तन गरिएको छ। योजना व्यवस्थापक Citizens Capital Limited ले जारी गरेको सूचनाअनुसार यसअघि ‘CSY’ रहेको स्टक सिम्बोल अब परिवर्तन भई ‘CSBY’ कायम गरिएको हो। सिटिजन्स सदाबहार योजना Citizens Bank International Limited को प्रवर्द्धनमा सञ्चालित खुलामुखी म्युचुअल फण्ड योजना हो। यस योजनाको व्यवस्थापन तथा डिपोजिटरीको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले सम्हाल्दै आएको छ।

      NEPSE TRADING

      ·

      18 Feb, 2026

    • सिटिजन्स बैंकका संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा, १८ हजारभन्दा बढी कित्ता खुला
      Top

      1 min read

      सिटिजन्स बैंकका संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा, १८ हजारभन्दा बढी कित्ता खुला

      सिटिजन्स बैंकका संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा, १८ हजारभन्दा बढी कित्ता खुला Citizens Bank International Limited का एक संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेका छन्। बैंकले प्रकाशित सूचनाअनुसार संस्थापक समूहका शेयरधनी राजकुमार थापाले १८ हजार ८४४.७२ कित्ता संस्थापक शेयर बिक्रीका लागि आवेदन दिएका हुन्। उक्त शेयरमा बैंकको १९औँ वार्षिक साधारण सभाबाट पारित बोनस शेयरसमेत समावेश गरिएको छ। बैंकले जानकारी दिएअनुसार ती शेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक शेयर खरिद–बिक्री गर्दा पहिलो प्राथमिकता अन्य संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था छ। सोही प्रावधानअनुसार बैंकले यसअघि मिति २०८२/०९/२९ मा नेपाली हिमालय टाइम्स राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी संस्थापक शेयरधनीलाई आवेदन दिन आह्वान गरेको थियो।

      NEPSE TRADING

      ·

      18 Feb, 2026

    • १५ निर्माण कम्पनीसँग स्पष्टीकरण माग, कालोसूचीमा राख्ने चेतावनी
      Investor

      1 min read

      १५ निर्माण कम्पनीसँग स्पष्टीकरण माग, कालोसूचीमा राख्ने चेतावनी

      १५ निर्माण कम्पनीसँग स्पष्टीकरण माग, कालोसूचीमा राख्ने चेतावनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय ले सर्तअनुसार काम नगर्ने १५ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारीस्वरूप स्पष्टीकरण माग गरेको छ। कार्यालयले बुधबार सूचना प्रकाशित गर्दै सम्बन्धित निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो। कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ बमोजिम कालोसूचीमा राख्नुअघि सम्बन्धित पक्षलाई स्पष्टीकरण दिने अवसर प्रदान गर्नुपर्ने व्यवस्था अनुसार मिति २०८२/१०/१६ गते सूचना जारी गरेको जनाएको छ। सूचनाअनुसार विभिन्न सार्वजनिक निकायबाट प्राप्त विवरणका आधारमा केही निर्माण कम्पनीहरूले ठेक्का सम्झौताअनुसार काम सम्पन्न नगरेको, गम्भीर लापरबाही देखिएको वा तोकिएको मापदण्ड पूरा नगरेको पाइएकाले स्पष्टीकरण मागिएको हो।

      NEPSE TRADING

      ·

      18 Feb, 2026

    • नासा सेक्यूरिटीजले मार्जिन ट्रेडिङ सेवा सुरु गर्‍यो, १० लाखदेखि २ करोडसम्मका योजना सार्वजनिक
      Investor

      1 min read

      नासा सेक्यूरिटीजले मार्जिन ट्रेडिङ सेवा सुरु गर्‍यो, १० लाखदेखि २ करोडसम्मका योजना सार्वजनिक

      नासा सेक्यूरिटीजले मार्जिन ट्रेडिङ सेवा सुरु गर्‍यो, १० लाखदेखि २ करोडसम्मका योजना सार्वजनिक नेपालको पूँजी बजारमा मार्जिन कारोबारको औपचारिक सुरुवातसँगै नासा सेक्यूरिटीज कम्पनी लिमिटेड ले सोमबारदेखि मार्जिन ट्रेडिङ सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘मार्जिन कारोबार सम्बन्धी निर्देशिका, २०८२’ लागू भएसँगै लगानीकर्तालाई शेयर खरिदका लागि कर्जा सुविधा उपलब्ध गराउन सुरु गरेको हो। नेपाल धितोपत्र बोर्ड ले मार्जिन कारोबारसम्बन्धी स्पष्ट कानुनी तथा नियामकीय ढाँचा तय गरेपछि नासाले अब आफ्ना ग्राहकलाई ब्रोकरमार्फत कर्जा लिएर शेयर खरिद गर्न सक्ने सुविधा प्रदान गरेको जनाएको छ। कम्पनीका अनुसार यो सेवा सुरु भएसँगै लगानीकर्ताले सीमित पूँजीमा पनि ठूलो परिमाणमा लगानी गर्न सक्ने अवसर पाउनेछन्।

      NEPSE TRADING

      ·

      18 Feb, 2026

    • होटल फरेष्ट इन लिमिटेडले एनआईसी एशिया क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गर्‍यो
      Investor

      1 min read

      होटल फरेष्ट इन लिमिटेडले एनआईसी एशिया क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गर्‍यो

      होटल फरेष्ट इन लिमिटेडले एनआईसी एशिया क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गर्‍यो होटल फरेष्ट इन लिमिटेड (होलिडे इन रिसोर्ट, बुढानिलकण्ठ) ले आफ्नो शेयर रजिष्ट्रारका रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड लाई नियुक्त गरेको छ। कम्पनीका अनुसार दुवै पक्षबीच शेयर रजिष्ट्रार नियुक्तिसम्बन्धी सम्झौता सम्पन्न भइसकेको छ। सम्झौताअनुसार एनआईसी एशिया क्यापिटलले कम्पनीका संस्थापक तथा सर्वसाधारणमा निष्कासन गरिएका साधारण शेयरसम्बन्धी सम्पूर्ण रजिष्ट्रार सेवा प्रदान गर्नेछ।

      NEPSE TRADING

      ·

      18 Feb, 2026

    • हिल्टन पुनर्बीमा विवाद : संलग्न चार कम्पनीसँग औपचारिक रूपमा स्पष्टीकरण
      Investor

      1 min read

      हिल्टन पुनर्बीमा विवाद : संलग्न चार कम्पनीसँग औपचारिक रूपमा स्पष्टीकरण

      हिल्टन होटलको पुनर्बीमा व्यवस्थापनसँग जोडिएको विवादले नयाँ मोड लिएको छ। नियामक निकायले यस प्रकरणमा संलग्न चार कम्पनीसँग औपचारिक रूपमा स्पष्टीकरण मागेपछि बीमा क्षेत्र पुनः चर्चामा आएको हो। नेपाल बीमा प्राधिकरण ले ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स कम्पनी र एलियण्ट पुनर्बीमा ब्रोकरलाई लिखित जवाफ पेस गर्न निर्देशनसहित पत्राचार गरेको जनाएको छ। पुनर्बीमा सम्झौता र त्यससँग सम्बन्धित प्रक्रियामा कानुनी तथा प्राविधिक त्रुटि भएको आशंकामा नियामकले छानबिन अघि बढाएको स्रोतको भनाइ छ। यसअघि प्राधिकरणले गठन गरेको छानबिन समितिले गत मंसिरमै सम्बन्धित कम्पनीहरूमाथि कारबाही गर्न सिफारिस गरेको थियो। तर सञ्चालक समितिमा पद रिक्त रहेकाले आवश्यक कोरम नपुग्दा निर्णय प्रक्रिया रोकिएको थियो। त्यसले छानबिनको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ भएको थियो।

      NEPSE TRADING

      ·

      18 Feb, 2026

    • शेयर बजार आगामी फागुन १० गते आइतबारमात्रै खुल्ने
      Investor

      1 min read

      शेयर बजार आगामी फागुन १० गते आइतबारमात्रै खुल्ने

      शेयर बजार आगामी फागुन १० गते आइतबारमात्रै खुल्ने भएको छ। यस साताको दोस्रो कारोबार दिन आज पनि सेयर बजार घटेर बन्द भएको छ। सोमबार जस्तै मंगलबार पनि बजारमा निरन्तर गिरावट देखिएको हो। चालु सातामा सोमबार र मंगलबार मात्र कारोबार खुलेको थियो भने त्यसपछि लगातार सार्वजनिक बिदाका कारण बजार बन्द हुने भएको छ। यस साताको आइतबार शिवरात्रि, बुधबार ग्याल्पो ल्होसार तथा बिहीबार प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा परेकाले Nepal Stock Exchange (NEPSE) मा सेयर कारोबार स्थगित रहनेछ। त्यसका कारण अब सेयर कारोबार फागुन १० गते आइतबारदेखि मात्र पुनः सुरु हुनेछ।

      NEPSE TRADING

      ·

      18 Feb, 2026

    • सरकारले निजीक्षेत्रका परियोजनाहरूमा जलवायु वित्त परिचालनको नयाँ कार्यविधि लागू गर्यो
      Investor

      2 min read

      सरकारले निजीक्षेत्रका परियोजनाहरूमा जलवायु वित्त परिचालनको नयाँ कार्यविधि लागू गर्यो

      सरकारले निजीक्षेत्रका परियोजनाहरूमा जलवायु वित्त परिचालनको नयाँ कार्यविधि लागू गर्यो सरकारले अब निजीक्षेत्रका परियोजनाहरूमा जलवायु वित्त परिचालन गर्न नीतिगत व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले आज जलवायु वित्त परिचालन कार्यविधि, २०८२ जारी गरेको छ, जसअनुसार निजीक्षेत्रले अन्तर्राष्ट्रिय अनुदान र सहुलियतपूर्ण ऋणमार्फत हरित प्रविधि, नवीकरणीय ऊर्जा र जलवायु अनुकूलन परियोजनामा वित्तीय स्रोत प्राप्त गर्न सक्नेछन्। नयाँ कार्यविधिअनुसार, निजीक्षेत्रका परियोजनाहरूलाई जलवायु कोषबाट छुट्याइएको रकम प्रयोग गरेर कार्यान्वयन गर्न सकिने व्यवस्था गरिएको छ। यसले जलवायु परिवर्तनका असरलाई सम्बोधन गर्न निजीक्षेत्रको सक्रिय सहभागिता सुनिश्चित गर्नको लागि नयाँ मार्ग प्रशस्त गरेको छ। परियोजना छनोट गर्दा सार्वजनिक सूचना जारी गरी सबै इच्छुक निजीक्षेत्रलाई समान अवसर दिने व्यवस्था गरिएको छ।

      NEPSE TRADING

      ·

      17 Feb, 2026

    • नेपाल राष्ट्र बैंकले जाली नोटको जोखिमसँग सम्बन्धित चेतावनी जारी गर्‍यो
      Investor

      1 min read

      नेपाल राष्ट्र बैंकले जाली नोटको जोखिमसँग सम्बन्धित चेतावनी जारी गर्‍यो

      नेपाल राष्ट्र बैंकले जाली नोटको जोखिमसँग सम्बन्धित चेतावनी जारी गर्‍यो नेपाल राष्ट्र बैंकले बजारमा जाली नोटको बढ्दो जोखिमको मध्यनजर सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बैंकले विशेषगरी रु. १,००० र रु. ५०० दरका नोटहरूमा सुरक्षा विशेषताहरूको जाँच अनिवार्य बनाउन सिफारिस गरेको छ। राष्ट्र बैंकका अनुसार जाली नोट छाप्ने, ओसारपसार गर्ने, र कारोबार गर्ने कार्य कानूनी अपराध हो। यस्तो प्रकारका गतिविधिहरूले देशको आर्थिक प्रणालीमा ठूलो नकरात्मक असर पार्ने सम्भावना रहेकोले नागरिकलाई यस्ता गतिविधिहरूबाट सचेत रहन र जाँच गर्न अनुरोध गरिएको छ।

      NEPSE TRADING

      ·

      17 Feb, 2026

    • सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न
      Investor

      1 min read

      सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न

      सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) आज बाँडफाँट गरिएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडको कार्यालयमा बिहान ९ बजे गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट सम्पन्न भएको हो। कम्पनीले माघ १८ देखि २१ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्कासन गरेको थियो। कुल ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँ बराबरको उक्त आइपीओमा २४ लाख ५२ हजार ६०२ जनाले २ करोड ६१ लाख ३२ हजार ८०० कित्ताका लागि आवेदन दिएका थिए। तीमध्ये २४ लाख ११ हजार ९९२ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्।

      NEPSE TRADING

      ·

      17 Feb, 2026

    • नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे बैंकलाई अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गर्न अनुमति
      Investor

      1 min read

      नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे बैंकलाई अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गर्न अनुमति

      नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे बैंकलाई अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गर्न अनुमति नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चित अग्राधिकार सेयर (पीएनसीपीएस) निष्कासन गर्न अनुमति दिएको छ। यस स्वीकृतिका साथ बैंकले १०० रुपैयाँ अंकित दरका ३ करोड कित्ता सेयर जारी गर्नेछ। माछापुच्छ्रे बैंकले जारी गर्ने अग्राधिकार सेयरको लाभांश दर ८.२५ प्रतिशत तोकिएको छ, र यो लाभांश केवल बैंकको नाफामा रहेको वर्षमा मात्र वितरण गरिनेछ। सेयर निष्कासन र बिक्री व्यवस्थापनको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटलले पाएको छ। यससँगै माछापुच्छ्रे बैंक अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गर्ने पाँचौं वाणिज्य बैंक बनेको छ। यसअघि नबिल बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक र कामना सेवा विकास बैंकले पनि यस्तो सेयर निष्कासनका लागि अनुमति पाइसकेका छन्।

      NEPSE TRADING

      ·

      17 Feb, 2026

    • नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने घोषणा
      Investor

      1 min read

      नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने घोषणा

      नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने घोषणा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढी तरलता भएको कारण आगामी फागुन ५ गते ८९ दिनका लागि ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने निर्णय गरेको छ। यसका लागि केन्द्रीय बैंकले अनलाइन बोलकबोल प्रक्रियामार्फत बैंक र वित्तीय संस्थाबाट प्रस्ताव माग गरेको छ। यस बोलकबोलमा सहभागी बैंकले १० करोड रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मको हिस्सा प्रस्ताव गर्न सक्नेछन्। बोलकबोलमा प्रस्तुत ब्याजदर केन्द्रीय बैंकले निर्धारण गर्नेछ र बहुब्याजदरको व्यवस्था समेत राखिनेछ। बैंकलाई वितरण गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र आह्वान रकमसम्म क्रमशः वितरण गरिने केन्द्रीय बैंकले जनाएको छ। निक्षेप संकलनको ब्याज र साँवाको भुक्तानी २०८३ जेठ ३ गते हुने व्यवस्था गरिएको छ। यस निक्षेप संकलनको उद्देश्य बैंकिङ्ग प्रणालीमा अत्यधिक तरलता व्यवस्थापन गर्नु र वित्तीय स्थायित्व कायम गर्नु हो।

      NEPSE TRADING

      ·

      17 Feb, 2026

    • रिलायन्स स्पिनिङ मिल्सको सेयर कारोबारमा अचम्म: बट प्रयोग भएको आशंका, ३०० मै बिक्री
      Investor

      1 min read

      रिलायन्स स्पिनिङ मिल्सको सेयर कारोबारमा अचम्म: बट प्रयोग भएको आशंका, ३०० मै बिक्री

      रिलायन्स स्पिनिङ मिल्सको सेयर कारोबारमा अचम्म: बट प्रयोग भएको आशंका, ३०० मै बिक्री काठमाडौं । Reliance Spinning Mills Limited को सेयर कारोबारमा आज अस्वाभाविक गतिविधि देखिँदा बजारमा चासो बढेको छ। कारोबार सुरु भएको दिनमै कम्पनीको सेयरमा सकारात्मक सर्किट लागे पनि केही कारोबार अत्यन्तै कम मूल्यमा भएको पाइएपछि बट प्रयोग भएको आशंका गरिएको छ। आईपीओमा प्रतिकित्ता ८२० रुपैयाँ तिरेका लगानीकर्ताले समेत ३०० रुपैयाँमै सेयर बिक्री गरेको तथ्य सार्वजनिक भएको छ। सर्किट लाग्ने सम्भावना रहेको अवस्थामा समेत जम्मा १०–१० कित्ताका चार चरणमा १३० कित्ता सेयर मात्र किनबेच भएको देखिएको छ। यस अवधिमा करिब ४० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। आजको कारोबारमा कम्पनीको जम्मा ११ पटक कारोबार भएको देखिन्छ। तीमध्ये १३० कित्तामध्ये ९० कित्ता सेयर ५८ नम्बर ब्रोकरमार्फत मात्र खरिद गरिएको पाइएको छ। त्यस्तै, बिक्रीतर्फ पनि ११ मध्ये ८ वटा कारोबार सोही ब्रोकरमार्फत भएको देखिएको छ।

      NEPSE TRADING

      ·

      16 Feb, 2026