
मध्यपूर्व युद्धको असर: एयर स्पेस बन्द भएपछि नेपालबाट सबै अन्तर्राष्ट्रिय उडान अनिश्चितकालका लागि स्थगितMiddle East Conflict Disrupts Aviation: All International Flights from Nepal Suspended Indefinitely
मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो सैन्य तनावका कारण नेपालबाट हुने सबै अन्तर्राष्ट्रिय उडानहरू अनिश्चितकालका लागि स्थगित भएका छन्। युद्धग्रस्त देशहरूले आफ्नो एयर स्पेस बन्द गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन सकेको छैन। विमानहरू विमानस्थलमै स्ट्यान्डबाइ अवस्थामा राखिएका छन् भने एयर स्पेस खुल्ने समयबारे कुनै निश्चित जानकारी छैन। उडान रोकिँदा वैदेशिक रोजगारी, अध्ययन र भ्रमणका लागि विदेश जान लागेका हजारौँ यात्रुहरू काठमाडौँमै अलपत्र परेका छन्।All international flights from Nepal have been suspended indefinitely due to escalating conflict and rising tensions in the Middle East, which led several countries to close their airspace. As a result, no international departures are currently possible from Tribhuvan International Airport, and aircraft remain on standby awaiting route clearance. The uncertainty has stranded thousands of passengers in Kathmandu who were planning to travel abroad for employment, education, and tourism purposes.


















