NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Top News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 49 / 194Next
    • चालु आर्थिक वर्षको ६ महिना बित्दा पनि विकास बजेट ११ प्रतिशतभन्दा कम खर्च
      Top

      1 min read

      चालु आर्थिक वर्षको ६ महिना बित्दा पनि विकास बजेट ११ प्रतिशतभन्दा कम खर्च

      चालु आर्थिक वर्षको करिब छ महिना बित्न लाग्दा पनि सरकारले पुँजीगत (विकास) बजेटको ११ प्रतिशतसमेत खर्च गर्न सकेको छैन। अर्थ मन्त्रालयका अनुसार पुस २६ गतेसम्म ४ खर्बभन्दा बढीको विनियोजित बजेटमध्ये ४३ अर्ब ६० करोड रुपैयाँ मात्र खर्च भएको छ। जेन–जी आन्दोलनका कारण करिब डेढ महिना प्रशासनिक संयन्त्र प्रभावित हुँदा बजेट कार्यान्वयन कमजोर बनेको मन्त्रालयको भनाइ छ। उता, निर्माण व्यवसायीहरूले हचुवाका भरमा छनोट गरिएका प्रतिउत्पादक आयोजनाले विकास निर्माण अवरुद्ध भएको बताउँदै दोषी पक्षको जिम्मेवारी निर्धारण गरेर समस्या समाधान गर्नुपर्ने माग गरेका छन्।

      NEPSE TRADING

      ·

      11 Jan, 2026

    • सिद्धार्थ बैंकको सीईओमा रामेश्वर प्रसाद बस्याल नियुक्त
      Investor

      1 min read

      सिद्धार्थ बैंकको सीईओमा रामेश्वर प्रसाद बस्याल नियुक्त

      सिद्धार्थ बैंकको सीईओमा रामेश्वर प्रसाद बस्याल नियुक्त सिद्धार्थ बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा रामेश्वर प्रसाद बस्याललाई नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिले बस्याललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध बस्यालले आफ्नो करियर प्रबन्धकबाट सुरु गरी वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृतसम्मका विभिन्न नेतृत्वदायी जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन्।

      NEPSE TRADING

      ·

      11 Jan, 2026

    • मंसिर मसान्तसम्म ७ शाखा बन्द, बैंक तथा वित्तीय संस्थाको शाखा संख्या घट्यो
      Investor

      1 min read

      मंसिर मसान्तसम्म ७ शाखा बन्द, बैंक तथा वित्तीय संस्थाको शाखा संख्या घट्यो

      मंसिर मसान्तसम्म ७ शाखा बन्द, बैंक तथा वित्तीय संस्थाको शाखा संख्या घट्यो चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाका ७ वटा शाखा कार्यालय बन्द भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको सुरुदेखि मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्यामा सामान्य कमी आएको देखिएको हो। तथ्याङ्कअनुसार २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्थासमेत) का ११ हजार ५२६ शाखा रहेका थिए। तर २०८२ मंसिर मसान्तमा उक्त संख्या घटेर ११ हजार ५१९ मा सीमित भएको छ। हाल बैंकिङ प्रणालीअन्तर्गत २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १७ वटा वित्त कम्पनी, ५१ वटा लघुवित्त वित्तीय संस्था र १ वटा पूर्वाधार विकास बैंक गरी जम्मा १०६ वटा बैंक तथा वित्तीय संस्थाहरू इजाजतपत्रप्राप्त भई सञ्चालनमा रहेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार डिजिटल बैंकिङको विस्तार, सेवा समेकन तथा सञ्चालन लागत व्यवस्थापनका कारण शाखा पुनर्संरचनाको प्रक्रिया अघि बढिरहेका बेला केही शाखा बन्द भएका हुन्।

      NEPSE TRADING

      ·

      11 Jan, 2026

    • पहिलो पाँच महिनामा निर्यात ५८.२% ले बढ्यो, व्यापार घाटा ६ खर्ब ४९ अर्ब नाघ्यो
      Investor

      1 min read

      पहिलो पाँच महिनामा निर्यात ५८.२% ले बढ्यो, व्यापार घाटा ६ खर्ब ४९ अर्ब नाघ्यो

      पहिलो पाँच महिनामा निर्यात ५८.२% ले बढ्यो, व्यापार घाटा ६ खर्ब ४९ अर्ब नाघ्यो चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा अवधिमा निर्यात ५८.२ प्रतिशतले बढेर १ खर्ब १६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निर्यात वृद्धि दर १६.५ प्रतिशत मात्र रहेको थियो। गन्तव्यका आधारमा हेर्दा भारततर्फको निर्यात ८२.७ प्रतिशतले बढेको छ भने अन्य मुलुकतर्फको निर्यात ५.५ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, चीनतर्फको निर्यात भने ७३.३ प्रतिशतले घटेको देखिन्छ। वस्तुगत रूपमा भटमासको तेल, अलैंची, पाम तेल, जुटजन्य सामग्री, जुत्ता तथा चप्पलको निर्यातमा वृद्धि भएको छ। तर जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा तथा हस्तकलाका सामग्रीको निर्यातमा कमी आएको छ।

      NEPSE TRADING

      ·

      11 Jan, 2026

    • सोलु हाईड्रोपावरको आईपीओ पुस २९ देखि, सर्वसाधारणका लागि ८२ लाख कित्ता खुला
      Investor

      1 min read

      सोलु हाईड्रोपावरको आईपीओ पुस २९ देखि, सर्वसाधारणका लागि ८२ लाख कित्ता खुला

      सोलु हाईड्रोपावरको आईपीओ पुस २९ देखि, सर्वसाधारणका लागि ८२ लाख कित्ता खुला सोलु हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि मङ्गलबार पुस २९ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ। कम्पनीले यसअघि कात्तिक २४ गते नेपाल धितोपत्र बोर्डबाट प्रतिसेयर १०० रुपैयाँ अंकित दरका कुल २ करोड कित्ता (२ अर्ब रुपैयाँ) साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गरिसकेको छ। त्यसपछि सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरूका लागि ३ लाख कित्ता छुट्याई बाँकी ८२ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

      NEPSE TRADING

      ·

      11 Jan, 2026

    • सुनको मूल्य बढ्यो, चाँदीले बनायो हालसम्मकै नयाँ रेकर्ड
      Top

      1 min read

      सुनको मूल्य बढ्यो, चाँदीले बनायो हालसम्मकै नयाँ रेकर्ड

      नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य बढेको छ। सुन प्रतितोला २ हजार ८०० रुपैयाँले बढेर २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको छ भने चाँदी २१० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भई हालसम्मकै उच्च रेकर्ड कायम भएको छ। **नेपाल सुनचाँदी व्यवसायी महासंघ**का अनुसार चाँदीले यसअघिको रेकर्ड तोड्दै नयाँ कीर्तिमान बनाएको हो। ________________________________________

      NEPSE TRADING

      ·

      11 Jan, 2026

    • रोक्का रहेका १ हजारभन्दा बढी आयोजनाको बजेट फुकुवा, विकास निर्माणमा फेरि गति आउने अपेक्षा
      Top

      1 min read

      रोक्का रहेका १ हजारभन्दा बढी आयोजनाको बजेट फुकुवा, विकास निर्माणमा फेरि गति आउने अपेक्षा

      सरकारले लामो समयदेखि रोक्का राखिएका पूर्वाधारसम्बन्धी १ हजार १ सय ४२ वटा योजनाको बजेट फुकुवा गर्दै ३१ अर्ब ६९ करोड रुपैयाँ निकासा गरेको छ। अर्थ मन्त्रालय का अनुसार खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता प्राथमिक क्षेत्रका काम अघि बढिसकेका तथा दूरगामी प्रभाव पार्ने आयोजनाहरूलाई प्राथमिकता दिइएको हो। यस कदमसँगै विकास निर्माणका कामले पुनः गति लिने अपेक्षा गरिएको छ।

      NEPSE TRADING

      ·

      11 Jan, 2026

    • बाह्य क्षेत्र सुदृढ: विदेशी विनिमय सञ्चिति २२ अर्ब १३ करोड डलर, चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँले बचतमा
      Top

      2 min read

      बाह्य क्षेत्र सुदृढ: विदेशी विनिमय सञ्चिति २२ अर्ब १३ करोड डलर, चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँले बचतमा

      काठमाडौं। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मंसिरसम्मको तथ्यांकअनुसार नेपालको बाह्य क्षेत्र सुदृढ भएको देखिएको छ। विदेशी विनिमय सञ्चिति, चालु खाता, र शोधनान्तर स्थिति सबै सकारात्मक छन्। विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशत बढेर मंसिरमा ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ (२२ अर्ब १३ करोड डलर) पुगेको छ, जुन २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयातलाई धान्न पर्याप्त छ। चालु खाता बचत ३ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ, अघिल्लो वर्षको सोही अवधिमा यो रकम १ खर्ब ५८ अर्ब ४५ करोड रुपैयाँ थियो। शोधनान्तर स्थिति पनि ४ खर्ब २१ अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको २ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ भन्दा बढी हो।

      NEPSE TRADING

      ·

      9 Jan, 2026

    • चालु आर्थिक वर्षको पाँच महिनामा ८ खर्ब ७० अर्ब विप्रेषण भित्रियो
      Top

      1 min read

      चालु आर्थिक वर्षको पाँच महिनामा ८ खर्ब ७० अर्ब विप्रेषण भित्रियो

      नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, चालू आर्थिक वर्षको मंसिर महिनासम्म कूल ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँबराबर विप्रेषण मुलुक भित्रिएको छ। यो विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको हो। मंसिर महिनामा मात्र १ खर्ब ८३ अर्ब १८ करोड विप्रेषण भित्रिएको छ। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले बढेर ६ अर्ब १६ करोड पुगेको छ। साथै, वैदेशिक रोजगारीका लागि नयाँ र पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या क्रमशः १ लाख ७५ हजार ५९१ र १ लाख ६३ हजार ९२४ पुगेको छ।

      NEPSE TRADING

      ·

      9 Jan, 2026

    • सुनको मूल्य बढ्यो, चाँदी घट्यो
      Top

      1 min read

      सुनको मूल्य बढ्यो, चाँदी घट्यो

      आजको नेपाली बजारमा सुनको मूल्य २,१०० रुपैयाँले बढेर २ लाख ६७ हजार ८०० रुपैयाँ प्रतितोला पुगेको छ। यसका विपरीत, चाँदीको मूल्य ५५ रुपैयाँ घटेर ४ हजार ७८० रुपैयाँ प्रतितोला भएको छ।

      NEPSE TRADING

      ·

      9 Jan, 2026

    • पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ आजदेखि खुला
      Top

      1 min read

      पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ आजदेखि खुला

      पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आज (पुस २५ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले ७५ लाख कित्ता शेयर निष्काशन गरेको हो, जसमा ५ प्रतिशत उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि, र १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याइएको छ। न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने यस आईपीओको निष्काशन माघ ९ गते र माघ २५ गतेसम्म समाप्त हुनेछ। कम्पनीले इन्फोमेरिक्स क्रेडिट रेटिङ्गबाट 'आईआरएन डबल बी प्लस' रेटिङ्ग प्राप्त गरेको छ।

      NEPSE TRADING

      ·

      9 Jan, 2026

    • सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट
      Top

      1 min read

      सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

      बिहीबार नेप्से परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा बन्द भएको छ। नेप्से बढेपनि कारोबार रकम घटेर ४ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ। सान्भि इनर्जीको शेयरमूल्य सर्वाधिक ८.१६ प्रतिशतले बढ्दा एसवाई प्यानल नेपाल कारोबार रकमका आधारमा शीर्ष स्थानमा रह्यो। १३ उपसमूहमध्ये ७ उपसमूह बढेका छन्।

      NEPSE TRADING

      ·

      8 Jan, 2026

    • नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै, आज बोलकबोल
      Top

      1 min read

      नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै, आज बोलकबोल

      नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘च’’ निष्कासन गर्दैछ। नेपाल राष्ट्र बैंकद्वारा जारी एक वर्ष अवधिको यस ऋणपत्रमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाइन प्रणालीमार्फत बोलकबोल गर्न सक्नेछन्। ब्याजदर बोलकबोलबाट निर्धारण हुने र ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ।

      NEPSE TRADING

      ·

      8 Jan, 2026

    • आज एनएमबी बैंकसहित सात सूचीकृत कम्पनीको साधारणसभा
      Top

      1 min read

      आज एनएमबी बैंकसहित सात सूचीकृत कम्पनीको साधारणसभा

      काठमाडौं। आज एनएमबी बैंकसहित सात वटा सूचीकृत कम्पनीको साधारणसभा बस्दैछ। आजका सभाहरूमा आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण अनुमोदन, नगद लाभांश वितरण, लेखापरीक्षक नियुक्ति, पूँजी संरचना तथा प्रबन्धपत्र–नियमावली संशोधनसम्बन्धी प्रस्तावहरू पारित गरिने छन्। बीमा, बैंक, अस्पताल र लगानी क्षेत्रका कम्पनीहरूले विभिन्न प्रतिशतका नगद लाभांश र संस्थागत निर्णयहरू टुंग्याउने कार्यसूची तय गरेका छन्।

      NEPSE TRADING

      ·

      8 Jan, 2026

    • सुन र चाँदी दुवैको मूल्य घट्यो
      Top

      <1 min read

      सुन र चाँदी दुवैको मूल्य घट्यो

      पुस २४ गते बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य पनि प्रतितोला १०० रुपैयाँले घटेर ४ हजार ८३५ रुपैयाँ पुगेको छ।

      NEPSE TRADING

      ·

      8 Jan, 2026

    • विजय लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
      Top

      1 min read

      विजय लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

      विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) को एफपीओमा आवेदन दिने आज (पुस २४ गते) अन्तिम दिन रहेको छ। संस्थापक र सर्वसाधारण शेयर स्वामित्व ७०ः३० कायम गर्न लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर एफपीओमार्फत निष्काशन गरेको हो। सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। एफपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ भने आवेदन सि–आस्बा तथा ‘मेरो शेयर’ प्रणालीमार्फत दिन सकिनेछ।

      NEPSE TRADING

      ·

      8 Jan, 2026

    • होटल फरेष्ट इन लिमिटेडको आईपीओ माघ ४ देखि खुल्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अवसर
      Top

      1 min read

      होटल फरेष्ट इन लिमिटेडको आईपीओ माघ ४ देखि खुल्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अवसर

      होटल फरेष्ट इन लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि माघ ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ४ लाख कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा निष्काशन गर्दैछ। सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन बीबी माइनस रेटिङ्ग दिएको छ, जसले मध्यम जोखिम रहेको संकेत गर्दछ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

      NEPSE TRADING

      ·

      8 Jan, 2026

    • नेप्से र कारोबार रकम दुबै घट्यो
      Top

      1 min read

      नेप्से र कारोबार रकम दुबै घट्यो

      बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.३५ अंक घटेर २६३५.९४ विन्दुमा बन्द भएको छ। सूचकसँगै कारोबार रकम पनि घटेर ५ अर्ब १७ करोड रुपैयाँमा सीमित भएको छ। बजारमा अधिकांश उपसमूह दबाबमा रहँदा वित्त र व्यापार उपसमूह मात्र सामान्य बढेका छन्। शेयरमूल्य वृद्धितर्फ नारायणी डेभलपमेन्ट बैंक अग्रस्थानमा रह्यो भने गिरावटतर्फ एसवाई प्यानल नेपाल सर्वाधिक घट्यो। ________________________________________

      NEPSE TRADING

      ·

      7 Jan, 2026

    • नेप्सेले कायम राख्यो उकालो यात्रा, कारोबार रकम ७ अर्ब नाघ्यो
      Top

      1 min read

      नेप्सेले कायम राख्यो उकालो यात्रा, कारोबार रकम ७ अर्ब नाघ्यो

      नेप्से परिसूचक मंगलबार पनि बढेर बन्द भएको छ। यस दिन नेप्से ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा पुगेको हो। सूचकसँगै कारोबार रकम पनि बढ्दै ७ अर्ब १२ करोड रुपैयाँ नाघेको छ। कुल ३३४ कम्पनीका १ करोड ४८ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएका छन्। जीवन विकास लघुवित्तको शेयरमूल्य सर्वाधिक बढ्दा वित्त उपसमूह सबैभन्दा धेरै उकासिएको छ।

      NEPSE TRADING

      ·

      6 Jan, 2026

    • सुन र चाँदीको मूल्यमा निरन्तर उच्च वृद्धि, दुवै बहुमूल्य धातु महँगिए
      Top

      <1 min read

      सुन र चाँदीको मूल्यमा निरन्तर उच्च वृद्धि, दुवै बहुमूल्य धातु महँगिए

      पुस २२ गते मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य निरन्तर बढेको छ। आज सुन प्रतितोला ३,१०० रुपैयाँले बढेर २ लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ भने चाँदी १९५ रुपैयाँले बढेर ४ हजार ८८० रुपैयाँमा कारोबार भएको छ। पछिल्ला दुई दिनदेखि बहुमूल्य धातुको मूल्य लगातार उकालो लागिरहेको छ, नेपाल सुनचाँदी व्यवसायी महासंघ ले जनाएको छ।

      NEPSE TRADING

      ·

      6 Jan, 2026