
सुपर खुदी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्दै, आवेदन प्रक्रिया पुस २२ देखि सुरुSuper Khudi Hydropower Limited to Issue IPO, Application Process Starts from Poush 22
सुपर खुदी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्दै, आवेदन प्रक्रिया पुस २२ देखि सुरु काठमाडौँ, पुस २१ – सुपर खुदी हाइड्रोपावर लिमिटेडले पुस २२ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने घोषणा गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारका सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरिसकेपछि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्ने निर्णय गरेको हो। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत कुल ३१ लाख कित्ता आईपीओ जारी गर्ने छ, जसको दर प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। कम्पनीले छुट्याएको ३१ लाख कित्तामा १५ लाख २० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रदान गरिनेछ। आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ६ लाख २० हजार कित्ता लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नं. २ र ३ (साविक घनपोखरा र खुदी गाविसका विभिन्न वडाहरू)का स्थानीयका लागि राखिएको छ। अन्य ९ लाख ३० हजार कित्ता मस्र्याङ्दी गाउँपालिकाका अन्य वडाहरू र अन्य प्रभावित गाविसहरूका लागि छुट्याइएको छ।Super Khudi Hydropower Limited to Issue IPO, Application Process Starts from Poush 22 Kathmandu, Poush 21 – Super Khudi Hydropower Limited has announced that it will begin the issuance of its Initial Public Offering (IPO) from Poush 22. The company will be issuing the IPO to the affected local residents of the project and Nepali citizens working abroad, after obtaining labor approval from the relevant authorities of the Nepal Government. The company has received approval from the Securities Board of Nepal (SEBON) to issue a total of 3.1 million shares at a price of NPR 100 per share. Of the total shares, 1.52 million shares have been allocated for the local residents affected by the project, and 155,000 shares will be allocated for Nepali citizens working abroad.


















